समृद्धिका लागि उद्यमशीलता

कर्णालीमा ठूलो उद्योगहरू छैनन् । केही मात्रामा लघु तथा घरेलु उद्योग छन् । हिमाली क्षेत्रमा हातले बनेका राडीपाखी उत्पादन गर्नेदेखि कृषि उत्पादन, फलफूल खेती, पशुपालन लगायतका उद्यममा यहाँका नागरिक आवद्ध छन् । तर तिनै लघु तथा घरेलु उद्योगहरू पनि पूर्णरूपमा संस्थागत हुन सकेका छैनन् । यसका अनेक समस्या छन् । जसमध्ये बजारीकरण प्रमुख समस्या बनेको छ । कर्णालीमा उत्पादन गरिएका वस्तुहरूले बजार नपाउँदा उद्यमीहरू निरुत्साहित भएका छन् । कतिपयले जसोतसो उद्यम सञ्चालन गरेपनि मेहेनतअनुसारको प्रतिफल भने प्राप्त गर्न सकिरहेका छैनन् ।

उद्यम अपरिहार्य छ । नागरिकको आर्थिक जीवनस्तर सुधारका लागि उद्यमको भूमिका महŒवपूर्ण हुन्छ । सँगसँगै यो मुलुककै अर्थतन्त्रको अभिन्न अङ्ग पनि हो । देशमा उद्यमको विकास हुँदा त्यसले रोजगारीको सिर्जना गर्छ, बेरोजगारी घटाउँछ, व्यक्तिको आय बढाउँछ, राज्यले उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानी बढ्छ । तर कर्णाली प्रदेशमा उद्योगको जग नै धेरै सानो छ । मानिसमा उद्यमी हुने आँट र चेतना धेरै छैन । लगानी गरेर पर्खने धैर्यता छैन । उद्यमी हुँदाको फाइदाका बारेमा प्रष्टता छैन । त्यसैले मानिस लगानी गर्ने पैसा भए पनि उद्योगमा लगानी गर्न हच्किन्छन् । उद्ययोग सञ्चालन गर्न निक्कै उन्नतस्तरको व्यवस्थापकिय क्षमता चाहिन्छ । उद्यम भनेको अर्को अर्थमा इलम पनि हो । उद्यमीले आफूले मात्रै पैसा कमाएका होइनन् धेरैलाई रोजगारी दिएका छन् । राज्यलाई कर तिरेका छन् । एउटा उद्यमी सफल भए त्यसले आफूलाई मात्रै होइन समाज र देशकै भलो गरिरहेको हुन्छ । त्यसै कारण उद्यम र उद्यमीको विकासका लागि राज्यले ध्यान दिनुपर्छ । तब मात्रै वास्तविक रूपमा देश विकास हुन्छ ।

उद्यम भनेको ठूलठूला उद्योग र कलकारखाना मात्रै होइन । जीविकोपार्जनका लागि गरिने व्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन् । उद्यमको सुरुवात जीविको पार्जन गर्न कै लागि हुन्छ । तर जब उद्यमले आकार ग्रहण गर्दै वृद्धि हुँदै जान्छ तब त्यो जीविकोपार्जनसम्म मात्रै सीमित हुँदैन । त्यसले अरुअरु उद्यमका सम्भावनाको खोजी गर्दै जान्छ । कारोबार बढाउदै जान्छ । धेरैलाई रोजगारी दिने क्षमता राख्छ । राज्यलाई कर तिरेर धनी बनाउछ । त्यसैले साचो अर्थमा उद्यम विकासविना देश विकास हुँदैन । देश विकासमै महŒवपूर्ण योगदान दिनसक्ने उद्यम र उद्यमीलाई प्रोत्साहन गर्नेतर्फ राज्यको ध्यान पुग्न अपरिहार्य छ । जबसम्म राज्यले उद्यममा लगानी गर्न प्रोत्साहन गर्नुका साथै उत्पादनहरूको बजारीकरणमा सहयोग गर्दैन तबसम्म उत्पादनमुखी उद्योगको विकास हुँदैन । पछिल्लो समय सरकारले उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू ल्याएको छ । व्याजमा अनुदान दिने गरेको छ । यसको सही सदुपयोग हुन भने जरुरी छ । पहुँचका आधारमा लाभ पाउने र पहुँच नहुनेहरूले नपाउने अवस्थाको अन्त्य गरिनुपर्दछ । उद्यम गर्न चाहनेहरूलाई सहयोग पु¥याउन सके त्यसले आर्थिक विकासमा ठूलो सघाउ पु¥याउनेछ ।

प्रकाशित मितिः   ४ चैत्र २०७७, बुधबार ०६:००