प्रदेशभर नौ लाखले पाए कोरोनाविरुद्धको खोप

कर्णालीमा हालसम्म पाँच लाख ९० हजार आठ सय ८३ जनाले पहिलो र तीन लाख ९१ हजारले दुवै डोज खोप लगाएका छन् । लक्षित समूहका दुई लाख जनसंख्याले अझै खोप पाएका छैनन् ।

कर्णालीमा हालसम्म पाँच लाख ९० हजार आठ सय ८३ जनाले पहिलो र तीन लाख ९१ हजारले दुवै डोज खोप लगाएका छन् । लक्षित समूहका दुई लाख जनसंख्याले अझै खोप पाएका छैनन् ।

सुर्खेत: कर्णाली प्रदेशभर लक्षित वर्गका नौ लाखभन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार लक्षित उमेर समूहका नौ लाख ८२ हजार तीन सय ८३ जनाले खोप लगाएका हुन् । अब झन्डै दुई लाख जनसंख्यालाई मात्र खोप दिन बाँकी छ । प्रदेशको १८ लाख ३४ हजार जनसंख्यामध्ये १८ वर्षमाथिका १२ लाख जनालाई खोप लगाउनुपर्ने हुन्छ । कर्णालीमा हालसम्म कोरोनाविरुद्धकोे खोपको पहिलो मात्रा लिनेको संख्या पाँच लाख ९० हजार आठ सय ८३ रहेको छ । दोस्रो डोज अर्थात् पूर्णखोप लगाउनको संख्या तीन लाख ९१ हजार पाँच सय पुगेको निर्देशनालयले जनाएको छ ।

लक्षित वर्गमध्ये पहिलो चरणको ४९ र दोस्रो चरणको खोप ३३ प्रतिशतले लगाएका हुन् । पछिल्लो समय सबैजसो स्वास्थ्य संस्थाहरूबाट खोप दिने गरिएको छ । खोपको सहज पहुँच भएपछि अभियान पनि प्रभावकारी हुँदै गएको निर्देशनालयले जनाएको छ । यद्यपि, अझै पनि कतिपय जिल्लाका पालिकाहरूमा न्यून जनसंख्या मात्र खोपको पहुँचमा छ । तीमध्ये कतिपय स्थानीय तहमा एक प्रतिशत नागरिकले मात्र खोप लगाउन पाएका छन् ।

प्रदेशभर सबैभन्दा बढी डोल्पामा खोप लगाइएको छ । त्यहाँ तोकिएको समूहका ७१ प्रतिशतले खोप पाएका हुन् । जिल्लाको २८ हजार दुुई सय ११ लक्षित जनसंख्यामा १७ हजार एक सय ५४ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको हो । जाजरकोटमा सबैभन्दा कम जनसंख्याले खोप लगाएका छन् । यहाँ पहिलो र दोस्रो मात्रा गरी जम्मा ३० प्रतिशतले खोप लगाएका हुन् । जाजरकोटमा ७० प्रतिशत लक्षित समूहले खोप पाएका छैनन् ।

निर्देशनालयका अनुसार प्रदेशभरका स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपलिकामा ८८ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । उक्त पालिकाको स्वास्थ्य शाखामा १८ वर्ष माथिकालाई नियमित खोप सेवा दिइँदै आएको छ । शाखामा खोपको पहिलो र दोस्रो मात्रा दैनिक रूपमा सञ्चालन भइरहेको हो । त्यस्तै, डोल्पाको जगदुुल्ला गाउँपालिकामा ६४ प्रतिशतले खोप पाएका छन् । हुुम्लाको नाम्खा गाउँपालिकाका ६१ र जुुम्लाको चन्दननाथ नगरपालिकाका ५२ प्रतिशत नागरिकले खोप लगाएका छन् ।

यस्तै, कालीकोटमा अहिलेसम्म ३४ हजारले पहिलो मात्रा र २३ हजार जनाले दुवै डोज खोप लगाएका छन् । कालीकोटको खाडाचक्र नगरपालिकाका ४९ प्रतिशतले खोपको दुवै मात्रा लगाएको निर्देशनालयले जनाएको छ । यहाँका सबैजसो स्थानीय तहमा खोप अभियान प्रभावकारी बनाउन विद्यार्थीहरूमार्फत अभिभावकमा सचेतना फैलाउन थालिएको छ । खोपको दायरा बढाउन यस्तो अभियान सुरू गरिएको हो । विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरी विद्यार्थीमार्फत अभिभावकसम्म खोपबारे सूचना पु¥याउने काम भइरहेको जनाइएको छ । प्रदेशभरका स्थानीय तहमध्ये सबैभन्दा कम हुुम्लाको खार्पुुनाथ गाउँपालिकामा एक प्रतिशतले मात्र खोप लगाएका छन् । त्यस्तै, हुम्लाकै सर्केगाड गाउँपालिकाका दुुई प्रतिशतले मात्र खोप पाएका छन् । जाजरकोटको जुुनीचाँदे गाउँपालिकामा पनि न्यून लक्षित वर्गले खोप लगाएका छन् । उक्त पालिकामा दुई प्रतिशतले कोरोनाविरुद्धको खोप लागाएका हुन् । प्रदेशभरका पालिकामध्ये दैलेखको दुुल्लू नगरपालिकामा पनि थोरै संख्याले खोप पाएका छन् । यो पालिकामा तीन प्रतिशतलाई खोप लगाइएको छ ।

यसैगरी, प्रदेशमा १२ देखि १८ वर्षसम्मका दुई हजार बढी बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइएको छ । निर्देशनालयका अनुसार दुुई हजार ९८ जना बालबालिकाले यो खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो चरणको खोप प्रदेश अस्पताल सुुर्खेतबाट दिइएको हो । पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ८ गतेसम्म लगाइएको थियो । फाइजरको दोस्रो डोज भने मंसिर २८ गतेदेखि लगाइने जनाइएको छ ।

विद्यार्थीलाई मोडर्ना खोप दिइने

सरकारले विद्यार्थीका लागि अब विद्यालयमै कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप लगाउने तयारी थालिएको हो । प्रदेश स्वास्थ सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले खोप केन्द्र विद्यालयमा राखेर बालबालिकालाई खोप दिने तयारी गरिएको जनाए । कर्णालीका सुुर्खेतबाहेक नौ जिल्लामा सो उमेर समूहकालाई मोडर्ना खोप दिइनेछ । सुर्खेतका बालबालिकालाई फाइजरको पहिलो मात्रा खोप दिइसकिएको छ । ‘नौ जिल्लाका एक लाख ५४ हजार आठ सय ७२ बालबालिकालाई खोप दिने तयारी गरिएको छ,’ खड्काले भने । मोडर्ना खोप पुुस ४ देखि १४ गतेसम्म लगाइने छ । खोप भने केही दिनभित्रमा आइपुग्ने निमित्त निर्देशक खड्काले बताए । २०६१ मंसिरदेखि २०६६ सालसम्म जन्मेकालाई यो खोप दिन लागिएको हो । १२ वर्ष उमेर पुगेका र १८ वर्ष ननाघेका बालबालिकाले मात्र खोप पाउने छन् ।

विद्यालय तहका बालबालिकालाई संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कोरोनाविरुद्धको खोप लगाउन लागिएको जनाइएको छ । कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालय केही समय पहिलेदेखि मात्र सञ्चालनमा आएका छन् । कोरोनाको संक्रमण दर घटेपनि जोखिम अझै उच्च छ । विद्यालय खुलेसँगै संक्रमणको जोखिम पनि बढेको छ । बालबालिका विद्यालयमै उपस्थित भएर शिक्षण सिकाइमा संलग्न भइरहेकाले संक्रमको जोखिम न्यूनीकरण गर्न खोप दिन लागिएको हो ।

प्रकाशित मितिः   २६ मंसिर २०७८, आईतवार ००:५१