असार, बेसार र सरकार

रवि नेपाली

फेसबुकको एउटा काइदा छ । केही उट्पट्याङ ग¥यो कि एकाएक भाइरल हुने । कहिलकाहीँ आफै भाइरल हुन पनि पाइन्छ । तर त्यसरी भाइरल हुन पाइने संयोेग हालसम्म मिलेको छैन ।

अर्को कुरा फेसबुकमा एउटाले केही ग¥यो भने त्यसलाई तुरुन्त कपि पेष्ट गर्न पाइन्छ । तर चाहेर पनि कपी गर्न नपाएको भनेको बेसारे प्रोफाइल हो । दुनियाँले बेसारे प्रोफाइलमा तमाम कमेन्ट खाइसक्दा पनि आफू पूरानै प्रोफाइलमै चेट्टिएको छु ।

जाने पो !

नजाने के भयो त ? भित्तामा टाँसिएर छोरीसँग रमाएकै छु । छोरी मतिर हेरिरहिछिन् । म उनीतिर । कहिलेकाहीँ उनले जिस्काएझैं लाग्छ, ‘बाबा पनि कस्तो के बेसारे हुनुपर्दैन ?’ म एक्लै लजाएझैं गर्छु । के काम यस्तरी लजाउँदा ? कसैले देखिदिए पो ! फेरि उसैगरी लजाउँछु ।

हैट, के सोचिरहेछु म ? यस्तै ग¥यो भने त मेरो दिन जान्छ । काम गर्नु पर्दैन ? ओली जस्तो गफ लाएर खान पाइँदैन ।

दुनियाँ बगिरहेको धारमै छ । म स्थिर छु । म यथास्थानमा छु । के म यथास्थितिवादी हुँ ? जाबो फेसबुकको प्रोफाइलमा बेसार नदल्दा पनि यत्रो राजनीतिक आरोप लाग्ला र ?

यत्तिकैमा याद आउँछ कसैको, उनैले भनिदिएका थिए, ‘बगिरहेको धारमा त मरेको माछा पनि बग्छ । नदीको उल्टो धारमा बहन त माछा जिउँदो हुनुपर्छ ।’

हैट ! फेरि पनि फूर्ति ! आफू जिउँदो, अरूलाई मृत घोषणा गर्ने के म यमराज हुँ ? अहँ, होइन यो हुन सक्दैन ।

जे होस् फेसबुकले यत्ति सोच्न सिकायो । गन्थन गरायो । धन्यवाद जुकरबर्ग ब्रो ।

०००

दुई तिहाइ बहुमतका सात प्रधानमन्त्री ओली शक्तिशाली राज सिंहासनमा छन् । उखान टुक्काले चिरपरिचित उनी चलाख छन् । समग्र राजनीतिमा प्रचण्ड भन्दा चलाख म उनलाई मान्छु । प्रचण्ड माहोल आफ्नो पक्षमा पार्न पार्टीमा खेल्छन् । तर चतुर ओली आम जनतासँग खेलिदिन सक्छन् ।

उसको दादागिरीदेखि आजित भएका जनतालाई थप दुःख दिन उसले २०७२ असोज ४ गतेबाट अघोषित नाकाबन्दी लगायो । अघोषित के भन्नु घोषित नाकाबन्दी लायो । अन्तर्राष्ट्रिय फोरममा भने उसले नाकाबन्दी छैन भनेर झुट बोलिरह्यो । ऊ आफ्ना छिमेकी देशहरूको नजरमा बद्नाम छ ।

ऊ के भन्नु, भारत । भारत मात्र के भन्नु भारतीय विस्तारवाद ।

यसरी भारतीय विस्तारवादले जनतालई दुःख दिएको बेला ओली भने निडर थिए । ‘झुक्दै झुक्दैन’ भन्ने अडान थियो । तर यसलाई अन्तर्राष्ट्रियकरण गरेर पारवहन अधिकार पाउनुपर्ने पहल भएन । अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिको कुरै भएन । सोचिएन वा थप जोखिम मोलेरै भए पनि देशलाई खुशी बनाउन चाहेन । जनताले दुःख पाए तथापि कुनै पनि हालतमा नझुक्ने ओलीको राष्ट्रवादले एक उचाई लियो । बरू भोकै रहुँला, देश बाँच्नुप¥यो । गोर्खे पारा देखाउनै प¥यो । मानवशास्त्रलाई हवाला दिँदै देश भनेको भूगोल मात्र सम्झियो ।

ओली जतिसुकै हावा किन नहुन् । हजारौं उखान टुक्का किन नहालुन्, जनताको एकै स्वर भयो, ‘ओली राष्ट्रवादी हो ।’

ओली राष्ट्रवादले यहाँसम्म काम ग¥यो कि पहिलो पटक उनै प्रचण्डबाट धोका खाएको मान्छे दोस्रो पटक उसैको साथ पाएर दुई तिहाइको शक्तिसहित सत्तामा पुगाइदियो । त्यसपछि यति नराम्रा काम भयो कि नाकाबन्दीको हिरो ओलीको नाइन्टी डिग्रीको हाइट जिरो डिग्रीमा आउनै लाग्दा कुरा उठ्यो देशको नाप नक्साको ।

देशले मानेको बुच्चो नक्सालाई चुच्चो नक्सामा परिणत गरियो । यसले ओलीलाई फेरि नाइन्टिमै पुर्‍याइदियो । भूमि फिर्ता होस् नहोस् तर ओलीको गुम्न लागिसेकेको साख फिर्ता भयो ।

भावुक दक्षिण एसियालीहरूको भावनालाई ओलीले पनि मज्जैले क्याच गरे । जसरी उपनिवेशले भारतीयको मनमा घृणाबाहेक केही नरहेको बेलायती शासकले भारतीय भावुक मनोविज्ञानलाई किल गर्न भारत झरेका प्रधानमन्त्री डेभिड क्याम्रूनले ठेलामा बसेर कुल्फी खाइदिन्छन्, त्यसरी नै नाकाबन्दी गरेर बद्नाम बनेका मोदीले काठमाडौंको सडकमा लाइन लागेका जनतासँग हात मिलाएर मानसिकतामा हमला गरे ।

यी सबै जानेका ओलीलाई भावुक नेपालीको भावना आफ्नो पक्षमा ल्याउन कुनै आइतवार कुर्नु परेन ।

यसपछि सुरु भयो ओलीको मनपरी । उनी कतिबेला भाइरसलाई निर्जिव हो । यसको बोसिय तत्व तातोपानीले पखाली दिनुपर्छ भन्न लागे । कहिले नेपालीको इम्यूनिटी पावर बलियो छ भनेर दाबी गर्न लागे भने कहिले बेसार खाएर कोरोनालाई भगाइदिन पर्छ भन्न थाले । चिकित्सकहरूका अनुसार यी सबै तर्क गलत छन् ।

उनको कोरोना भगाउने बसारे क्याप्सुललाई आम जनताले ट्रोल बनाइदिए । ओली पनि बेसारे नै भएपछि फेसबुकको प्रोफाइलमा पनि बेसारै आयो ।
अन्स अगेन थ्यांक्स, जुकरवर्ग ब्रो !

०००

प्रधानमन्त्रीले संसद्मा बेसार सम्बन्धी गरेको भाषणको चौतर्फी मजाक भइरहेको छ । यही समयमा यो आर्थिक वर्ष सकिदंैछ । साउन १ गते नयाँ आर्थिक साल । संविधान अनुसार जेठ १५ गते अर्थमन्त्रीले गरेको बजेट भाषण लागु हुने दिन । प्रत्येक चौमासिकमा रकम भुक्तानी हुुनुपर्ने नियम बनेकै छन् ।

तर हरेक वर्ष विकासको चटारो भने असारमै हुन्छ । कुम्भकर्ण ६ महिना सुत्थ्यो । यो देशका ठेकेदारहरू कुम्भकर्णलाई पछि पार्दै ११ महिना सुत्छन् । कुम्भकर्ण ६ महिनाको लागि एकै पटक खान्थ्यो । यो देशका ठेकेदार वर्षभरीको विकास एकै महिनामा सक्छन् ।

के कनेक्सन छ हँ, कुम्भकर्ण र ठेकेदारको ? ठेकेदार के भन्ने नेताको । सांसद, पालिका प्रमुख वडाअध्यक्ष, चुफे मुन्द्रे, टोले गुण्डा सबैका प्रवृत्ति उही कसरी हुन पुगे ? कसरी मिल्यो वंशाणुगत गुण ? काले–काले मिलेर खाउँ भाले हो ?

सांसद, पालिका प्रमुखदेखि वडा अध्यक्षसम्मका डोजर छन् । पिच भइसकेको सडकमा त्यसको के काम । अनि पु¥याउ खेत खलियानसम्म रोड, जङ्गलसम्म रोड । मास जङ्गल । जडिबुटी सकाउ । गर प्रकृतिको दोहन ।

पहिलो वर्ष कमसल खालको सडक । दोस्रो वर्ष कच्ची पीच । तेस्रो वर्ष मर्मतको ठेक्का । चलेन त कृत्रिम इको सिस्टम ?

कहिल्यै नमिलेका बिल, कहिल्यै नदेखिएका सामान । कहिल्यै हुन नसक्ने काम । कहिल्यै नभएको विकास । कहिल्यै नुसुनेको चटारो, कहिल्यै नभोगेको आतुरी, कहिल्यै नखाएको धम्की । कहिल्यै नगाँसिएको गला, कहिल्यै नमिलेको वात । कहिल्यै नभएको मेल । सबै असारमै हुन्छ । असारमा सब सम्भव छ । त्यसैले असारमा दम छ ।

०००

भन्नलाई लकडाउन छ । सिल छ । तर काम रोकिएको छैन । बिल नकाटिएको दिन छैन । त्यसो भए के रोकियो त ?

किसानको तरकारी रोकियो । ज्यालादारी मजदुरको गाँस खोसियो । गरीबहरूको आश रोकियो । यत्ति त हो ।

प्रकाशित मितिः   १३ असार २०७७, शनिबार ०६:०४