माक्र्सवादः एक असफल प्रयोग

dinesh (1)
दिनेश गौतम

अहिलेको संसार अर्थात् वर्तमान विश्व मात्रै दुई धारमा हिँडिरहेको छ । बीसौं शताब्दीका सबैभन्दा महान बुद्धिजीवि मानिने कार्लमाक्र्सको पक्षमा र उनको विपक्षमा । त्यसो त तेस्रो विचार उती नै शक्तिशाली भएको अवस्थामा दुई वटा विचारले कहिल्यै भयंकर स्वरूप ग्रहण गर्न सक्दैनन् । हमेशा दुई विचारले वर्तमान विश्व सम्हालिरहेको छ धेरै समय अगाडिदेखि । विश्वमा जति विवाद छन्, जति भय छ, जति प्रतिस्पर्धा छ, जति प्रतिशोध छ, जति अहंकार छ, जति शक्ति सञ्चय छ, यी सबैमा विचार महŒवपूर्ण आधारको रूपमा बसेको छ । जे छ विचारमै छ, जे छैन त्यो विचारमा छैन र त्यो केही पनि होइन । कार्लमाक्र्सले देखाएको बाटोमा पूर्ण रूपमा हिँड्न खोजेका तर हिँड्न नसकेका केही आंैलामा गन्न सकिने मुलुकबाहेक अन्य सबै मुलुकको शासन व्यवस्था उनको विचारको विपरित छ । तर पनि हरेक मुलुकमा कार्लमाक्र्सको पक्षधर छन्, उनका विचारका समर्थक छन्, उनलाई आफ्नो राजनीतिक आदर्श मान्नेहरू यो संसारमा त्यति नै छन् जति उनको खरो आलोचना गर्ने उनका विरोधीहरू छन् ।
सन् १८१८ मा त्यतिबेलाको शक्ति राष्ट्रमध्ये एक जर्मनीमा एउटा बहुप्रतिभाशाली व्यक्तित्वको उदय भएको थियो जसलाई हामीले कार्लमाक्र्स भनेर चिन्छौं । उनी हरेक विषयमा वैज्ञानिक र साम्यवादी सिद्धान्तको प्रतिपादन गर्दै अगाडि बढे । अर्थशास्त्रका विद्यार्थीहरूको लागि पनि कार्लमाक्र्स त्यति नै महŒवपूर्ण छन् जति राजनीतिक क्षेत्रका व्यक्तिहरूका लागि उनी महŒवपूर्ण छन् । उनको ‘डास क्यापिटल’ नामक पुस्तक अझैं पनि संसारमा आर्थिक विषयको व्याख्या गर्न सर्वाधिक प्रयोग हुने पुस्तकमा पर्छ । विशेष गरेर प्रचलित सिद्धान्त पूँजीवादको विरुद्धमा उनको सिद्धान्तहरू आएका हुन् त्यतिबेला । परिभाषालाई पनि हेर्ने हो भने स्पष्ट फरक देखिन्छ यसमा । इन्साइक्लापेडिया बिट्रानीका अनुसार, ‘पूँजीवाद एउटा व्यवस्था हो जसमा उत्पादनका साधनहरू निजी स्वामित्वमा हुन्छन् र बजारद्वारा उत्पादन व्यवस्थित हुन्छ र आयवितरित हुन्छ ।’ कार्लमाक्र्सले आफूले बनाएको धरातलको परिभाषा यसरी दिएका छन्, ‘साम्यवाद अन्तिम समाजवाद प्राप्त गर्ने पद्धति सम्बन्धी दर्शन हो ।’
व्यक्तिका विचारहरू फरक–फरक होलान् । व्यक्तिले अंगीकार गर्ने दर्शन पनि फरक त हुन्छन् नै । व्यक्तिकै प्रभावमा जन्मिने विचारहरूलाई देशको शासन व्यवस्था बनाएर त्यसलाई अवलम्बन पनि गरिएको छ अधिकांश क्षेत्रमा । नेपालको परिप्रेक्षमा पनि कार्लमाक्र्सको विचारको पक्षमा रहने जसलाई कम्युनिष्ट भनेर हामी चिन्छौं र कार्लमाक्र्सको विचारलाई समर्थन नगर्ने गैरकम्युनिष्टहरू नै राजनीतिमा छन् । अझ यसो भन्न सकिन्छ, शासन व्यवस्था पूर्णरूपमा पूँजीवाद जस्तो र त्यो शासन व्यवस्था सञ्चालन गर्ने चाहिँ अधिकांश कम्युनिष्ट भएको देश हो हाम्रो । माक्र्सको सिद्धान्तलाई समाजमा आफूलाई परिवर्तनकारी भन्न रुचाउने र क्रान्तिकारी भनिनेहरूले अनुशरण गर्न थाले नेपालमा पनि । यहाँ पनि यो अलि पछाडि आएर हावी भएको विचार हो । कार्लमाक्र्सको सिद्धान्तको प्रभाव अलि पछाडि आएर प¥यो । अझैं पनि ठूला पार्टीका नाम, विचार, दर्शन र सिद्धान्तमा माक्र्स जोडिन्छन् ।
माक्र्सवादी सिद्धान्तले पूँजीवादको कमजोरीको फाइदा उठाएको छ । पूँजीवादले यस सिद्धान्तलाई स्वीकार गर्न नसक्दा स्वयम्को जीवनमा ठूलो खतरा मोलेको छ । हुनलाई दुई विपक्षी अवधारणालाई एकै ठाउँमा समायोजन गर्न जटिल कार्य हो । किनभने पूँजीवादको समाप्तीपछि नै माक्र्सवादको उदय हुन्छ । पूँजीवाद संसारमा जरो गाडेर बसेको सिद्धान्त हो । माक्र्सवाद वा भनौं माक्र्सद्वारा व्यक्त विचारलाई पछ्याउने हो भने पूँजीवादको जुन अवस्थिति छ त्यो पूर्णतया भताभुङ्ग हुनुपर्दछ । अस्तित्वको यस लडाइँमा त्यसको विचारलाई मियो बनाएर हिँड्नेहरू अग्रभागमा देखिएर तर उनीहरूले पारस्परिक सम्मानमा नै जीवन अडेको हुन्छ भन्ने बुझेनन् ।
वादलाई छाड्ने हो र आफूलाई तटस्थ राखेर हेर्ने हो भने जनताको लागि निकै लोकप्रिय कार्यक्रम ल्याउन सक्ने माक्र्सलाई आदर्श मान्ने राजनैतिक विचारधारा बोकेका व्यक्तिहरू शासन सत्ता र पहुँचमा पुगेपछि पूँजीपतिको जे कुरा विरोध गरेर उनीहरू त्यहाँ पुगेका हुन्, त्यही आफूले दोहो¥याएको पाइन्छ । यसको गतिलो उदाहरण नेपाल हुन सक्छ । एक युगसम्म कुनै नेताले यसको मर्मलाई धाने पनि उसको उत्तराधिकारी पूँजीवादी नै भएर निस्कन्छ र आन्दोलन एवम् सत्ता स्थापनाका सबै उपलब्धि छिट्टै चकनाचुर हुन पुग्छन् । यस्तो ऐतिहासिक तथ्यलाई हेरेर निश्कर्षमा पुग्ने हो भने अहिलेसम्मको माक्र्सवादी क्रान्ति, शान्ति र सुखको अभ्यासलाई सहृदयी प्रगतिशील सम्वेदना र युवाहरूको भावनात्मक उत्सर्ग एवम् बलिदानको ऐतिहासिक कार्यका रूपमा लिन सकिन्छ । नेपालमा माक्र्सवादीको समर्थनमा पार्टीहरू बनाइए, व्यक्तिहरू आफूलाई माक्र्सवादी कम्युनिष्ट हुँ भन्दै हिँडे । तर के उनीहरू साँच्चै माक्र्सवादी सिद्धान्तमै रहन सके त ?अहँ सकेनन् ।
केही व्यक्ति सिधै शान्तिको खोज गर्छन् र आफ्ना हरेक क्रियाकलाप शान्तिपूर्वक सम्पन्न गर्न चाहन्छन् र यसलाई प्रजातन्त्र भन्न चाहन्छन् भने क्रान्तिद्वारा मात्र शान्ति सम्भव हुने ठानी राजनीतिक, सामाजिक र आर्थिक क्रान्तिमा स्वयम्लाई होमिदिन्छन् । उनीहरूको दृष्टिमा क्रान्तिद्वारा मात्र जीवन सफल हुनसक्छ । नेपालको इतिहासमा कम्युनिष्टहरूको इतिहास त्यति पुरानो भइसकेको छैन । वीपी कोइरालाले आफ्नो आत्मवृतान्तमा कम्युनिष्टहरू कांग्रेस स्थापनादेखि नै सक्रिय भएको र आफू पनि पहिले कम्युनिष्टको समर्थक भएको उल्लेख गरेका छन् । पछि उनी कांग्रेसमा सक्रिय भइ कांग्रेसको र सम्पूर्ण देशको नेतृत्व तहमा पुगे । उनका भाइ तथा नेपालका राजनीतिमा सबैभन्दा लामो प्रभाव जमाउन सफल मानिने गिरिजाप्रसाद कोइराला पनि पहिले कम्युनिष्टसँग प्रभावित थिए तर पछि उनी कम्युनिष्टका यति विरोधी बने कि २०५० सालभन्दा अगाडि उनले भनेका थिए ‘माले, मसाल र मण्डले एउटै हुन्’ । त्यस समयमा माले राजनीतिमा सक्रिय थियो भने मसाल अर्धभूमिगत जस्तै थिए । कम्युनिष्टहरूको आलोचना हुनुको अर्काे कारण भनेको उनीहरू बढी फुस्रा कुरा गर्छन् तर सत्ताको निमित्त पार्टी र सिद्धान्तलाई बिर्सिन्छन् । हुन पनि नेपालकै कम्युनिष्टको इतिहासले यही बताउँछ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएदेखि नै यसमा वैचारिक एवम् व्यक्तिगत विवादहरू उचाई लिन थालेका थिए । तत्कालीन अवस्थामा सबैभन्दा बढी मतभेद पुष्पलाल श्रेष्ठ र तुलशीलाल अमात्य बीच देखिएको थियो । यसपछि कम्युनिष्टहरूमा पनि विवाद र फुट आइरह्यो । केही पार्टीहरू अर्धभूमिगत नै थिए । २०५२ सालमा त्यही मध्येको एउटा समूहले ‘जनयुद्ध’ नाम राखेर सशस्त्र सङ्घर्ष सुरु ग¥यो । त्यो ‘जनयुद्ध’ थियो वा ‘धनयुद्ध’ थियो भन्ने कुरा अहिलेका वर्तमान स्थिति हेरेरै बुझ्न सकिन्छ । त्यसपछि पनि एमालेमा विभाजन भएर फेरि माले भयो । केही समयपछि मालेका नेता वामदेव गौतमसहितको एउटा समूह फेरि एमालेमा गयो । त्यसबेला एमालेमा नगएका सीपी मैनालीको समूह अहिले पनि नेकपा (माले) नामको पार्टीबाट राजनीति गरिरहेका छन् । सशस्त्र सङ्घर्षबाट सत्ता परिवर्तन गरी राज्यसत्ता कब्जा गर्ने सपना देखेको तत्कालीन एनेकपा (माओवादी) पनि फुटेर टुक्रा–टुक्रा भएको छ । क्रान्तिबाट जनताको अधिकार स्थापित गर्छु भन्दै युद्धको डिजाइन गर्ने मध्येका केही नेता युद्ध समाधान होइन भन्दै नयाँ पार्टी खोलेर राजनीतिमा सक्रिय हुन खोज्दैछन् । मैले जति कम्युनिष्ट कसैले बुझेको छैन भन्नेहरू कम्युनिष्ट राजनीतिबाट नै अलग हुँदैछन् । सरसर्ती इतिहास केलाउँदा कम्युनिष्टहरू सत्ता प्राप्तिको लागि जे पनि गर्छन् भन्ने कुरा प्रष्ट भएको छ ।
कम्युनिष्ट पार्टीमा प्रायः कुनै न कुनै तवरबाट दुुई धार देखिन्छन् । यी दुई धारको झगडाले कम्युनिष्टहरूलाई सधैं फुट्ने प्रक्रियामा अग्रसर गराउँछ । निरन्तर फुटका कारण यिनीहरू आफ्नो मूल उद्देश्यबाट वञ्चित हुन्छ्न र आफूहरू आन्तरिक झगडामा चुर्लुम्म डुबेर जनतालाई भ्रममा राख्छन् । यसको फाइदा सधैं पूँजीवादले उठाउँछ र सक्रिय हुन्छ । सिद्धान्त फरक भए पनि दुवै प्रकारका कम्युनिष्टले खोजेको कुरा शान्ति र सफलता नै हो । क्रान्तिबाट सफलता खोज्नेहरू विकासको प्राकृतिक गतिलाई नै इन्कार गर्न खोज्छन् भने अर्काेथरी यथास्थितिमा फस्छन् । दुवै पक्षले प्रकृतिको नियमलाई अंगीकार गर्दैनन् । दुवैको बाटो, कार्यपद्धति तथा राजनीतिमा सैद्धान्तिक अन्तर भए पनि कार्यनीति समान जस्तो पाइन्छ । यिनीहरू केही विषयमा भने समान देखिन्छन् । दुवैले हतियार प्रणालीमा विश्वास गर्छन् । हतियारबाट सुरक्षा हुन सक्छ भन्ने दुवैको मान्यता छ । दुवैले मानवीय हिंसालाई स्थापना गर्दछन् । दुवैले राज्यसत्तामा विश्वास गर्छन् । राज्यसत्तामा शान्ति, सुव्यवस्था र आर्थिक प्रगतिलाई कायम राख्नुपर्छ भन्ने मान्यता राख्छन् । दुवै आफूलाई जनहितकारी, जनताका सेवक मान्छन् र जनताका मूल आवश्यकता रोजगारी एवम्
स्वास्थ्य, राज्यव्यवस्था र आधुनिक औषधिहरूबाट पूरा गर्न सकिन्छ भन्ने मान्यता राख्छन् । तै पनि यिनीहरूकाबीच लडाईं, झगडा र कुर्सीको खिचातानी सदा चलिरहन्छ । भाग्यवश, एकपक्षले कुर्सी हासिल ग¥यो भने अर्काे पक्ष उसको कुर्सी खोस्ने दाउपेचमा रहन्छ र कुर्सी बचाउने क्रममा उनीहरूको सिद्धान्त गौण देखिन्छ । यस क्रममा पटक–पटक तानाशाहहरूको जन्म हुन्छ र धेरै ठूलो मानवीय क्षति विश्वले व्यहोर्नुपर्छ । यसको गतिलो उदाहरण हामी नेपाली राजनीतिमा हेर्न पाउँछौं । नेपालमा कम्युनिष्टहरूले आफ्नो वर्चश्व कायम गर्न नसक्नुको प्रमुख कारण नै उनीहरूबीचको वैचारिक एवम् सैद्धान्तिक मत भिन्नता हो ।

प्रकाशित मितिः   ३१ श्रावण २०७३, सोमबार ११:०२