सानैदेखि हक्की म
तेजु गुरुङ कराँते खेलकी सहायक प्रशिक्षक हुन् । वि.सं. २०६१ सालदेखि जिल्ला खेलकुद विकास समिति सुर्खेतमा प्रशिक्षकका रूपमा कार्यरत छिन् । बुबा यामबहादुर गुरुङ र आमा भविसरा गुरुङको चौथो सन्तानका रूपमा २०३६ कार्तिक १५ गते वीरेन्द्रनगर–७ इत्राममा जन्मिएकी उनले अहिले विद्यालयका छात्राहरूलाई आत्मरक्षासम्बन्धी तालिम पनि दिँदै आएकी छिन् । १५ वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेकी उनै गुरुङले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको अनुभव यसरी साटिन् ः
मेरो बाल्यकाल वीरेन्द्रनगरमै बित्यो । म घरको साइली छोरी हुँ । संख्याको हिसाबले परिवार ठूलो थियो । एक जना दाइ र पाँच बहिनी । परिवारको आयस्रोत भनेकै कृषि पेसा । कामको दुःख थियो । त्यसकारण पनि बाल्यकाल दुःख अनि संघर्षमा बित्यो । खान र लगाउनका दुःखभन्दा पनि कामको दुःख बढी हुन्थ्यो ।
वीरेन्द्रनगरमा जग्गा जमिन भए पनि त्यसबेलामा खासै किनबेच हुन्थेन । खेती गर्नुपर्ने हुथ्यो । बर्खाको समयमा रोपाइँ गर्नुुपर्ने, खेतबारीमा काम गरिरहनुपथ्र्यो । घरमा गाईवस्तु हुन्थे । त्यसबेलामा खेती गर्ने र धेरै गाईवस्तु पाल्ने हुन्थ्यो । घाँस काट्न जंगल जान्थ्यौं । मेरो आमा धेरै बिरामी भइरहनुहुन्थ्यो । उहाँलाई उपचार गर्न इन्डिया लिइरहनुपथ्र्यों । बुबाले आमालाई प्रायः उपचारका लागि लिएर जानुहुन्थ्यो । घरको काम भने हामी भाइबहिनीले गर्नुपथ्र्यो ।
बुबाले आमालाई उपचारका लागि बाहिर लिएर जाँदा हामीलाई एक दिनमा गाईवस्तुलाई यति डोका अथवा भारी घाँस काटेपछि पुग्छ भनेर भन्नुहुन्थ्यो । हामीले त्यसैअनुसार घाँस काटेर राख्थ्यौँ तर गाईवस्तुलाई नहालेर राख्ने रहेछौं । बुुवाले केटाकेटीको रेखदेख गरिदिनुभनेर छिमेकीलाई भनेर जानुहुन्थ्यो । छिमेकी आएर घाँस काटेमात्र हुन्न हाल्नुपर्छ भनेर सिकाउँथे । कहिले त गाईवस्तु भोकै राख्ने अनि घाँस खेर जाने पनि हुन्थ्यो ।
म सानैदेखि हक्की स्वभावको थिए । अन्याय सहन्नथें । कसैले केही भन्यो भने लड्न तम्सी हाल्थेँ । केटा होस् या केटी जोसँग पनि लड्न पछि हट्थेन । कसैले झगडाको निहुुँ खोज्यो भने बाँकी भने राख्थेन । केटाहरूसँग लड्न हुन्न भन्ने मेरो सोच नै थिएन । त्यही भएर प्रायः साथीहरू मसंँग निहुुँ खोज्थेनन् । मेरो यो स्वभावले पनि मेरो बुबा र दाइले यसलाई खेलाडी नै गराउनुपर्छ भन्नुहुुन्थ्यो । मेरो दाइ (प्रकाश गुुरुङ) कराँते खेलाडी हुनुहुन्थ्यो । बुबा र दाइले नै मलाई खेलकुुदमा जोडदिनुभयो । जिल्ला खेलकुुदमा बालबालिकालाई तालिम दिइन्थ्यो । तालिममा जान बुबा र दाइले भन्नुभयो । मैले १० वर्षको उमेरमै खेलहरू खेल्न थाले । दाइ कराँतेकै खेलाडी भएर पनि मलाई अझै सहज भयो । दिउँसोको समयमा विद्यालय जाने र बिहान साँझ खेल सिक्न जान्थे । खेलकुदमा महिलाहरू धेरै कम थिए । मभन्दा अघि दुई जना सिनियर दिदीहरू हुनुहुन्थ्यो । उहाँहरूले हामीलाई सिकाउनुहुन्थ्यो । बुबा र दाईले खेलकुदमा प्रोत्साहन गरेपनि आमालाई भने डर लाग्थ्यो । कहिलेकाहीँ आमाले डर पनि देखाउनुहुन्थ्यो । कराँते खेल्नेलाई त मुखै मुखमा हान्छन् रे भन्नुहुन्थ्यो । म रूपकी राम्री पनि थिए । त्यसैले आमाले डर देखाउँदै भन्नुहुन्थ्यो, ‘तेरो सबैले अनुहारमा हानेर चोट लाइदिन्छन् । त अब नराम्री हुने भइस् ।’
म विस्तारै जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन थाले । श्रीकृष्ण संस्कृति तथा साधारण माविमा पढ्दा पनि विद्यालयमा धेरै प्रतियोगिता हुन्थे । सबैमा सहभागिता जनाउँथे । मैले कराँते बाहेक हाइजम्प र लङजम्प पनि खेल्थे । प्रतियोगितामा म प्रायः प्रथम नै हुन्थे । पुरस्कार जितेर घर फर्किंदा खुशी लाग्थ्यो । खेलकुदमा मेरो गुरु प्रदिप राई हो । दाइ पनि सँगै हुुनुुहुुन्थ्यो । त्यसकारण घरदेखि टाढा प्रतियोगितामा सहभागी हुन जाँदा सजिलो नै हुन्थ्यो । म गेम खेल्न वीरेन्द्रनगर बाहिर गइरहन्थे । खर्च व्यवस्थापन गर्न पनि समस्या हुन्थ्यो । आयोजकले खर्च व्यहोरे पनि अन्तिममा मात्रै दिन्थे । त्यहाँ जान र अन्य खर्च व्यवस्थापन गर्न भने समस्या नै पथ्र्यो । पैसाको महत्व धेरै नै थियो । घरमा अन्न भए पनि पैसा भने हुन्थेन । घरमा खर्च मागेर लिन्थे अनि आयोजकले दिएपछि घरमा ल्याएर दिन्थे । यसले पछि ल्याएर दिन्छे भनेर पनि घरमा मलाई पैसा दिनुहुन्थ्यो ।
एक पटक आमाले बनाइदिएको मुन्द्रा र बुबाले तालिममा बिहान साँझ जाँदा आवश्यक पर्छ भनेर किनिदिएको साइकल बेचेर पनि खेलकुद प्रतियोगितामा सहभागी भएको थिए । खेलकुदमा केही गर्छ भन्ने घरमा सबैले विश्वास पनि गर्नुहुन्थ्यो । मैले १५ वर्षको उमेरमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने अवसर प्राप्त गरे । २०५१ सालदेखि २०६३ सालसम्म राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागी भएर खेले । २०६२ सालमा जिल्ला खेलकुद विकासमा सहायक प्रशिक्षक रूपमा स्थायी भएपछि राष्ट्रिय प्रतियोगिता खेल्न भने छोडें । अहिले प्रशिक्षकै रूपमा यहाँ कार्यरत छु । यस बाहेक विद्यालयहरूमा छात्राहरूलाई आत्मरक्षासम्बन्धी तालिम पनि दिन थालेको छु ।
खेलकुदले अनुशासन सिकायो भन्ने लाग्छ । त्यसकारण गलत काममा भने लाग्ने वातावरण नै भएन । तर कहिलेकाहीँ बदमासी भने गरिँन्थ्यो । साथीहरू मिलेर गाउँमा अमिलो, बेलौती चोरेर खान्थ्याँै । म खेलकुुदलमै बढी समय दिने भएकाले त्यति साथीहरूसँग खेल्न नपाए पनि कहिलेकाहीँ रमाइलोका लागि खासगरी फलफूल चारेर खान्थ्यौँे । त्यसबेलामा चोर्नु बदमासी हो भन्ने लाग्थेन । चोर्ने चलन जस्तै थियो । उसबेला यहाँ त्यति बाक्लो बस्ती थिएन । धेरैजसो ठाउँमा रुख थिए । फलफूलका रुखहरू हुन्थे । फलफूल चोरेर खान अचम्मै रमाइलो लाग्थ्यो ।
केटाकेटी हुँदा नयाँ कपडा लगाउन भनेपछि धेरै खुशी लाग्ने रहेछ । बुवाले आमालाई उपचारका लागि इण्डिया लिएर गइरहनुहुन्थ्यो । बुुवाले इण्डियाबाट फराकहरू किनेर ल्याइदिनुहुन्थ्यो । २० रूपैयाँ, २५ रुपियाँमा किनेर ल्याएको भन्नुहुन्थ्यो । नयाँ कपडा लगाएको दिन सबैलाई देखाउन दिनभरी गाउँ डुल्थे । चाडपर्व पनि रमाइलो लाग्थ्यो । नयाँ कपडा लगाउन पाइने, मिठो खाने, साथीहरू जम्मा भएर रमाइलो गर्ने भएका कारण चाडपर्वको रमाइलो छुट्टै खालको लाग्थ्यो ।
हाम्रो घरमा धेरै कुखुरा पालेका थियौं । कुखुराले खोरमा अण्डा पारेर थुप्रो लगाउँथे । हामीले आगोमा पोलेर खान्थ्यो । एक पटक अण्डा धेरै एकै पटक आगोमा हाल्था पट्केको सम्झना आउँछ । अण्डाको वरीपरी गोबर बेरेर पोलेर खान्थ्यौं । खेलकुदमै बढी समय दिए पनि बाल्यकालमा यो नै बन्छु भन्ने त थिएन । तर म पढेर ठूलो भएर केही गर्छु भन्ने थियो । अहिले ती दिनहरू सम्झदा रमाइलो लाग्छ । दुःख भए पनि कम्ता रमाइला थिएनन् ती दिनहरू ।
प्रकाशित मितिः ८ चैत्र २०७६, शनिबार १०:५४
मुना हमाल ।