‘पढाइ खर्च जुटाउन भारतमा मजदुरी गरियो’

जसवीर रोका शिक्षण पेसामा आवद्ध छन् । उनी हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायका केन्द्रीय क्याम्पस प्रमुख छन् । वि.सं. २०४३ असोज ६ गते बुवा कुमारो रोका र आमा कौशिला रोकाको जेठो सन्तानको रूपमा रुकुम–पश्चिमको मुसिकोट नगरपालिका वडा नंं. १३ छेवाङदोबाइमा जन्मिएका हुन् । पढाइका लागि दुर्गमदेखि राजधानी सहरसम्म संघर्ष गरेका उनै रोकाले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेः

जसवीर रोका

बाल्यकाल संघर्षमै बित्यो । हामी पाँच भाइ र एक बहिनीमध्ये म जेठो हुँ । किसान परिवार हो हाम्रो । त्यसबेलाको परिवेशमा धेरै दुःख गर्नुपथ्र्यो । गाउँमाा रोजगारीका अवसर थिएनन् । खेती किसानीले वर्षभरी खान पुग्दैनथ्यो । बुवा कमाइ गर्न भारत जानुहुन्थ्यो । हाम्रो आर्थिक अवस्था नाजुक नै थियो । हामी कहिलेकाहीँ घरायसी सामान लिन सल्यानको श्रीनगर आउँथ्यौँ । त्यस बेलामा नुन र आवश्यक घरायसी सामग्री लिन बजार आनुपथ्र्यो । हामीले अरूको सामान पनि बोक्ने गथ्यौँ । बोकेको ज्याला पाइन्थ्यो । श्रीनगर पुगेर घर फर्किन तीन दिन लाग्थ्यो ।

पढाइबाहेक मलाई संगीतमा पनि रुचि थियो । म गाउँथे पनि । सानोमा दोहोरी धेरै खेलियो । दोहोरी प्रतियोगितामा प्रथम कति पटक प्रथमसमेत भएको हुँ । गाइवस्तुको गोठाला जाँदा रमाइलो हुन्थ्यो । जंगलमा म ठूलो स्वरले गाउँथे । पल्लो गाउँकाले मैले गीत गाएको सुनेपछि फलना मान्छे गोठाला आएको रहेछ भनेर अड्कल लगाउथे रे । उतिबेला गाउँमा हुने विवाह र जात्रा मेलामा मैले गाएको गीत खुबै मन पराएर सुन्थे ।

हाम्रो घर नजिकै खोला थियो । पौडी खेल्नमा हामी सबै भाइबहिनी सिपालु थियौं । पौडी खेल्दाखेरी कसले कतिसम्म खेल्न सक्ने, पानीमा डुब्न सक्ने भनेर प्रतिस्पर्धा नै चल्थ्यो । एक पटक पानीमा कतिसम्म डुब्न सकिन्छभन्दा एक जना साथी डुबे । उसलाई बल्ल–बल्ल बचाइयो । पौडी खेल्न जाँदा खोलामा माछा पनि मारिन्थ्यो । दहीदुध राख्ने ठेकीमा माछा पर्छन् भनेर पानीमा डुबाउने गथ्र्यौं । एक दिन ठेकीमा सर्प परेछ । सर्प देख्ने वित्तिकै मैले हातबाट ठेकी फालिदिए । ठेकी नै फुटेछ । त्यसदिन घरमा पिटाइ खाइयो । बुवाले बदमासी गरेको भन्दै रातभरी घरबाहिरै राखिदिनुभयो । राति दुई तीन बजेतिर मात्र आमाले भित्र लैजानु भयो । विद्यालयमा साथीहरूसँग खेल्ने गरिन्थ्यो । हाम्रोतिर धेरै जसो बल खेल्ने चलन थियो । खाली खुट्टा फुटबल खेलेको अहिले पनि सम्झना आउँछ । कहिलेकाहीँ स्कुल छोडेर पनि पौडी खेल्न गइन्थ्यो ।

गाउँमा पढ्नुपर्छ भन्ने सबैमा चेतना थिएन । छोराहरूले कमाउनुपर्छ, घर परिवारको जिम्मेवारी लिनुपर्छ भनिन्थ्यो । प्रायः गाउँका मानिसहरू कमाउन भारत जान्थे । अलि ठूलो भएपछि विहे गर्ने, घरपरिवार समाल्ने र कमाउनु पर्छ भन्ने सबैको सोच थियो । म घरको जेठो छोरा भएकाले अरु भाइबहिनीभन्दा जिम्मेवारी पनि बढी नै थियो । मलाई पनि विहे गर्ने र परिवारको जिम्मेवारी समाल्ने दवाब आइरहन्थ्यो । तर मलाई पढेर जागिर भएपछि मात्रै बिहे गर्नुपर्छ भन्ने लाग्थ्यो । घरमा विहेको दवाव दिँदा दुई÷चार दिन भागेर मामाको घर जान्थे । मेरो साइलो मामा प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँले मलाई पढ्नका लागि सधैं प्रेरणा दिइरहनुभयो । सानो छँदा विहेभन्दा पनि पढाइमै मेरो बढी ध्यान गयो । बिहे त मैले मास्टर गरेर मात्रै गरँे ।

म पढाइमा मध्यम खालको विद्यार्थी हुँ । कक्षा पाँचसम्म राम्रैसँग पढँे । त्यसपछि कमाउन भनेर एक वर्ष भारत गइयो । त्यहाँ मैले काम गर्ने घरका मालिक शिक्षक रहेछन् । सानै उमेरमा किन काम गर्न आएको भनेर उनले मलाई पढ्नुपर्छ भन्दै सम्झाए । म घर फर्किएर फेरि पढ्न थाले । भारतबाट आएपछि कक्षा ६ मा नाम लेखाए । कक्षा ८ पछि पढ्न सदरमुकाम खलङ्गा आएँ । त्यहाँ धेरै ठाउँका विद्यार्थीहरू पढ्थे । म गणित विषयमा कमजोर थिएँ । गाउँ विद्यालयमा पढेकाले पढाइ अलि कमजोर नै थियो ।

गणितमा मैले धेरै मेहेनत गरेँ । पढ्नमा मीनबहादुर केसी सरले प्रेरणा दिनुहुन्थ्यो । गाउँमा गणित विषयका शिक्षक पाउनै मुस्किल हुन्थ्यो उतिबेला । गणितलाई असाध्यै गाह्रो विषय मानिन्थ्यो । त्यसले पनि मैले यहीँ विषयमा राम्रो गर्नुपर्छ भनेर मेहेनतमा लागेँ ।

पढ्दै गर्दा राजनीतितिर पनि झुकाव भयो । मलाई गाउँमा सबैले राम्रै मान्नुहुन्थ्यो । विद्यार्थी संगठनमा आवद्ध भएर विभिन्न सगठनका गतिविधिहरूमा सहभागी भइरहन्थें । मैले किशोर अवस्थामै एउटा क्लबको अध्यक्ष भएर पनि काम गरेँ । जनज्योति युवा सदनबाट हामीले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँथ्यौं । सामाजिक कार्य गर्ने र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गथ्र्याैं । गाउँमा केही विषयमा विवाद भएको खण्डमा मिलाउने काम पनि गरिन्थ्यो । सडक खन्ने, विद्यालय भवन निर्माण गर्ने काममा पनि हामी सहभागी हुन्थ्यौँ ।

घरायसी काम गरेर स्कुल पढ्न जानुपथ्र्यो । दिउँसोको समयमा खाजा खान आउँदा गाईवस्तुलाई घाँसपानी गर्नुपर्ने । हाम्रो स्कुल घर नजिकै थियो । बिहान घाँस काटेर दिउँसो स्कुुल र साँझ फेरि काम गर्नुपथ्र्यो । त्यसबेलामा हाम्रा तीन वटा गोठ थिए । बर्खाको समयमा लेकमा बस्थ्र्यौं । हिउँदमा बेसी । अरु समय गाउँमै बस्थ्यौं । घरको काम गरेर बुवाआमालाई खुशी बनाएर मात्र पढ्न जान्थ्यौँ ।

कक्षा १० मा पढ्दा घरबाट चामल दाल ल्याएर आउने गरिन्थ्यो । परिवार छोडेर टाढा बस्दा धेरै नै दुःख हुन्थ्यो । हामीले पढ्ने बेलामा मानसिक तनाव निकै भोग्नुपथ्र्यो । संकटकालको समय थियो त्यो । विद्यार्थीहरूलाई सेना र प्रहरीले बढी केरकार गर्ने, सोधपुछ गरिरहने गर्थे । त्रासका कारण त्यसबेला परीक्षासमेत राम्रो गर्न सकिदैन्थ्यो ।

हामी स्कुल पढ्दा अटोग्राफी लेख्ने चलन थियो । साथीहरूलाई लेख्न दिने । त्यसमा आफ्ना भावनाहरू लेख्ने, फोटोहरू टाँसेर साथीलाई दिने गरिन्थ्यो । बाल्यकालमा अभाव भए पनि स्वतन्त्रता थियो । सानो–सानो कुरामा खुशी भइन्थ्यो । अहिलेका बालबालिकाको बाल्यकाल र हाम्रो बेलाको बाल्यकाल धेरै फरक लाग्छ । हामीले उतिबेला घरायसीदेखि सामाजिक काम सबै गथ्यौं ।

मैले जनता मावि खलाङ्गाबाट २०५९ सालमा एसएलसी पास गरेको हुँ । प्लस टू खलङ्गामा नै पढेँ । त्योभन्दा माथिको कक्षा त्यहाँ पढाइ हुन्थेन । त्यसपछि पढ्न बाहिर जानुपथ्र्यो । भारत गएर पैसा कमाउने अनि पढने योजनाका साथ मैले भारतमा सात आठ महिना काम गरेँ । पढ्नका लागि दुःख गरियो । म मात्रै होइन हाम्रोतिरका धेरै विद्यार्थी उसबेला भारत गएर ज्याला मजदुरी गर्थे । पढाइ खर्च जुटाउन केही समय भारत गएर कमाइन्थ्यो ।

त्यो पैसाले म काठमाडौं पढ्न गएँ । त्यहाँ जीतबहादुर बस्नेतसँग भेट भयो । उहाँ र मैले मित लगायौं । हामीले एक अर्कालाई सरसहयोग गरेर काम गर्दै पढौं । स्नातक सकेपछि म फेरि रुकुम–पश्चिम आएँ । पहिले केही समय पढाएको विद्यालयमै पढाउन थाले । केही समयपछि पुनः पढाइलाई अगाडि बढाए । स्नातकोत्तर गरेँ । मास्टर गरेपछि रुकुम उज्यालो कार्यक्रममा अधिकृत भएर पनि काम गरेँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएपछि सुर्खेत आएँ । यहाँ उपप्राध्यापकको रूपमा काम गर्न थाले । हाल म शिक्षा संकायको क्याम्पस प्रमुखको रूपमा कार्यरत छु ।

प्रकाशित मितिः   १८ पुष २०७७, शनिबार ०९:३९