साझा संवाद

‘कक्षाकोठामै पढाउनुको विकल्प छैन’

साझा संवाद


खगेन्द्र थापा (प्रधानाध्यापक, अमरज्योति नमूना मावि नेवारे, सुर्खेत)

गत चैत्र ११ गतेदेखि सरकारले लकडाउन (बन्दाबन्दी)को घोषणा ग¥यो, जतिबेला नेपालका अधिकांश सामुदायिक तथा निजी विद्यालयहरूमा वर्षको अन्तिम परीक्षा आधा मात्रै सम्पन्न भएका थिए । पटक–पटक अवधि थपिएपछि लकडाउन करिब चार महिना लम्बियो । जसमा अन्य क्षेत्रजस्तै शैक्षिक क्षेत्र पनि ठप्प बन्यो । अहिलेसम्म पनि विद्यालय तथा विश्वविद्यालयहरू पूर्ण रूपमा खुल्न सकेका छैनन् । यद्यपि पछिल्लो समय भने विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गर्दै सरकारले जोखिमको अवस्था मूल्याङ्कन गरेर विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको छ । सरकारको निर्णय अनुसार जोखिम हेरेर कुनै स्थानीय तहमा विद्यालय सञ्चालन भएका छन् भने कुनै क्षेत्रमा विद्यालय पूर्ण रूपमा बन्द छन् । यसबीच केही यस्ता विद्यालयहरू पनि थिए, जसले लकडाउनकै बेला पनि अनलाइन माध्यममार्फत पठन–पाठन सञ्चालन गरे । यस्तै विद्यालयमध्ये एक हो, वीरेन्द्रनगरमा रहेको अमरज्योति नमुना माध्यमिक विद्यालय । कोरोना कहरले शैक्षिक क्षेत्रमा पारेको प्रभाव, वैकल्पिक शिक्षाको प्रभावकारिता र यसको दीर्घकालीन बाटो लगायतका विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी सीता वलीले उक्त विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापासँग गरेको कुराकानीः

  • लकडाउनकै बेलादेखि अनलाइन कक्षा सञ्चालन गरिरहनुभएको छ । यो वैकल्पिक विधि अवलम्बन गर्दाको अनुभव कस्तो रह्यो ?

हामीले गत जेठ २५ गतेदेखि निरन्तर रूपमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं । कक्षा ६ देखि १० सम्मका करिब तीन सय जना विद्यार्थीहरूले नियमित रूपमा कक्षा लिइरहेका छन् । नियमित कक्षाजस्तो सहज त अनलाइन कक्षा पक्कै पनि भएन । तालिमप्राप्त शिक्षकहरू नहुने, बच्चाहरूको अनलाइनमा पहुँच नहुने, इन्टरनेट भए मोबाइल नहुने, मोबाइल भए नेट नहुने, सबै कुरा भए बत्तीले साथ नदिने जस्ता यावत समस्याकाबीच पनि हामीले नियमित रूपमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छाँै । प्रविधिसँग नजिक हुने शिक्षक साथीहरूले घरबाटै प्रोजेक्टरबाट पढाउने, प्रविधिमा अलि कम ज्ञान भएका साथीहरूले भने विद्यालयको ल्याब प्रयोग गरी सेतोपाटीमा पढाउनु भयो । चुनौतीपूर्ण भए पनि हामीले यसलाई सहज रूपमा ग्रहण गरेर निरन्तरता दिएका छौं ।

तत्कालका लागि अनलाइन कक्षा सञ्चालन भएको छ । तर भौतिक दूरी कामय गरी विद्यालयमै विद्यार्थी प्रत्यक्ष रूपमा उपस्थित गराइ शिक्षण सिकाइ गर्नुको विकल्प म देख्दिन । यो एउटा विद्यालयले गर्छु भनेर हुने कुरा पनि होइन, परिस्थिति अनुसार स्थानीय सरकारले काम गर्ला । तर मेरो विचारमा दूरी कायम गरी पालैपालो विद्यालयमै विद्यार्थी बोलाइ पढाउने तयारी गर्नुपर्छ ।

  • अनलाइन कक्षामा विद्यार्थीहरूको सहभागिता कस्तो रह्यो ?

नियमित कक्षामा विद्यार्थीहरू विद्यालयमै आएर पढ्छन् । यो एक सामूहिक र सामाजिक पद्धति पनि हो । जसरी पनि शिक्षकले दिएको कार्य गर्नुपर्ने, अन्तरक्रिया हुने, विषयवस्तुका विषयमा छलफल हुने गर्दथ्यो । तर अनलाइन कक्षामा भिडियो र अडियो अफ गरेर जे गरे पनि हुने खालको अवस्था छ । त्यसो त जाँगरिला र अनुशासित विद्यार्थीको लागि अनलाइन कक्षा असाध्यै प्रभावकारी भएको मैले बुझेको छु । किनभने नयाँ प्रविधिलाई विद्यार्थीहरूले जान्ने मौका पाएका छन् । नयाँ जिज्ञासाका साथ विद्यार्थीहरू सिकाइमा लागेको मैले पाएको छु । अहिले हामीहरूले बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म विभिन्न कक्षाहरू सञ्चालन गरिरहेका छौं ।

  • नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु गर्नुभयो त ?

भर्ना अभियान हामीले असारमै सकेका हौं । कक्षा एकदेखि कक्षा दशसम्म करिब एक हजार एक सय जना पहिलेदेखि पढिरहेका विद्यार्थी हामीसँग छन् । अहिलेको भर्ना अभियानमा करिब तीन सय बच्चाहरू थपिएका छन् । कक्षा ११ र १२ का करिब एक हजार विद्यार्थी छन् । विद्यालयले पुस्तक समेत वितरणको काम सकिसकेको छ । जो विद्यार्थीहरू सम्पर्कमा आउँछन् उनीहरूले पुस्तक लगेर गएका छन् । हामीले शैक्षिक सत्र सुरु भएको घोषणा समेत गरिसकेका छौं ।

पहिले जस्तो एउटा बेन्चमा पाँच जना बसेर अध्ययन गर्ने अवस्था छैन । ती बेन्च–डेस्कहरूलाई तत्काल परिवर्तन गरी कुर्सी र टेबलमा बस्न मिल्नेगरी तयारी गर्नुपर्छ । सेनिटाइजर, पानी, मास्कलगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरू समेतको उपलब्धता हुनुपर्छ ।

  • अब शिक्षण सिकाइलाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?

मलाई त सरकारसँग कुनै पनि खालको योजनै छैन जस्तो लाग्छ । पहिले रेडियो तथा टेलिभिजनबाट पढाउने भन्यो त्यो पनि असफल भयो । सबैको पहुँच न रेडियोमा छ न त टेलिभिजनमै छ । भौतिक दूरी कायम गरेर पढाउन पनि भन्यो त्यो पनि झन् जोखिम भन्दै गर्न दिएन । अहिले एउटा निर्देशिका निर्माण गरी स्थानीय तहलाई जिम्मा दिएको छ तर संघीय सरकार आफैले शैक्षिक सत्रको घोषणा समेत गर्न सकेको छैन । अनलाइन कक्षा समेत सबै विद्यालयहरूले प्रभावकारी रूपमा अगाडि बढाउन सकेका छैनन् । अन्योलताको बीचमा शिक्षण सिकाइ अगाडि बढेको छ । मेरो विद्यालयको कुरा गर्दा तत्कालका लागि अनलाइन कक्षा सञ्चालन भएको छ । तर भौतिक दूरी कायम गरी विद्यालयमै विद्यार्थी प्रत्यक्ष रूपमा उपस्थित गराइ शिक्षण सिकाइ गर्नुको विकल्प म देख्दिन । यो एउटा विद्यालयले गर्छु भनेर हुने कुरा पनि होइन, परिस्थिति अनुसार स्थानीय सरकारले काम गर्ला । तर मेरो विचारमा दूरी कायम गरी पालैपालो विद्यालयमै विद्यार्थी बोलाइ पढाउने तयारी गर्नुपर्छ । सरकारले सिटी बजाउँदैमा हामीहरू जे पनि गर्दैनौ । हाम्रा बेन्च–डेस्कहरू पूरानो मोडेलका भए । अब यो महामारीमा ती बेन्च–डेस्कको काम छैन । पहिले जस्तो एउटा बेन्चमा पाँचजना बसेर अध्ययन गर्ने अवस्था छैन । ती बेन्च–डेस्कहरूलाई तत्काल परिवर्तन गरी कुर्सी र टेबलमा बस्न मिल्नेगरी तयारी गर्नुपर्छ । सेनिटाइजर, पानी, मास्कलगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरू समेतको उपलब्धता हुनुपर्छ ।

अनलाइन कक्षा सञ्चालन गरिरहँदा बालबालिकाहरूको सिकाइ उपलब्धि कस्तो पाउनुभयो ?

एकपटक बालबालिकाहरूको परीक्षा लिन पाएको भए उनीहरूको सिकाइ उपलब्धिबारे जानकारी हुन्थ्यो । खासमा मूल्याङ्कनमा समस्या छ । यो शैक्षिक उपाधि हासिल गर्नेभन्दा पनि सिकाइलाई सहजीकरण मात्रै गर्ने माध्यम भएको छ । नियमित कक्षा लिने र अनुशासित बच्चाहरूले राम्रै गरेका छन् । जसले अनलाइन कक्षालाई पनि गम्भीर रूपमा लिएका छैनन् उनीहरूको लागि काम चलाउ भएको छ । पछिल्लो समय भने अनलाइन कक्षामा विद्यार्थीहरू बढेका छन् ।

अनलाइनमा पहुँच नहुने बालबालिकाले कसरी सिक्ने ?

अनलाइनमा पहुँच नहुने बालबालिकाहरूले विद्यालयबाट लिएका किताब पढ्नुको विकल्प छैन । नियमित रूपमा अध्ययन गर्ने, नोटहरू तयार गर्ने गर्न सकिन्छ । त्यसमा अभिभावकहरूले सहजीकरण गर्नुपर्छ । तर हामीले पटक–पटक विद्यार्थीहरूलाई फोन गरी उनीहरूको अवस्था बुझ्ने र सहजीकरण गर्ने काम समेत गरिरहेका छौं । माथिल्लो कक्षामा गएर छुट्टै नयाँ सिकाइ हुने पनि केही होइन आफूसँग भएको किताब अध्ययन गर्न सकेको खण्डमा पनि यो समयमा विद्यार्थीहरूको सिकाइमा वृद्धि हुन्छ । पढाइप्रतिको लगाव बढ्छ ।

  • राज्यको शिक्षा सम्बन्धी आपतकालीन नीति कस्तो हुनुपर्छ ?

राज्यसँग शिक्षाको मात्रै होइन आपतकालीन नीति नै छैन । २०७२ सालकै भूकम्प जाँदाको अवस्थाले छर्लङ्ग पारेको छ । कोरोना भाइरस (कोभिड–१९) ले त झन विश्व हल्लाएको छ । अहिलेसम्मको उपलब्धिलाई यसले शून्यमा झारिदिएको छ । मेडिकल साइन्सले आजसम्म गरेको खोज अनुसन्धानलाई नै चुनौती दिएको छ । अब विकल्पमा जे देखिन्छ त्यहीँबाट बच्ने बाहेकको विकल्प पनि रहेन । अब जहाँको बच्चा हो सोही ठाउँमा विद्यालयको गुणस्तर राम्रो बनाइ त्यहीँ पढ्ने व्यवस्था मिलाउनुपर्छ । अब शिक्षण सिकाइमा सहरमुखी होइन गाउँमुखी गर्नुपर्छ । सरकारले विद्यालयको भवन, गुणस्तरीय जनशक्ति र शैक्षिक सामग्रीको उपलब्धतामा ध्यान दिनुपर्छ । अठारौं शताब्दीजस्तो एउटा बेन्चमा पाँचजना बालबालिका बसेर पढ्ने नभइ भौतिक दूरी कायम गरी कक्षा कोठामा पढ्ने खालको वातावरण हुनुपर्छ ।

अब शिक्षण सिकाइमा सहरमुखी होइन गाउँमुखी गर्नुपर्छ । सरकारले विद्यालयको भवन, गुणस्तरीय जनशक्ति र शैक्षिक सामग्रीको उपलब्धतामा ध्यान दिनुपर्छ । अठारौं शताब्दीजस्तो एउटा बेन्चमा पाँच जना बालबालिका बसेर पढ्ने नभइ भौतिक दूरी कायम गरी कक्षाकोठामा पढ्ने खालको वातावरण हुनुपर्छ ।

  • वद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले शिक्षण सिकाइमा सहजता ल्याउँला ?

राज्यले निर्देशिका त बनायो तर निर्देशिका कार्यान्वयन गर्ने निकायले उक्त निर्देशिका नै राम्रोसँग नपढेको जस्तो मलाई लाग्यो । निर्देशिकाले स्थानीय तहलाई परिस्थिति हेरी जसरी पनि शिक्षण सिकाइलाई अगाडि बढाउन भनेको हो । तर पनि शिक्षण सिकाइमा सहजता अझै आइसकेको छैन । मेरो विचारमा भौतिक दूरी कायम गरी भौतिक रूपमा विद्यार्थी शिक्षकनै कक्षाकोठाबाट सिकाइ गर्न सके राम्रो हुन्छ । तर स्वास्थ्य सुरक्षाको विधि भने अपनाउनै पर्छ । शरीर मात्रै बचाएर भएन अब बौद्धिकता समेत बचाउन जरुरी छ ।

प्रकाशित मितिः   ८ आश्विन २०७७, बिहीबार ०९:१०