‘चक्लेट खाने पैसा पनि हुन्थेन’

प्रवेशमान मानन्धर सहकारी अभियन्ता हुन् । उनी करिब दुई दशकदेखि सहकारी क्षेत्रमा क्रियाशील छन् । सहकारी स्थापना, सञ्चालन र व्यवस्थापनमा लामो अनुभव संगालेका उनी हाल सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक हुन् । वि.सं. २०३३ पुस १९ गते बुवा गणेशमान मानन्धर र आमा भगवति मानन्धरको जेठो सन्तानका रूपमा बाँकेको नेपालगञ्जमा जन्मिएका मानन्धरले हाम्रा सहकर्मी मुना हमाल सँग बाल्यकालको सम्झना यसरी साटेः

प्रवेशमान मानन्धर

मेरो बाल्यकाल सामान्य रूपमा बित्यो । नेपालगञ्ज जन्मिए पनि चार वर्षको उमेरसम्म जाजरकोटमै बिताएँ । आमाको माइती जाजरकोट र बुवाको जागिर पनि जाजरकोटमै थियो । बाल्यकालको केही समय जाजरकोटमै बित्यो । बुवा तत्तकालीन जिल्ला शिक्षा कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । पछि हामी सुर्खेतमै बस्न थाल्यौँ ।

आमा शिक्षिका हुनुहुन्थ्यो । बुवाआमा दुवै शिक्षा क्षेत्रको भएकाले पनि हामीलाई पढ्ने वातावरण राम्रै थियो । आमाले पढाउने स्कुलमै पढ्ने भएकाले पनि सजिलो भयो । मैले शिव माध्यमिक विद्यालय लाटीकोइलीबाट पढाइ सुरू गरेको हुँ । बुवाआमाकै प्रेरणाले हामीले पढ्न सक्यौँ ।

म सानोमा कम बोल्ने, अलि गम्भिर स्वभावको थिएँ । बाल्यकालमा कहिलेकाँही बदमासी पनि गरियो । साथीहरूसँग झगडा पनि हुन्थ्यो । ठूलै बदमासी भने गरिएन । फलफूल चोरेर खाने काम भने धेरै गरिन्थ्यो । घरबाट स्कुल जाँदा र आउँदा बाटोमा हामीले मकै भाचेर खाइदिने, फलफूल टिपेर खाइदिने गथ्र्यौं । एक पटक काँक्रेविहारको बगैँचामा आँप चोर्न जाँदा पालेले समाएर बेसरी पिटेका थिए । त्यस दिनदेखि अब कहिल्यै यस्तो बदमासी गर्नुहुन्न भन्ने भएको थियो । त्यस बेलामा फलफूल चोरेको पाप लाग्दैन भन्ने चलन थियो । त्यसैले पनि हामीहरू फलफूल र काँक्रा चोरेर खान्थ्यौँ । त्यो उमेरमा घरमा हुँदाहुँदै पनि बाहिर चोरेर खानुको मजा बेग्लै हुन्थ्यो ।

उतिबेला प्रविधिको विकास भइसकेको थिएन । खेलहरू पनि अहिलेको जस्तो खासै हुन्थेनन् । साथीभाइहरू खेल्ने, रमाउने भने हुन्थ्यो । हामीले गुच्छा र भलिबल खेल्ने गथ्र्यौं । स्कुलको चौर, काँक्रेविहार र शिव मन्दिरको वरिपरी खेल्थ्यौं । बुलबुलेबाट पानी बगेर बनेको गोरेखाकल खोला छ । त्यहाँ हामी माछा मार्न जान्थ्र्यौं । त्यो खोलामा पहिले अलि धेरै पानी हुन्थ्यो । अचेल भने खासै पानी देखिँदैन । मलाई सानैदेखि गीतसंगितमा रूची थियो । गीत गाउँथे । प्रायः विद्यालयमा हुने प्रतियोगितामा मेरो सहभागिता हुन्थ्यो । विशेष गरेर चाडपर्वको समयमा रमाइलो हुन्थ्यो । देउसी–भैलो खेल्दा साथीहरूले मलाई नै भट्याउन लगाउँथे । रमाइलो हुन्थ्यो ।

त्यस बेलामा एउटा सि¨ीसहितको चक्लेट पाइँन्थ्यो। एउटालाई २५ पैसा पथ्र्यो। मलाई पनि चक्लेट खान मन लागिरहन्थ्यो । पैसा नहुँदा त्यही चकलेट खान पनि नपाइने अवस्था थियो ।

एसएलसी पछि केही समय संगित पनि सिकँे । आफँै गितार किनेको थिएँ । यसबाहेक मलाई भ्रमण गर्न मन लाग्थ्यो । वनभोज खान जाँदा खुबै रमाइलो हुन्थ्यो । अहिलेको जस्तो पैसा उठाएर समान किन्ने भन्ने हुन्थेन । सबै चीज घरबाट उठाएर लैजाने गरिन्थ्यो । घरबाट दाल चामल, तरकारी, खाना पकाउने भाडा बोकेर काँक्रेविहार, बुलबुले वनभोज खान जान्थ्यौं । ती दिनहरू सम्झदा अहिले पनि निक्कै रमाइलो लाग्छ ।

उसो त मेरो बाल्यकालमा केही अप्ठ्याराहरू पनि आए । केही अभाव र समस्या भोग्नुप¥यो । बुवालाई एउटा झुटो प्रशासनिक मुद्धा लागेको थियो । त्यहाँबाट सफाइ नपाउने बेलासम्म हामीले दुःख र अभाव झेल्नु परेको थियो । त्यसका लागि बुवाआमा लामो समयसम्म काठमाडौं बस्नु भयो । हामी घरमा दुई भाइ मात्र थियौं । पछि हजुुरआमा हाम्रो रेखदेखका लागि आउनु भएको थियो । तर आर्थिक संकट भएकाले खर्च व्यवस्थापन गर्न समस्या नै थियो । आफन्तबाट भए पनि सहयोग लिएर हामीले पढाइ खर्च जुटाएका थियौं । पहिले खासै पैसा पाइँदैन्थ्यो । त्यस्तै १०÷२० पैसा मुश्किलले पाइन्थ्यो । पैसा पायो कि पिपलमेट चक्लेट किनेर खाइन्थ्यो । एक रूपैयाँमा दश वटा चक्लेट आउँथ्यो । त्यस बेलामा एउटा सिट्ठीसहितको चक्लेट पाइँन्थ्यो । एउटालाई २५ पैसा पथ्र्यो । साथीहरूले चक्लेट खाइसकेपछि सिट्ठी बजाउने गर्थे । मलाई पनि चक्लेट खान मन लागिरहन्थ्यो । पैसा नहुँदा त्यही चकलेट खान पनि नपाइने अवस्था थियो ।

पढाइमा मध्यम खालको विद्यार्थी थिएँ । शिक्षक र साथीभाइहरूले माया गर्थे । सबैको प्यारो थिएँ । शिक्षकहरूले पढाइमा जेहेन्दार र मेहेनती विद्यार्थी भन्नुहुन्थ्यो । बाल्यकालमा खासै यही बन्छु भन्ने थिएन । बुवाले मेडिकल लाइन पढाउने सोच बनाउनु भएको थियो । त्यसैले मैले कक्षा ८ देखि विज्ञान विषय लिएर पढेको थिएँ । एसएलसी पछि व्यवस्थापन विषय पढेँ । कलेज पढ्ने भएपछि जागिर गर्दै पढ्न सजिलो भयो । मैले तत्तकालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट बीबीएस गरेँ । चार वर्ष बोर्डिङ्ग स्कुलमा पढाएँ । त्यसपछि निरन्तर सहकारीमा आवद्ध भइयो । सहकारी क्षेत्रका विभिन्न जिम्मेवारीमा रहेर काम गरेँ । म १९ वर्षदेखि सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत छुु ।

प्रकाशित मितिः   ६ मंसिर २०७७, शनिबार ०६:०४