उज्यालो देखाउने गुरु
हामीहरू सबै यस धर्तीमा अटाएका छौं । अटाउनुसँग पनि मुख्य दुई कुरा जोडिएका छन्, जन्मनु र मर्नु । जहाँ हामी जन्म र मृत्युको बन्धनमा छौं । ईश्वरले हामीमा बाँधेको यो बन्धन तोड्ने तत्व नै गुरु हो । अर्थात् जन्म जुनसुकै अवस्थामा भएको किन नहोस्, मृत्युलाई सार्थक बनाउन महान भूमिका खेल्छन् गुरु ।
गुरुसँग दुवै चिज हुन्छ । अँध्यारो र उज्यालो । यसरी त्यही अन्धकार बुझेर हामीलाई उज्यालोतर्फ अग्रसर गराउने तत्व गुरु हो । गुरुले कसैलाई अन्धकारमा लैजान खोज्दैनन्, गुरुले कसैलाई अन्धकारमय बनाउन खोज्दैनन् । खोज्छन् त केबल को–को छन् अन्धकारमा, कसरी छन् अन्धकारमा र प्रयास गर्छन् त्यो अन्धकारबाट उज्यालोतर्फ लैजाने प्रयत्न । गुरुको विभिन्न रूप छन्, विभिन्न स्वरूप छन् । ज्ञानका दातालाई हामी गुरु भन्छौं । यो पनि बुझौं कि ज्ञान धेरैबाट भिन्न समयमा पाउन सकिन्छ ।
यदि नदी नजिक पुगियो, अब त्यो नदी पार गर्नु छ । यहाँ त्यो नदी समस्या हो । त्यहाँ हामीले विभिन्न माध्यमबाट नदी पार गर्ने उपायको खोजी गर्नुपर्छ । पुल भए पुल नत्र डुंगाबाट भए पनि नदी त तर्नु नै छ । यहाँ डुंगाबाट नदी पार गर्ने कि, पौडिएर नदी पार गर्ने वा अन्य कुनै उपायको खोजी गर्ने अथवा कुन विकल्प सबैभन्दा उपयुक्त विकल्प हुन्छ त्यसलाई सिकाउने नै गुरु हुन् । यसरी गुरु त्यो हो जसले हामीलाई कहिल्यै छोड्दैन, जबसम्म हामी ज्ञान प्राप्तीका निम्ती कुनै व्यक्तिलाई गुरु मान्दछौं । अन्तमा यदि हामीले ज्ञान प्राप्त ग¥यौं भने त्यो गुरु हामीमा नै पाउँछौं । मतलब ज्ञानलाई पछ्याउने हामी पनि हौं र एक गुरु पनि हो ।
यसरी बुझ्दा एक ड्राइभर पनि गुरु हो । यस अर्थमा कि उसले यात्रीलाई एक यात्रासम्म पु¥याउँछ, फरक यति मात्रै हो । एक पटक कृष्णले अर्जुनलाई भनेका छन्, ‘मै गुरु हुँ , मै ईश्वर हुँ, मै सबथोक हुँ, अर्जुन मलाई तेरो मन दे’ यही गुरुको सन्दर्भमा ।
गुरुसँग दुई विकल्प हुन्छन् । एक अन्धकार र अर्काे उज्यालो । एक असल गुरुले अन्धकारलाई बुझ्छ र उज्यालोको निम्ति एक पुलको काम गर्दछ । मानिस र परमात्मा बीचको पुलको भूमिका एक असल गुरुको हो । व्यवहारिक रूपमा हेर्ने हो भने गुरु विभिन्न रूपमा भेटिन्छन् । हामी एक मित्रता, शिक्षक, ड्राइभर, दाइ, भाइ, दिदी, बहिनी, प्रेमी, प्रेमिका जुन रूपमा पनि भेट्न सक्छौं । जसले हामीलाई सही मार्गनिर्देशन गर्दछ । यसरी गुरु आफै हुनसक्नु भनेको आत्म सन्तुष्टी हो । यस ज्ञान प्राप्तीपछि हामी विल्कुलै छट्पटिनुपर्दैन । कसैले ज्ञानबाट हामीलाई हटाउन पनि सक्दैन । गुरुलाई बुझ्नुपर्छ, गुरुलाई चिन्नुपर्छ । गुरुले त हामीलाई जहिल्यै बुझेकै हुन्छन्, गुरुले त हामीलाई जहिल्यै चिनेकै हुन्छन् ।
साझा बिसौनी संवाददाता ।