विश्वव्यापीकरणः विश्व एक परिवार
विश्वव्यापीकरण भन्नाले सामान्यतया विश्वका हरेक मानिस एकअर्काप्रति परनिर्भर छन्, भन्ने बुझिन्छ । विश्वको कुनै एक देश वा क्षेत्रमा उत्पादित वस्तु तथा सेवा विश्वका जुनसुकै देशमा पनि सहज तथा सरल ढङ्गले उपभोग तथा प्रयोग गर्नका लागि सरल ढङ्गले वस्तु तथा सेवाको आयात तथा निर्यात गर्नुलाई विश्वव्यापीकरण भनिन्छ । जसमा मानिस, संगठन तथा सरकारको प्रमुख भूमिका रहने गर्दछ । त्यससँगै कुनै पनि साधनको आयात तथा निर्यातमा एक देशबाट अर्काे देशमा पु¥याउनका लागि सीमानामा कुनै रोकावट नहुनु यसको विशेषताको रूपमा पनि मानिदैं आएको छ ।
विश्वव्यापीकरण एक बहुआयामिक प्रक्रिया पनि हो, जसले सामाजिक तथा संस्थागत प्रणालीको विकास गर्दछ । विश्वव्यापीकरणलाई राजनैतिक, आर्थिक, प्राविधिक, भौगोलिक, सांस्कृतिक, नैतिक, धार्मिक तथा ऐतिहासिक गरी विभिन्न क्षेत्रले प्रभाव पार्दछन् भने प्रविधि, आयात, निर्यात तथा सञ्चारका क्षेत्रमा विश्वव्यापीकरणले योगदान पु¥याउने काम गर्दछ ।
विश्वव्यापीकरण नयाँ होइन, यो एक पश्चिमी अवधारणा हो । ‘संसार एक परिवार’ भन्ने अवधारणा विश्वव्यापीकरणले बोक्ने गर्दछ । विश्वव्यापीकरण मनोवृत्तिमा आधारित छ । यो विश्वव्यापीकरणको अवधारणा बोक्ने हरेक देशका लागि अवसरको रूपमा रहेको हुन्छ । विश्वव्यापीकरणको मान्यताअनुसार यसको अर्थ, वस्तु तथा सेवाको आदान–प्रदानका साथसाथै नयाँ प्रविधिलाई भिœयाउने कुरामा जोड दिन्छ । आजको युगमा विश्वव्यापीकरण विना कुनै पनि विकास र समृद्धि असम्भव जस्तै भइसकेको छ । अर्थात् विश्वव्यापीकरण आजको विश्वलाई अपरिहार्य जस्तै भइसकेको छ । विश्वव्यापीकरणले कुनै पनि देशको राजनीतिलाई त्यस देशको अर्थ व्यवस्थासँग जोड्ने काम गर्दछ । विश्वव्यापीकरणले मानिसको जीवनस्तर उकास्न, देशको अर्थव्यवस्थामा सुदृढ गर्न साथसाथै नयाँ वस्तु, सेवा र प्रविधिको नयाँ र फरक तरिकाले प्रयोगको लागि पनि अवसर प्रदान गर्ने काम गर्दछ ।
विश्वव्यापीकरणका क्षेत्रमा आर्थिक विश्वव्यापीकरण, राजनीतिक विश्वव्यापीकरण, सांस्कृतिक विश्वव्यापीकरण, प्राकृतिक विश्वव्यापीकरण र प्राविधिक विश्वव्यापीकरण मुख्य रूपमा रहने गर्दछन् । जस अन्तर्गत आर्थिक विश्वव्यापीकरणले औद्योगिक विकास, आयस्तर र औद्योगिक संरचनाजस्ता कुरालाई समेट्ने र व्याख्या विश्लेषण गर्ने गर्दछ । त्यसैगरी राजनीतिक विश्वव्यापीकरणले राजनैतिक सम्बन्ध तथा फरक देशको फरक राजनैतिक विचारधाराको व्याख्या एवम् विश्लेषण गर्ने कार्य गर्दछ । राजनैतिक विश्वव्यापीकरणले सामाजिक अभियान, नागरिक समाज, राजनीतिक वृत्तचित्र र राजनैतिक विचारधारा, कानुनी प्रणाली, लगानी प्रवद्र्धन, राष्ट्रिय चासोको विषय, महिला अधिकार, मानवअधिकार, बालबालिकाको अधिकार, श्रमिक अधिकार र दिगो विकास जस्ता कुराको व्याख्या एवम् विश्लेषण गर्ने गर्दछ । जस अन्तर्गत क्षेत्रीय संगठनहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । जस्तैः विश्व व्यापार संगठन, आईएमएफ, इयू र विमिस्टेक आदि ।
त्यसैगरी सामाजिक तथा सांस्कृतिक विश्वव्यापीकरणले एक देशको र अर्काे देशको कुनै पनि सामाजिक तथा सांस्कृतिक कुराहरू नमिल्न सक्छ । तसर्थ विश्वव्यापीकरणले एक देशको सांस्कृतिक प्रणाली अर्काे देशमा पु¥याउनको लागि एकदमै ठूलो भूमिका खेलिरहेको हुन्छ । जसलाई उदाहरणको रूपमा लिँदा एक देशको श्रमिक विश्वव्यापीकरणको कारणले अन्य कुनै पनि विश्वका देशहरूमा काम गर्न जान सक्छ । जतिबेला उनीहरूले उक्त देशमा एकअर्कामा आफ्ना सामाजिक रहनसहन, संस्कार, चालचलन र भेषभूषा आदान–प्रदान गर्न जान्छन् । विश्वव्यापीकरणलाई जसले थप टेवा पुग्न मद्दत गर्दछ । सामाजिक तथा सांस्कृतिक विश्वव्यापीकरणलाई योगदान दिनका लागि विशेष गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा निकायहरूले ठूलो भूमिका खेल्दछन् । त्यसैगरी प्राकृतिक विश्वव्यापीकरण अन्तर्गत विश्वव्यापीकरणको मान्यता अनुसार पर्यटकीय क्षेत्रको आधारमा विश्वका कुनै एक देशको नागरिक विश्वभरका कुनै पनि अन्य देशमा त्यहाँको प्राकृतिक स्रोत साधन र सम्पदा हेर्न र घुम्न जाने गर्दछ । यस्तो अवस्थामा प्रकृति पनि विश्वव्यापीकरणको एक बलियो खम्बाको रूपमा मानिन्छ ।
जसअन्तर्गत विभिन्न वातावरणीय सम्मेलन, विश्वव्यापी चेतावनी, जलवायु परिवर्तन, औद्योगिक प्रदूषणजस्ता कुराहरूले प्रभाव पारिरहेका हुन्छन् भने प्राविधिक विश्वव्यापीकरणले विश्वको जुनसुकै कुनामा सिर्जित भएका प्रविधिक वस्तु तथा सेवाहरू विश्वका अन्य कुनै पनि मुलुक र स्थानमा पनि प्रयोग गर्न सकिन्छ । यसर्थ प्राविधिले पनि विश्वव्यापीकरणलाई बढावा दिन्छ । जसमा प्रविधिको एकदमै ठूलो भूमिका रहेको हुन्छ । जसले प्रविधि, सूचना प्रविधि, नयाँ बजार, प्रतिस्पर्धात्मक बजारको विकास, अन्तर्राष्ट्रिय बजारको विकास जस्ता कुरामा मद्दत पु¥याउँछ । जसले व्यापारिक अवरोध र सूचना आदान–प्रदानको ढिलाइ हटाउन सहयोग गर्ने गर्दछ । यसले विश्व बजार र बहुराष्ट्रिय कम्पनीको विकास गर्नमा ठूलो सहयोग गर्ने गर्दछ ।
विश्वव्यापीकरणले विशेष गरी क्षेत्रीय तथा विश्वव्यापी व्यापार सम्झौता, व्यापार तथा लगानीमा अवरोध जस्ता कुरा हटाउन, प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि गरेर प्रविधिमा परिवर्तन गर्न मुख्य भूमिका खेल्दछ । सन् २००४ मा नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेपछि नेपालले विश्वव्यापीकरणलाई स्वीकारेको पाइन्छ । यसपश्चात नेपालले विश्वव्यापीकरणमा आफ्नो वस्तु तथा सेवा निर्यात गर्नेमा तथा आयात गर्ने कुरामा बढवा दिएको थियो । नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेपछि आफ्नो विश्व बजारसम्म पहुँच बढाउनका लागि मद्दत पुगेको थियो । पहिले नेपाल, भारत, जर्मनी र यूएसमा मात्रै आफ्नो पहुँच थियो । त्यसपछि भने हालसम्म आइपुग्दा विश्वका जुनसुकै देशमा पनि वस्तु तथा सेवाको आयात र निर्यात दुवै कार्यमा सहज भएको छ । नेपाल एक भूपरिवेष्ठित देश हो । जसमा वस्तु तथा सेवाको आयात निर्यातमा बाधा थिए । तर नेपाल विश्व व्यापार संगठनको सदस्य मुलुक भइसकेपछि पारवाहनको अधिकार प्रदान गरिएको छ । नेपालको व्यापार क्षेत्रमा राम्रा नीति निर्माण गर्नका लागि विश्व व्यापार संगठनले सहयोग गर्नेछ । त्यससँगै प्रत्यक्ष वैदेशिक लगानीलाई आकर्षित गर्न, देशका व्यापारिक संस्थाहरूको क्षमता अभिवृद्धि गर्न, व्यापारिक द्वन्द्व समाधान गर्न र स्रोतसाधनहरूको साथसाथै प्रविधिलाई स्वीकार गर्नको लागि विश्व व्यापार संगठनले धेरै ठूलो सहयोग गर्ने गर्दछ ।
नेपाललाई विश्व व्यापार संगठनको यति धेरै अवसर हुँदाहुँदै पनि केही मात्रामा चुनौतीहरू देखा पर्दछन् । जस्तै मानव संशाधनको सहज आपूर्तिका कारण बेरोजगारी समस्या, बहुराष्ट्रिय कम्पनीको कारण स्वदेशी साना उद्योग धरासयी हुनु, प्रत्यक्ष वैदेशिक लगानीका कारण नेपालका लगानीकर्ता लगानीप्रति इच्छुक नदेखिन र विभिन्न नीतिहरू निर्माणमा वैदेशिक हस्तक्षेपहरू नदेखिएका पनि होइनन् । तर नेपालको अर्थव्यवस्थामा भने विश्वव्यापीकरणको प्रभाव भने सकरात्मक रूपमा देखिएको छ । नेपालको धेरैजसो व्यापारिक कारोबारो हुने देश भारत हो । जसले सन् २०१५÷०१६ मा नाकाबन्दी लगाउँदा नेपालको कूल व्यापार वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको थियो । त्यतिबेला नेपालको कुल व्यापार वृद्धिदर –१.८९ प्रतिशत थियो । नाकाबन्दी हटिसकेपछि सन् २०१६ देखि २०१८ सम्ममा भने सकरात्मक अवस्थामा थियो । त्यसैले नेपालको लागि विश्वव्यापीकरण एकदमै फाइदाजनक छ । विश्वव्यापीकरणको फाइदा लिन सक्ने हो भने नेपालले छोटो समयमा नै आर्थिक उन्नतिको बाटो लिन सक्छ ।
प्रकाशित मितिः १ पुष २०७६, मंगलवार ०९:२३
साझा बिसौनी ।