सिक्नका लागि संस्कार र उत्प्रेरणा

मनविर नेपाली

हाम्रो सामाजिक अभ्यास पनि कति विचित्रको छ । समाजमा केही बुझेका र राम्रा भनिने, समाजमा केही नाम कमाएका वा प्रतिष्ठा कमाएका अभिभावकहरूले बच्चालाई ‘पढ्न जाऊ’, पढ–पढ मात्र भन्ने गरेको पाईन्छ । तर यस अभ्यासले बच्चामा कस्तो असर पर्न सक्छ र बच्चामा सिक्ने र व्यवहार परिवर्तन गर्ने कुरामा उल्लेख्य प्रभाव कस्तो प¥यो ? भन्ने कुराको ख्याल गरिदैँन । यसले गर्दा बच्चामा पढेर सिक्नेभन्दा पनि पढ्ने बानीको विकास हुन सक्छ तर सिक्ने र सिकेका कुरा बानीमा परिणत गर्न नसक्ने हुन्छ । जस्तो उसलाई पढ पढ मात्र भनिरहँदा उसले पनि ठीक ढङ्गले पढ्छ तर सिकाइ शुन्य हुन सक्छ । किन भने कण्ठ गरेर उस्ले धेरैकुरा मष्तिकसमा त राख्ला तर ति सबै कुरा सिकाइमा परिरणत हुन सकेका हुँदैन । यसमा बच्चाको के दोष ! उसलाई सिक्नका लागि उत्प्रेणा त दिइ राखिएको पनि छैन ।

सिक्नको लागि उत्प्रेरणा दिन अभिभावक नै बढी जिम्मेवार हुन्छन् । मानौं बच्चा हुर्कंदै गयो । उसले चोर्न सिक्यो । कहिले काहीँ घरमा बच्चाले बाबुको खल्ती खलांस पारेको हामीले सुनेका छौं । देखेका छौं । दिइएको जिम्मेवारी पूरा नगरेको, बरालिएर हिँडेको, जिम्मेवारीलाई हल्कारूपमा लिएको पनि हामीले देखेका वा भोगेका छौँ ।

दोस्रो विश्व युद्धको बेला ब्रिटेनका प्रधान मन्त्री रहेका सर विस्टन चर्चिल बिसौं शताब्दीका एक महानतम राजनेता मानिन्छन् । राजनीति बाहेक उनले साहित्यको क्षेत्रमा पनि उल्लेखनीय योगदान दिए । इतिहास, राजनीति र सैन्य अभियानमा लेखेको उनको पुस्तकको कारणले उनले सन् १९५३ मा साहित्यमा नोवेल पुरस्कार पाए ।

बच्चाले राम्रो गर्न सकेन भने हामीले बच्चालाई दोष दिन्छौं । तर साथी–संगत, घर परिवारको संस्कार, विद्यालयको संस्कार कस्तो छ ? यी सबै कुरा हामीले हेरेका हुदैनौं । शिक्षा शास्त्रीहरुका अनुसार दोषि त हामी अभिभावक नै हौं ।

चर्चिल सन् १८७४ मा जन्मेका थिए । सानोमा उनी टेकी र हठी । विद्यालयमा भर्नाहुने दिन हिँडे आमा सित चौध जोर मोजा र एक जोर जुत्ता लिएर । विद्यालयमा जहिले पनि उनको ठाक ठुक पर्दथ्यो । हेडमास्टरको टोप उनी भकुण्डो खेल्थे । एउटी गुरुआमाले भनिन ‘संसारमा यो भन्दा बदमाश केटो छैन’ । र, चर्चिलका बुवालाई लाग्यो उस्लाई कुनै काम दिनु भनेको बर्बाद हुनु हो । बडो चिन्तित थिए बाबु छोराको चर्तिकला देखेर । एक दिन बाबुले उनलाई एक गुरुकोमा लिएर गए र गुनासो गरे यो बेकाम छ । यसले कुनै पनि काम ठीक ढङ्गले गर्ला जस्तो लाग्दैन ।

त्यसपछि गुरुले चर्चिललाई आफ्नो साथीकोमा पु¥याउनु पर्ने अति महत्वपूर्ण सिलबन्दी एउटा पत्र दिँदै भने ‘यो पत्र अति जरुरी हो । यो समयमा पुगेन भने मेरो सारा काम बर्बाद हुन्छ । के तिमी यो काम गरिदिन्छौ ?’ उनले हुन्छ भनेर जवाफ दिए र तोकिएको समयभन्दा नै पहिला पत्र पु¥याए । यसरी केही काम नगर्ने बदमास भनिएको व्यक्तिले यसरी महŒवपूर्ण काम गम्भिरताका साथ समयमा गरेको देखेर चर्चिलका बाबुले गुरुलाई यसको रहस्य सोधे । गुरुले यसको रहस्य खोल्दै भने ‘जिम्मेवारी’ । यसरी चर्चिलले पनि आफ्नो जीवनमा कुरा बुझे । ‘मान्छेलाई जिम्मेवारी देऊ ।’

हामीले पनि घरको कुनै काम बच्चालाई जिम्मेवारी दिन सके उसको मनोविज्ञान पनि थाहा हुन्छ । अलि दुर्गमतिर गाउँमा आमाबुवा खेतको काममा वा मेलापात जाँदा अलि ठुला बालबालिकालाई घरमा खाना पकाउने, भाइ–बहिनी हेर्ने र खाजा खुवाउने जिम्मेवारी दिएर गएका हुन्छन् । यसले गर्दा बालबालिकाहरूमा जिम्मेवारी बहन गर्ने बानीको विकास पनि धेरथोर भइनै रहेको हुन्छ । तर यो जिम्म्ेवारी रहरले नभइ बाध्यताले गर्दा दिईको हुन्छ । तर यस प्रकारको व्यवहारले उनीहरूलाई जिम्मेवार अवश्य बनाउँछ ।

सिकाइको परिभाषाः सिकाइ एक स्थायी प्रकारको व्यवहार परिवर्तन हो । यो शिक्षा, ज्ञान ग्रहण र तालिमबाट प्राप्त हुनछ । त्यस्तै स्टेफेन रोबिन्सनले भनेका छनः सिकाइ एउटा सम्भवतः स्थायिरूपमा व्यवहा।मा हुने परिवर्तन हो जुन अनुभवबाट प्राप्त हुन्छ ।

सिकाइका प्रवृत्तीहरूः

  • सिकाइले राम्रो वा नराम्रो दुवै परिवर्तन ल्याउन सक्छ ।
  • सिकाइ जहिलेपनि स्थायि प्रकृतिको हुन्छ ।
  • यो अनुभवबाट प्राप्त हुन्छ ।
  • सिकाइका लागि अनुभव आवश्यक पर्दछ ।
  • सिकाइ जीवन पर्यन्त हुन्छ ।
  • सिकाइ जहिले पनि व्यवहार परिवर्तनसँग सम्बन्धित हुन्छ ।

हाम्रो समाजमा कस्तो–कसतो व्यवहार हुने गर्दछन्ः

सिनारियो १ः अभिभावक मध्ये मानौं बुवा अन्य दिनमा काममा जानुहुन्छ तर शनिवार र सार्वजनिक बिदाका दिन गाउँको चिया पसलमा दिन भरि तास खेल्नुहुन्छ । खाली समयको सदुपयोग गर्नुहुन्न । जस्तो बिदाको समयमा घरको थप के काम गर्ने ?, खुल्ला दिमागले नयाँकुरा सोच्ने हुन सक्छ वा आफन्तलाई कुनै काममा सहयोग गर्ने हुनसक्छ वा छिमेकीलाई सहयोग गर्ने हुनसक्छ । यो पनि नगर्ने । आमाले पनि कुनै रचनात्मक काम नगरी वरिपरीका दिदीबहिनीहरूसँग बसेर अनावश्यक गफ वा कुरा गर्ने ।

सिनारियो २ः अर्को प्रकारको अभिभावक साँझमा रक्सी पिउने र घरमा अनावश्यक झगडा गर्ने, घरको काम नगर्ने, समाजको विषेश जिम्मेवारीहरू पालना नगर्ने, घरको आर्थिक अवस्थाकाबारेमा नसोच्ने वा चिन्तन नगर्ने, लापरबाही गर्ने, आफ्ना बाल बच्चाको पढाइ–लेखाइ र प्रगतिकाबारेमा चासो र चिन्तन नभएको ।

सिनारियो ३ः बाबु–आमाले कसाईको काम गर्नुहुन्छ । हरेक दिन घरमा खसी काट्ने, कुखुरा काट्ने, राँगा, बङ्गुर काट्ने आदि काम गर्नुहुन्छ । मासु बेच्नुहुन्छ । पैसा पनि कमाउनु हुन्छ । तर, घरको व्यवस्थापन अस्तव्यस्त छ । छोराछोरीको पढाइ–लेखाइको अवस्था के छ ?, विद्यालय जान्छन् कि जाँदैनन् ? गृहकार्य गर्छन् कि गर्दैनन् ? यो विषयमा चासो नराख्ने । आफ्ना बालबालिकाको अवस्था के छ ? भनेर कहिले काँही विद्यालय नजाने ।

सिनारियो ४ः बाबु कपडा व्यापारी हुन । साहू वा उद्योगबाट होलसेल मूल्यमा कपडा ल्याउँछन् र त्यसमा नियमअनुसारको थप प्रतिशत रकम जोडेर बिक्री मूल्य तोकेर बिक्री गर्दछन् । सँगसँगै पसलमा बसिरहने छोराछोरीले त्यसकार्य नियालिरहेका हुन्छन् । कति रूपैयाँमा खरिद गरेर कति प्रतिशत रकम जोडेर कतिमा बेच्दा आफूलाई कति फाइदा हुन्छ ? भनेर उनीहरूले त्यसलाई नियाल्दछन् ।

सिनारियो ५ः हामी सर्प देखे डराउँछौं । तर तराईमा बसोबास गर्ने र सर्प पाल्ने, सर्पको नाच र खेल देखाएर केही पैसा, अन्न ल्याएर जीवीको पार्जन गर्ने सपेरा जातिका बालबालिका आफ्ना बाबुआमाले सर्प स्याहार गरेको, ढकियामा राखेको, उस्लाई खाना खान दिएको, ठाउँ–ठाउँमा बोकेर लगेको, बीन–बाजा बजाएर सर्प नचाएको देखेका वा अवलोकन गरेका हुन्छन् ।

सिनारियो ६ः पहाडमा जन्मेका र हुर्किएका बालबालिकाले आफ्ना बाबुआमा रुख चढेर घाँस काटेको, भिरमा गएर खर काटेको, टाढाबाट भारी बोकेर ल्याएको, पहाड चढेको, चिन्नो कम्मरमा बाँधेर नदी तरेको, तुईन तरेको, खेतबारीमा कृर्षि कार्य गरेको, ओखलमा धान कुटेको, देखेका हुन्छन् । हिमाल नजिक गाउँका मानिसहरू चिसोमा कसरी बस्ने, हिमाल कसरी चढ्ने कुरा आफ्ना अग्रजहरूले गरेको देखेका हुन्छन् । सहरी क्षेत्रमा जन्मीएका हुर्किएका बाल बालिकाले यो सब देखेका हुँदैनन् । तर उनीहरूले साईकल चलाएको, व्यस्त बाटोमा जेब्रा क्रसीङ प्रयोग गरेर बाटो काटेको, आकासे पुल प्रयोग गरेर बाटो काटेको, गाडी चढ्न झर्न, हवाई जहाज उडेको, बसेको देखेका हुन्छन् ।

हरेक मानव ठुलो ओहदाको व्यक्ति, धनी व्यक्ती, सभ्य र शान्त हुन चाहन्छ । तर चाहेर मात्र पुग्दैन । उस्को व्यवहार (सिकाइ)ले उसलाई लिड गर्नु पर्दछ ।

सिनारियो ७ः मानौ आफ्ना आमा–बाबु राजनैतिक उच्च पदमा हुनुहुन्छ । सक्रिय राजनीतिमा हुनुहुन्छ । नीति निमार्णको तहमा हुनुहुन्छ । त्यस्ता अभिभावकको बालबालिकाहरूले पनि आफ्ना बाबुआमाको दैनिकी हेरिरहेका हुन्छन् । उक्त घरमा आइरहने पाहुना कस्ता स्तरका हुन्छन् । कस्तो बोल्नु पर्छ वा अनावश्यक बोल्नु हुन्छ कि हुदैन् ?, घरको अनुसाशनमा रहने, मर्यादामा रहने कुरा अवलोकन र व्यवहार पनि अपनाइरहेका हुन्छन् ।

१. यसरी नियाल्दा– नियाल्दा उनीहरू आफ्ना बाबुआमाभन्दा चलाख भइसकेका हुन्छन् । पछि उनीहरूले मात्र कामको जिम्मेवारी लिँदा बाबुआमालाई व्यवहारमा चिन्ता हुदैन । बाबुआमाले रुखमा चढेर घाँस काटेको देखेर बाल बालिकाले पनि रुख चढ्ने र घाँस काट्न सकेको हामीले माथि नै हेरिसक्यौं । बाबुले मेशनको काम गर्दछन् भने छोराले पनि ईट्टा मिलाउन जानेको हुन्छ । गृहणी आमाको काम हेरेर छोरीले रोटी हाल्न, तरकारी केलाउन, भाडा सजाएर राखेको हेरेका वा अवलोकन गरिरहेका हुन्छन् । इन्डोसियाको प्रथम राष्ट्रपति कि छोरी मेघावती सुकार्नो पुत्री पनि पछी सन् २००० देखि २००४ सम्म इन्डोनेसियाको पाँचौ राष्ट्रपति बनिन् । भारतका लागि बर्मा (हाल म्यानमार) का राजदुत कि छोरी आङ साङ सूकी अहिले म्यानमारको र विश्वको राजनीतिमा चर्चामा छिन् । त्यस्तै भारतका गान्धी परिवारका राजीव गान्धी, सोनिया गान्धी, पाकिस्तानको भुट्टो परिवार र नेपालमा राजा (शाह) खानदान, राणा खानदान, पछिल्लो समयमा कोईराला खानदान, भण्डारी खानदान, अधिकारी खानदान, राजनीतिमा अग्रस्थानमा देखिन्छन् । यो पुर्खाको वा अग्रजको व्यवहार उनीहरूमा पनि आएको हो ।

अमेरिकन मनोवैज्ञानिक ब्लूमले आफ्नो टेक्सोनोमीमा भनेका छन्, ‘बालबालिकाले हेरेर, अनुभव र मनन् गरेर वस्तुको व्यवस्थापन गर्दछन् र सिक्दै गइरहेका हुन्छन् ।’ त्यस्तै मनोविज्ञ अल्वर्ट बान्डुराले आफ्नो सामाजिक सिकाइ सिद्धान्तमा भनेका छन् ‘तपाईंले जे गर्नुहुन्छ बच्चाले पनि त्यही गर्दछ ।’

यसरी हेर्दा आमाबाबु वा अग्रजको व्यवहार सम्भवतः छोराछोरीमा सर्दोरहेछ । हुन त हरेक मानव ठुलो ओहदाको व्यक्ति हुन चाहन्छ । तर चाहेर मात्र पुग्दैन । उसको व्यवहार (सिकाइ)ले उसलाई लिड गर्नु पर्दछ । उसको व्यवहार (सिकाइ) उसको ज्ञानमा भर पर्दछ । ज्ञान शिक्षाले दिन्छ । केही कुरा आफ्नो पुर्खाको व्यवहारले सिकाउँछ । पारिवारिक व्यवहार बच्चाको प्रगतिका लागि यति महŒवपूर्ण हुन्छ कि ऊ भोलि के बन्ने हो ? त्यस कुराले निर्धारण गर्दछ ।

राम्रो पढाइ वा सिकाइको लागि उत्प्रेरणा, तत्परता र योजना अवश्य आवश्यक पर्दछ ।

उत्प्रेणाः कुनै घटना घट्दछ । उक्त घटनाले बच्चाको मनमा उत्प्रेरणा जन्माउँछ । उत्प्रेरणाले सिक्नका लागि अग्रसर गराउँछ । बच्चाले अग्रसरता लिनु भनेको बास्तविक व्यवहार परिवर्तन हो । व्यवहारमा सकारात्मक परिवर्तन आउनु भनेको सिक्नु हो । शिक्षा हाँसिल गर्नु हो । यसले उसमा पूर्णता ल्याउँदै जान्छ । पहिले थोमस अल्वा अडिशनले बिजुलीको बल्ब बनाउने कामको उत्प्रेरणा पाए । पारिवारिकरूपमा राजनैतिक उचाईमा पुगेका व्यक्तिहरूले परिवारबाट उत्प्रेरणा पाएका हुन्छन् । मेरो घर परिवारको खानदान यो हो ।

तत्परताः उत्प्रेरणाले उसमा तत्परता जगाउँछ । तत्परताले सिक्नका लागि प्रयोगात्मक क्रियाकलापहरू गर्न प्रेरित गर्दछ । थोमस अल्वा अडिशनले बिजुलीको बल्ब बनाउने परिकल्पना त गरे तर उनी हजारौं पटक फेल पनि त भए । अन्तः बल्बको आविष्कार भएरै छाडे । यो उत्पादनले विश्व बिख्यात ख्याति पनि पायो र पाईरहेको छ ।

योजनाः योजना नभएको यात्रु कहाँ पुग्छ ? कसैलाई थाहा हुँदैन । त्यसैले सिक्नका लागि विद्यार्थीले योजना बनाएर आफ्नो शिक्षा सुरु गर्नु पर्दछ । यसका लागि अभिभावक, शिक्षक र अग्रजहरले राम्रो बनाउन योजनाका लागि सहयोग गर्नु पर्दछ ।

जति राम्रो पारिवारिक उत्प्रेरणा हुन्छ त्यति नै राम्रो तरिकाले बच्चाले सिक्न सक्छ । उक्त राम्रो उत्प्रेणाकालागि पारिवारिक योगदान, मेहेनत, परिश्रम, विचार आवश्यक पर्दछ । हुन त थोमस अल्वा अडिसनको पारिवारिक आर्थिक अवस्था सुरुमा राम्रो थिएन त्यसैले उनले सुरुमा रेलमा पत्रिका बेच्ने काम पनि गरे तर उनको परिवार अलि संस्कारी र सभ्य थियो ।

बच्चाले राम्रो गर्न सकेन भने हामीले बच्चालाई दोष दिन्छौं तर साथीसंगत, घर परिवारको संस्कार, विद्यालयको संस्कार कस्तो छ ? यी सबैकुरा हामीले हेरेका हुदैनौं । बच्चाले राम्रो गर्न नसके गाली मात्र गरिरहन्छौं । बास्तवमा विद्यालयको संस्कार अति उच्च खालको र वैज्ञानिक हुनु पर्दछ । विद्यालयले विद्यार्थीमा उत्प्रेरणा थप्नेकाम गरेको छ कि छैन ? किन भने बालबालिकाको लागि पहिलो घरपरिवार हो भने दोस्रो घर विद्यालय हो । घर र विद्यालयको पारस्पारिक सम्बन्ध हुन्छ । त्यसैले घरमा सु–संस्कृत वातावरणको विकास गर्नु पर्दछ भने विद्यालयमा पनि राम्रो वातावरण बनाउन अभिभावकले उत्तीकै चासो राख्नु आवश्यक हुन्छ ।

प्रकाशित मितिः   ३ बैशाख २०७८, शुक्रबार १०:०६