घरबाट गोठाला, वनबाटै विद्यालय
डा. दीपेन्द्र रोकाय कर्णाली प्रदेश योजना आयोगका सदस्य हुुन् । वि.सं. २०३५ साउन ६ गते हुुम्लाको सर्केगाडमा बुुवा शुुन्दा रोकाय र आमा सुुन्धरा ऐडीको सन्तानका रूपमा जन्मिएका हुुन् । रोकायले ‘नेपालमा राजनीतिक द्वन्द्व व्यवस्थापन र वैदेशिक सहयोगको प्रभाव’ विषयमा विद्यावारिधी गरेका छन् । लामो समयसम्म नेपाली पत्रकारितामा समेत योगदान गरेका रोकाय लेखक पनि हुुन् । ‘नाफाको जिन्दगी’ किताब समेत लेखेका उनले हाम्रा सहकर्मी मूना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटे:
म जन्मिनुुभन्दा अघि मेरो आमाले दश जना सन्तान जन्माइसक्नुभएको रहेछ । धेरैको जन्मदै मृत्यु भयो । आमाले जन्म दिनुभएका १२ सन्तानमध्ये चार भाइ मात्र बाँचेका हौँ । दशौं सन्तान जन्मिएको १३ वर्षपछि म जन्मिएँ । म गर्भमा भएको आमाले ६ महिना पछि मात्र थाहा पाउनुुभएको रे । धेरै सन्तानको जन्मनेबित्तिकै मृत्यु हुने गरेकाले आमाले म जन्मिएपछि जिउँदै छ भन्ने विश्वास नै नमानेर फालिदिनुभएछ । पछि मेरो साइलो दाजुुले झरो (दियालो) बालेर हेर्दा मैले स्वास फेरेको चाल पाउनुुभएछ । त्यसपछि मलाई कपडामा बेरेर आमाले काखमा लिनुभएछ । म रोएछु । म जन्मिएपछि पनि आमाले एक छोरीको जन्म दिनुभयो तर उसको मृत्यु भइहाल्यो ।
त्यसबेलाको परिवेशमा गाउँमा कसैलाई पनि पढाइ–लेखाई गर्नुपर्छ भन्ने थिएन । सीमित विद्यालय थिए । पढ्न कमै जान्थे । गोठाला जानु र घरव्यवहार चलाउनु नै जिन्दगीजस्तै थियो । भेडा–बाख्रा चराउने र घरको काम गर्ने हुन्थ्यो । मैले पनि भेडा–बाख्रा चराउने काम नै गरेँ । दाजु र बुवासँगै गोठाला जार्ने गर्थें । एक दिन घर माथिको जंगलमा भेडा–बाख्रा चराउन गएको थिएँ । डाँडाबाट गाउँको पुुछारमा हेर्दा ठूलो भवन र ठाउँ देखँे । त्यो के रहेछ भनेर जिज्ञासा लाग्यो । सायद त्यही जिज्ञासा नै मेरो शिक्षा प्रतिको रुचि हो भन्ने लाग्छ । पछि थाहा पाएँ, त्यो विद्यालय रहेछ । सात वर्षको थिएँ । मेरो पढाइप्रतिको चाहना देखेर माइलो दाजुुले ‘तैले अब घोक्न जानुुपर्छ’ भन्नुुभयो । फागुुन १ गतेको दिन उहाँले मलाई विद्यालय भर्ना गरिदिनुुभयो । दाजुुले पढ्न र लेख्नका लागि काठको पाटी गराइदिनुुभयो । नयाँ स्टकोट ल्याइदिनुुभएको रहेछ । त्यस बेलामा निक्कै उत्साहसाथ म विद्यालय गएको थिएँ ।
राजाको छोरा भन्दै साथीहरूले कुुट्थे
म विद्यालयमा पढ्नुु अघि मेरो नाम दन्ते थियो । छिटो दाँत आएको भनेर सबैले दन्ते भनेर बोलाउँथे । विद्यालयमा मेरो नाम लेखाउँदा दन्ते नै लेखाएँ । तर यो नाम सरलाई मन परेनछ । सरले मेरो नाम दिपेन्द्र राखिदिनुुभयो । त्यसपछि मेरो नाम दिपेन्द्र नै कायम भयो । तर मेरो नाम दिपेन्द्र राखिदिएपछि मैले साथीहरूबाट कुुटाई खान थालेँ । गाउँका अलि ठूला, ठालुु पञ्चका छोराहरूलाई मेरो नाम दिपेन्द्र राखिदिएको राम्रो लागेनछ । किन भने राजाको छोराको नाम दिपेन्द्र रहेछ । राजाको छोरासँग नाम मिलेकाले मलाई दिनहुुँ साथीहरूले राजाको छोरा भन्दै कुुट्न थाले । यो कुुरा मैले घरमा भनेपछि मलाई परिवारले स्कुुल छुुट्टाइदिन्थे । त्यही भएर मैले घरमा कहिले पनि भनिनँ । पढाइका लागि पनि मैले कुुटाई खाएँ ।
मेरो टोलबाट म एक्लै पढ्न जान्थँे । अरु साथीहरू सबै गोठाला जाने । पछि मलाई घरम पढेर के हुुन्छ र ? भनेर गोठालो पठाउन थाल्नुुभयो । त्यसपछि म गोठालाबाट भागेर विद्यालय जान थालँे । साथीहरूलाई आफ्नो अर्नि (खाजा) दिएर भेडाबाख्रा हेरिदिन भन्थँे । दिनभरी विद्यालयमा पढ्थँे । विद्यालयमा बिदा हुुन वित्तिकै साँझ भेडाबाख्रा लिएर घर आउँथे । आफूलाई ल्याएको खाजा साथीलाई दिए पछि आफू दिनभरी भोकै बस्नुुपर्ने हुुन्थ्यो । फेरि विद्यालयमा शिक्षकलाई खाजा खुुवाउने पालो हुुन्थ्यो । मैले शिक्षकलाई खाजा खुुवाउने अवस्था थिएन । घरमा गोठालो पठाएको छोराले कसरी शिक्षकका लागि खाजा माग्ने । त्यो सम्भव थिएन । म घरबाट चोरेर ल्याउन पनि सक्दिनथेँ । फेरि गाउँमा भोकमरी भइरहन्थ्यो । हामी सम्पन्न परिवार पनि थिएनौँ । खाजा नल्याएको निहुँमा मलाई जहिले पनि मनिटरले
कुुट्थ्यो । म त्यसबेलामा कक्षा तीनमा पढ्दै थिएँ ।
खाजा ल्याउने अवस्था नभएपछि विद्यालय परिवर्तन गर्ने सोँच बनाएँ । म प्राविमै पढ्थँे । निमावि स्कुुल अलि टाढा थियो । त्यहाँ पढाइका लागि कुरा गर्ने भनेर जाँदै गर्दा बाटोमा सर भेटिनुुभयो । उहाँलाई खाजा ल्याउन नसक्ने र आफूले विद्यालय परिवर्तन गर्न लागेको कुुरा सुुनाएँ । पछि उहाँले मलाई अर्को विद्यालय जान दिनुुभएन । विद्यालयमा ल्याएर मनिटरलाई दिपेन्द्रलाई खाजा ल्याउने पालो नलगाउनु भन्नुुभयो । त्यसपछि मैले ढुुक्कसँग पढ्न पाएँ ।
पढाइ खर्च जुुटाउन कालापहाड
म पढाइमा राम्रै विद्यार्थी थिएँ । कहिले पनि असफल हुुन परेन । कक्षा ८ को परीक्षामा जिल्ला तेस्रो भएँ । पढाइप्रतिको लगावलाई मैले कहिले पनि पछि पारिनँ । त्यस बेलाको परिवेशमा पहिले घरको काम, दोस्रोमा मेरो पढाइ थियो । जीवनमा सबैभन्दा दुुःखद् क्षण भनेको मेलै बाल्यकालमै आमा गुुमाएँ । कक्षा ६ मा पढ्दै गर्दा आमाको मृत्युु भयो । त्यसबेलामा म ११ वर्षको मात्र थिएँ । सर्वस्व नै घुुमेको जस्तो भयो । आमाको माया मैले राम्रोसँग महसुस गर्न पनि पाइनँ । उहाँको मृत्युुपछि मेरो अभिभावक छन् जस्तो पनि लागेन । हुुन त बुुवा हुुनुुहुुन्थ्यो । उहाँहरूले मलाई माया गर्नुहुुन्थ्यो तर पनि मलाई उहाँहरूको मायाले छुँदैनथ्यो ।
बुुवा धामी हुुनुहुुन्थ्यो । धामी बस्दा आएको पैसा कहिलेकाँही दिनुुहुुन्थ्यो । बुुवाले दुई रूपैयाँ ल्याएर दिएको अझै पनि सम्झना छ । आमाको मृत्युुपछि एक्लो छुु भन्ने आभाष हुुन्थ्यो । हाम्रो समुुदायमा पुस एक गते नयाँ वर्ष मनाउने, तिथि गर्ने चलन हुुन्छ । आमाको तिथि सकाएपछि घरमा बस्न मन लागेन । पढाइ खर्च पनि थिएन । ठूलो र माइलो दाजुु रोजगारीका लागि कालापहाड(भारत) जानुुहुुन्थ्यो । म पनि उहाँहरूसँगै जाने निर्णय गरेँ । केही समय इण्डिया कमाउने र पैसा ल्याएर पढ्ने उद्देश्यले म दाजुुहरूसँगै इण्डिया गएँ । त्यस बेलामा यातायातको सुुविधा थिएन । हुम्लाबाट बैतडी हुुँदै इण्डिया जानुुपथ्र्यो । हुुम्लाबाट बैतडीको झुुलाघाट पुुग्न २२ दिन लाग्यो । खालि खुुट्टा, ठाउँ–ठाउँमा टालेको कपडा लगाउनुुपर्ने । मैले इण्डिया गएर पहिलो पटक जुुत्ता लगाएको हुुँ । इण्डिया पुुगेपछि काम पाउन गाह्रो भयो । त्यहाँ बालबालिकालाई काम लगाउन कोही पनि तयार नहुुने । पछि मैले यतैबाट काममा गएकाहरूलाई खाना पकाउने काम पाएँ । तर पैसा धेरै नहुुने ।
एक दिन घुम्दै जाँदा एउटा गाउँमा पानी बोक्ने काम पाएँ । त्यस गाउँमा पानीको हाहाकार रहेछ । एक पटक पानी ल्याइदिएपछि दुुई रूपैयाँ पाउँथे । करिब १५ मिनेट उकालो हिँड्नुुपर्ने हुन्थ्यो । एक जनाले लेबर काम गरेर दिनमा २० रूपैयाँसम्म कमाउने सक्थ्यो । १२ घरको पानी बोक्थेँ । एक घरले दुुई रूपैयाँ दिन्थे । मैले दिनमा २४ रूपैयाँ कमाउँथे । चार महिना इण्डियामा काम गरेपछि घर फर्किएँ । त्यसपछि कक्षा ७ मा नाम लेखाएर पढाइलाई निरन्तरता दिएँ ।
इण्डियामा कमाएको पैसाले मैलै कपडा, कापीहरू किनेको थिएँ । सात कक्षामा पढ्ने बेलासम्म पार्टीमा निगालाको कलमले लेख्थेँ । कहिलेकाँही तेल नपाएपछि झरो बालेको ठाउँमा निगाला राख्ने र कालो धुुुवा लागेपछि लेख्ने गर्थे । इण्डिया गएर आएपछि म अलि फरक भए । शहरबजार देखेको भएर होला ममा अलि जिद्दीपना बढी भएछ । विद्यालयमा भनेको जस्तो भएन भने उग्र रूपमा प्रस्तुुत हुुन्थेँ । मेरो काका हेडमास्टर हुनुुहुुन्थ्यो । पहिलो चुनौती म उहाँलाई दिन्थेँ । त्यसैले प्रायले मलाई प्रोत्साहन गर्नुुभन्दा पनि पछि नै पार्न खोज्थे ।
कक्षा आठमा पढ्दा मेरो साइलो दाजुु हाईस्कुुलमा नाम लेखाउन जानुु भएको थियो । त्यसबेलामा कक्षा ८ मा नाम लेखाउन ७२ रूपैयाँ लाग्थ्यो । सरको अगाडि दाजुुले पटुुकाबाट पैसा निकालेर पल्टाइ–पल्टाई गनेर सरलाई दिँदै मेरो भाइलाई राम्रोसँग पढाउनुु होला है सर भन्नुुभयो । त्यस बेलामा भावुुक भएको थिएँ । अहिले पनि त्यो पल सम्झदा भावुुक हुुन्छुु । मलाई जहिले पनि सरले यही कुरा सम्झाइ रहनुुुहुुन्थ्यो । कक्षा ८ पास गरेपछि मेरो स्रोत सकिदै थियो । होस्टेलमा बस्नुुपथ्र्याे । गाउँबाट ल्याएको रासन पुु¥याउन धौँ हुुन्थ्यो । त्यसपछि म फेरि इण्डिया गएर कमाउने अनि आएर कक्षा नौंबाट पढ्ने भनेर योजना बनाएँ । तीन जना साथीहरू मिलेर इण्डिया जाने योजना बनायौँ । मैले गहुुँ काटिसकेपछि बारीमा गएर बारीमा छोडिएका बाला टिपेर १४ माना गहुुँ बनाएको थियो । त्यसरी बनाएको सामानलाई हाम्रो तिर शिलो भन्छन् । त्यही बाटो खर्च बनाउने भनेर राखेको थिए । घरबाट भाग्ने दिन मैले आफ्नो गहुुँ भनेको घरको जहुँ लगेछुु । पछि दाजुुले थाहा पाउनुु भएछ र हामीलाई बाटोबाट फर्काउनुु भयो ।
सरलाई हामी भाग्न लागेको भन्नुुभयो । मैले सरलाई आफूसँग पढ्ने पैसा नभएको र कमाउनका लागि इण्डिया जान लागेको बताएँ । त्यसपछि शिक्षक धुु्रवराज पंगेनीलाई मेरो कुराले छोएछ । मलाई आफूहरूसँग बसेर पढ्न भन्नुुभयो । त्यसपछि मैले सरहरूलाई खाना पकाएर पढ्न थाले । खानबस्न समस्या भएन । विद्यालयमा महिनाको आठ रूपैयाँ शुुल्क तिर्नुुपथ्र्यो । मैले खान–बस्न र स्कुुलमा शुुल्क तिर्नका लागि लागि २२ जना शिक्षकहरूलाई खाना पकाएर खुवाउँथे । मैले उहाँहरूसगै बसेर एसएलसी पास गरेको हुुँ । पछि पनि कमाउँदै पढ्दै गरेँ ।
विद्यार्थी राजनीतिमा
म कक्षा आठमा पढ्दै गर्दा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आवद्ध भएको थिएँ । विद्यार्थी राजनीति अलिअलि गर्ने अवसर मिल्यो । पछि म जनमोर्चाको कार्यकर्ता पनि भएँ । यो कुरा हेडसरलाई मन परेको थिएन । उहाँ तत्कालिन एमालेमा आबद्ध हुुनुुहुुन्थ्यो । मैले गराएको काम गरिहाल्ने भएर माया र विश्वास गर्नुुुहुुन्थ्यो । माओवादी पार्टी पनि बनिसकेको थियो । जनयुद्धको तयारी पनि भइरहेको थियो । म पछि माओवादीमा आबद्ध भएँ । एसएलसीपछि पार्टीमा लागेर राजनीति गर्छुु भन्ने सोचेँ । पार्टीमा जिम्मेवारी दिँदा मलाई दिएनन् । त्यसपछि म राजनीति गर्नुुभन्दा पढ्छुु भनेर गाउँ छोडेँ ।
इण्डियामा पुुगेपछि हामीले सोचे अनुसार भएन । ठेकेदारले काम गराउने तर पैसा नदिने ग¥यो । केही भएको कमाइ ल्याएर हामी नेपालगञ्जसम्म आयौं । म नेपालगन्जमै बसेर पढ्न चाहन्थेँ तर मिलेन । अब काठमाडौँमा गएर गलैंचा उद्योगमा काम गर्छु भन्ने सोचले म काठमाडौं गएँ ।
रमाउने अवसर नै मिलेन
बाल्यकालमा त्यसरी खेल्ने र रमाउने अवसर भने त्यति मिलेन । काम र पढाइमै धेरै समय गयो । कहिलेकाँही गोठालो जाँदा खेल्ने गथ्र्यौं । हामीले त्यतिबेला खासगरी तीन प्रकारका खेल खेल्थ्यौं । एउटा धामी बनेर खेल्थ्यौँ । अर्को ढुुङ्गाको ढाला हानेर आरन र देउडा खेल खेल्थ्यौँ । कोही साथीहरू रातभरी देउडा खेल्थे । केटाकेटी मिलेर देउडा खेल्थे । कसैले त्यहीबाट घरजम पनि गर्थे । सरहरूले पनि हामीलाई देउडा खेलेपछि केटाकेटी प्रगति गर्दैनौ भन्नुु हुुन्थ्यो । त्यही भएर म देउडा खेल्न गइनँ । अहिले पछुुतो लाग्छ । अहिले पनि खेल्न मन लाग्छ ।
एसएलसीपछि पढ्नका लागि आवश्यक पैसा कमाउन म इण्डिया गएँ । घरमा कसैलाई पनि थाहा थिएन । त्यो भन्दा अघि घरमा विवाहका लागि दबाव आएको थियो । १८ वर्ष पुगेको थिएँ । मलाई विवाह भन्दा पनि पढाइमा ध्यान थियो । मित बुुबाको घरमा बसेर पढ्न पाइन्छ कि भनेर त्यहाँ गएँ । त्यहाँ बसेर पढ्न पाइएला जस्तो नलागेपछि म इण्डिया गएँ । पकेटमा तीन सय ५० रूपैयाँ थियो । एलसलसीको सर्किफिकेट र सिलिपिङ ब्याग लिएर इण्डिया गएको थिएँ ।
राम्रा अक्षर लेख्ने सपना
बाल्यकालमा जे देख्यो त्यही बन्न रहर लाग्थ्यो । मेरो रुचि अनुुसार नै मेरो सपना हुुन्थ्यो । किताबमा राम्रा अक्षर देखेपछि यस्तै अक्षर लेख्न पाएको भए भन्ने हुुन्थ्यो सोच्थेँ । म राम्रो अक्षर बनाउने प्रयास गर्थें । गाउँमा त हामी पाटीमा निगालाको कलम बनाएर लेख्थ्यौँ । खासै केही लाग्थेन । म पहिलो पटक इण्डिया गएको बेलामा त्यहाँ पत्रपत्रिका देखेपछि मलाई यस्तै लेख्न पाएको भए हुुन्थ्यो भन्ने लाग्थ्यो । म कहिलेकाँही ठेकेदारलाई यही पत्रिका निकाल्ने अफिसमा काम लगाइदिनुुन भनेर भन्थेँ । ठेकेदारले कति पढेका छौँ भनेर सोध्ने गर्थे । पत्रिकामा काम गर्नका लागि धेरै पढ्नुुपर्छ । १६ कक्षासम्म पढ्नुुपर्छ भनेर ठेकेदारले भन्थे । मलाई यो १६ कक्षा कति रहेछ भनेर अचम्म लाग्थ्यो । अर्को मलाई समाजलाई अघि बढाउन सबैको अगाडि गएर बोल्नुुपर्छ भन्ने लाग्थ्यो । मलाई अगाडि बोल्न र गाउँन भने रुचि थियो ।
पछि म पढ्ने भनेर काठमाडौं गएपछि काम गर्दै पढेँ । एउटा कम्पनिमा सहायक लेखापालको जागिर गर्थें । त्यही क्रममा जनादेश पत्रिकामा कार्यालय सहयोगीको रूपमा काम पाएँ । पछि म सोही पत्रिकाको सम्पादक भएँ । मैले पत्रकारिताको दुुई दशकको अवधिमा टेलिभिजनबाहेक रेडियो र पत्रपत्रिकामा काम गर्ने अवसर पाएँ । प्रेस क्लब, विभिन्न कन्स्लटेन्सीमा अनुुगमन, योजना तथा रिसर्चमा काम गर्ने अवसर पाएँ । अहिले कर्णाली प्रदेशको योजना आयोगमा सदस्य भएर काम गर्ने अवसर पाएको छु । बाल्यकालको संघर्ष र पढाइप्रतिको लगावले मैले
पीएचडी गर्न सकें ।
साझा बिसौनी ।