कोरोना महामारीले सिकाएको पाठ

कोरोना भाइरसको महाभारीले गर्दा यतिबेला विश्व नै त्रसित छ । ‘मै हूँ’ भन्ने विकसित देशहरू पनि अहिले यो फुच्चे (नदेखिने) भाईरसबाट आक्रान्त छन् । त्यसैले भन्छन्, ‘दैवको खेल, दैवलाई नै थाहा हुन्छ ।’

चीनको वुहान शहरबाट सुरू भएको अजब–गजब प्रकारको यो महामारी कहाँबाट आयो, कसरी आयो कसैलाई थाहा छैन । प्रकृतिको अभिशाप हो अथवा मानिसको शैतानी खोपडीको उपज हो थाहा छैन ।

विश्वका धेरै देश यतिबेला लकडाउनको स्थितिमा छन् । लाखौं मान्छे अलपत्र परेका छन् । विश्वभरी मर्नेहरूको संख्या पनि एक लाख नाघिसक्यो । यस पृथ्वीमा अहिलेसम्म जीवित कुनै पनि मानिसले न देखेको र न सुनेको महामारी हो यो । बच्चादेखि लिएर वृद्धसम्म सबैको यो पहिलो अनुभव हो ।

अहिले यो संक्रमणको कारण विश्वभरी लागेको लकडाउनले भने यो धर्तीलाई ठुलो फाइदा पुगेको छ । यहाँका अनेकौँ जीवजन्तुले सफा हावाको सास फेर्न पाइरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरे अनुसार करिब ७५ वर्षपछि पृथ्वीमा यति सफा हावा देखिएको हो । यसअघि दोस्रो विश्व युद्धको बेला पृथ्वीको हावा सफा थियो रे ।

हाम्रो देशको स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मीको संख्या, अस्पतालको क्षमता, आइसीयू र भेन्टिलेटरको संख्या निकै कम छ । कोरोना संक्रमण भएर यदि हामी अस्पताल बस्नुप¥यो भने त्यो बिकराल अवस्था हुनेछ । विकसित देशमा त त्यो हालत छ भने हाम्रो देशमा कोरोना संक्रमण फैलियो भने अकल्पनीय हुन्छ । त्यसैले यदि सरकारले लकडाउन बढाउने निर्णय गर्छ भने हामीले त्यसको स्वागत गर्नुपर्छ किनकी पैसाभन्दा बढ़ी महत्वपूर्ण छ माया, खुशी, आशा, स्वास्थ्य, समय, साथीहरू र हाम्रो जीवन । हाम्रो हातमा अस्पताल बस्नुको विकल्प छ, त्यो हो एक छाक खाएर भएपनि घरभित्र बस्ने ।

हामीले लकडाउन उल्लंघन गरेमा के–के हुन सक्छ ?

– हामी अस्पतालको आइसोलेसन वार्डमा एक्लै बस्नुपर्छ ।

– परिवार तथा आफन्तले भेट्न मिल्दैन ।

– कोरोना भाइरस घाँटी हुँदै फोक्सोमा पुगेपछि यसले फोक्सोका कोषहरूलाई नष्ट गर्दै जान्छ ।

– फोक्सोलाई काम गर्न गाह्रो भएपछि मुटु, किड्नी, ब्रेन लगायतका अंगमा अक्सिजन सप्लाई निकै घट्छ ।

– यसबाट फोक्सो तथा मृगौला निष्क्रिय हुन्छन् ।

– मुटुमा अक्सिजन नपुगेपछि हर्टअट्याक हुन्छ । अनि हाम्रो मृत्यु हुन्छ । यो प्रक्रिया यति छिटो फैलिन्छ कि हाम्रा आइसीयू तथा भेन्टिलेटरले काम नगर्न पनि सक्छन् । यसैपनि हामीकहाँ भेन्टिलेटरको संख्या निकै कम छ । मृत्यु भएपछि पनि हाम्रो दाहसंस्कार गर्दा आफन्तले टाढैबाट गर्नुपर्छ, छुन मिल्दैन । त्यसैले घरभित्र बस्नु बाहेक अरु विकल्प छैन, लकडाउनको उल्लङ्घन नगरौं ।

आफु, आफ्नो परिवार, आफन्त, समाज तथा राष्ट्रलाई सुरक्षित राख्न जिम्मेवार बनौं । कोरोना भाइरस त्यसलाई सर्छ, जो लकडाउन उल्लङ्घन गरेर घर बाहिर निस्कन्छ । आगामी एक महिना दुःख सह्यौं भने हामीले यो कष्टबाट मुक्ति अवश्य पाउनेछौँ ।

केही सत्य र तथ्यहरू, जुन लकडाउनको अवधिमा समयले सिकायो

– आज अमेरिका अग्रणी देश रहेन ।

– चीनले तेश्रो विश्वयुद्ध सुरू ग¥यो र एउटा पनि क्षेप्यास्त्र नहानेरै त्यसलाई जीतीहाल्यो ।

– यूरोपीयनहरू त्यति शिक्षित रहेनछन्, जति हामीहरू सोच्थ्यौं ।

– हामी आफ्नो छुट्टीहरू यूरोप र अमेरिका नगएर पनि बिताउन सक्दा रहेछौँ ।

– धनीहरूको प्रतिरोधक क्षमता गरीबहरूको भन्दा धेरै कम हुँदो रहेछ ।

– कोही पास्टर, धामी, पुजारी, ग्रन्थी, हाफिज या ज्योतिषी एउटा रोगिलाई पनि बचाउन सक्दो रहेनछ ।

– स्वास्थ्यकर्मीहरू, कुनै पनि खेलाड़ी अथवा अभिनेता भन्दा ठूला हिरो(सेलिब्रेटी) रहेछन् ।

– उपभोगबिना विश्वमा पेट्रोल र डिजलको कुनै महत्व रहेनछ ।

– पहिलो पटक चराचुरंगी र जनावरहरूलाई पनि महसुस भयो कि यो संसार हाम्रो पनि रहेछ ।

– विश्वका धेरै कर्मचारीहरूलाई थाहा भयो कि काम त घरबाट पनि गर्न सकिने रहेछ ।

– हामी र हाम्रा सन्तानहरू ‘जंक फूड’ नखाएर पनि बाँच्न सक्दा रहेछौँ ।

– एउटा सफा र हाइजीनिक जीवन बाँच्न त्यति गाह्रो रहेनछ ।

– खाना पकाउन पुरुषहरूलाई पनि आँउदो रहेछ ।

– अभिनेताहरू त मनोरञ्जनको लागी मात्र रहेछन्, जीवनका वास्तविक नायक त अरु नै रहेछन् ।

– यस्तो पनि समय आउला थाहा थिएन, मानिस मानिसबाटै डराउला थाहा थिएन ।

– लूडो खेल्दा–खेल्दा एउटा कुरा सिक्न पाएँ आज, लूडोको खेलको नियम छ कि जुन गोटी घरभित्र हुन्छ त्यसलाई कसैले मार्न सक्दैन ।

हाम्रो देशमा आज लकडाउनको २६औं दिन हो । धन्यवाद छ, सरकारलाई समयमै लकडाउनको निर्णय लिएकोमा र धन्यवाद छ, जनताहरूलाई लकडाउनको राम्रोसँग पालना गरीदिएकोमा ।

यो भाइरसको उद्गमस्थल चीन देशको सबभन्दा नजीकका छिमेकी हामी नै हौँ । तर यो भाईरस हामीकहाँ न आएर १२ हजार किलोमिटर टाढा यूरोप र अमरीका पुग्यो । यसलाई हामी नेपालीहरूको भाग्य भनौं कि महादेवको इच्छा ।

मानिस जति विकसित हुँदै गयो त्यति नै असभ्य हुँदै गइराखेको छ । भौतिकवादी सोच र विचारधारामा अगाड़ी बढ़्ने होड़मा मानवतालाई बिर्सिँदै गइराखेको छ । विश्वका यी विकसित अथवा विकासशील राष्ट्रहरू अमेरिका, रूस, जर्मनी, उत्तर कोरिया, फ्रान्स, चीन, भारत र पाकिस्तान सबैले मानव जातिका विनासका लागी खतरनाक हतियार ‘परमाणु बम’ बनाएर तयार राखेका छन् । के को लागी ? अर्कालाई मार्नको लागी रे ।

कठै यो मानव बुद्धि !

त्यत्रो अरबौं खरबौं डलर खर्च गरेर परमाणु हतियार बनाउनुभन्दा अस्पतालहरू, औषधिहरू र महामारीबाट बाँच्नको लागी सुरक्षा उपकरणहरू बनाएको भए अहिले ती देशहरूमा हजारौंको संख्यामा जनताहरूले ज्यान गुमाउनु पर्दैनथ्यो । तर के गर्ने मान्छे भनेकै अहंकारको मूर्ती न हो । म नै ठूलो, म नै शक्तिशाली, म नै महान भन्ने घमण्डले भरिपूर्ण छ । के को महान ? कसरी शक्तिशाली ? तिमिहरूको शक्ति त देखाइहाल्यो एउटा फुच्चे (नदेखिने) भाईरसले । अझै कति जनता अरु मर्ने हुन र कति शक्ति अरु देख्नु बाकी छ तिमिहरूको ?

‘माटोको संसार हो खेल्न सके खेल, बाजी ईश्वरको हातमा छ सबै विज्ञान फेल !’

तिमीहरू भन्दा त हामीहरू पो ठूला, शक्तिशाली र महान रहेछौं नि । ठूला यसरी की हामीहरूमा माया, प्रेम र सदभाव बाँकी छ, शक्तिशाली यसरी की हामी एक अर्कालाइ मद्यत पु¥याएर मानवताको परिचय दिन्छौं, महान यसरी की हामीसँग जनतालाई मार्ने हतियार छैन मानवजातिलाई बचाउने धर्म, आस्था र विश्वास छ । बुद्ध जन्मेको पवित्र भूमीका वासी हौं हामी स्वाभिमानी नेपालीहरू । गर्व गर्छौं हामी आफुलाई नेपाली भन्न पाउँदा ।

यो भाईरस जताबाट जसरी आए पनि यसले विश्वलाई एउटा सन्देश त दिएकै हो, ‘ठूलो सानो भन्ने केही हूँदो रहेनछ ।’ ठूला भन्नेहरू यति सानाबाट पनि डराउँदा रहेछन् कि जो देखिदै देखिदैन र सानो भन्ने यति ठूलो रहेछ कि जसले (नदेखिएरै) पूरा विश्व नै हल्लाई राखेको छ ।

अहिले यो समय हो मानवजातिलाई बचाऊनको बारेमा सोच्ने । यो समय हो गरीब र असहायको सहायता गर्ने । चाहे त्यो कुनै देश, जाति, धर्म वा समूहको किन न होस् । मानव जातिको सेवा गर्नु भनेको ईश्वरको पूजा र प्रार्थना गरेझैं हो । नजानेका र नबुझेका जनताहरूलाई लकडाउनको महत्व सम्झाएर आफु शिक्षित भएको परिचय दिने समय हो अहिले । लकडाउनको कड़ाईका साथ पालना गर्यौं भने हामीले यो अदृश्य भाईरसलाई हराउन सक्छौं । यो सत्य हो र यस बाहेक हामीहरूसँग अरु कुनै बिकल्प नै छैन ।

त्यसैले यो लेख पढ्ने समस्त दाजुभाई दीदीबहिनीहरूमा म यो अनुरोध गर्न चाहन्छु कि सरकारको अर्को आदेश न आएसम्म यस लकडाउनको कड़ाईका साथ पालना गरी दिनुहोस् । दिनमा कयौं पटक साबुन पानिले मिची मिची हात धुनुहोस, चार–पाँच पटक तातो पानी पिउँदै रहनुहोस् र सबभन्दा ठूलो कुरो आफ्नो मनस्थितिलाई दह्रो बनाउनुहोस् ।

घरमै बस्नुहोस्, सुरक्षित रहनुहोस् र आफ्नो आफन्तहरूलाई पनि यही सुझाव र सन्देश दिनुहोस् ।

(दैलेखको आठबीस नगरपालिकामा स्थानीय ठेगाना भएका लेखक बडुवाल हाल वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय गर्दछन् ।)

प्रकाशित मितिः   ५ बैशाख २०७७, शुक्रबार १३:४९