‘खरीले सिलोटमा लेखेर पढ्थ्यौँ’

वीरेन्द्रनगर–९ लाटीकोइलीका सिन्धुराज श्रेष्ठ पूर्वनिजामती कर्मचारी हुन् । ल्याब टेक्निसियन (छैटौँ अधिकृत) उनले मलेरिया रोकथाम तथा नियन्त्रणमा साविकको सुदूर र मध्यपश्मिाञ्चलका विभिन्न जिल्लामा रहेर काम गरे । वि.सं. २००७ मंसिर १५ गते बुवा भिष्मराज श्रेठ र आमा पशुपति श्रेष्ठको पहिलो सन्तानको रूपमा डोटीको सिलगढीमा जन्मिएका हुन् । तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतमा रहेर लामो समयसम्म सेवा गरेका उनै श्रेष्ठले हाम्रा सहकर्मी मुना हमालसँग बालापनका सम्झना यसरी साटेः

सिन्धुराज श्रेष्ठ

बाल्यकाल दुःख र संघर्षमै बित्यो । हामी चार भाइ । म घरको जेठो सन्तान । १२ वर्षको हुँदा बुवाको निधन भयो । घरको जेठो छोरा भएकाले परिवारको जिम्मेवारी मेरै काँधमा आयो । सानै उमेरदेखि संघर्ष गर्नुप¥यो । घरको आर्थिक अवस्था नाजुक थियो । आमालाई हरेक काममा सघाउनुपर्ने जिम्मेवारी ममाथि आइलाग्यो । जसका कारण मेरो पढाइ केही समयका लागि बीचमै रोकियो । कक्षा ८ मा पढ्थे । बुवाको काजक्रिया बाजेले गर्न थालेपछि मैले म गर्छु भनेर अघि सरेको थिए । अरु भाइहरूको उमेर सानै थियो । बुवाको काजक्रिया मैले नै गरे । २०२६ सालमा एसएलसी दिए ।

म सानैदेखि साधारण स्वभावको मान्छे हुँ । त्यसबेलाको जमानै सोझो थियो । अहिलेको जस्तो थिएन । सबै साधारण नै हुन्थे । पैसाको महŒव निकै हुन्थ्यो । चाँदीका पैसा हुन्थे । मैले चार आनामा एउटा खुकुरा किनेर त्यसबाट १२ वटा चल्ला बनाएर ११ रूपैयाँमा बिक्री गरेको सम्झना अहिले पनि ताजा नै छ । कुखुराको चल्ला बेचेको पैसाले एउटा बाख्रा किनेको थिए । सानैदेखि पैसाको महŒव बुझेको थिए । बचत र सदुपयोग गर्थे । चार आना कमाए भने दुई आना बचत गर्थे । आमालाई घर खर्च चलाउन दिन्थे । अहिले पनि मेरो त्यो स्वभाव कायममै छ । सानैमा जीउनका लागि संघर्ष गर्नुपरेकाले पनि पैसाको महŒव राम्रोसँग थाहा थियो ।

घरको कामदेखि भाइहरूको रेखदेखसम्म मैले नै गर्नुपथ्र्यो । घट्ट जान्थ्यौँ । ढिक्कीमा अन्न कुट्ने पिस्ने गर्नुपथ्र्यो । आमा घरमा नहुँदा सबै काम मैले नै गर्नुपथ्र्यो । खेल्ने रमाउने त्यति समय नै भएन । कहिलेकाहीँ स्कूलमा साथीहरूसँग खेल्ने हुन्थ्यो । त्यति बेला डण्डीबियो, फुटबललगायतका खेल खेल्ने गरिन्थ्र्यो । मलाई फुटबलमा धेरै रूचि थियो । स्कूलमा फुुटबल प्रतियोगिता भइरहन्थ्यो । छुट्टी भएको समयमा म प्रायः फुटबल नै खेल्थे ।

सानो छँदा बद्मास पनि थिए । केटाकेटी उमेरै त्यस्तो । साथीहरूसँग लडाइ झगडा भइरहन्थ्यो । कहिले रूख, कहिले विभिन्न ठाउँबाट लडेर चोटपटक चोट लाग्थ्यो । त्यतिबेलाका चोटका दाग अहिले पनि छन् । एक दिन मैले साथीसँग झगडा गरेर कलमले उसको गाला नै छेडिदिएको थिए । त्यसदिन निकै गल्ती गरेको जस्तो महसुस भयो । तीन÷चार दिनसम्म म स्कूलमै गइन । धेरै दिनपछि स्कूल जाँदा हेडसरले खुुबै गाली गर्नुभएको थियो । घण्टौँसम्म घाममा मुर्गा बनाउनुभयो । ढाडमा ढुङ्गा राखिदिएर चर्को घाममा मुर्गा बन्नुपथ्र्यो । अब यस्तो बद्मासी कहिले पनि गर्दिन भने । त्यसपछि मैले कहिले पनि बद्मासी गरिन । हामी स्कूल पढ्ने बेला विद्यार्थीलाई खुबै सजाय दिइन्थ्यो । हामीले पाँच कक्षा पढुञ्जेल खरीले सिलोटमा लेखेर पढेको हो । त्यसपछि मात्रै कापी–कलमले लेख्न थाल्यौँ । किताब पनि सहजै पाइँदैनथे । त्यसबेलामा पढेर जसरी पनि जागिर खानुपर्छ भन्ने हुन्थ्यो ।

बाल्यकालमा चाडपर्व रमाइला लाग्थे । दसैँ–तिहारमा मिठो खाने, राम्रो लगाउने भन्ने हुन्थ्यो । तिहारमा देउसी–भैली खेल्ने भएर पनि रमाइलो लाग्थ्यो । सानोमा म घोडा चढ्थे । हाम्रो घरमै घोडा थियो । घोडा चढ्दा कति पटक त म लडेर चोट पनि लागेको थियो । जहाँ जाँदा पनि घोडा चढेर जाने गर्थे ।

कक्षा आठमा पढाइ रोकिएपछि मैले २०२४ सालदेखि नै जागिर गर्न थालेको थिए । घरको अवस्था नाजुक भएकाले मैले १६ वर्षको उमेरमै जागिर खानु परेको हो । त्यस बेलामा मैले पहिलो पटक मलेरिया फिल्ड वर्करका रूपमा काम गरेँ । त्यसपछि सुपरभाइजर भए । त्यतिबेला मलेरिया महामारी जस्तै थियो । गाउँमा मलेरियाको अवस्था कस्तो छ भनेर रेकर्ड राख्नुपथ्र्यो । त्यसपछि म माइक्रोपिष्टको तालिमका लागि काठमाडाँै गएँ । पहिलो पटक २०२९ सालमा सुर्खेतमा औलो कार्यालयमा सरुवा भएर आएको थिए । सुर्खेतमै विवाह गरेँ । मलेरिया सम्बन्धित काम गर्ने क्रममा माइक्रोपिष्ट हुँदै ल्याब टेक्निसियन, सिनियर ल्याब टेक्निसियन हुँदै अधिकृत छैटौँसम्म भएर जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतमा काम गरेपछि २०६९ सालमा अनिवार्य अवकाश लिए ।

जागिर गर्दा डोटी, बाजुरा, कैलाली, बाँके, सुर्खेतलगायतका ठाउँमा रहेर काम गर्ने अवसर मिल्यो । जागिरे जीवनमा पनि धेरै संघर्ष र दुःख गर्नुप¥यो । धेरै पटक मृत्युको मुखबाट फर्किएर आएका सम्झना पनि छन् । भर्खरै मात्र कोरोना संक्रमण भएर निको भए । अहिले र पहिलेको समयमा धेरै फरक छ । हरेक क्षेत्रमा विकासक्रम बढ्दो छ । हाम्रो पालामा कहिँकतै रेडियोबाहेक अरु सञ्चारका माध्यम थिएनन् । टेलिभिजन हेर्न र पत्रपत्रिका पढ्न पाइँदैन्थ्यो । अहिलेका बालबालिकाले यी सबै सुविधा पाएका छन् ।

प्रकाशित मितिः   २२ कार्तिक २०७७, शनिबार ०८:०९