पिठोमा अक्षर लेख्न सिकें

प्रा.डा. नन्दबहादुर सिंह

प्रा.डा. नन्दबहादुर सिंह मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति हुन् । वि.सं. २०२२ असार ३ गते कालिकोटको महावै गाउँपालिका वडा नं. ४ डिल्लीकोटमा बुवा शेरबहादुर सिंह र आमा लालशोभा सिंहको सन्तानका रूपमा जन्मिएका उनले जापानबाट पीएचडी गरेका छन् । लामो समयदेखि प्राध्यापन पेसामा संलग्न उनी हालै मात्रै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा नियुक्त भएका हुन् । आफ्नै क्षेत्रको विकासमा योगदान गर्न उक्त जिम्मेवारीमा आएको बताउने सिंहले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटे :

म एउटा मध्यम परिवारमा जन्मिएको हुँ । गाउँले परिवेशमा मेरो बुबा–आमाले दुःख गरेर भए पनि हाम्रो लागि लाउन–खान पुग्ने गरी दुःख गर्नुभएको थियो । उहाँहरूले गरेको दुःखले गर्दा हामीलाई खासै समस्या भोग्नु परेन । पाँच भाइमध्ये म कान्छो छोरा । तीन जना दिदी–बहिनी हुनुहुन्छ । म कान्छो छोरा भएकाले सबैको माया पाएँ ।

मेरो बुबाआमाले नपढे पनि छोरा–छोरीलाई पढाउनु पर्छ भन्ने चेतना थियो । उहाँहरूले दुःख गरेर पढ्ने अवसर दिनुभयो । बुबाआमा मेरो लागि हिरो र हिरोइन हुनुहुन्थ्यो । उहाँहरू नै मेरो प्रेरणा हो ।

बुवा २०२६ सालदेखि गाउँ पञ्चायको उप–प्रधान हुनुहुन्थ्यो । दाजुु गाउँकै विद्यालयको प्रधानाध्यापक । त्यसले गर्दा पनि मैले पढाइलाई सजिलै अघि बढाउन पाएँ । बाल्यकालमा सबैको माया पाएर पढ्न पाउनु मेरो लागि ठूलो कुरा थियो ।

त्यसबेलामा अहिलेको जसरी विद्यालय थिएनन् । कापी–कलम हुन्थेनन् । निगालाको कलम बनाएर सिलोटमा लेख्नुपथ्र्यो । मैले पिठोमा अक्षर लेख्न सिकेको सम्झना अहिले पनि ताजै छ ।

विद्यालयमा जाँदा अल्लोको डोरीले सिलोटलाई काँधमा झुुण्डाएर जान्थँे । दाजुले जुम्लाबाट सिलोट र खरी ल्याइदिनुहुन्थ्यो । विद्यालयको भौतिक संरचना राम्रा हुन्थेनन् । भुइँमै बसेर पढ्नुपथ्र्यो । पानी प¥यो भनेर सिट्टी बज्थ्यो अनि बिदा भयो भन्ने बुझेर घर जानुपथ्र्यो ।

विद्यालय आउँदा–जाँदा बाटोमा एक जना टिल्के धामीको घर थियो । त्यहाँ बाटैमा एउटा कुकुुर बाँधिएको हुन्थ्यो । त्यसले मलाई देख्न बित्तिकै खाउँला झै गथ्र्यो । विद्यालय जाँदा सधैं त्यही डरले सताउँथ्यो । तर पनि पढ्न रुचिमै कमी भने भएन ।

सानो छँदा मुवालाई म कसरी र कहिले जन्मिएको भनेर सोधिरहन्थँे । उहाँले मलाई राती साढे नौं बजे जन्मिएको भनेर भन्नुहुन्थ्यो । म अलि जिज्ञासु स्वभावको पनि थिएँ ।

म सानैदेखि सत्य बोल्ने, मेहेनत गर्नुपर्छ भन्ने स्वभावको थिएँ । त्यसैले मैले पढाइ बाहेक घरको काम पनि गर्थें । चैत–वैशाखमा खेतबारी जोत्नुपथ्र्यो । गाईगोठाला, घाँसदाउँरा गर्न जान्थेँ । गाइवस्तुका घाँटीमा घण्ट झुण्डाइएको हुन्थ्यो । त्यो बजिरहन्थ्यो । गाईवस्तु कहाँ चर्दैछन् भन्ने थाहा हुन्थ्यो । हिउँदको समयमा दुई महिना गाईवस्तुु लेक लिएर जानुपथ्र्यो । मकै लगाउने सिजनमा मल बोक्नुपथ्र्यो । काम गरेर थाक्दा मुवाँले पकाएको खाना धेरै मिठो लाग्थ्यो । उहाँले मल बोक म घ्यूमा चामल पकाएर राख्छु भन्नुहुन्थ्यो । खान पाइने आशामा पनि मैले दिनभरी मल बोकिदिन्थेँ ।

मैले पढाइमा कहिले पछि पर्नु परेन । म सधैं हरेक कक्षामा प्रथम हुन्थँे । एक पटक दाइले अक्षर चिनाउने बेलामा ‘सी ओ डब्लू काउ भनेको बिरालो’ र ‘सी ए टी क्याट भनेको गाइ’ भनेर उल्टो भनेछु । त्यो सुनेर जेठो दाजु रिसाउनुभयो । त्यसपछि मैले पढाइमा सधंै ध्यान दिन थालेँ । कहिले पनि दोस्रो भइनँ । सधै प्रथम हुँदा मैले पुरस्कार पाउँथे । मलाई त्यो धेरै ठूलो कुरा पाएको जस्तो लाग्थ्यो । खुशीको सीमाना नै हुन्थेन । जिल्लाबाट समेत शिक्षा कार्यालयले पुरस्कार पठाइदिन्थ्यो । त्यसबेलामा कापी कलम पाउन निक्कै कठिन हुँदा पुरस्कार पाउँदा निकै खुशी लाग्थ्यो ।

कक्षा एकदेखि दशसम्म पढ्दा मैले आफ्नो स्कुलबाट एक्लै एसएलसी पास गरेको थिएँ । २०३७ सालमा दैलेखको त्रिभुुवन माध्यमिक विद्यालयबाट एसएलसीमा दुईसय ५६ जना विद्यार्थीमध्ये म एक्लै एसएलसी पास भएको थिएँ ।

बाल्यकालमा डण्डी–बियो धेरै खेलियो । कसले कति टाढासम्म पु¥याउन सक्ने भन्ने हुन्थ्यो । मैले डण्डीबियो खेल्दा धेरै टाढाटाढासम्म पु¥याउँथे । त्यसबाहेक भलिबल पनि खेल्थ्याँै । तर मैले खेल्ने भन्दा पनि धेरै समय पढाइमै लगाउँथे ।

कक्षा पाँचसम्म गाउँकै विद्यालयमा पढेँ । त्यस समयमा कालिकोट भन्ने छुट्टै जिल्ला थिएन । जुम्ला नै थियो । पढ्नका लागि दैलेख आएँ । मैले दैलेख पढ्न आउने समयमा एक जना मान्छेको हत्याका आरोपमा बुबा र दाजुहरूलाई प्रहरीले पक्राउ ग¥यो । एक्कासी घरमा पन्ध्र–बिस जनाको प्रहरीको टोलीले घर घेरेर बुबा र दाजुलाई बिना कसूर पक्राउ गर्दा नरमाइलो लाग्यो । पछि थाहा भयो पञ्चायती व्यवस्थाको विरोध गरेकोले उहाँलाई फसाइएको रहेछ । पछि उहाँहरू निर्दोष सावित हुनुुभयो ।

बुवाहरू झण्डै नौ महिना जेल रहँदा घरको जिम्मेवारी मैले लिनुप¥यो । त्यस अवधिमा घरको कामदेखि गाईगोठाला सबै अलि बढी गर्नुप¥यो । दैलेख पढ्न आउने भने पनि त्यस वर्ष रोकियो । मैले घरमै पढेँ । पछि एकै पटक कक्षा आठमा मैले विद्यालयमा पढेँ । त्यस वर्ष पनि म पहिलो बनेँ ।

म सानैदेखि अनुशासित थिएँ । हरेक कुरा सिस्टममा हुनुुपर्छ र सत्य बोल्नुपर्छ भन्ने लाग्थ्यो । कहिलेकाहीँ सबै जना खेतबारीको काम गर्न जाँदा खाना मैले पकाउँथे । कहिलेकाँही रोटी र तरकारी पकाउँदा मैले सबैलाई बराबर भाग लगाउँथे । पाँच जनालाई २५ वटा रोटी पकाए भने पाँच–पाँचका दरले भाग लगाइदिन्थें । जीवनलाई अनुशासित बनाउनुपर्छ भन्ने मेरो मान्यता हुन्थ्यो । जीवन स्थायी हुँदैन तर हामीले स्थायी काम गर्नुपर्छ भन्ने सोच म मा जहिले पनि आउँथ्यो ।

मलाई अक्षर चिनाउन र पढाइमा लगाब बढाउन मेरो ठूलो दाजुले ठूूलो हात छ भने अहिले आधुनिक संसारमा स्थापित गर्न मेरो साइलो दाजु प्रेमबहादुर सिंहको हात छ । उहाँ पछि गएर मन्त्री बन्नुभयो । एक पटक उहाँले घरमा एक जना अमेरिकन नागरिकलाई लिएर आउनुभएको थियो । त्यस समयमा उहाँले अंग्रेजी बोलेको देख्दा त्यसैगरी बोल्न पाएको भए हुन्थ्यो भन्ने सोच्थँे । पछि उहाँहरू फर्किएर गएपछि उहाँले छोडेको केही अंग्रेजी किताब पढेँ । घरमा भएका सरसामानलाई अंग्रेजीमा के भन्छन् भनेर सिकेँ । पछि त यो भाषा धेरै सजिलो लाग्दै गयो ।

विद्यालयमै पढ्दा मैले विद्यार्थी राजनीतिमा पनि सहभागी भएँ । मैले विद्यालयमा पढ्दै गर्दा दुई पटकसम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति भएर काम गरेँ । त्यस समयमा पञ्चायतको विरुद्धमा बोल्ने र गणतन्त्र ल्याउनुुपर्छ भनेर हामीले आवाज उठाउने गथ्र्यौं । पञ्चायत विरोधी भनेर विभिन्न व्यक्तिहरू राज्यबाट समातिन्थे । हामी विद्यार्थीहरू एक भएर छुटाउने काम गथ्र्यौं ।

एसएलसी पछि उच्च शिक्षा पढ्न म काठमाडौं गएँ । विज्ञान विषय रोजेर पढँे । मलाई पहिलेदेखि नै मानव जातिको जीनको बारेमा जिज्ञासा थियो । खास गरी आईएस्सी पढ्दादेखि नै मलाई यसतर्फ रुचि थियो । मैले डाक्टर पढ्ने भनेर स्कलरसीपमा पनि नाम निकालेको थिएँ । तर वैज्ञानिक बन्ने चाहना पनि थियो । त्यसैले त्यो अवसरलाई मैले छोडेँ ।

काठमाडौंमै पढेँ । बीएस्सी, एमएस्सी पढेँ । अंग्रेजीलगायत अन्य भाषाहरू पनि पढेँ । त्यसपछि मैले कर्णालीमै आएर काम गरेँ । मलाई गोल्ड मेडल पाउनुुथियो । त्यसैले पीएचडीको तयार गरेँ । जापानमा रहेको द टोकियो यूनिर्भसिटीबाट सन् २००२ मा डीएनएमा पीएचडी गरेँ । त्यपछि मेडिकल साइन्स पढाउन चीन, बेलायतलगायतका विभिन्न देशमा गएँ । अहिले म आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाले विश्वविद्यालयको नेतृत्व लिन आएका छु ।

कर्णालीको सभ्यतालाई बचाइराख्नुु छ । कर्णालीलाई परिवर्तन गर्नका लागि यहाँका युवाहरूलाई शिक्षा दिन आवश्यक छ । कर्णालीलाई नमुुना बनाउन मेरो पनि जिम्मेवारी छ भनेर यहाँ आएको छुु ।