सानैदेखि निडर रमा

 रमा प्याकुरेल

रमा प्याकुरेल अधिवक्ता हुुन् । स्व. बुुबा ललितबहादुर प्याकुरेल र आमा खड्कदेवी प्याकुुरेलको सन्तानको रूपमा वि.सं. २०३१ असोज ८ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा जन्मिएकी हुुन् । वि.सं. २०६० सालदेखि उनी कानुुन व्यवसाय गर्दै आएकी छिन् । उच्च अदालत बार सुर्खेतको सह–सचिव समेत रहेकी प्याकुुरेलले अध्यापन पनि गर्दै आएकी छिन् । उनै प्याकुरेलले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको कथा यसरी साटिन् :

बाल्यकाल रमाइलोसँग बित्यो । अभाव झेल्नुु परेन । बुुवाआमाले हाम्रो लागि दुुःख गर्नुभयो । बुवाले ठेक्काको काम गर्नुहुुन्थ्यो । आमाले चिया पसल गर्नुहुुन्थ्यो । सबैभन्दा कान्छी छोरी भएकाले दाइदिदीको तुुलनामा मैले सबैको माया र विशेष ख्याल पाएँ । आमाले एघार सन्तानलाई जन्म दिनुुभएको । त्यसमध्ये चार जना मात्र बाँचेका हौं ।

म बाल्यकालमा निडर स्वभावको थिएँ । बुुवाआमाले निडर हुुन सिकाउनुभयो । केटाकेटी स्वभाविक रूपमा चकचके हुुन्छन् । तर म फरक खालको थिएँ । बगेको खोलामा हाम फालिदिने, एउटा रुखबाट अर्को रुखमा हाम फालिदिने, अरु साथीहरूले डोरी नाँघेर खेल्छन् भने म तार नाँघेर खेल्ने गर्थें । केही गर्न डर मान्दैनथें ।

पढाइमा राम्रो थिएँ । पहिलो, दोस्रो र तेस्रो स्थानमा आइरन्थें । आफू कमजोर भएको विषय पढ्न म स्कुुल समय बाहेक शिक्षकको घरमै पुुगेर पढ्थें । मैले कक्षा पाँचसम्म वीरेन्द्रनगरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कुुलमा पढेँ । त्यसपछि जन माध्यमिक विद्यालयमा पढें । बदमासी पनि गरियो । कहिलेकाहीँ घरसम्म भनिदिन्थें । एक पटक बढी उपर्दो मच्चाएँ भनेर मसहित तीन–चार जना साथीहरू विद्यालयबाट निश्कासन गर्न सूची तयार ग¥यो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मेरो बुुवा हुुनुुहुुन्थ्यो । हामी विद्यालयमा कसैलाई जिस्काइदिने, झगडा गरिदिने, केटाहरूसँग लडिहाल्ने गथ्र्यौं । केटाहरूसँग लड्नुु हुुन्न भन्ने लाग्दैनथ्यो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षकै छोरी निश्कासन हुुँदैछ भनेपछि हामीले सरको खुुट्टा समातेर अबदेखि यसो गर्दैनौं निश्कासन नगर्नु भन्यौं । अहिलेको जसरी बालबालिकालाई पिट्नुुहुुन्न भन्ने थिएन । त्यस बेलामा सरहरूले धेरै पिट्नुहुुन्थ्यो ।

पहिले वीरेन्द्रनगर बजारमा जुुम्ला, दैलेखतिरबाट फलफूल बेच्न ल्याउँथे । कहिले चोरेर खाइदिने गथ्र्यौं । सहयोगी पनि थियौं । कसैले केही काम गर है भनेपछि हामी अघि सथ्र्यौं । बिरामीलाई अस्पताल लैजाने काम गथ्र्यौं । बुढाबुढीलाई सहयोग गर्ने गथ्यौं । विद्यालय नजिकै घर थियो । दिउँसोको समयमा खाजा खान म दश–बाह्र जना साथी लिएर घर जान्थें । मेरो धेरै साथीहरू थिए । साथीहरूसँग घुुलमिल गर्न मन पथ्र्यो ।

बाल्यकालमा म जिज्ञासु स्वभावको थिएँ । हरेक कार्यक्रममा सहभागी हुुन्थें । पुरस्कार पनि जित्थें । त्यसबेलामा पुुरस्कार भाडा, थाल, दिइन्थ्यो । अहिले पनि मैले बाल्यकालमा पाएको पुरस्कार राखेको छुु । मैले भलिबल खेल्थें । दौडमा पनि सहभागी हुुन्थें । मेरो रुचि नाचगानमा थियो । तर नाच्ने–गाउने भनेपछि घरमा खासै स्वतन्त्रता थिएन । लुकीछुुपी जान्थे । चाडपर्वको समयमा म आफै खर्च जुुटाएर पनि कार्यक्रम गर्थे ।

विद्यालयमा हप्ताको एक पटक आ–आफ्नो कक्षा कोठा लिप्नुुपथ्र्यो । हामी कहिले नुुहाउन खोर्केखोला जान्थ्यौं । साथीहरू मिलेर गुुराँस टिप्न सिद्धपाइला जाने, वनभोज खान झुप्रा, भेरी जान्थ्यौं । वनभोजमा जाँदा घरबाट सबैले चामल, तरकारी, नुुन उठाउनुुपथ्र्यो । त्यो बेलाको जस्तो रमाइलो अहिले छैन । बुुवाआमाले जहिले पनि अरुलाई सम्मान गर्नुपर्छ भनेर सिकाउनुुभयो । मेरो आमाले सधंै सबैको सेवा गर्नुपर्छ भनेर भन्नुुहुुन्थ्यो । बुुवाले सधैं फलेको वृक्ष झुुक्छ, घमण्ड नगर्नु भन्नुुहुुन्थ्यो । बुवाआमाले असल संस्कार सिकाउन, मेहेनत, धैर्य गर्न सिकाउनुुभयो ।

मैले २०४६ सालमा एसएलसी पास गरें । त्यसपछि आइएल पढें । म सानैदेखि वकिल बन्छुु भनेर भन्थें । आफ्नो बाल्यकाल सम्झना आएदेखि नै मैले पढेर वकिल बन्छुु भन्थें । सानै उमेरबाट वकिल बन्ने मात्र भन्थें । मेरो निडर स्वभाव, बोल्न नडराउने, जायज कुरा गर्नुपर्छ भनेर तर्क गर्थें । सायद कसैले वकिल बन्ने जस्तो स्वभाव छ भनिदिएर होला म वकिल नै बन्छुु भन्थें । अहिले मैले बाल्यकालको सपना पूरा गरेको छु । यसमा मेरो परिवारले साथ दिनुुभयो । अझ तत्कालीन बहुुमुुखी क्याम्पसमा मैले एसएलसी पास गरेको वर्ष कानुन विषय पढाइ सुरु भयो । बीएल पढ्न काठमाडौं गएँ । एलएलएम मैले भर्खरै पास गरें । पढ्न जाँदा धेरै संघर्ष गर्नुप¥यो । छोरीलाई टाढा पढ्न पठाउन सजिलो मानिदैनथ्यो । मेरो आमा निरक्षर भए पनि उहाँ मेरो प्रेरणाको स्रोत हो । बुवाआमाले साथ दिनुुभयो र मैले बाल्यकालको सपना पूरा गर्न पाएँ । वि.सं. २०६० सालदेखि कानुुन व्यवसायमा लागें । कानुनी सहायता परामर्श केन्द्रमार्फत कानुुन व्यवसाय सुरुवात गरेकी हुँ ।