हेलचक्य्राइँ नगर

यतिबेला सिङ्गो विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । यसविरुद्ध सबैजसो मुलुक लागिरहेका छन् । नेपालमा अहिलेसम्म कोरोनाको जोखिमयुक्त असर देखिएको छैन । यद्यपि उच्च जोखिममा भने छ । संघीय सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न कदम चालिसकेको छ । थप सकर्तता अपनाउन पहल भइरहेको छ । यता कर्णाली प्रदेश सरकारले पनि हुनसक्ने जोखिमलाई मध्यनजर गरेर क्वारेन्टाइन स्थापना गर्नेदेखि हेल्थ डेस्कमार्फत परीक्षण गर्ने लगायतका कार्य गरिरहेको छ । नाकाहरूमा जाँच कडाइ गरिएको छ । यद्यपि प्रयास जति भइरहेको छ त्यो पर्याप्त भने छैन ।

कर्णालीमा हेलचक्य्राइँपूर्ण तरिकाले काम भइरहेका छन् । केही सीमित स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । तर त्यहाँको परीक्षण पनि प्रभावकारी भइरहेको छैन । सरकारले नै २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेको छ । हेल्थ डेस्कहरूमा भने सयौंको संख्यामा भिड लाग्ने गरेको छ । सबैलाई एकै लाइन लगाएर जाँच गर्दा थप जोखिम भइरहेकोतर्फ ध्यान दिइएको छैन । त्यसो त कर्णाली प्रदेश गर्ने नाकाहरूमा स्थापना गरिएका हेल्थ डेस्क औपचारिकता पूरा गर्नेगरी मात्रै छ । गम्भिरतापूर्वक परीक्षणको काम भइरहेको छैन । सरकारले चौबिसै घण्टा डेस्क सञ्चालन गरेर सतर्कता अपनाउने घोषणा गरे पनि अहिले प्रदेशका सबैजसो डेस्क कार्यालय समय अवधिभर मात्र सञ्चालन भइरहेका छन् । अर्थात बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म डेस्कमा स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । त्यसभन्दा अघि र पछि निर्वाध रूपमा सवारी साधन र नागरिकहरू भित्रिरहेका छन् ।

क्वारेन्टाइन स्थापनाको कार्य पनि कर्णालीमा ढिलो गरेर मात्र सुरु भएको छ । प्रदेश अस्पतालमा थोरै संख्यामा केही वेडसहितका यसअघि स्थापना गरिए पनि आइतवारदेखि मात्रै ठूलो संख्यामा बनाउन थालिएको छ । जबकि यो अवधिमा कामका शिलशिलामा भारत गएका ठूलो संख्या नेपाल भित्रिसकेको छ । यता प्रदेश सरकारले भारतबाट फर्किने सबैलाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले क्वरेन्टाइन बनाउँदै गर्दा ठूलो संख्यामा नागरिक गाउँ पुगिसकेका छन् । सुरुमै संवेदनशीलता अपनाउन सक्नुपथ्र्यो । यो संवेदनशीलता किन पनि महŒवपूर्ण छ भने पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । त्यसकारण पनि त्यहाँबाट फर्किनेहरूमा अझ बढी जोखिम हुने गर्दछ । यसतर्फ ध्यान नदिएर सरकार भने औपचारिकता पूरा गर्नेतर्फ लागिरहेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णयसँगै त्यसैअनुसारको तयारी सुरु भए पनि समग्रमा प्रदेशभर कोरोना प्रतिकार्य सुस्त गतिमा भइरहेको छ । प्रदेशले अन्य सरोकारवालाहरूसँग पनि आवश्यक समन्वय गरेको छैन । सबै स्थानीय तह, अन्य सरकारी तथा गैरसरकारी निकायहरूसँग सन्वय गरेर पूर्वतयारीमा जुट्नु आवश्यक भइसकेको छ । स्वास्थ्य संस्थाहरूमा आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्ने, प्रदेशमा आवश्यक खाद्यन्नको जोहो गर्ने, मूल्य वृद्धि र कारोबजारी नियन्त्रण गर्ने लगायततर्फ पनि सरकारले ध्यान पु¥याउन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   १० चैत्र २०७६, सोमबार १२:२८