‘बाल्यकालको सपना पूरा भएनन्’

प्रमी शाक्य सुर्खेत महिला जेसीज वर्ष–२०२० को अध्यक्ष हुन् । वि.सं. २०३६ साल भदौ ४ गते बुवा जीवनकुमार शाक्य र आमा रमादेवी शाक्यको सन्तानका रूपमा बाँकेको नेपालगन्ज उप–महानगरपालिकाको घरबारी टोलमा उनको जन्म भयो । पेशाले ब्यूटीसियन शाक्य राष्ट्रिय सौन्दर्यकर्मी कर्णाली प्रदेशको अध्यक्ष पनि हुन् । वीरेन्द्रनगरमा मोन्टी ब्यूटीपार्लर एण्ड टेनिङ्ग सेन्टर सञ्चालन गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय शाक्यले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटिन्ः

मेरो बाल्यकाल शिक्षामूलक भयो । किन भने मैले बाल्यकालमा बुद्धको शिक्षा पाएँ । बुवा रेयूकाई संस्थामा आवद्ध हुनुहुन्थ्यो । त्यसबाट बुवाले बुद्धको शिक्षा लिनुुभएको थियो । बुवाले लिएको शिक्षा हामीले पनि ग्रहण गर्ने मौका पायौं । बुुद्ध शिक्षाले बुवालाई परिवर्तन नै गराएको थियो । बुबा शान्त स्वभावको हुुनुहुन्थ्यो । हामीले पनि उहाँबाट त्यो शिक्षा आर्जन गर्न पायौं ।

नेपालगन्जमा जन्मिए पनि सुर्खेतमा हुर्किएँ । बाल्कालमा दुःख पनि थियो । घरको आर्थिक अवस्था कमजोर नै थियो । बुवाको एक्लो कमाईले सम्पूर्ण परिवार पालिनुुपर्ने अवस्था थियो । हाम्रो शिक्षादिक्षादेखि सबै खर्र्च व्यवस्थापन बुवाको एक्लो कमाइले गर्नुुपथ्र्यो । मैले उषा बालबाटिका स्कुलबाट पढाइ सुरु गरें । त्यहाँ कक्षा तीनसम्मको अध्ययनपछि जन माध्यमिक विद्यालयमा पढें । कक्षा ८ सम्म त्यहीं पढें । कक्षा नौँमा पढ्न नेपालगन्जको नारायण माध्यमिक विद्यालयमा भर्ना भएँ । कक्षा १० भने फेरि सुर्खेत आएर श्रीकृृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा पढेँ ।

मेरो रुचि गीतसंगीतमा थियो । गीत गाउने र नाँच्नमा झुकाव थियो । विद्यालयमा हुुने हरेक साँस्कृतिक कार्यक्रममा सहभागी हुन्थें । बागीना समूहमा गएर नाँच्ने, गीत गाउने पनि गर्थें । पढाइ भन्दा मलाई गीतसंगीतमै रुचि थियो । त्यसैले पढाइमा अलि कमजोर थिएँ । मलाई सानैदेखि भविष्यमा गीतसंगीतमै रमाउने सपना थियो । साथै नर्स बनेर सामाजिक सेवा गर्ने सपना पनि थियो । सुरुवातमा मेरो गीतसंगीतप्रतिको झुकाव देखेर बुवाआमाले रिसाउनुहुन्थ्यो । हुु न त मैले बुबाको प्रेरणाबाट नै गीतसंगीततर्फ लागेको थिएँ तर त्यस बेलाको समाजमा छोरीलाई नाँच्ने गाउने भनेपछि राम्रो मानिदैन्थ्यो ।

बुबाले काखमा राखेर गीत गाएको सम्झना अहिले पनि आउँछ । म जतिबेला पनि गीत गाइरहन्थें । तर समाजमा गीत गाउने नाँच्न भविष्यको लागि ठीक छैैन भनेर भन्थे । छोरी भएर जन्मिएपछि घर व्यवहार चलाउनुुपर्छ । घरको सबै काम गर्नुपर्छ भन्थे । अझ हाम्रो नेवार समुदायमा छोरीबुहारीले हरेक काम जानेको हुनुपर्छ भन्थे । आमाले मलाई घरासयी कामहरू सिकाउन सानैदेखि नै थाल्नुु भएको हा । मैले सानैदेखि घर भित्रको सबै काम जानेको थिएँ  । घरायसी काम गर्दा पनि मेरो ध्यान गीतसंगीतमै हुन्थ्यो । जतिबेला पनि गीत गाइरहने । काम गर्दा पनि म गीत गाइरहन्थें । बुवाआमाले गाली गर्नुहुन्थ्यो । साँस्कृतिक कार्यक्रम भएकाले चाडपर्वमा रमाइलो लाग्थ्यो । बुवाआमाले बाहिर जान दिनुुभएन । मनमा चाहना हुुँदा पनि भैली खेल्न पाइनँ ।बुवा सामाजिक सेवामा सक्रिय भएकाले मैले पनि समाजमा केही गर्नुपर्छ भन्ने प्रेरणा बुवाबाट पाएको थिएँ । फ्लोरेन्स नाइटिङ्गेलको कथा पढेर नर्स बन्छु भन्ने लाग्थ्यो । उनलाई बत्ती बालिएकी केटी भनेर कथामा पढ्थ्यौँ । कहिलेकाहीँ मैनबत्ती बालेर आँखा चिम्म गरेर हिँड्थें । अहिले ती दुवै सपनामा नभए पनि सामाजिक कार्यमा भने लागको छु । ब्यूटीपार्लरको काम भने मैले कक्षा १० मा पढ्दैै गर्दा सिकेको थिएँ । पहिले एसएलसी दिनुु भन्दा पहिले टेष्ट परीक्षा पास गर्नैपथ्र्यो । मैले टेष्ट परीक्षा पनि पास गरँे । तर नौ कक्षामा पढ्दा नै एसएलसीका लागि भर्नुपर्ने रजिष्टे«शन फर्म भने भर्न छुटेको रहेछ । त्यसकारण मैले एसएलसी दिन पाइनँ । सबैभन्दा बढी दुःखी त्यसबेला भएको थिएँ । पढ्न मन लागेन । त्यसैबेलामा आमाले मलाई यो पेसामा लाग्न सल्लाह दिनुुभयो । सानैदेखि आमाले मलाई छोरीलाई राम्री गराउँछु भन्नुुहुन्थ्यो । दुई भाइको एक्ली बहिनी । सन्तानमै कम छोरी थियौं हामी । त्यसैले बुबा–आमा, दाइहरूले धेरै माया गर्नहुन्थ्यो । म दाइ–भाइ सबैभन्दा काली भएकाले आमाले मलाई राम्रो गराउन कपाल कोरिदिने, अनुहार पखालीदिने गर्नुहुुन्थ्यो । आमाले घरेलु लेपनहरू गराएर अनुहारमा लगाइदिनुहुन्थ्यो । आमाकै कारणले म ब्यूटीसियन भएकी हुँ ।

बाल्यकालमा म एकदमै सोझी स्वभावको थिएँ । आफूभन्दा ठूलो मान्छेसँग बोल्न डर लाग्थ्यो । म साथीहरूसँग पनि बोल्न डराउँथे । बुबा र आमा अलि कडा स्वभावको हुनुहुन्थ्यो । त्यसैले बुवाको डर लाग्थ्यो । बाल्यकालमा मैले कहिले पनि बदमासी गरिनँ । बुबाआमाकोे ज्ञानी छोरी थिएँ । आज्ञाकारी थिएँ । मेरो व्यवहारले सबैले मलाई माया गर्नुहुन्थ्यो । समय सधैं उस्तै हुँदैन । केही संघर्षका दिनहरू पनि थिए । आमाबुवाको जीवन पनि संघर्षमै थियो । घरको काम सबै गर्नुपथ्र्यो । सानैमा विवाहका कुरा हुन्थे । तर मैले सानैमा विवाह गर्दिनँ भन्ने अठोट गरेको थिएँ ।

त्यतिबेला सुर्खेतमा हाम्रो आफ्नो घर थिएन । डेरा गरेर बस्थ्यौं । सुुर्खेतमा जग्गा किन्न र घर बनाउन पनि सजिलो थिएन । खर्च धेरै लाग्थ्यो । बुवाआमाको आफ्नै घरजग्गा बनाएर उहाँहरू सुखका साथ बसेपछि मात्रै विवाह गर्छु भन्ने सोच्थेँ । म २५ वर्ष पुगेपछि विवाह गरें ।बाल्यकालमा साथीहरूसँग रमाइलोे हुुन्थ्यो । प्रतिमा मल्लाह मेरो मिल्ने साथी थिइन् । महिला प्रशिक्षण केन्द्रमा बुवाको जागिर थियो । त्यहाँ गएर चौरमा खेल्थ्यौं । सबैको नेतृत्व म नै गर्थें । अझै पनि लुकामारी खेलेको, भूत भएर खेलेको सम्झना ताजा नै छ । म सानोमा जहिले पनि फ्रक लगाउँथे । मलाई सबैभन्दा मन पर्ने पोशाक त्यही थियो । आमाले आफै बनाइदिनुहुन्थ्यो । आमाले आफै सिलाएर लगाइदिनुहुन्थ्यो ।

मेरो नाम प्रमी भए पनि बुवाले मेरोे नाम मोन्टी राखिदिनु भएको हो । एक पटक बुवासँग फिल्म हेर्न गएका थियौं । हिन्दी फिल्म थियो । त्यसमा हिरो ऋषी कपुर थिए । हिरोको नाम मोन्टी थियो । बुवाले मेरो छोरीको नाम मोन्टी राख्छु भनेर मोन्टी भन्न थाल्नुुभयो । त्यसपछि सबैले मोन्टी नै भनेर बोलाउनुहुन्छ । पछि मैले ब्यूटीपार्लरको नाम पनि मोन्टी राखें । अहिले पनि बाल्यकाल सम्झदा रमाइलो लाग्छ ।

प्रकाशित मितिः   २१ पुष २०७६, सोमबार ०९:१४