चीन : नयाँ विश्वको नेतृत्वकर्ता
विश्वशक्ति राष्ट्र र यसको प्रभावको आधारमा विश्वव्यापी मान्यता तथा दृष्टिकोणको विकास हुने गर्दछ । ‘सुपर पावर’को मेडल कसरी पाइन्छ र कसरी खोसिन्छ ? यो तथ्य रोचक तथा मननयोग्य पनि छ । सन् १९५६ भन्दा पहिला ब्रिटेन सुपर पावर थियो । सन् १९५६ मा ब्रिटेनले एक अर्को देशसँंग मिलेर स्वीस क्यानलमाथि कब्जा गर्ने कोशिस ग¥यो । तर इरानले त्यसलाई बिफल गरिदियो र अमेरिकाले पनि ब्रिटेनलाई त्यहाँबाट खुट्टा पछाडि तान्न बाध्य गरायो । ब्रिटेनको त्यतिखेर पूरा विश्वभरीमा मानहानी भयो र विस्तारै ब्रिटेनको सुपर पावरको तक्मा (मेडल) खोसियो ।
अहिले यही अमेरिकाको साथमा हुँदैछ । आज अमेरिका सुपर पावर छ, तर सन् २०१५ मा जब इबोला आयो त्यसबेला अमेरिकाले थुप्रै देशहरूलाई मिलाएर एउटा समर्थन समूह बनायो र त्यतिबेलाको संकटबाट लड्न विश्वलाई नेतृत्व गरेको थियो । तर आज कहाँ छ अमेरिका ? आज डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका चुप्प लागेर आफ्नो घर मात्र हेरिरहेको छ अथवा भनौं कि त्यसले आफ्नो घर पनि राम्रोसँग हेर्न सकेको छैन । अर्कोतर्फ चीन एउटा ठूलो कुटनीतिक योजनामा व्यस्त छ । आउनुहोस्, म हजुरहरूलाई केही चाखलाग्दा आँकड़ाहरू देखाउँछु ।
यस कोरोना भाइरसको महामारीपछि चीन एउटा ठूलो शक्ति बनेर विश्वसामु आउने छ । चीन विश्वगुरु भएर अमेरिकाको समक्ष उभिने छ । उत्तर कोरिया र रूस जस्ता केही देशहरूमात्र अहिले चीनका साथी छन् भने अब विश्वभरीमा चीनका पचासौं देशहरू मित्र बनेर आउने छन् । यो वाक्यलाई राम्रोसँंग पढ्नुहोस– “अब विश्वले त्यो–त्यो वस्तु लिने छ जो–जो चीनले उत्पादन गर्ने छ ।”
गम्भीर विश्लेषण गर्ने कि ?
विस्तारपूर्वक बुझ्ने कोशिश गरौं । कसरी चीन विश्वगुरु अथवा सुपर पावर बन्न गइरहेको छ ? उता अमेरिका अहिले आफ्नै घर बचाउने कोशिसतर्फ लागिरहेको छ । अहिले विश्वमा अमेरिकाको प्रभाव विस्तारै विस्तारै कम हुँदै गइरहेको छ । अब उसको बोलीलाई विश्वमा त्यति महत्व दिइदैन । विस्तारै विस्तारै विश्वगुरुको स्थितिबाट तल झर्दै गइरहेको छ । उसको कुराहरू अब त्यति सुनिदैन, उसको सम्मान पनि कम हुँदै गइरहेको छ । बेइजिङले यो देखिसक्यो ।
बेइजिङले अब एउटा नयाँ रणनीतिमा काम गर्न सुरू गरी सकेको छ । त्यो हो, कोरोना भाइरसको महामारीपछि विश्वको नेतृत्व गर्ने । यसका लागि कोरोना भाइरसलाई हराउने आफ्नो जीतलाई संसारभरी राम्रैसँंग प्रचार गर्दै गइरहेको छ । उसले संसारलाई भन्दै छ–“हाम्रो गति हेर्नुहोस्, हाम्रो दक्षता हेर्नुहोस् र हाम्रो योजना हेर्नुहोस् ।” बेइजिङ वास्तवमा भन्ने हो भने अहिले विश्वको नै सल्लाहकार भएको छ । प्रत्येक दिन बेइजिङले भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट अलग–अलग देशका राष्ट्राध्यक्षहरूसँग बैठक गरेर बताउने गरेको छ, यो भाइरसलाई कसरी नियन्त्रित गर्ने भनेर । एक प्रकारले हेर्ने हो भने बेइजिङले लचकताकासाथ विश्व नेतृत्व गर्न सुरू गरिसकेको छ । बेइजिङले चतु¥याईपूर्वक संसारभरीमा आफ्नो सफलता तथा अमेरिकाको गैरजिम्मेवारी र अक्षमताको एउटा कहानी पेश गर्दै गइरहेको छ ।
चीनले अहिले एउटा नयाँ शब्द विश्वलाई दिइरहेको छ, “चीन विश्वव्यापी रूपमा जिम्मेवार देश हो ।” चीनको नयाँ मन्त्र हो, “हामी संसारको ख्याल राख्छौं ।” यस्तो त चीन कहिल्यै थिएन । तर यो एउटा नयाँ तस्वीर हो जसलाई चीनले विश्व महाशक्ति बन्नलाई विश्वसामु देखाइरहेको छ । केही उदाहरण हेर्नुहोस्ः
जब इटलीमा त्रास फैलिरहेको थियो र इटली विश्वसामु मद्दतको लागि कराइरहेको थियो कि कोही किट पु¥याइ दिनुहोस्, भेन्टीलेटर पु¥याइ दिनुहोस्, मास्क पु¥याइ दिनुहोस्, रेस्पीरेटर पु¥याइ दिनुहोस् । त्यतिबेला कुनै यूरोपियन देश अगाडि आएन । तर चीनले के ग¥यो ? चीनले सार्वजनिक रूपमा प्रतिबद्धता जनायो र तुरुन्त इटलीलाई आवश्यक सामग्री पठायो । जसमा १,००० भेन्टीलेटर, २०,००,००० मास्क, १,००,००० रेस्पीरेटर, २०,००० प्रोटेक्टिव सूट र ५०,००० टेस्ट किटहरू थिए । यस्तो गर्दैमा पूरा इटलीमा चीनको प्रशंसा हुन थाल्यो । जबकि केही दिन पहिला इटलीमा चीनकोविरुद्ध नाराबाजी र जुलुससम्म निकालिएको थियो किनकी चीनले एक एक गरी विस्तारै इटलीका कम्पनीहरू किन्न थालिसकेको थियो । इटलीको अर्थव्यवस्था धेरै वर्ष भयो धराशायी भएको थियो । चीनले विस्तारै त्यहाँ कब्जा गर्न सुरू गरीसकेको छ । वैश्विक नेतृत्वको भूमिका जुन यतिबेला अमेरिकाले खेल्नुपर्ने थियो त्यो चीनले खेलिरहेको छ ।
साढे दुई लाख मास्क, मेडिकल किट र मेडिकल टीम चीनले ईरान र सर्बियालाई पनि पठायो । सर्बियाका प्रमुखले भने, “यूरोपियन देशहरूसँग मित्रता मात्र एक परीकथा जस्तै हो, यसबेला संसारको असल साथी चीन हो ।” त्यसकारण कति छिटो संसारका जनताहरूको दिमाग बदलिने छ र चीन कति छिटो एउटा नविन र भद्र राष्ट्र र एउटा सहयोगी राष्ट्र (हेल्पिङ्ग नेशन) भएर विश्वसामु प्रकट हुने छ थाहै हुने छैन । विश्वास नभए याद गर्नुहोस् ! पहिला भारतको मित्रराष्ट्र को थियो ? रूस । भारतको सबैभन्दा ठूलो विरोधी को थियो ? अमेरिका । तर आज अमेरिका भारतको सबैभन्दा ठूलो मित्रराष्ट्र छ । कतै चीन पनि त यसै बाटोतिर हिँडेको त छैन ?
हो, निश्चित रूपमा चीन पनि यसै बाटोमा हिँडिरहेको छ । चीन एउटा यस्तो देश हो जहाँ कुनै कम्पनीले अथवा जनताले सरकारको कुरा काट्न सक्दैनन् । चीनले के ग¥यो ? सबै उद्योगपतिहरूलाई काममा लगाइदियो । चीनको सबैभन्दा प्रमुख र ख्यातीप्राप्त उद्योगपति हो–ज्याक मा, अलिबाबा कम्पनीको मालिक । अलिबाबाको माध्यमबाट चीनले एउटा गजबको काम ग¥यो । अफ्रिकाका ५४ देशहरूमा जहाँ कसैले ध्यान पु¥याएको थिएन, प्रत्येक देशमा २०,००० टेस्ट किट र १,००,००० मास्क पु¥याईदियो । अब यी ५४ देश कसलाई सलाम ठोक्छन् ? पहिला यो काम अमेरिकाले गर्ने गथ्र्याे, तर अहिले अमेरिका चुप्प लागेर बसेको छ । चीनले सबैको मुटुभित्र स्थान बनाउन सुरू गरिसकेको छ । यो एउटा संकेत हो चीनको विश्व गुरु बन्ने । चीनले अहिले पूरा विश्वलाई नै यो सन्देश दिइरहेको छ कि तिमीहरूले मसँग मित्रता गर्नैपर्छ, र म त मित्रता गर्न र तपाईंसँंग अंङ्गालो मार्नको लागिबसेको छु, मलाई अवसर त दिनुहोस् !
असल मित्रता वा सम्बन्धमा दूरी ?
किन कोरोना भाइरसको लागि चीनसँंग मित्रता जरुरी छ ? कोरोना भाइरसबाट बाँच्नको लागि चाहियो के–के ? भन्ने विषयले हरेक नागरिकको ध्यान खिचेको छ । सर्जिकल मास्क– चीन यतिबेला युद्धस्तरमा मास्कको उत्पादन गरिरहेको छ र पूरा विश्वभरीलाई मास्क आपूर्ति गरिरहेको छ । उता कथित विश्वगुरु अमेरिकासँंग आफ्नै देशवासीहरूलाई दिनलाई मास्क छैनन् । कोरोना भाइरससँंग लड्नलाई एन–ढछ रेस्पिरेटर मास्कको आवश्यकता हुन्छ । चीनको बुद्धिमता हेर्नुहोस् । ५० प्रतिशत एन–ढछ रेस्पिरेटर यतिबेला चीनले बनाइरहेको छ र उसले आफ्नो देशमा काम गरीरहेका विदेशी कम्पनीहरूलाई पनि यो अनिवार्य रूपमा भनिसकेको छ कि, तपाईंहरु छिटो भन्दा छिटो धेरैभन्दा धेरै रेस्पिरेटर बनाउनुहोस् र सबै रेस्पीरेटर सरकारलाई मात्र बेच्नुपर्छ । सरकारले ती रेस्पीरेटरहरूलाई संसारमा कहाँ–कहाँ पठाउने कुराको तय गर्छ । अब यदि चीनलाई विश्व गुरु बन्नु छ भने जुन देशसँंग उसले मित्रता गर्नुछ, जुन देशका प्राकृतिक संसाधनहरू माथि कब्जा गर्नुछ, जुन देशसँंग रणनीतिक सम्बन्ध बनाउनु छ ती देशहरूमा उसले यी सबै चिकित्सा उपकरणहरू पु¥याउँछ । खासमा भन्ने हो भने यी रेस्पीरेटरहरू विदेश नीतिका औजारको रूपमा प्रयोग भइरहेका छन् ।
जब चारैतिर कोरोना भाइरस फैलिएला, मान्छेहरू बीमार होलान्, उनीहरूलाई अन्य प्रकारका संक्रमणहरू होलान् । अन्य प्रकारका संक्रमणहरूको उपचार (ट्रीटमेन्ट) को लागि औषधिहरूको आवश्यकता पर्न जाला । गजबको कुरा त यो छ कि संसारभरीका ९० प्रतिशत औषधिहरूमा चीनको कुनै न कुनै घटक लाग्छ लाग्छ । किनकी चीन थोक औषधिमा विश्वको सबैभन्दा ठूलो निर्माता तथा पैठारीकर्ता हो ।
अब चीनको विपरित आजको शक्ति राष्ट्र अमेरिकालाई हेरौं । अमेरिकाको आजको स्थिति यो छ कि त्यहाँ मात्र १ प्रतिशत मास्क र रेस्पीरेटरहरू छन् । मात्र १० प्रतिशत भेन्टीलेटरहरू छन् यस महामारीसँंग जुध्नलाई । बाँकीको लागि अमेरिकालाई अर्थात् आजका राजालाई “चाइना शरणम गच्छामी” हुनैपर्छ या त फेरि आफ्नै देशमा घरेलु उत्पादन बढाउनुपर्ने हुन्छ । जो अचानक कहिल्यै पनि बढ्दैन र खास कुरा यो छ कि उपभोक्ता राष्ट्र भएको हुनाले अमेरिकामा ९५ प्रतिशत एन्टी बायोटिक औषधि चीनको सहयोग विना बन्नै सक्दैनन् ।
मूलभूत कुरा के रहेछ ?
यसबेला चीनले बेहीसाब ऋण दिनेछ । त्यो ऋणको पैसा तुरुन्त माग्ने पनि छैन र पचासौं देशहरूलाई आफ्नो ऋणतल दबाई दिने छ । आज पनि यही हालत छ पूरा एसियामा । हेर्नुहोस् साना–साना देशहरू चीनको ऋण तल दबिएका छन् । चीनको सबैभन्दा ठूलो समस्या तेलको कमी हुनु हो । अहिले कोरोना भाइरसले गर्दा तेलको मूल्य ऐतिहासिक रूपमा गत १८ वर्षको न्यूनतम स्तरमा पुगेको छ । यस्तोमा चीन लामो समयको लागि तेल कम्पनीहरूसँंग सहकार्य गर्छ, न्यूनतम मूल्यमा लामो समयको पैसा आजै दिएर तेल खरिद गरेर आजको मूल्यमा तेललाई फ्रिज गरी हाल्छ र तेलमा आफ्नो निर्भरतालाई समाप्त गर्छ । न्यूनतम मूल्यमा तेल खरिद गर्नु र तेलमाथि निर्भरता समाप्त हुनुको अर्थ हो त्यो देशलाई प्रगति गर्नबाट कसैले रोक्न सक्दैन ।
चीनको साथमा अहिले केही देशहरू मात्र छन्, तर कोरोना महामारी सिध्दिए लगत्तै धेरै देशहरू चीनका मित्रराष्ट्र बन्ने छन् । संसारका अलग–अलग विश्वमञ्चमा कैयौं मागहरूमा जहाँ चीन अहिले एक्लै पर्ने गर्छ, त्यहाँ तब यी सबै देशहरू चीनको पक्षमा उभिने छन् । यी देशहरूको समर्थन मिल्न सुरू भइहाल्छ । चीनलाई आफैलाई कोरोना भाइरसबाट कुनै समस्या हुने छैन किनकी चीन आफै उत्पादक र आफै उपभोक्ता पनि हो । यति ठूलो जनसंख्या छ कि चीन आफै धेरै ठूलो मात्रामा उत्पादनको उपयोग गरी हाल्छ । त्यसैले मैले पहिला भने विश्वले चीनले निर्माण गरेको वस्तुको उपयोग गर्ने छ । विश्वका बाँकी देशहरू यतिबेला ठूलो त्रासमा छन्, अचानक तिनीहरू आफ्नो देशमा उत्पादन गर्न सक्दैनन् । त्यसैले, यतिबेला सबैले चीनलाई सलाम गर्नै पर्छ । कोरोना भाइरस चीनको लागि विश्वको अगुवा (गुरु) बन्नमा एकदम ठूलो अवसर भएको छ ।
निश्कर्षमा,
विश्व कोरोनाको महामारीमा तड्पिरहेको परिवेशमा सिङ्गो मानव समुदाय मानव समाजका महत्वपूर्ण निधिहरूको संरक्षण तथा प्रवद्र्धनका लागि भरमग्धुर प्रयत्नरत रहेको छ । समाजको प्रगति वा अधोगति कुनै पनि राष्ट्र वा समाजका नेतृत्व गर्ने व्यक्तिको उच्च नैतिकता तथा समाजप्रतिको प्रतिबद्धतामा निर्भर रहेको हुन्छ । त्यसभन्दा बढी समाजका आम नागरिकहरूको सजगता, इमान्दारिता तथा उच्च नैतिक व्यवहारमा भर पर्दछ । हुनत तेस्रो विश्वका अति कम विकसित मुलुकहरूमा कुनै पनि व्यक्तिलाई किन चिन्ने भन्दा पनि कसलाई चिन्ने भन्ने विषयले प्राथमिकता पाउने गर्दछ । तथापि, कुनै पनि व्यक्ति, समाज र राष्ट्रलाई चिन्ने र आवश्यक सम्मान दिने भनेको उसले अन्य सहकर्मीहरूसँग गरेको योगदान तथा लगानीको उचित कदर गर्नका लागि हुने गर्दछ ।
नेपालमा गएको वि.सं. २०७२ सालको महाविनाशकारी भूकम्प र हाल विश्वलाई त्रसित पारिरहेको कोरोना भाइरसबाट बच्नका लागि चीनले विश्व समुदायलाई लगाएको गुण अत्यावश्यक तथा बहुआयामिक छ, जसलाई जति बखान गरे पनि अधुरो रहन्छ । अतः हरेक समाजमा रहने व्यक्ति तथा समुदायको पहिचान उसको सामाजिक चिन्तन तथा दृष्टिकोणबाट हुने भएकोले समाजमा गरिएको लगानी, सामाजिक भावना र सहयोगी व्यवहारलाई सदा सम्मान गरौं र उचित कुराहरूको आत्मसात् समेत गरौं ।
प्रकाशित मितिः ९ बैशाख २०७७, मंगलवार १३:१३
साझा बिसौनी ।