सुर्खेत लगानी वर्ष–२०७३
सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतस्थित सम्पूर्ण व्यवसायीहरूको छाता संस्था हो । यहाँका व्यापारी तथा व्यवसायीहरूको हकहितको संरक्षण तथा आर्थिक एवम् सामाजिक विकासका कार्य गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनु उसको उद्देश्य रही आएको छ । संघको स्थापनाको उद्देश्य पनि यही हो । सुर्खेत उद्योग वाणिज्य संघले ‘दिगो आर्थिक विकासका लागि समृद्ध निजी क्षेत्र’ भन्ने नाराका साथ २०७३ साललाई लगानी वर्षको रूपमा मनाउन गइरहेको छ । सुर्खेत कर्णाली अञ्चलको प्रवेशद्वारका साथै ६ नम्बर प्रदेशको सम्भावित राजधानीको रूपमा समेत सुपरिचित रहेको छ । यहाँ लगानीका थुप्रै सम्भावनाहरू रहेका छन् । तिनले लगानी पर्खिबसेका छन् ।
विश्वमा जति पनि सम्पन्न एवम् शक्तिशाली राष्ट्रहरू छन् ती राष्ट्रहरू आर्थिक, सामाजिक, सांस्कृतिक सम्पूर्ण रूपमा सक्षम र सफल हुनुमा त्यहाँ सञ्चालित विभिन्न उद्योगधन्दा कलकारखानाहरूको विकास तथा विस्तारको महŒवपूर्ण भूमिका रहेको हुन्छ । कुनै पनि उद्योगीले उद्योग स्थापना गर्दा आफ्नो उन्नतिका साथै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यसमेत लिएको हुन्छ । उद्योग धन्दाहरू राष्ट्रका बहुमूल्य गहना हुन् । आर्थिक मेरूदन्डको रूपमा रहेका उद्योगधन्दा एवम् व्यापार व्यावसायहरू सफल भय मात्र राष्ट्रको आर्थिक उन्नति हुनसक्छ । जबसम्म देशमा आर्थिक उन्नती हुन सक्दैन तबसम्म कुनै पनि देशमा विकास निर्माणका कामहरू हुन सक्दैनन् । औद्योगिक विकासका लागि राज्यले नीति नियमहरू निर्माण गरेको हुन्छ भने तिनै नीति नियमहरूलाई उद्योगीहरूले पालना गरेर आफ्ना उद्योगधन्दाहरूको दर्ता प्रक्रियादेखि लिएर उत्पादित वस्तुहरू आन्तरिक तथा बाह्य मुलुकहरूमा बिक्री वितरण गरी विदेशी मुद्रा आर्जन गर्ने लक्ष लिएका हुन्छन् । उद्योग व्यावसाय सफलतापूर्वक सञ्चालन गर्नको लागि जति भौतिक पूर्वाधार एवम् पूँजी लगानीको आवश्यकता पर्दछ त्यतिकै व्यवस्थापन पक्ष र मजदुरहरूबीचको आपसी सम्बन्ध बलियो हुनुपर्छ । अब मुलुक राजनीतिक आन्दोलन छाडेर उत्पादनशील क्षेत्रमा लगानी बढाइ व्यावसाहिक कृषि, औद्योगिक क्रान्ती र रोजगारी श्रृजना गरी बढ्दो आयातलाई प्रतिस्थापित गर्न लाग्नुपर्छ । राज्यले लगानीका लागि लगानीमैत्री उचित वातावरण र पूर्वाधार विकासमा जोडदिनुपर्छ । उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा राज्यले कर, भ्याट, आयकर, उपकरणमा भन्सार छुट, कच्चापदार्थ आयातमा छुट, बिजुली, पानी, परियोजना धितोराखी वित्तीय लगानीको सहज, सुरक्षालगायत केही वर्ष हदैसम्मको सहयोग र निगरानी गर्नुपर्छ ।
यहाँको भौगोलिक अवस्था तथा हावापानीको हिसाबले कृषि, पर्यटन, जलविद्युत, खनिज, जडिबुटी आदि प्रशस्तै सम्भावना भएको हुँदा संघले यस क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भिœयाउने उद्देश्य लिएको छ । संघले क्षेत्रीय तथा स्थानीयस्तरमा रहेका सम्भावनाहरूका बारेमा विविध कार्यक्रममार्फत् लगानीकर्ताहरूलाई आकर्षण एवम् प्रोत्साहन गर्ने पनि जनाएको छ । समग्र जिल्लाको आर्थिक समृद्धिको विषय भएको हुँदा जिल्लास्थित विभिन्न सरोकारवाला संघ–संस्थाहरू र निकायहरूको सहयोग र समर्थन लगानी वर्ष सफल बनाउन आवश्यक छ । विभिन्न मेला, महोत्सव र गोष्ठीहरू आयोजना गरी यसक्षेत्रमा आर्थिक रूपमा लगानीका सम्भावना रहेका क्षेत्रहरूको अध्यन गरी विभिन्न क्षेत्रका विज्ञहरू आन्तरिक तथा बाह्य लगानीकर्ताहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रिया गोष्ठी चलाउने छ । यस क्षेत्रका उद्योग वार्णिज्य संघहरूका प्रतिनिधिहरूको उपस्थितिमा यस क्षेत्रको आर्थिक विकासका लागि अनुभव आदान–प्रदान कार्यक्रमको आयोजना गरिने छ । पर्यटक क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग बसी एकीकृत पर्यटन गुरूयोजना तयार गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि सुर्खेतलाई ट्रान्जिट प्वाइन्ट बनाउने प्रयास गरिनेछ । सुर्खेतस्थित धार्मिक एवम् पर्यटकीय क्षेत्रहरूको पूर्वाधार विकास, मर्मत सम्हार, संरक्षण, ठाउँ–ठाउँमा होर्डिङ्ग बोर्ड राख्ने, पोष्टर पम्पलेट ब्रोसर आदि प्रचार–प्रसारको लागि सम्बन्धित निकायसँग संघले पहल गर्ने छ । नेपाल उद्योग वाणिज्य महासंघले ल्याएको एक गाउकक एक उत्पादन अन्तर्गत यस जिल्लामा जिल्ला कृषि कार्यलय सुर्खेतको सिफारिसको आधारमा अदुवालाई सुर्खेतकै पहिचान मसला बालीको रूपमा विकास गर्दै यसको उत्पादनलाई बढाउन कृषकहरूलाई व्यावसायिक रूपमा खेती गर्न संघले पहल गर्नेछ ।
यसवर्ष जिल्लामा थप नयाँ उद्योग तथा पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरी रोजगारी सिर्जना गरिनेछ । कृषि क्षेत्रको आधुनिकीकरण र जलविद्युतको क्षेत्रमा लगानी आकर्षण गर्न पहल गरिनेछ । कर्णाली र भेरी करिडोरको सुधार, होमस्टे सञ्चालन, पर्यावरणीय औद्योगिक ग्राम स्थापना र लघुउद्यम विकासग्रामको अवधारणा अगाडि बढाइनेछ । यसक्षेत्रमा विभिन्न कारणले बन्द रहेका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन सरकारसँग पहल गरिनेछ । चौकुने सिमेन्ट कारखाना सञ्चालनको जिम्मा लिएको ठेकेदार कम्पनीलाई काम सुरू गर्न दबाब दिने, लखरपाटामा सिमेन्ट उत्पादनका लागि सम्भाव्यता अध्ययन गराउन पहल गर्ने, हाल निर्माणको अन्तिम चरणमा रहेको जडिबुटी सङ्कलन एवम् व्यावसाय केन्द्रलाई सञ्चालनमा ल्याउने, शित भण्डार स्थापनाको सुरुवात गर्ने, सुर्खेत लगायत कर्णालीका किसानहरूलाई व्यावसायिक रूपमा कृषि उत्पादन गर्न प्रोत्साहन गराउने । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई काठमाडौं, पोखरा, चितवन, लुम्बिनीबाट सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोशी ज्वाला, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल हुँदै कैलाश मानसरोवरसम्मको यात्रालाई नेपाल पर्यटन बोर्डमा सूचीकृत गर्न संघले पहल गर्न जरुरी छ । जुन लगानी वर्षमा हुने अपेक्षा गरिएको छ । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्राकृतिक सौन्दर्यको पर्यटकीय गन्तब्यको क्षेत्र बनाउन संघले पैरबी गर्नेछ ।
संघले यसैवर्ष अन्तर्राष्ट्रिय महोत्सवको आयोजना गर्ने तयारी गरेको छ । यस क्षेत्रका उत्पादनहरूलाई एउटै थलोमा प्रदर्शन गराइ दर्शकहरूलाई एउटै थलोबाट वस्तुको महŒव उपयोगिता र बिक्री वितरणका बारेमा जानकारी गराउने उद्देश्य लिएको छ । संघले लगानी वर्षको उद्घाटन सँगै जिल्लामा कृषि, पर्यटन, जडिबुटी, जलविद्युत र खनिजजन्य उद्योग आदि क्षेत्र मा लगानी भिœयाउने छ । गुठुमा रहेको चौकुने सिमेन्ट उद्योगको शिलान्यास,जडिबुटी सङ्कलन केन्द्र सञ्चालनमा ल्याउने, पर्यटकीय बुलबुले उद्यानलाई सार्वजनिक निजी मोडेलमा सञ्चालनमा ल्याउने, लघुउद्यमको बजारीकरण गर्ने, कोल्ड स्टोरको शिलान्यास गर्ने, स्थापना हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्रको शिलान्यास, आदि कार्य गर्ने संघले लक्ष लिएको छ ।
लगानी वर्ष सफल हुनसकेमा सुर्खेत जिल्ला मात्र नभइ समग्र यस क्षेत्रकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ । संघले लगानी वर्षको अवसर पारेर यही मंसिर २३ देखि पुस ३ गतेसम्म लगानी मेलाको आयोजना गर्दैछ । लगानी वर्षका क्रममा सुर्खेतमा एक लाखभन्दा बढी पर्यटक जिल्लामा भिœयाउने र करिब ६ अर्ब रूपैयाँ बराबरको लगानी भित्रने संघले अपेक्षा लिएको छ । जुन स्रहानीय योजना हो । सुर्खेत लगानी वर्ष सफल बनाउन यसले महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ । सुर्खेत लगानी वर्ष समग्र सुर्खेतको समृद्धिसँग जोडिएको बृहत योजना हो त्यसैले यसलाई सफल बनाउन सबै क्षेत्रको हातेमालो जरुरी छ ।
लेखक सुर्खेत उद्योग वाणिज्य संघका विशिष्ट सदस्य हुन् ।
साझा बिसौनी संवाददाता ।