बगौँचामा ‘किरण’

वीरेन्द्रनगर–४ भैरवस्थानका किरण किशोर सापकोटा सानैदेखि सामाजिक कार्यमा लागे । खै किन ? उनको मन सामाजिक कर्ममै तानियो । चार÷पाँच वर्षको भइसक्दा पनि उनलाई आमाले बोकिरहन्थिन् । आमाले आफ्नै उमेरका अरु जस्तै हिँड्न किन नदिएकी होलिन् ? उनी यस्तै सोच्थे । किरणलाई पनि हिँड्ने रहर लाग्थ्यो । जब उनी उमेरका अरु केही वर्षहरू उक्लिए, बुझ्ने भए । अनि मात्रै थाहा लाग्यो आमाले आफूलाई बोकीरहनुको कारण ।

‘हिँड्ने उमेर भइसकेको थियो । तै पनि आमाले बोक्नुहुन्थ्यो । म सँगैका अरु साथी हिँडेका हुन्थे । त्यस्तै चार÷पाँच कक्षा पढ्ने बेला मात्रै थाहा पाएँ, सजिलैसँग हिँड्न नसक्ने रहेछु,’ उनले बाल्यकालको विगत सुनाए ।

उनी राम्रोसँग हिँड्डुुल गर्न सक्ने रहेनछन् । डाक्टरले किरणलाई पोलियो भएको बताएका थिए । शारीरिक रूपमा अशक्त भए पनि पढाइमा राम्रो विद्यार्थी थिए, किरण । विद्यालयमा हुुने अतिरिक्त क्रियालकलापमा सहभागि हुन रूचि राख्थे । भइरहन्थे पनि । शिक्षक, साथीभाइको उत्तिकै प्यारो थिए ।

सानैदेखि सामाजिक काममा मन जानथाल्यो । जुनियर रेडक्रस सर्कलमा आवद्ध भए । यो सामाजिक काम गर्नका लागि उपयुक्त ‘प्लेटफर्म’ थियो । उनले अध्ययन गर्ने विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन भयो । सापकोटा अध्यक्ष भए । सानैदेखि समाजका लागि केही गर्नुपर्छ भन्ने भावना थियो । उनी भन्छन्, ‘त्यही भावनाले मलाई सामाजिक काममा लाग्न हौसायो ।’

रेडक्रस भैरवस्थापन उप–शाखाको सदस्य हुँदा विद्यालयमा डेण्टल शिविर राखिएको थियो । उनले त्यहाँ एक जना शारीरिक अपाङ्गता भएकी बालिकालाई देखे । उनको भविष्य कस्तो होला र मैले उसको लागि केही सहयोग गर्न सक्छु होला भन्नेबारे सोचे । ती बालिकाको सहयोगका लागि केही निजी स्कुुललाई अनुरोध समेत गरे । उनले आफ्नो उच्च शिक्षा अध्ययन गर्नका लागि स्कलरसीप पाएका थिए । ३० हजारको अध्ययन छात्रवृत्ति । त्यही पैसाले बालिकालाई सहयोग गर्न गए । तर ती बालिकालाई उनले भेट्न सकेनन् । अर्को एउटा अपाङ्गता भएको विद्यार्थीलाई सहयोग गरे । समस्या उस्तैै थियो, ती विद्यार्थीलाई पनि सहयोग खाँचो थियो ।

अधिकांश विद्यालयहरूमा सरसफाई र हरियाली नभएको देखे । उनले त्यसबेलामा सोचे मैले यी विद्यालयलाई हराभरा गराउने अभियान सुरु गर्नुपर्छ । उनलाई थाहा थियो पढ्नका लागि उपयुुक्त वातावरण चाहिन्छ । ज्ञान आर्जन गर्ने ठाउँको वातावरण सफा र रमणीय हुनुपर्छ । किरणले मन मिल्ने केही साथीहरूसँग सरसल्लाह गरेर ‘माई ग्रिन एण्ड क्लिन स्कुुल’ अभियानको सुरुवात गरे । अभियान थाल्नु अघि उनले वीरेन्द्रनगरका काँक्रेविहार, कुहिने पानी, कट्कुवा क्षेत्रमा वृक्षारोपणका काम गरिसकेका थिए । जहाँ रुख ढलेको देख्थे त्यहाँ उनी एक वटा विरुवा रोप्थे । विरुवालाई पनि जीवन दिनुपर्छ भन्ने सोच उनमा थियो । प्रकृतिको संरक्षणले नै मानवको हित हुन्छ भन्ने किरणलाई सानै उमेरमा ज्ञान भइसकेको थियो । जसले गर्दा उनलाई वृक्षारोपण र विद्यालयमा बगौंचा निर्माणको कामसम्म डो¥यायो ।

२०७३ फागुन हो, किरणले पहिलो पटक वीरेन्द्रनगरकै सरस्वति प्राविमा विरुवा रोपे । त्यो कामका लागि दुुई जना भाइहरूले उनलाई साथ दिए । शिक्षक, विद्यार्थीहरूको पनि साथ पाए । उनको यो अभियान अहिले झाँगिएको छ । २९ वटा विद्यालयमा अभियान पुगेको छ । स्कुुलमा रहेको खाली जग्गामा फुलबारी (गार्डेन) बनाउनुुपर्छ भन्ने उनको अभियान हो । अभियानकै क्रममा किरण पूर्वमा सिम्तादेखि पश्चिममा बड्डीचौर पुगेका छन् । उनलाई लाग्थ्यो– घरमा रङ्गीचङ्गी फूलहरू हुुन्छन् । तर स्कुुलमा किन हुँदैनन् ? के यहाँ पनि यस्तै बगौंचा बनाउन सकिदैन ? जहाँ स्वच्छ वातावरण हुन आवश्यक छ ।

शारीरिक रूपमा अशक्त भएकाले आमाले उनको लागि केही रकम जम्मा गरिदिनु भएको रहेछ । आमाको निधनपछि मात्रै उनले थाहा पाए । किरण भन्छन्, ‘मेरो लागि पैसा बचत गरिदिनुभएको रहेछ त्यही रकमबाट आउने ब्याजले यो अभियानलई अघि बढाउन सहयोग ग¥यो ।’ आफ्नो नाममा आमाले नौ लाख ४० हजार रुपैयाँ जम्मा गरिदिएको उनले सुनाए । ‘मैले त्यही रकमबाट आउने ब्याजले यो अभियान गर्नसकेँ,’ किरण भन्छन् ।

एउटा सानो प्रयासले विद्यालयको वातावरण राम्रो बनाउन सहयोग पुग्ला भन्ने उनको अपेक्षा छ । विद्यार्थीलाई समेत वातावरणका पक्षमा सिकाउन र यसको संरक्षण तथा प्रवद्र्धनमा लगाउन जरुरी रहेको उनी सुझाउँछन् । विद्यार्थीहरूले आफै आफ्नो विद्यालयको आँगनमा फूलहरू रोपेर स्वच्छ वातावरण बनाउनुपर्ने उनले बताए । ‘बालबालिकाले आफ्नो जन्म दिनमा केक र चक्लेट बाड्नुभन्दा दुई वटा फूलका बिरूवा लिएर रोप्ने संस्कारको विकास गर्नुपर्छ,’ किरणले भने ।

उनी तीनवर्षदेखि यो अभियानमा निरन्तर लागिरहेका छन् । अब घरमै पनि नर्सरी बनाउने योजना रहेको बताए । बाहिरबाट बिरुवा किन्दा महङ्गो पर्ने भएकाले किरणले घरमै नर्सरी बनाउने योजना बनाएका हुन् । अभियान धेरै विद्यालयमा पु¥याउने उनको सपना छ । ‘सकेसम्म धेरै विद्यालयमा यो अभियान पु¥याउने सोच छ । तर मेरो शारीरिक अवस्थाले सबै ठाउँमा जान सकिरहेको छैन । मैले गरेको प्रयासमा अरु पनि जोडिनुपर्छ । यस्तो काम अरुले पनि गरुन्,’ किरण भन्छन् ।

उनको अभियानमा शिक्षक र विद्यार्थीले राम्रो साथ दिएका पनि छन् । जसका कारणले नै उनलाई त्यति धेरै विद्यालयमा अभियान लिएर जान सहज भएको हो । आफूले जन्माएका सन्तानप्रति अभिभावकको जस्तो माया हुन्छ । उनलाई पनि आफूले रोपेको बिरुवाको त्यस्तै माया लाग्छ । जब उनी विद्यालय पुग्छन् । हुर्किदै गएका हराभरा विरुवाले उनको मन खुसी हुन्छ । ‘केही स्कुुलमा धेरै राम्रो पनि छ । केही स्कुलमा संरक्षण गर्न चुनौति छ,’ उनले भने, ‘विद्यालयहरूमा भौतिक संरचनामा मात्रै प्राथमिकता दिएको पाइन्छ । वातावरणलाई त्यति महŒव नदिएको देखिन्छ ।’

कोरोना महामारीका कारण लामो समयसम्म लकडाउन भयो । कोरोनाको जोखिम अझै पनि उस्तै छ । उनी त्यस समयमा पनि बिरुवाकै रेखदेखमा खटिए । बिरुवाले रेखदेख नपाएको र मरेको देख्दा उनको मन पनि भक्कानिन्छ । विरुवा लगाउँदा र गोडमेल गर्दा उनी कति पटक लडेका छन् । त्यस बेलामा दुःख लाग्दैन । जब आफूले रोपेका विरुवा संरक्षणको अभावमा तड्पिएका देख्छन् उनलाई निकै असजिलो हुन्छ । यो अभियानका लागि उनलाई श्रीमति पार्वती पंगाली र साथीभाइहरूको निरन्तर सहयोग छ । किरण व्यक्तिगत खर्चले नै बगैंचा बनाउनेदेखि विरुवा खरिद गर्छन् ।

उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत छन् । उनको सामाजिक कार्यको क्षेत्र फराकिलो छ । आफ्नै खर्चमा वीरेन्द्रनगरका बजार क्षेत्रका तीन ठाउँमा जेब्रा क्रसिङ बनाए । सडक सुुरक्षा सम्बन्धी सेचतना जगाउनु उनको अर्कोे रूचि हो । खेलुकुदमा पनि उत्तिकै रूचि भएका किरण वल्ड पारा पावर लिफ्टिङ खेलाडी समेत हुन् ।(प्रस्तुतिः मुना हमाल)

प्रकाशित मितिः   १७ आश्विन २०७७, शनिबार ०९:३२