‘आफ्नै श्रद्धाञ्जलीसभा देखेको छु’
देवकी तिमिल्सिना वि.सं. २०३८ साल असार २० गते सिन्धुपाल्चोकमा जन्मिएकी हुन् । उनी सशस्त्र द्वन्द्वको समयमा भूमिगत भइन् । युद्ध लडिन् । युद्ध पत्रकारिता समेत गरिन् । केही वर्षयता उनी साहित्य सृजनामा लागेकी छन् । देवकीले पछिल्लो समय दुुई वटा कृत्रि ‘योद्धाका सपना’ कविता संग्रह र ‘छुटेका सपनाहरू’ मुक्तक संग्रह प्रकाशन गरिसकेकी छन् । साहित्यकार तिमिल्सिनाले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटिन् ।
मेरो बाल्यकाल संघर्षमै बित्यो । म घरको जेठो सन्तान । म जन्मिएपछि घरमा राम्रो हुँदै गएको भनेर बुवा–हजुरआमाले भनिरहनु हुन्थ्यो । गाईवस्तु मरिरहने, अन्न राम्रोसँग उत्पादन नहुने हुन्थ्यो रे । पछिसम्म पनि उहाँहरूले यो जन्मिएपछि घरमा सबैतिर राम्रो हुँदै गयो भनेर भनिरहनुहुन्थ्यो । खासगरी भन्नुपर्दा म उहाँहरूको भनाइमा लक्षिनकी सन्तान थिए रे ।
पहिलो सन्तान भएकाले मैले परिवारमा विशेष माया पाएँ । पढ्नुपर्छ भनेर बुवाले नजिकैको स्कुलमा भर्ना गरिदिनुु भएको थियो । कालोपाटीमा वनमाराको झार र किमुको पातको मसी बनाएर लेख्थ्यौं । म सानैदेखि कलाकारिता र सिर्जना गर्न मन पराउँथे । विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थे । कविता, बालगीतहरू लेख्ने, गाउने गर्थे ।
त्यस समयमा हाम्रो समुदायमा महिनावारी नहुँदै कन्या छोरीको गोडाको जल खान पाए पूण्य कमाइन्छ भन्ने अन्धविश्वास थियो । त्यसैले छोरीहरूको सानै उमेरमा विवाह गरिदिन्थे । विशेष गरेर हजुरआमाको इच्छा थियो । नातिनीको गोडाको जल खाएर मर्ने । तर, मैैले एघार वर्षको उमेरमा तीन पटक विवाह रद्द गरे । मेरो बुवा कम्युनिष्ट विचारधारको हुनुहुन्थ्यो । मैले विहे गर्न मानिन् । मैले विवाह गर्दिन भनेर विद्रोह गरे । मेरो निर्णयमा बुवाले साथ दिनुभयो । मैले मेरो विवाहको कुरा को–कोसँग गर्छन् भनेर चियोचर्चो गर्थे । विवाहका लागि केटा जस्तोसुकै होस् धनसम्पत्ति हेर्ने चलन हुन्थ्यो । बुुवाले पनि छोरीका लागि लगानी गर्नुपर्छ भन्ने मान्यता कारण पनि मेरा हुन लागेका विवाह रोकिए । तर अवसोच म पढाइका कारण घरभन्दा बाहिर थिए । पछि द्वन्द्वकालमा भूमिगत हुनुुप¥यो । म घर नभएको बेलामा मेरो माइली बहिनीको विवाह गरिदिनुभयो । विहे भएको केही दिनमै हजुरआमा पनि बित्नुभएछ । नातिनीको गोडाको जल खाएर मर्ने उहाँको धोको पूरा भए पनि बहिनी विवाह भएको चार महिनामै एकल हुुनुुपरेछ । १२ वर्षको उमेरमा बहिनीले श्रीमान् गुमाइन् । त्यो उमेरमा विधवा हुँदा उसले कति दुुःख भोग्नुु प¥यो होला ।
मैले नौ वर्षको उमेरदेखि नै मेलापात गर्ने थालेको हुँ । बिहान घाँस काटेर आएपछि खाना खाएर स्कुुल जाने अनि बिदा भएपछि फेरि घाँस काट्न जानुु पथ्र्यो । कहिलेकाहीँ राति दुई–तीन बजे उठ्नु पथ्र्यो । बर्खाको समयमा विद्यालय बन्द हुन्थ्यो । खेतबारीमा काम जति भने पनि पाइन्थ्यो । रोपाइँमा गएर मैलै पैसा कमाउँथे । दिनको आठ रूपैयाँ दिन्थे । पछि त दिनको दश रूपैयाँ पनि दिन्थे । मैले पहिलो पटक रोपाइँमा काम गरेर तीन सय रूपैयाँ कमाए । त्यहीँ पैसाले नाकमा फुली किनेर लगाएको थिएँ । पहिले नयाँ कपडा किन्दा दशैँ नै कुर्नुपर्ने हुन्थ्यो । वर्षमा एक पटक नयाँ कपडा लगाउन पाइन्थ्यो । मैले खेतबारीमा काम गरेर कमाएको पैसाले मखमलको ज्याकेट, कालो जालीवाला चप्पल किनेँ । त्यसदिन म सबैलाई देखाउन गाउँभरी डुुलेको सम्झना अझै पनि ताजै छ ।
धेरै जसो सांस्कृतिक कार्यक्रममा सहभागी हुुनुुपर्ने भएकाले कक्षा नौंमा पढ्दै गर्दा फेल भए । धेरैैजसो पार्टीकै कार्यक्रममा जाने हुन्थ्यो । त्यस वर्ष विद्यालयमा राम्रोसँग पढ्नै पाएको थिएन । अर्थशास्त्र विषयमा फेल भएँ ।
पढाइको शिलशिलामा मैले धेरै दुःख पाएँ । दोस्रो पटक कक्षा नौमा पढ्दा सानीआमाको घरमा बसेर पढेको हुँ । म पार्टीको विद्यार्थी कमिटीमा थिएँ । साथै सांस्कृतिक समूहमा पनि । सानीआमाको घरमा बस्दै गर्दा मेरो जबरजस्ती विवाह गरिदिने योजना बनेछ । म पार्टीको कार्यक्रममा हिँडिरहने हुँदा यसलाई खेतीपाती भएको घरमा विवाह गरिदिएपछि बल्ल ठीक हुन्छ भन्ने उहाँहरूको बुझाइ थियो । मैले यो कुरा सानीआमाबाट थाहा पाइहाले । भोलिपल्ट मेरो गाउँको एक जना दिदी माइत जान लाग्नु भएको रहेछ । मैले सबै कपडा झोलामा हालेर उहाँकोमा गएर बिहानै गएर बुवालाई यहाँ पठाइदिन भने । उहाँले पनि बिहानै गएर मलाई बुवालाई पठाइदिनु भएछ । बुवा दश नबज्दै आइपुुग्नु भयो । उहाँलाई पनि मेरो विवाह हुँदैछ भन्ने थाहा रहेनछ । हामी त्यहाँबाट कसैलाई पनि थाहा नै नदिएर हिँड्यौं । त्यसपछि बुवाले मलाई आफ्नो मामाको घर लिएर राख्नुभयो । त्यहाँ नजिकै स्कुलमा गएर नाम लेखाइदिनुुभयो ।
सुुरुमा नाम लेखाउन मानेकै थिएनन् । पछि बुुवाको साथी भएर सजिलो भयो । मैले त्यसपछि बुवाको मामाको घरमा गएर बसेर पढेँ । त्यहाँ बसेर पढ्दा बिहानै दुुई तिन बजे घरको काम गर्नुपथ्र्यो । त्यहाँ बसेर पढेको केही समय भएको थियो । फेरि मेरो विवाहको कुरा चल्यो । त्यसबेला म विद्यार्थी संगठनको एरिया अध्यक्ष भइसकेको थिए । साँस्कृतिक संगठनको जिल्ला सह–सचिव थिए । त्यहाँ नेपाली कांग्रेसको गढ मानिन्थ्यो । म माओवादीमा आवद्ध भएको उहाँहरूलाई खासै मन परेको थिएन । पछि मैले बुवालाई त्यहाँ बसेर पढ्न गाह्रो भयो भनेपछि उहाँले पार्टीकै संरक्षणमा पढ्ने भनेर सभामुुख अग्निप्रसाद सापकोटाको घरमा पठाउनुुभयो । यता आएर पढेको केही समय भएको थियो । विद्यार्थी आन्दोलनमा लागे ।
त्यसबेलामा मलाई देशद्रोहीको मुद्दा लगाइएको थियो । २०५५ सालमा म पहिलो पटक जेलमा परेँ । एक दिन जेल बसँे । म नौमा पढ्दै गर्दा नै भूमिगत जस्तो भइसकेको थिएँ । हामी जेलमा जाँदा नेताहरूपछि दुई तीन जना मात्रै साना थियौं । सुुरुमा हामीलाई महेन्द्र पुलिस क्लबमा राखिएको थियो । सुरुमा जेल जाने बेलामा तीन दिन पछि ढुङ्गा माटो मिसाएको खाना लिएर दिँदा मैले प्रहरीको शरीररैभरी फालि दिएको थिएँ । त्यसपछि तीन जना सुरक्षाकर्मी मेरो गाड बसेका थिए । पछि अरु साथीहरू छुुटे हामी केही साथीहरू कारागार गयौं । त्यहाँ जाँदा उच्चस्तरका नेताहरू थिएँ । उनीहरूले हामीलाई स्वागत गरें ।
मैले यस्तो ठाउँमा ल्याउने अनि स्वागत गर्ने भनेर उनीहरूसँग झर्किए । पछि त्यहाँ बस्दै गर्दा महिलाहरूका दुःख पीडा बुझेँ । कति महिला त सामूहिक बलात्कारको सिकार भएका रहेछन् । उनीहरूको पीडाले झन मलाई विद्रोहको भावना आउँथ्यो । राजनीतितर्फ बढी झुकाव भयो । बदलाको भाव आयो । त्यसपछि म भूमिगत नै भए । पढाइ बीचमै रोकियो । पढाइलाई २०६५ सालमा आएर फेरि निरन्तरता दिएँ । त्यतिबेला ठूलीछोरी दुई वर्षको थिइन् । एसएलसी प्रथम डिभिजनमा पास गरें । बाल्यकालमै छुटेको पढाइलाई मैले स्नातकोत्तरसम्म पुर्याएँ ।
२०५५ सालसम्म मात्र म सिन्धुपाल्चोक बसे । पार्टीको निर्णय अनुुसार म आफ्नो कार्यक्षेत्र पूर्व गएँ । सेनाको संरचना निर्माण भइसकेको थियो । केही समयसम्म सेनामै रहेर काम गरियो । पछि मैले सांस्कृतिक कार्यक्रम गर्थे । मेरो सानैदेखि सांस्कृतिक कार्यक्रमप्रति झुकाव थियो । २०६० सालदेखि रेडियोमा काम गर्न सुरु गरियो । बालापनको उमेरमा यति सानो रेडियोमा कसरी मान्छे बसेर पढ्छन् होला जस्तो लाग्थ्यो । पछि आफंैले काम गरेपछि भ्रम चिरियो । युद्ध पत्रकारिता पनि कठिन नै थियो । दुस्मनको घेरामा परेर पनि समाचार भन्नुपर्ने हुन्थ्यो ।
तीन पटकसम्म त मेरो नाम सहिदको लिस्टमा थियो । कसरी बाँचे म आफैंलाई थाहा छैन । दुई पटक त श्रद्धाञ्जलीसभा भइरहेको बेला म जिउँदै छु भनेर आएको थिएँ । सानोमा यो बन्छु भनेर नसोच्दै विद्यार्थी राजनीतिमा लागियो । आमाको चाहना नर्स बनाउने थियो । सेतो कपडा लगाएर सेवा गरेको हेर्ने उहाँको इच्छा थियो । हजुरआमाको इच्छा असल छोरी–बुुहारी बनोस् भन्ने थियो । बुवा भने छारीले राजनीति नै गरोस् भन्ने चाहनुहुन्थ्यो । अहिले साहित्य सिर्जनामा नै व्यस्त छुु । अब जीवन भोगाइको विषयमा किताब लेख्दै छु ।
प्रकाशित मितिः १७ श्रावण २०७७, शनिबार ०६:०१
मुना हमाल ।