‘हाँडिगाउँको जात्रा’ कहिले व्यवस्थापन होला?

पृथ्वीबहादुर सिंह

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७१ वर्ष पुगेको छ । यसरी हेर्दा यो पार्टी वयस्क भइसके छ । यति समयमा संसारका विभिन्न देशमा कम्युनिष्ट पार्टीको सरकार उत्थान र पतन अनेकौं समस्याबाट गुर्जदै आएका छन् । माक्र्स सिद्धान्त द्वन्द्ववाद हो । पार्टीभित्र पनि द्वन्द्व भइरहन्छ । रुसको कम्युनिष्टभित्र राज्य व्यवस्थापनका लागि मेन्सेविक र वोल्सेविकमा द्वन्द्व थियो । मेन्सेवीकहरू हराउँदै गए, वोल्सेविकहरू सत्ता कब्जा गरेर लेनिनको नेतृत्वमा समाजवादी व्यवस्थापन भौतिक विकास गरेर संसारकै शक्तिशाली राष्ट्र बन्न गयो । चिनमा लामो जनयुद्धबाट कम्युनिष्ट पार्टीले विजय हाँसिल ग¥यो । सामान्त, साम्राराज्यवादीहरूका दलालहरू देश छोडेर, कोही ताईवान, हंङ्कङ, अमेरिकादेखि विश्वका अनेक मुलकुहरूमा बस्ती सरेर गए । कम्युनिष्ट पार्टीभित्र दुई लाईन संर्घषमा माओत्सेतुङको नेतृत्व विजय भएर सत्तामा पुगी समाजवादतिर उन्मुख भयो । आफ्नो देशमा विश्वका पुँजीवादी र साम्राज्यवादी दलालहरूका वित्तीय कम्पनीहरू आउन दिएनन् । आफ्ना नागरिकलाई अर्को मुलुकमा भाडामा कमाउन पठाएनन् । समाजवादभित्र पनि उदार पुँजीवादी व्यवस्थापन गर्न सकिन्छ भन्ने तेङगुठ माउत्सेतुङको मृत्यु पछि सत्ता कव्जा गरेर उदार पुँजीवादी व्यवस्था सुरु गरे । मात्सेतुङले लगाएको कम्युनिष्ट जगमा त्याङच्याउपिङले संसारको दोस्रो शक्ति राष्ट्रमा पु¥याउने थप सिडी बनाए ।

रुसमा कम्युनिष्ट पार्टी ७० वर्ष सत्तामा पुगी संसारलाई नाटो र सेटो दुई ध्रुवका अमेरिका र सोवियत रुस शक्ति राष्ट्र बन्न पुगे । त्यही मुलुकमा ई.स. १९९० मा रुसी कम्युनिष्टबाट राष्ट्रपति बनेका गोव्राचोप एल्तसिङले पार्टीमा प्रतिबन्ध मात्र लगाएनन्, कम्युनिष्ट पार्टीका नाममा संकलन आर्थिक कोषसमेत राष्ट्रियकरण गरेर सोभियत रुसलाई १६ टुक्रा राज्यमा विभाजित गरे । भारतमा ३० वर्ष पश्चिम बंगाल राज्यमा विजय गरि शासन सत्ता चलाएको माक्र्सवादी पार्टीले गरिबहरूको जग्गा जबरजस्ती हस्तक्षेप गरेर वैदेशिक वित्तीय कम्पनीहरू खोल्न हस्तक्षेप गर्न पुग्यो । भारतीय इन्दिरा गान्धीको पार्टीमा रहेर राजनीति गरिरहेकी ममता वेनर्जी इन्दिरा कांग्रेसमा मतभेद हुँदा छुट्टै पार्टी गठन गरेकी थिइन् । अर्को अवधिमा पश्चिम बंगालको प्रदेशको दुई अवधीको संसद्को निर्वाचनमा ममता वेनर्जीको पार्टीले बहुमत प्राप्त गरी मुख्यमन्त्री भइ सत्ता अहिले पनि चलाइरहेकी छन् ।

यसियाकै सबैभन्दा सानो मुलुक ब्रोनाईमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरी राज्यसत्ता कब्जा गरिसकेको थियो । त्यहाँको राजा सुल्तान भागेर सिँचाइ नहरको ढ्वाङमूनि लुकेर बसेको थियो । खोलाको ढ्वाङमा लुकेर बेलायतलाई कम्युनिष्ट भगाउन शैनिक सहयोग मागे । बेलायती र भाडाका नेपाली सेनाले कम्युनिष्टहरूमा हमला गरी सखाप पा¥यो । त्यसवापत ठूलो धनरासी बेलायतले लिएर गयो । केही समय बेलायती सेनामा रहेका भाडाका नेपाली सेनालाई सत्ता सुरक्षामा राखियो र फिर्ता बेलायत बोलाइयो । सुल्तानले गोर्खा सैनिकको भाडाको इमान्दारी देखेपछि अहिले पनि दरवार र सुरक्षाको लागि पूर्व गोर्खाली शैनिक नै दरवारको सेक्युरिटी गार्ड राखिएका छन् ।

१९०० शताब्दीमा विश्वमा कम्युनिष्ट पार्टीप्रति आकर्षण बढ्दो थियो । उता बहुदलीय प्रजातन्त्रको नारा दिएर पँुजीपतिहरूले कही निरंकुश अन्त्य, कही संसदीय राजतन्त्रसहितको प्रजातन्त्र स्थापना गरि युरोपका विभिन्न देशहरूले राज्य सत्ता चलाई रहेका थिए । एसिया र युरोपका केही मुलुकहरूले कृषि र औद्योगिक क्रान्ती गरेर राज्य सत्ताका तिनै अङ्ग कब्जा गरि विश्वका अल्पविकसित मुलुकहरूलाई उपनिवेस खडा गरि साम्राज्यवादी नीति अबलम्वन गरे । आफ्नो देशमा उद्योगधन्दाहरूमा किसान–मजदुरलाई न्यून तलबमा अठार घण्टा काम लिएर अतिरीक्त पुँजी मात्रै जम्मा गरेनन् त्यही उद्योगबाट उत्पादित वस्तुहरू विश्वका आफ्ना उपनीवेशहरूमा अतिरीक्त मुल्य थप गरी ठूलो धनराशी थुपार्न पुगेका थिए ।

त्यही समयमा माक्र्सवादी दर्शनको आधारमा बहुदलीय प्रजातन्त्र, निरंकुश राजतन्त्रविरुद्ध ई.स. १९१७ देखि एसिया युरोपका केही मुलुकहरूमा किसान सर्वहारा मजदुरको नेतृत्वमा शसस्त्र विद्रोह गरि कम्युनिष्ट राज्य स्थापना गरे, बर्लिनको पर्खाल लगइयो, कोरिया विभाजन भयो, चिन संसारबाट अलग गरियो । कम्युनिष्ट राज्य व्यवस्थापनले शिक्षा, स्वाथ्य, रोजगारीको ग्यारेन्टी गर्न थाले ।

कम्युनिष्ट राज्य क्रान्ती रोक्न द्वन्द्व बढ्ने सम्भावना देखेर शिक्षा, स्वाथ्य र रोजगारी ग्यारेन्टी गरेर युरोपका इस्केन्टडेभियन देशहरूमा कम्युनिष्ट द्वन्द्व रोक्न सफल भएका थिए, छन् । माक्र्सले बिसौं शताब्दीसम्म पश्चिमी राष्ट्रहरूमा समाजवादी क्रान्ती भइसक्नेछ भन्ने सन्देशलाई पँुजीवादभित्र पनि मिस्रित आर्थिक प्रणाली राज्यको सुविधामा नागरिकको समान हक व्यवस्था गरेर रोक्न सफल भैरहेका छन् । समाज र राज्यको उत्पतीसँगै राज्य व्यवस्थापनका अनेकौं वाद, धर्म, संस्कृति अङ्गाल्दै आएका छन् । त्यस्तै तिनै व्यवस्थापनमा टेकेर जनतालाई अनेकौं प्रकारका शोषण–दमन हँुदै आउँदा नयाँ वाद, दर्शन व्यवस्था पनि नयाँ–नयाँ हुँदै आएका छन् । सिद्धान्त, दर्शन, वाद, धर्म पनि कालक्रमसँगै परिवर्तन पनि हुँदै आएका छन् । एउटै दर्शन राज्य व्यवस्थापन चाहानेहरू पराजित हुँदै आएका छन् ।

संसारमा यतीविधि उथलपुथल हुँदा हाम्रो नेपालमा भने टुटेफुटे कम्युनिष्ट पार्टीहरूमा जडशुत्रवादी र अवसरवादी कम्युनिष्ट पार्टीहरूको विकास भइरहेको छ । यिनीहरू कहिले फुट्छन्, कहिले मिल्छन् । जनता–कार्यकर्तालाई ढाँट्न पुग्छन्, छद्मभेसी नेतृत्वहरू । अझैंभित्र पसेर हेर्ने हो भने नेपालका कम्युनिष्टहरूमा एकले अर्काको खुट्टा तान्ने प्रोहितवादी सामान्तवादी संस्कार हाबी छ । जनमत लिने कथनी एकातिर छ भने करणी अर्कोतिर छ । सिद्धान्तमा निष्ठावान् र इमानदार कार्यकर्तालाई पेलेर छेउ पारिएको छ । ३१ वर्षे बहुदलीय व्यवस्था लोकतान्त्रीक गणतन्त्रमा पुगे पनि यि पण्डाहरूको दलाली आनीवानी हटेको छैन ।

आजकाल त नेपालका कम्युनिष्टहरू राज्यका हरेक क्षेत्रमा अंगुलीमालको उदारण दिँदै महेश बस्नेत, दिपक मनाङे जस्ता आपराधिक मुद्दामा फसेकाहरू संसदीय मोर्चा र मन्त्रीमा हाबी भइरहेका छन् । यही होला भ्राइलेनिनले मेन्सेविकहरूलाई पराजय गर्दे वोल्सेविक विजय गराएको होला ? पार्टीमा दुई–दुई सानुपातिक पद वा बहुपातिक पद सिर्जना गरेको होला ? हाम्रो गाउँमा बुढापाका उखान गर्थे ‘एकगाउँमा दुई मुखिया, तीन–तीन कटुवाले ।’ यही भएर उहिले काठमाडौं उपत्यकामा शासनमा तिन प्रधान नियुक्त गर्दा नेवारी शासन ओरालो लागेको थियो । त्यस्तै छ एमाले–नेकपा एकीकरण पछिका अध्यक्ष, उपाध्यक्ष, सचिव पदहरूको कुरिलो । भर्खरै मध्यावधी निर्वाचन घोषणा गरेको सरकाले दुई पटक मन्त्रीमण्डल घोषणा गरेको छ । मन्त्रीहरूका अनुहार हेर्दा भर्खर जेलबाट आएका कुनै फौजी अपराधमा मुद्दा खेपेका जस्ता देखिन्छन् । दिन प्रतिदिन नयाँ–नयाँ राजनीतिक घटना घण्टा–घण्टामा बदलिरहेका छन् । कही सिक्मिलाई लेण्डुप दोर्जे र नरबहादुर भण्डारीले भारतमा विलय गराएजस्तै गराउने त होइनन् ? नेपाली जनतामा चासो बढ्न थालेको छ ।

नेपालका पार्टीहरू मन्त्री र सांसदमा श्रीमती, बुहारी, छोरी, सालासाली, भान्जाभान्जीलाई निर्वाचित गराउनुपर्ने तर अरु इमान्दार, राष्टवादी नेतृत्व ल्याएपछि ‘र’ सामान्त गोयलसँग गुप्त खबर जादैन र ? अर्को चुनावमा राजनैतिक लगानिको व्याजको स्याज उठाउन पाउँदैन भनि गरेको सुकनी चलाखी होला ? अहिले यो राज्यसत्ता कब्जा गरी दलालहरू कठिनखोर अपराधिहरूको पार्टी भिड लगानेहरू विभाजनको पुनः संगठन गर्न जाँदा भन्छन्, पार्टीभित्र यस्ता द्वन्द्व भइरहन्छन् । द्वन्द्व केका लागि ? परराष्ट्र नीतिका लागी ? कम्युनिष्ट स्थापनाका लागि ? अझैं कम्युनिष्टको सत्प्रतिशत बहुमत ल्याएर भारतमा गाभ्न ? भाडामा युवाहरू पठाएको रेमिट्यान्सबाट कमिसन स्वाथ्य उपचार छोराछोरी नेता मन्त्रीका विदेश पठाएर शिक्षा हाँसिल गर्न ? आफैँ स्वाथ्य कर्मचारी महिलामाथि हुर्मत लिने, कमिसन बुझाएर न्यालयबाट चोखिएर संसद्को जागिर थाम्ने ? हरेक बिहान उठ्दा मलाई क्रुश्चेव यादले र संकटकाल प्रतिगमन भैसक्यो कि भन्ने समाचारमा हेर्छु । द्वन्द्वमा रगतका खोला बगाउने प्रचण्ड कुश्चेव आजकाल कता गएका छन् भाषा बदलिएको देखिदैन । घरज्वाईंहरू सत्ताको लपलपे खस्ला र खाउला भनि वुढानिकण्ठबाट बालुवाटार सिंहदरवार हरेक क्षण हेरिरहेका होलान् ? हाम्रोमा बुढापाका उखान गर्थे ‘नपाउनेले केरा पायो बोक्रैसँग खायो’, वीर छौ त बहादुर छौ, बहादुर वुद्ध छौ ।’ अब नबनि सचेत नागरीक पहरेदारी लोकतान्त्रीक गणतन्त्र शक्तिविकेन्द्रीकरण जनसंविधानको रक्षा गरौं । राजनीतिमा हाँडिगाउँको जात्रा कहिले व्यवस्थाापन होला ? गणतन्त्रले स्थायित्व लेला ? सबैजनमा चेतना भया ।