कोभिडले विथोलेको मानव समाज

 

                     भानुभक्त भारती

प्राकृतिक रूपमा उत्पन्न भएको कोभिड–१९ ले विश्व मानव जगतमा त्रास र निराशा एकै साथ लिएर आएको छ । यसले महामारीको रूप धारण गरेर धेरैको ज्यान लिइसकेको छ भने ठूलो संख्यामा मानिसहरू संक्रमित भएका छन् । महामारीको यो वर्तमान त्रासदी निकै भयंकर छ । ई.स. १९१४ को प्रथम विश्वयुद्ध तथा ई.सं. १९३४ तथा दोस्रो विश्वयुद्धमा पनि वर्तमानको जस्तो त्रासदी थिएन । यस २१औं शताब्दीको सन् २०१९ को डिसेम्बरको अन्त्य र सन् २०२० को जनवरीको पहिलो साताबाट चीनको वुहान प्रान्तको एक सहरमा पहिचान भएको संक्रमणलाई सुरुवातमा अज्ञात रोग भनियो । तर पछि यसलाई कोभिड–१९ नामाकरण गरियो ।

विश्व स्वास्थ्य संगठनले जनवरीको अन्त्यतिर कोभिड–१९ लाई एक महामारीको घोषणा गरेर यसबाट बच्न विश्वलाई सचेत गराएको थियो । चीनले आफ्नो देशमा पूर्ण लकडाउनको नीति ल्यायो जसबाट धेरै मानवीय क्षति हुनबाट बचायो । कोभिडको संक्रमण जनवरीको अन्त्य र फेब्रुअरीको पहिलो साताबाट एक्कासी स्पेन, इटाली र अमेरिकामा देखा प¥यो । जुन निकै आक्रामक रूपमा फैलियो । दिनानुदिन मानवीय क्षतिमा बढोत्तरी हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपतिले सार्वजनिक समारोहमा ‘चिनियाँ भाइरस’ भन्दै गरे तर त्यसबाट जोगिनेतर्फ ध्यान दिएनन् । डोनाल्ड ट्रम्पले कतिसम्म भनि भ्याए भने विश्व स्वास्थ्य संगठनलाई पनि चीनको पक्षघर भएको आरोप लगाए । साथै आर्थिक अनुदान रोक्ने चेतावनी समेत दिए ।

विश्वको अगुवा राष्ट्रले यो बेला कोभिड नियन्त्रणमा उदाहरणीय प्रयास गर्नुपर्ने थियो । विज्ञ समूह गठन गर्ने, औषधिको व्यवस्था मिलाउने, साना राष्ट्र तथा आर्थिक कमजोर भएकालाई विविध प्रकारले सहयोगको वातावरण बनाउनु पर्ने र विश्व स्वास्थ्य संगठनलाई मैत्रीपूर्ण रूपमा साथ दिएर विश्वलाई नै कोभिडको कहरबाट बचाउन भरपुर प्रयास गर्नुपर्ने थियो । तर त्यसो भएन । यो संक्रमणमा ठूला र धनी राष्ट्रहरूबाट साना र आर्थिक कमजोर भएकालाई सहयोग भएन ।

संक्रमण भएकालाई उचित उपचार दिन नसकेर धेरैले ज्यान गुमाउनु प¥यो । उपयुक्त प्रकारको मानवीय सहयोगमा व्यक्ति, समूह, संस्थालाई र सरकार केही पनि कोही पनि मानवीय व्यवहारको अभाव रहन गयो एवम् प्रकारको विश्वकै मानवअधिकारको उचित सम्मान भएको देखिएन । रोगको संक्रमणसँगै मानिसका लागि चाहिने आधारभूत आवश्यकता गास, बास र स्वस्थ पानी समेत नपाएर छट्पटिरहेको दृष्यहरू सबैसामु छर्लङ्ग नै छन् । विश्व स्वास्थ्य संगठनले विश्वलाई मानवीय मूल्य मान्यतालाई सम्मान गर्ने गरी बचावटका मुख्य मान्यता सार्वजनिक त ग¥यो तर त्यसका मूल्य मान्यताहरू अवलम्बन भएको पाइदैन । कोभिडको संक्रमणसँगै शक्ति सम्पन्न राष्ट्रकाबीच तेस्रो विश्वयुद्धका लागि ‘वाकवार’ चलिरहेको छ । हामी सबैको चाहना कोभिडको संक्रमण र शक्ति राष्ट्रकाबीच तिक्तताको समाधान हुँदै मैत्रीपूर्ण वातावरण हो । तर विश्वस्त हुने स्थिति देखिएका छैनन् । पछिल्लो समय स्वास्थ्य संगठनले भन्दै आएको कोभिड मानव अनित्वसँगै रहने रोग हो, यो संक्रमणको निराकरण पनि निश्चित छैन । ठूला र शक्ति सम्पन्न राष्ट्रको यो वा त्यो बाहनामा भिष्मयकारी अतिक्रमणले शान्ति खलबलिएको छ । विश्वमै रोग, भोक, अशान्ति र राजनीतिक अस्थिरता एकैसाथ लिएर आएको छ । सबै समस्याको सहज निवारण छैनन् ।

कोभिड–१९ को सुरुवातसँगै यसको क्रम ६ महिना पूरा गर्दैछ । यसको पूर्ण समिक्षा गर्ने दिन त आउला तर ६ महिनाको यो समयसम्मको अवस्थालाई हेर्दा विश्वका राष्ट्रिय कानुन र प्रजातान्त्रिक देशको शासन व्यवस्था पनि कमजोर नै देखियो । रोग र भोक साथै बेरोजगारीबाट तड्पिएकाहरूको पक्षमा संयुक्त राष्ट्रसंघको भूमिका पनि उल्लेख्य रहेन ।

विश्व स्वास्थ्य संगठनले कोभिड महामारी हो यसबाट बचौं र बचाऔं भन्ने बाहेक अन्य महत्वपूर्ण केही गरेन । स्थायी र अस्थायी समाधान केही दिन सकेको छैन भने भोकबाट तड्पिएकालाई विश्व खाद्य संगठनले पनि कुनै कार्यक्रम दिन सकेन । मानव अधिकारको रक्षाका लागि बनेको विश्व घोषणा–पत्र १९४८ ले केही गर्न त के बोल्न पनि सकेको छैन । साथसाथै अन्तर्राष्ट्रिय मानवीय कानुन, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा परिषद्, आर्थिक तथा सामाजिक परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, विश्व व्यापार संगठन, सयुक्त राष्ट्र संघ बालकोष, अन्तर्राष्ट्रिय मजदुर संगठनले पनि कोभिडको यो महामारीमा उल्लेखित अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका साथै विश्वव्यापी रूपमा परीआउने समस्यालाई आ–आफ्नो तर्फबाट समाधानका लागि पहल गरिनु आजको आवश्यकता थियो तर देखिएन ।

एवम् प्रकारले अन्तर्राष्ट्रिय व्यवस्थाका लागि माथिल्लो निकाय र यही अन्तर्राष्ट्रिय माथिल्लो अङ्गकै क्षेत्रीय संगठन जसमा दक्षिण एशियाली क्षेत्रीय सहयोग, संगठनको पनि त्यतिकै महत्वपूर्ण भूमिका थियो तर मानवअधिकारको सुरक्षामा न्यूनतम मूल्य मान्यता पनि प्राप्त हुन सकेन भन्ने यो प्रारम्भिक समीक्षा गर्ने समयसम्म आइपुगेका छौं ।

नेपालको विगत, वर्तमान र भावी कार्यक्रमको पनि प्रारम्भिक समीक्षा गर्नुपर्दा सुरुवातमा पर्याप्त सावधानी अपनाइएन् । सन् २०१९ को डिसेम्बरको अन्त्य र सन् २०२० को जनवरीको पहिलो हप्तामा छिमेकी देश चीनमा कोभिड–१९ संक्रमण पहिचान भएको थियो । यसकारण नजिकैको नेपालले सुरुवातमै अत्यन्त सावधानी अपनाउन पर्याप्त समय थियो ।

त्यहीबेला यता नेपाल भने भ्रमण वर्ष–२०२० धुमधामका साथ मनाउने तामझाम गर्दै थियो । विश्व स्वास्थ्य संगठनले जनवरीमै कोभिड महामारीबाट बच्न विश्वलाई जानकारी गराइरहेको थियो तर हामीले त्यसलाई सामान्य रूपमा लियौं भने अमेरिकाले चाइनिज भाइरस भनेर सार्वजनिक रूपमा भन्दै आए । अन्ततः चीनले आफ्नो देशमा लकडाउनलाई प्रभावकारी कार्यान्वयन ग¥यो र नियन्त्रणमा राख्न सफल रह्यो । अमेरिका, स्पेन, इटालीमा प्रवेश गर्दै छलाङ्ग समेत मा¥यो । धेरैले ज्यान गुमाउनु परिरहेको छ । आर्थिक रूपमा सम्पन्न राष्ट्र भएर पनि अमेरिकाले कोभिड नियन्त्रण गर्न सकिरहेको छैन भने नेपालको स्थिति के होला ?

निराश हुनुपर्ने छैन । अन्य मुलुकको दाँजोमा मानवीय क्षति कम छ । तर विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीका लागि नेपालले दिल खोलेर स्वागत गर्नुपर्ने हुन्छ । नेपाल आउने नेपाली सबै एक भएर आउने छन् र नेपाललाई समृद्ध बनाउन त्यो ज्ञानसीप अवसर रहने छ । स्वागत छ विदेशबाट आउने नेपालीलाई ।

कोभिड–१९ नेपालको समृद्धि र आर्थिक बाटो

कमीकमजोरीबाट शिक्षा लिँदै राजनीतिक इमानदारिता, मितव्ययिता, संघीयताको संरचना खारेज, एक जिल्ला एक निर्वाचन क्षेत्रको व्यवस्था, १२ देखि १५ सम्मको मन्त्रालय संरचना, विकास क्षेत्रको पुनस्र्थापना र उचित व्यवस्था, स्थानीय निकायको क्षमता वृद्धि, अधिकार सम्पन्न, सामुदायिक विद्यालयको उचित व्यवस्थापन, स्वास्थ्य क्षेत्रको सहज पहुँच, मेडिकल शिक्षा नेपालीका लागि प्राथमिकता र सहज पहँुच, सुशासनमा प्रशासनिक संयन्त्रमा स्वतन्त्रता, राष्ट्रिय एकतामा जोड अहिलेको मुख्य आवश्यकता हो ।

हाम्रो देशको अवस्था कमजोर होइन व्यवस्था कमजोर हो । कोभिड–१९ ले हामीलाई अवसरतर्फ उन्मुख गराएको छ । तसर्थ प्रारम्भिक समीक्षाबाट पाठ सिक्दै अघि बढ्न जरुरी छ । अहिले विश्व मानव समाजको मानवअधिकार हनन् भएको छ । त्यसको अवस्थामा सुदृढ गरौं । कोभिडलाई जितौं । सम्भावित तेस्रो विश्वयुद्ध हुनबाट शक्ति राष्ट्रलाई सकारात्मक र रचनात्मकतर्फ लैजान सुझाव दिँदै विश्वमा हुँदै आएको मानव अधिकारको हनन्प्रति गम्भीर बन्दै अघि बढौं । यही शुभकामना ।

(लेखक नेपाल मानवअधिकार संगठनका पूर्व क्षेत्रीय सदस्य हुन् ।)

प्रकाशित मितिः   २९ जेष्ठ २०७७, बिहीबार ०६:०१