म भन्दा पछि भाइ जन्मिएकाले पढ्न पाएँ
सत्यदेवी खड्का राउटे लोपोन्मुुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष हुुन् । वि.सं. २०२४ असार १० गते बुुवा सर्वजित खड्का र आमा कृष्णदेवी खड्काको सन्तानका रूपमा दैलेखको भगवतीमाई गाउँपालिकाको कट्टीमा जन्मिएकी हुुन् । विगत १४ वर्षदेखि राउटे लोपोन्मुुख सिमान्तकृत वर्ग उत्थानका लागि काम गर्दै आएकी उनले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटिन्ः
बाल्यकाल रमाइलो पनि भयो संघर्षमय पनि भयो । पञ्चायतकालमा मेरो हजुरबुुवा जिम्वाल हुनुुहुुन्थ्यो । जिम्वालको छोराछोरी भनेपछि गाउँमा माया दिन्थे, सम्मान गर्थे । म सबैको प्यारी थिएँ ।
त्यो बेलामा छोरीलाई पढाउनुुपर्छ भन्ने सोच नै थिएन । छोरीले घरधन्दा गर्न सिक्नुुपर्छ भन्ने हुुन्थ्यो । छोराहरू स्कुुल पढ्न जान्थे । म घरको काइली छोरी । म भन्दा अघिका दिदीहरूले पढ्न पाउनुु भएको थिएन ।
म जन्मिएपछि भाइ जन्मियो । यो छोरीले भाइ लिएर आइ भनेर मलाई बुुवाले खुुब माया गर्नुहुुन्थ्यो । तीन दाजुुभाइको मृत्युु भएपछि चार बहिनी जन्मिए । त्यसपछि छोरा । बुुवा–आमा खुुशी हुनुुहुुन्थ्यो । त्यसैले मलाई बुुवाले पढाउने भन्नुुभयो । अनि म स्कुल जान पाएँ ।
विद्यालय टाढा थियो । बिहानै सात बजे विद्यालय हिँड्नुुपथ्र्यो । उकालो–ओरालो हिँड्नुुपर्ने गाह्रो हुुन्थ्यो । हिँड्दाहिँड्दै पढ्न जाँगर मथ्र्यो । सरस्वती नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थें । मैले त्यहाँ कक्षा तीनसम्म पढें । विद्यालय टाढा भएकाले पढ्नका लागि मामाको घर लाकुरी गएँ । मामाको घरमा बसेर पढ्न रमाइलो भयो । म त्यहाँ पनि सबैको प्यारी थिएँ ।
विद्यालय पुुग्न एक घण्टा लाग्थ्यो । उकालो हिँड्दा दाइहरूले मलाई बोकेर विद्यालय पुु¥याउनुुहुुन्थ्यो । मामाको घरमा बसेर कक्षा चारसम्म मात्र पढें । त्यसपछि म घर फर्किएँ । करिब तीन वर्ष मैले मेलापात, गाइगोठाला गरेर बिताएँ । विद्यालय जान टाढा भएकाले पढ्न समस्या हुुन्थ्यो । पछि दाङमा एउटा संस्थाले पढाउने भएपछि म गएँ ।
कट्टीबाट हामी पग्नाथ पढ्न जान्थ्यौं । त्यसबेलामा गाउँमा बनाइएका छालाका जुत्ता लगाउँथ्यौं । ओरालोमा हिँड्दा लडिहाल्ने, उकालोमा अलि सहज हुुन्थ्यो । कक्षा चारमा पढ्दाखेरि नालापानीको कथा पढ्नुुपथ्र्यो । नालापानीको कथामा जे–जे लेखिएको हुुन्थ्यो, हामीले त्यसैगरी व्यवहारमा उतार्न खोज्थ्यौं । एक पटक नालापानीमा नेपाली–अंग्रेज भएर लड्यौं । खोलामा काठको पुुल थियो । त्यही गएर हामीले लड्न लागेका थियौं । माइलो बुुवाको छोरा भाइ खोलामा खस्यो । भाइको त हात नै भाँच्चिएछ । सबै मिलेर खोलाबाट तान्यौं र घरमा गाली गर्नुहुुन्छ भनेर भाइलाई गोठमा राख्यौं । बुुवाआमाले सोधेपछि भैसीले हानेर चोट लाग्यो भन्नुु भन्यौं । भाइले गोठमा भैंसीले हान्यो भनेछ तर माइलो बुुवाले विश्वास मान्नुुभएन । पछि हामी लडेर यस्तो भएको भन्ने थाहा भयो । अनि हामी सबैलाई बाँधेर पिट्नुुभयो ।
हाम्रो घरमा १५ वटा गाईभैसी, ५०÷६० वटा बाख्रा थिए । गोठाला जानुुपर्ने । जिम्वालका छोराछोरी भनेपछि अलिकति शान पनि थियो । गोठालो गएको बेला गाईभैसी गहुुँ, जौं चराइदिन्थ्यौँ ।
म सानैदेखि चलाख थिएँ । बाठी थिएँ । विद्यालयमा जान्ने विद्यार्थी पनि थिएँ । प्रथम हुुन्थें । कसैले गलत गरेको छ भने गलत नै हो भनिदिन्थँे । विद्यालयमा शिक्षकले कहिले पनि राम्रोसँग पढाउँदैन्थे । एक त शिक्षक कम हुुन्थे । भएका शिक्षक पनि मन लगाएर पढाउँदैन्थे । एक जना शिक्षक जहिले पनि मलाई विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निस्कन नदिनुु भनेर निस्कन्थे । पारी जंगलबाट सेतो रुमाल हल्लाएर केटीहरूले बोलाएपछि उनी गइहाल्थे । कहिलेकाहीँ निरीक्षणका लागि जिल्ला शिक्षाबाट निरीक्षक जान्थे । उनीहरू घोडामा आउँथे । एक पटक जिल्ला शिक्षा निरीक्षक आएको बेलामा मैले सबै भनिदिएँ । सरको त जागिर नै गयो ।
कहिलेकाहीँ विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता हुुन्थ्यो । विद्यार्थीहरूले आफ्नो विद्यालयको नाम समेत पनि भन्न सक्दैनथे । प्रतियोगितामा विद्यालयकै नाम सोधे । प्रश्न सोधेको समयमा एक जनाले सरस्वती नेराप्रावि भन्न कसैलाई आउन्न भनेको सुुनें । मेरो पालो आएको बेलामा मैले विद्यालयको नाम सुुनेको आधारमा भनें । प्रतियोगितामा पुरस्कार २० रूपैयाँ थियो । १० रूपैयाँ विद्यार्थीलाई दिने र १० रूपैयाँ विद्यालयको खातामा राख्थे । मैले १० रूपैयाँ पुरस्कार पाएँ त्यसबेलामा पैसाको धेरै महत्व थियो । चाडपर्वमा टीका लगाएर पाँच पैसा, २५ पैसा दिन्थे ।
हाम्रो बाल्यकालमा नयाँ कपडा लगाउन वर्षदिन नै कुुुर्नुुपर्ने हुुन्थ्यो । चाडपर्वको बेलामा नयाँ कपडा बुुवा–आमाले ल्याइदिनुुहुुन्थ्यो । तीन वर्षजति पढाइ रोकिएपछि म दाङ पढ्न गएँ । एकै पटक कक्षा आठमा नाम लेखाएर पढें । कक्षा चारसम्म पढेर बीचमै छोडेकाले मलाई पढ्न बानी हराइसकेको थियो । दाङ पढ्न आएको पहिलो वर्ष मैले परीक्षा नै दिइन । पढ्न समस्या भयो । अर्को वर्ष मैले मेहेनत गरेर पढेँ । त्यहाँ गएपछि म धेरै परिवर्तन भएँ । ज्ञानी, अनुुशासित भएँ । कहिलेकाहीँ गाउँ गएपछि आमाको कपडा धोइदिने, घरको काम गरीहाल्ने गर्थें । आमाले यो सबै देखेर अचम्ममा पर्नुहुुन्थ्यो ।
४६ सालमा एसएसली दिए । सफल भएनन् । अंग्रेजी विषय लाग्यो । त्यसपछि पढाइ नै अघि बढ्न सकेन । मैले त २०६६ सालमा आएर एसएलसी पास गरेको हुुँ । विवाहपछि रोकिएको पढाइ जेठो छोराले एसएलसी पास गरेपछि मैले पास गरेको हुुँ । बालयकाल अहिले सम्झँदा धेरै रमाइलो लाग्छ । कहिलेकाहीँ म त्यही रफ्तारमा अघि बढ्न पाएको भए अझै बढी केही गर्न सक्थे भन्ने पनि लाग्छ ।
प्रकाशित मितिः १२ फाल्गुन २०७६, सोमबार ०५:०४
मुना हमाल ।