खानेपानीकै पिरलो

मानव जीवनका लागि पानी जति अपरिहार्य छ त्यत्तिकै अपरिहार्य छ शुद्ध खानेपानी । स्वस्थ जीवनका लागि पनि हामीले पिउने पानीको शुद्धता जरुरी हुन्छ । किनभने प्रदूषित पानी अनेक रोगको कारण बन्न सक्छ । त्यसैले हरेक नागरिकलाई शुद्ध पानीको पहुँचमा पु¥याउनु राज्यको जिम्मेवारी मानिन्छ । तर कर्णाली प्रदेशमा अवस्था कस्तो छ भने शुद्ध पानी त धेरै परको कुरा खानेपानीकै लागि गर्नुपर्ने दुःख बयान गरिनसक्नु छ । यहाँका नागरिक खानेपानीका लागि तड्पिनुपर्ने अवस्था छ । प्रदेशका कतिपय बस्ती अहिले पनि आधारभूत खानेपानीको सुविधाबाट वञ्चित छन् । ती बस्तीहरूले खोला तथा नदीकै पानी प्रयोग गर्दै आएका छन् । खानेपानीको सुविधा नहुँदा प्रदेशमा ठूलो जनसंख्या अझै पनि दूषित पानी पिउन बाध्य भएको हो ।

नेपालको संविधानले खानेपानी तथा सरसफाइलाई मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ । सरकारले सन् २०१९ मा सबै नागरिकको पहुँचमा आाधारभूतस्तरको खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको भए पनि अझै पूरा हुन सकेको छैन । यद्यपि कर्णालीमा १३ प्रतिशत जनसंख्या अहिले पनि आधारभूत खानेपानीको पहुँचमा छैन । यहाँका धेरै नागरिक खुला पोखरी, खोला–खोल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । प्रदेश सरकारले अबको चार वर्ष अर्थात् वि.सं. २०८०÷०८१ सम्म ६ सय खानेपानी आयोजना निर्माण गरी ९५ प्रतिशत नागरिकलाई आधारभूत खानेपानीको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलश्रोत तथा उर्जा विकास महाशाखाका अनुसार आर्थिक वर्ष २०८०÷०८१ सम्म ‘एक घर–एक धारा’ कार्यक्रममार्फत सात दशमलब ६१ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ । तर वर्तमान अवस्था भने दुःखद् छ । संघीय सरकारले सार्वजनिक गरेको ‘खानेपानी तथा सरसफाइको अवस्था चित्रण–२०७५’ अनुसार कर्णालीमा अझै ५० हजार घरधुरी आधारभूतस्तरको खानेपानीबाट वञ्चित छन् । प्रदेशमा पाइप प्रणालीबाट वितरण गरिएको पानी ८० प्रतिशत जनसंख्याले प्रयोग गर्छन् । सुरक्षित श्रोतको पानी पिउने जनसंख्या भने दुई दशमलब ५१ प्रतिशत मात्र छ । त्यस्तै, ट्यूबवेल शून्य दशमलब ६५ प्रतिशत, आकाशे पानी शून्य दशमलब १३ प्रतिशत र कुनै पनि प्रणालीमा नसमेटिएका घरधुरी १५ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ । यद्यपि उक्त तथ्याङ्क सार्वजनिक पछि प्रदेश सरकार तथा स्थानीय तहहरूले खानेपानीका नयाँ आयोजना सञ्चालन गरेर केही घरधुरीमा पानी आधारभूत सुविधा पु¥याएका छन् । प्रदेश सरकारले कर्णालीमा १३ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा नरहेको जनाएको छ ।

कर्णालीका केही बस्तीहरू अझै पनि भेरी, कर्णाली नदी र खोलाहरूको पानी प्रयोग गर्छन् । गाउँमै खानेपानीको सुविधा नपुग्दा खोलाको पानी पिउनु उनीहरूको बाध्यता हो । कतिसम्म भने बर्खाको समयमा धमिलो पानी आउँछ । त्यही पानी प्रयोग गर्नुपर्छ । नागरिकलाई पानी उपलब्ध गराउनु राज्यको दायित्व हो । जुन दायित्व पूरा गर्नु गैरजिम्मेवारीपन् । यसमा सुधार गर्न जरुरी छ । नागरिकलाई पानीको पिरलोबाट मुक्त गर्न ढिला गर्नु हुँदैन ।

प्रकाशित मितिः   ९ आश्विन २०७७, शुक्रबार १०:२१