मोबाइल कफी !
व्यवसाय
बर्दिया ठाकुरद्वाराका २६ वर्षीय केशव कटुवाल र सुर्खेत कल्याणका २४ वर्षीय कृष्ण मगर अचेल कफी बेच्दै वीरेन्द्रनगरका कुना–काप्चा चहार्छन् ।
बिहानदेखि साँझ अबेरसम्म ग्राहकको दैलो–दैलोमा पुगेर कफी बेच्नु केशव–कृष्णको दिनचर्या बनेको छ । उनीहरूलाई यो व्यवसायमा रम्ने अवसर भने वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय रमेश थापाले दिएका हुन् । रमेशले पुस १५ गतेदेखि सुर्खेतमा मोबाइल कफी सञ्चालनमा ल्याएका छन् । उनले गतवर्ष मंसिरदेखि काठमाडौंमा यो व्यवसाय थालनी गरेका थिए । तर कोरोना भाइरसबाट सिर्जित परिस्थितिले गर्दा लामो समय सञ्चालन गर्न सकेनन् । ‘बन्दाबन्दीले गर्दा बालाजुमा घरभाडा तिरेर मोबाइल कफीका सबै सर–सामान लिएर यतै (सुर्खेत) आएँ,’ रमेशले भने ।
प्रतिकप ४० रूपैयाँका दरले कफी बेचिरहेका केशवले सानो–सानो कामबाट राम्रो आम्दानी हुन थालेको बताए ।
रमेशले अढाई वर्ष अघि भारतको गुजरातमा ‘मोबाइल टी–कफी’ देखेर प्रभावित भएको सुनाए । ‘गुजरातमा साहुसँग एउटा भोजमा जाँदा मोबाइल कफीको व्यवसाय देखेँ,’ उनले भने ‘नेपाल फर्केर यही व्यवसाय गर्ने सोच बनाएँ । बंगलादेशबाट मेसिनका साथै कफी किट्स मगाएँ ।, चार वटा मेसिन किनेँ ।’ हाल दुई मेसिनमात्र सञ्चालनमा ल्याएको र चार वटा मेसिनका लागि आठ लाखभन्दा बढी रूपैयाँ खर्च भएको उनी बताउँछन् ।
मोबाइल कफी व्यवसायबाट दैनिक कम्तीमा दुई सय ५० कप कफी बिक्री हुने गरेको छ । प्रतिकप ४० रूपैयाँका दरले कफी बेचिरहेका केशवले सानो–सानो कामबाट राम्रो आम्दानी हुन थालेको बताए । कफीका पारखीहरूले केशव र कृष्णलाई नियमित आउन आग्रह गर्छन् । ‘माग बढ्दो छ । हामीलाई पु¥याउन भ्याइनभ्याई छ,’ केशवले भन्ने, ‘नियमित आउनुप¥यो भन्नुहुन्छ । नम्बर मागेर कतिले आफै अर्डर गर्नुहुन्छ ।’ ग्राहकहरूबाट आफूलाई व्यवसाय गर्न हौसला मिलेको उनले बताए । रमेशले केशव र कृष्णलाई पारिश्रमिक वापत मासिक १० हजार हजार तथा प्रतिकपमा पाँच रूपैयाँ बोनश दिने गरेका छन् ।
प्रकाशित मितिः १० माघ २०७७, शनिबार ११:५०
साझा बिसौनी ।