मलय बम्म र खाँडाचक्र दरबार

सिन्धुघाँटीको प्राचीन सभ्यताभन्दा पूर्वको मानिने कैलास सभ्यता आदि मानवको स्थल मानिन्छ । यसैको सेरोफेरोमा कर्नाली किनारको खस सभ्यता जडानसँगै मौलाएको पाइन्छ । खस साम्राज्यका बारेमा इतिहासकारहरूको खोजी जारी छ । ईशाको चौथो शताब्दीमा तिब्बतियन खारी प्रदेशको ताकलाकोट (ताकलाखार) मा खस राज्यको स्थापना भएकोमा नवौं शताब्दीमा सिंजा सारिएको मानिन्छ । तिब्बतियन वंशावलिमा उल्लेखभए अनुसार स्रंचङ गम्पोका नवौं पुस्ताका सन्तती नागराज (नागदेव) ले १०औं शताब्दिमा खस राज्यको राजधानी हुम्लाको श्रीपालबाट सिंजाको लामाथाडामा सञ्चालन गरेको उल्लेख छ ।

मनुस्मृतिमा उल्लेखित कर्नालीको खसराज्यका बारेमा बालकृष्ण पोखरेलले खस राज्यको इतिहासमा कर्नालीको प्राचीनकाल वि.सं. १०५३ देखि मानिएको र उत्तरबाट आएका नागराज वि.सं. १०४० मा खस राजा रास्कोटीका पहिलो राजा उल्लेख गरेका छन् । कर्नाली खस राज्यको पूर्वमा गण्डकी, पश्चिममा सतलज (लद्धाख), उत्तरमा मानसरोवर (तिब्बत) र दक्षिणमा अयोध्या (भागिरथी) केदार नाथ सम्म सिमाना फैलिएको नेपालको इतिहासमा विख्यात छ । विशाल कर्नाली साम्राज्यका अन्तिम रास्कोटी बढेराजा मलय बम्म वि.सं. १४३२ देखि १४४८ सम्म रहेका मानिन्छन् । यिनी पछि कर्नाली साम्राज्य रहेन टुक्रेराज्यका राजा छोराहरू हुन पुगेका थिए । यति बेला सम्म नेपालको मुल भाषा सिंजाली खस भाषा रहेको थियो ।

गर्गगोत्रका समुद्रवंशी नागराज चल्ल, चाप, चापिल्ल, क्राचल्ल हुदै पूण्र्य मल्ल, श्रीपाल, पृथ्वी पछि सूर्य मल्लका छोरा प्राचीनकालका अन्तिम राजा अभय मल्लको शाके १३०५ मा आफ्नो दरबारका पार्षद बनाइ देवसुर डेडीमल्ल भनि उपाधि दिए पछि मल्ल हुन पुगेका थिए । रास्कोटीका वंशावलिका बारेमा विभिन्न इतिहासकारहरूका फरक तथ्यांकहरू पाइने गरेका छन् । इतिहासकार योगी नरहरिनाथ र पूर्णप्रकाश नेपाल यात्रीका अनुसार नागदेव, रामदेव, इन्द्रदेव, भिकमल, पाराजित, अस्म, मकादेव, शिवपिंग, जिवपिंग, रतनज्योती, पहाडी राय, अढाइमल, खराइमल, खाराचल, डेढमल, कादरी (केदार), कोटरी, टोटरी, छोटरी मल्ल पछि (कतै ईन्द्रदेव पछि १४औं पुस्ता भनिएका) जयराज बम्म (कतै शतिm) भनिएका यशो बम्मका छोरा बडेराज मलय बम्म (ब्रह्मा पुत्रे सन्तती) खस राज्यका २०औं पुस्ताका रास्कोटी राजा भएका थिए । यिनका पुर्खालाई इजिप्टका राजाले खसको उपाधि दिएका थिए ।

कैलाश सभ्यतासँगैको कर्नाली विशाल राज्यका राजाहरूका विभिन्न पुस्ताहरूका वंशले जालन्धर, केदार, गडवाल, कत्युर र डोटी हुदै रास्कोटबाट मान्म आएर वि.सं. १४३२ देखि १४४८ सम्म इतिहासको मध्यकालसम्मको प्रतिनिधित्व गर्दै खाँडाचक्रमा जुम्ला राज्य समेत कब्जा गरी अधिपत्यको साम्राज्य चलाएको कुरा बालकृष्ण पोखरेलको खस राज्यको इतिहासमा उल्लेख छ ।

मलय बम्मले लोडेकोट पछि लुहारेकोट भनिएको ठाउँमा लुहारहरूको वस्ति व्यवस्थापन गरी दवसिंह लुहारलाई लडाइमा मारहन्न मिल्ने हतियार बनाउन लगाउदा दुवैतिर धार भएको सिरूपाते खाँडो नामको हतियार बनाए । (जो कर्नालीको मौलिक नयाँ खाले हतियार थियो) र त्यसैसँग अर्काको हतियारलाई छेक्न मिल्ने ढाल आकारको गोलो चक्रेहतियार पनि बनाए । जो पछि सम्म विजय उत्शव, चाडवाड र राजाको बिधाइ सम्मान समेतमा यसै हतियारलाई खेलाएर नाच्ने परम्परा कर्नालीमा निरन्तर भएबाट देश देशावरमा फैलिएको कुरा मान्मका धनिराम बरालको मत छ । यस हतियारको सैन्य अभ्यास धनुकाँड समेत सगै २२ हजार लडाकु बलका अधिपति पनि मलय बम्म रहेका थिए । यसै खड्ग खाँडो र चक्र हतियारको नामबाट खाँडाचक्र राज्यको नाम र यहा बस्ने राजाको दरबारलाई नै खाँडाचक्र दरबार भनिएको मानिन्छ ।

खाँडाचक्र दरबार निर्माण गर्दा दर्नाकोटका मास, धुलीकोटका साल, हात सारो गरेर दुल्लुका राजाबाट कारीगर झिकाएर बिशाल भवन हालको रानी बस्ने ढुंगामा निर्माण गरेको इतिहास बिदको अनुमान छ । वि.सं. १२४८ देखि १२६२ सम्म मभारतमा चलेको मुस्लिम युद्धबाट आजित भएका अशोक चल्ल पछि खस राज्यलाई ठूलो सैन्यवल खडा गरेर मुस्लिम आक्रमणबाट बच्न खस राज्यका राजालाई दिएको सल्लाहबाट सैन्यवल खडा गर्दै दशौं शताब्दिबाट सिंजाका लामाथाडाबाट चलाएको राजधानी चौधौं शताब्दिमा मलय बम्मले खाँडाचक्र दरबारमा सारेर चाप वंशी राष्कोटीको खस साम्राज्य चलाए ।

जोतपुरबाट आएका औरंग मुसलमानी राजा रत्न ज्योतीले स्थापना गरेको तौरता डोटी राज्य समेत यसै खाँडोको प्रयोगबाट कब्जागरी मलय बम्मले पुर्खाको उदय स्थल कैलाशको मानसरोवरमा पुगी खाँडो पखालेर विजय यात्रा गरेका थिए । मान्म पञ्चदेव माविका प्रधानाध्यापक सवराज बमका अनुसार राजा मलय बारकोटका साडु देवमल्लको सल्लाहमा बावन्नेकोटका राजा नरेन्द्र बम्मबाट अजिम बम्म, रिद्धिम बम्म र सुलिम बम्म समेत भएको कचहरीमा बम्म पदवि पाएरपछि बम्म भएको भन्ने भनाइ छ । जसले पछि बम्म कान्छोबाट पदवी लिएको आलोचनामा परेका थिए ।

युवराज शर्माको तिर्थ पर्यटनमा उल्लेख भए अनुसार राजा मलै बम्म आदि मानव मनुका अनुयायी र शिव भतm भएकाले मनुले तपस्या गरेको ठाउँ मान्ममा कालपाध्या र दुल्लुका मुसुपाध्याको सल्लाहमा पञ्चदेवल निर्माण गरी नित्य पूजाको व्यवस्था गरेका थिए । कैलाश मानसरोवर पुगेका बेला खेचरनाथ गुम्वाको शाके १३०१ मा चौरलामा आउतका दार हात सारो गरेर नौतले बिहार बनाएको योगी नरहरिनाथको देशदर्शनमा उल्लेख छ । बम्मले आफ्नो राज्यमा कोषको व्यवस्था गर्न विभिन्न प्रकृतिका व्यवसायीहरूबाट शाके १३०५ मा कचहरीबाट पारित गरेर १४ प्रकारका करहरूको व्यवस्था गरिएको पोखरेलको खस राज्यको इतिहासमा उल्लेख छ । उनका अनुसार रोपाइको बेठो, सैयुको सौधो, बर्षिको डण्ड (उत्शवमा), चेल्लीचवै (चेली पठाउदा), मैलो उज्यालो (धोबि), दुवारो (भदौरे पालो), साउने वलन, नौनीकर, बदारो, सराध्य भुमिपति, ऐडोकर, पिठ्ठो (घट्ट) कर, खाउनी (पाश्नि) कर, ग्रहण दान र जँगात (नदी तराएको) कर निर्धारण गरिएको थियो ।

उनले सान्नी तिखाशुलीको बाँझो जग्गा आवाद गरी खेती गर्न लगाएका थिए भने सिप्खानामा छेत्तडी गाडको कुलो बनाउन लगाइ रास्कोटमा सिँचाइको व्यवस्था गरेका थिए । उनी शिव भतm भएकाले शिउनाको धुरीमा इष्टदेव शम्भुनाथको स्थापना गर्न लगाएका थिए । त्यसैको नाउबाट त्यस वस्तिको नाम शिव नाथबाट शिउना रहन गएको हो । डा. राजाराम सुवेदीको कर्नालीको मध्यकालिन इतिहास २०५४ मा लुशा शिवलाल सुवेदीसँग पाएको पाण्डु लिपि अनुसार मलय बम्मले दुल्लुका काल पाध्या र मुसु पाध्या, दर्नाका तिरुवा (सार्की), ठाँटीकोटका ठटाल दमाइ, सिंजाका उचिढुंगे रोकाया अंगरक्षक, भेल्तडीको घट्टालो, घटालो र राकमको माझी समेतलाई सल्लाहकार बनाएका थिए । उनले विष्णु दास आचार्यलाई आफ्नो मुख्य पण्डित बनाएका थिए । नेपाल परिचयमा उल्लेख गरे अनुसार नेपाली भाषाको सबैभन्दा प्राचीन पहिलो कविता उनले रचेका थिए ।

खाँडाचक्र राज्यका जनतालाई भोकमरी हुन नदिन मान्म पञ्चदेवलमा धर्म भकारी राख्ने व्यवस्था गरेका थिए भने चुलीबाट सिँचाइ कुलो निर्माण गर्न लगाइ सेरा पाटा, सिउति सेरा हालको तिखाढुंगा माथि सातभारीसम्म धान फल्ने गरा बनाउन लगाइ धान खेतीको व्यवस्था गरेको कुरा हाल सम्म बुढा पाकाहरूबाट थाहा पाइन्छ । त्यो ठाँउ पछि भत्किदा डोलेर डोहाल, खोलेर खाली भएका ठाउँ मान्ममा हालसम्म रहेका छन् ।

खाँडाचक्रको उत्तरतर्फ रहेको कमलको फुल कुदिएको ढुंगाको नाव (पानी नाउलो), पानी पोखरी र मान्मको नाव नजिकै शीलास्तम्भ यिनैले बनाएको मानिन्छ । यिनिहरू हाल पुरातात्विक हिसाबले तत्काल संरक्षण गरिनु आवश्यक छ । यस्तै गरेर हातेतोडामा जाडहरूलाई काटेर राज्य कब्जा गरी दरबार बनाएर शासन चलाएकाले त्यसको नाम नै जाड काटे कोटबाट जाजरकोट नाम रहन गएको सूर्यमणी अधिकारीको पश्चिम नेपालको ऐतिहासिकअन्वेषण २०४३ मा शाके १३११ भाद्र वि.सं. १४४६ को मलय बम्मको अभिलेखमा उल्लेख छ ।

नेपालको इतिहासमा प्राचीनकालपछि मध्यकाल वि.सं.१४३५ देखि १४४८ सम्म मलय बम्मले ३० वर्षसम्म प्रभावकारी रूपमा एकाधिपत्य राज्य चलाउने, चौडको पाण मुजेलीमा सैन्य अभ्यास गर्ने सुरुङ, सरुकाँडामा धनुबाण अभ्यास गर्ने, तालिम केन्द्रहरू रहेका थिए भने तालाखोरमा कारागार राखी ताडीमा पटाङ्गिनी चलाउने गरेका थिए ।

काष्ठमाण्डवसम्म मलय बम्मले आफ्नो प्रभाव विस्तार गरी सिद्ध लोइपालले बनाएको काष्ठमण्डप शाके १३०० मा पुनर निर्माण गरेको योगी नरहरिनाथको इतिहास प्रकास भाग १ अंक १ मा उल्लेख छ । यस्तै गरेर डोटीको सन्धि अभय मल्लको ताम्रपत्र १३१५ मा मलय बम्म साक्षी रहेका छन् । शाके १३०० सन १३३७ वि.सं. १४३५ को कालीकोट रैका सागु शीलालेखमा बडेराज उल्लेख भएको योगीको देवभूमि भारत एवम् अध्यात्मिक भूमि नेपालमा छ । यस्तै गरेर राजबहादुर कवरको ऐतिहासिक कर्नालीको बर्ग संघर्षको आँखी झ्याल र प्रकाण्डको संकलित रचना भाग १, २०६३ कर्नाली प्रदेश बिशाल खस राज्यमा समेत यसको चर्चाले प्रभाव कारिता सिद्ध हुन्छ ।

यिनले सान्नीको गेडो, गंगाको जल, लालुका पतरी, रास्कोटको फल, भर्ताको दरुवा, मान्मका चौकी, रानीमत्ताका चाखुडा, हाउडीका मुनाल, चाादकिा बटुका, स्वर्ण थाल, काँशाका कसौडा, लोहत्री खम्बा, भेल्तडीको माछो आलकिो दही, व्यवस्था गरेर मात्र खाने गरेका थिए । लुहारेकोटका लुहार र रास्कोटी बीच काटमार हुँदा हालको खुला मैदानमा लुहारको लास दबाएको लासपाटो र जिल्ला प्रशासन भवन अगाडी अनुसन्धान भवन रहेको ठाँउमा रगतको खाल भएको रातेदह (रतmेखाल) भन्ने लुहारहरूको दाबि छ ।

मलय बम्म बाइसे राज्यका मात्र हैन चौबिसे राज्यका पनि मान्यजन रहेका अधिकांशका मुल बुढा ८४ राज्यका बाजे थिए । यिनकी पाँच वटा रानीका १२ चेला रास्कोटी भनिए पनि रत्नाकर देवकोटाको बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचनामा १४ छोरा छोरी उल्लेख छ । जेठी रानी श्रीमालाका जगती भनिने मेदिनी बम्म जाजरकोेट, पिताम्बम्म रूकुम, माहिली बसन्त माला, रत्नमाला भनिने रूपावती जाजरकोटकी साहिली, रूपमाला कान्छीका सुमेरु भनिने सुर्तान बम्म सल्यान, जैटन, भिम र संसारी बम्म दुल्लु, सान्नीका राजा र अर्की दार्चुला अजय मेरुकी छोरी श्रिष्टि थिइन ।

चौधवटा छोराछोरीमा पृथम भनिने पिताम्ब, संसारी बम्म, जतिm सिंह भनिने मेदिनी बम्म, सिउमल भनिने शानि बम्म, छत्याल, जुतm बम्म, जैमरु बम्म, कप्र बम्म, गुलपटु बम्म, मधु बम्म, सत्कु बम्म, सुरजित बम्म, शिवमल बम्म भनिने सिउमल र छोरी माल्ला देवी बलिराजकी पत्नी रहेका छन् । यो मोहनबहादुर मल्लको इतिहासको डोरेटोमा पनि उल्लेख छ । यस्तै गरेर सूर्यमणि अधिकारीको जुम्ला राज्यको इतिहाँसमा पनि मलय बम्मको चर्चा गरिएको छ ।

मलय बम्मको शासनकालको अन्तमा छोरा छोरीहरूको राज्यमहत्व कांंक्षाका कारण कर्नाली साम्राज्यको बिघटन भयो र ८४ राज्यमा टुक्रिन पुग्यो । यसमा मुगुको कालैँकोट, माल्ला देवी छोरी जुवाइ वलिरावल पछि राज भएका कल्याललाई वि.सं. १४५५ मा दिएको राज्यमा वि.सं. १४६१ मा राज्यभिषेक गरेका थिए । पछि जुम्ला समेत बलिराज र मेदिनी बम्म दुई जनाले संयुतm राज्य चलाएका थिए । यस्तै गरेर डोटीमा आनन्द मल्लका छोरा रिपु बम्म, १४०६ मा बझाङ जगती बम्म, दार्चुला सुरजित बम्म, सान्नी सुमेरु बम्म, धुलीकोट पर्वत बम्म, झ्याकोट दुल्लु, मेदिनी बम्म रहेको सन १३९३ को ताम्रपत्रमा उल्लेख छन् । अरु राज्यमा छातीकोट, बान्नी गढी, बिलासपुर, जम्बुकाँध, भिउसकोट, पुषा, जगतीपुर, तिप्रिकोट नरीबम्म, बारेकोट, श्रीकोट, कोटखोला, जालन्धर, गापिषण, खुलालीकोट, खप्तड, कपिलाश, मानस, श्रीपाल, रारागाउँ, मुस्ताङ, कालीकोट, प्रत्यन्त, दिगन्त, पावा, पर्वत, दार्म, थानेश्वर, सुरखेत, मुसिकोट, बाफिकोट, माल्नेटा, सुकोडाकोट, बाजुरा, छिलिकोट, चौरजारी, रास्कोट, मलहर, पाल्पा, भिरकोट, मजाल, ढोर, पैयु, नुवाकोट, सतहु, कास्कि, लमजुङ, गुल्मी, अर्घा, खाँचीकोट, गल्कोट, धुरकोट, इस्माकोट, प्युठान, ओखरकोट, खुंगी, भिंग्री, जुगाड, खारी, कुमाउँ, सिरा, शिरमयुर, नवलिका, सोरु, गढी, श्रीनगर, तिलेपाटा त्रिलोकी बम्म, उदयपुर, यशोधर, दर्ना, रूकुम, रूकुमकोट, गोताम, थलारा, अछाम, कालागाउँ, घाघरकोट, तनहु, सिरसिं, राजकोट, कुण्डलवन र खामकोट आदि जस्ता राज्यहरू टुक्रिएर मलय बममका सन्तानहरूबाट राज्य अन्य वंशका हातमा पर्न गएका थिए । यसरी नेपालको इतिहासमा कर्नाली साम्राज्य मलय बम्मको प्रताव पछिल्ला पुस्ताले अस्ताएका थिए । सूर्य वंशी, आत्रेय गोत्री, मर्दानी शाखा, मस्टो देव र वर्म पुत्र भएका रास्कोटीहरू पछिल्ला समयमा शाही ठकुरीका रूपमा १२ थरीले पहिचान हुने गर्दछन् ।

-अजबहादुर गिरी

प्रकाशित मितिः   २१ फाल्गुन २०७८, शनिबार ०५:०४