नेपाली क्रिकेट

इतिहासका ५ रोमाञ्चक जित

कुनै पनि खेल रोमाञ्चक तब हुन्छ जब दुवै टोली अन्तिम समयसम्म पनि जितको लागि संघर्षरत हुन्छन् । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिद्वन्द्वी अनुसार प्रदर्शन गर्ने गरेको इतिहास छ । लक्ष्य पछ्याउने क्रममा केही कमजोर प्रदर्शन गरेको नेपालले धेरै खेल अन्तिम ओभरतिर जितेको छ । सन् १९९६ देखि हालसम्म आइपुग्दा नेपाली क्रिकेट टोलीले थुप्रै रोमाञ्चक जित हात पारेको छ । केही यस्ता जित छन् जुन धेरै समर्थकको मानसपटलमा ताजा छ । नेपाली क्रिकेटको इतिहासका रोमाञ्चक जितलाई फर्केर हेर्दा ः

१. नेपाल भर्सेज क्यानडा

(आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२, २०१८)

टस हारेर ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९४ रन बनाएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको नेपाल ४२.१ ओभरमा १४४—९ को कमजोर अवस्थामा पुगेको थियो ।

नेपाललाई जितको लागि अन्तिम विकेटका रूपमा ५१ रन जोड्नु पथ्र्यो । क्रिजमा करण केसी र सन्दीप लामिछाने दुवै बलर हुँदा जितको आशा धेरैले मारेका थिए । बाउन्ड्री बाहिर क्यानडाका खेलाडी खुशीयाली मनाउन थालिसकेका थिए । तर करणले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरमा पु¥याए ।

नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । तर क्यानडाका सेसिल परवेजले सुरुवाती चार बल लगातार योर्कर फाल्दै डट राखेपछि खेल अझ रोमाञ्चक बनेको थियो । तर पाँचौ बलमा करणले उत्कृष्ट छक्का प्रहार गरे । अन्तिम बल वाइड फालेपछि नेपाललाई सहज बनेको थियो । अन्तिम बलमा करणले १ रन लिंदै १ विकेटको अविश्वसनीय जित दिलाए । जुन नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट रोमाञ्चक जित पर्दछ ।

२. नेदरल्यान्ड्स विरुद्ध

(एकदिवसीय सिरिज, २०१८)

डेब्यु एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ५५ रनले पराजित भएको थियो । दोस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४८.५ ओभरमा २ सय १६ रनमा अल आउट हुनपुग्यो ।

दुई सय १७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याड्सलाई मध्यक्रमका वस्ली बर्रेसीलेले ७१ रन जोड्दै सहज जिततर्फ लम्काएका थिए । तर अन्तिम विकेटका लागि फ्रेड क्लासेन र पल भान मेकिरेनले ४९ ओभर सम्म २११—९ को अवस्थामा पु¥याएपछि खेल निकै रोमाञ्चक बन्न पुगेको थियो ।

नेदरल्याड्सलाई जित्न अन्तिम ६ बलमा ६ रन र नेपाललाई १ विकेट आवश्यक थियो । पहिलो बलमा पारसले क्लासेनलाई १ रन दिँदा दोस्रो बल डट राखे । तेस्रो बलमा १ रन दिएका उनले चौथो बलमा २ रन दिए । पारसले पाँचौ बल डट राखेपछि खेल अझ रोमाञ्चक र उत्कृष्ट बन्यो । अन्तिम बलमा क्लासेनले १ रन लिनेक्रममा पारसले रन आउट गरेपछि नेपालले पहिलो ओडिआई जित १ रनले जितेको थियो ।

३. नेपाल र केन्या

(वल्र्ड क्रिकेट लिग डिभिजन–२, २०१८)

एकदिवसीय मान्यता पाउन विश्वकप छनोट खेल्नैपर्ने हुँदा नेपाल यो अवसर गुमाउन कुनै हालतमा चाहँदैन थियो । तर दोस्रो खेलमा ओमानसँग ६ विकेटको हारले ठुलो धक्का लाग्न पुग्यो । पहिलो खेलमा नामिबियालाई १ विकेट र युएईलाई ४ विकेटले हराएको नेपालले अघिल्लो चरणको आशा कायमै राख्न केन्यालाई पराजित गर्नैपथ्र्याे ।

केन्याले ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन जोडेको थियो । १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११ रन जोड्न ओपनर ज्ञानेन्द्र मल्ल र अनिल कुमार शाहलाई गुमाएपछि दबाबमा प¥यो । २३.२ ओभरमा नेपाल ८२—५ को कमजोर अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि आरिफ शेख र रोहित कुमार पौडेलले ८७ रनको महŒवपूर्ण साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नेपाललाई अन्तिम ओभरमा ६ रन आवश्यक परेको थियो । अन्तिम ओभरको पहिलो बलमा २ रन लिएका रोहितले दोस्रो बलमा र सोमपाल कामीले तेस्रो बलमा १—१ रन बटुले । चौथो बलमा रोहित ४७ रनमा रन आउट भएपछि खेल अझ रोमाञ्चक बनेको थियो । पाँचौ बल सोमपालले डट खाएपछि खेल अन्तिम बलमा पुग्यो । अन्तिम बलमा सोमपालले लेग साइडमा प्रहार गर्दै २ रन बटुल्दै नेपाललाई ३ विकेटको रोमाञ्चक जित दिलाए ।

४. कुवेतलाई बलआउट,

(एसिसी टि–२० कप, २००९)

कुवेतले टस जितेर ब्याटिङ गर्दै १९.१ ओभरमा १ सय २३ रनमा अल आउट भएको थियो । नेपालका दीपेन्द्र चौधरीले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएपछि कुवेत सस्तैमा समेटिएको थियो । तर उक्त लक्ष्य पछ्याएको नेपाललाई जितको लागि अन्तिम बलमा ७ रन चाहिएको अवस्थामा डेब्यु गरिरहेका विनोद भण्डारीले छक्का प्रहार गर्दै खेल टाई (बराबर) गराएका थिए ।

विनोदले १६ बलमा समान १ चौका र छक्का सहित आजिवित २५ रन जोडेका थिए । नेपालले खेल टाई गराउँदा ७ विकेट गुमाएको थियो । सुपर ओभरको नियम लागु हुनु अघि खेल टाइ भएमा बल आउट (बलले स्टम्प ताक्ने) विजेता निर्धारण गरिन्थ्यो । जस अनुसार नेपालको तीनै बलरले स्टम्प ताक्दा कुवेतका एक बलर असफल भएपछि बल आउटमा नेपाल ३—२ ले विजयी भएको थियो ।

५. जर्मनीसँगको जीत

(आइसिसी ट्रफी, २००१)

क्यानडाको किङ सिटीमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ४८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । दीपेन्द्र चौधरीले ६८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५२ रन जोडेका थिए । जमर्नीका अब्दुल हमिदले ५ विकेट लिएका थिए ।
जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको जमर्नीका ओपनर शामस उद्दीनले १ सय १७ बलको सामना गर्दै ६८ रन जोडेपछि जित तर्फ लम्केको थियो । उद्दीनलाई ४७ औं ओभरको अन्तिम बलमा जय सर्राफले महबुब आलमबाट क्याच गराउँदा जमर्नीलाई जित्न अन्तिम ओभरमा ३ रन र नेपाललाई १ विकेटको आवश्यक थियो । पवनकुमार अग्रवालले सुरुवाती दुई बल डट राख्दै तेस्रो बलमा रेनाल्ड बुसलाई बोल्ड आउट गरेपछि नेपालले २ रनको रोमाञ्चक जित हात पारेको थियो ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७७, शनिबार ०६:०३