विद्यार्थी राजनीतिले जेल पुर्यायो

कमलेश डि.सी. मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डीन हुुन् । वि.सं. २०२८ मंसिर २२ गते दाङको तत्कालीन फूलवारी गाविस (हाल तुुल्सीपुर उप–महानगरपालिका) मा बुुबा अनबहादुर डाँगी र आमा खुुमादेवी डाँगीको सन्तानका रूपमा उनी जन्मिए । दाङमा जन्मिए पनि उनको जीवनको लामो कालखण्ड सुर्खेतमा बित्यो । चाहे त्यो प्राध्यापनका क्रममा होस् या पत्रकारिता गर्दा । सुुर्खेती पत्रकारिताको विकासमा उनको महत्वपूर्ण भूूमिका छ । उनी नेपाल पत्रकार महासंघ सुुर्खेत शाखाका पूर्व अध्यक्ष समेत हुन् । पछिल्लो समय पूर्णरूपमा प्राध्यापनमा समर्पित डिसीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटे:

स्वभाविक रूपमा सबैको बाल्यकाल रमाइलोसँग बितेको हुुन्छ । मेरो पनि त्यस्तै थियो । म एक कृषक परिवारमा जन्मिएँ । बाल्यकाल दाङमा नै बित्यो । हामी पाँच दाजुु–भाइ र पाँच दिदी–बहिनी । म कान्छो छोरा । म पछि एउटा कान्छी बहिनी छिन् । अलिक ठूलो भएपछि मात्रै म विद्यालय गएँ । त्यसबेलामा पढ्नुुपर्छ भन्ने चेतनाको विकास भइसकेको थिएन । पढेर खास के नै हुुन्छ भन्ने नै भेटिन्थे । त्यसैले पनि पढाइ ढिला सुरु भयो । म आठ वर्षको भएपछि स्व–विवेकले विद्यालय गएको हुुँ ।

दशैंमा मामाघर गएको थिएँ । टीका लगाएर एक रूपैयाँ पाएको थिएँ । त्यसबेलामा टीका लगाएर २५ पैसा, ५० पैसा दिन्थे । त्यो समयमा यो पनि धेरै लाग्थ्यो । घरमा छोराहरूलाई टीका लगाएर पैसा दिने चलन थिए । मामाघरमा भने टीका लगाएर पैसा दिन्थे । मसँग त्यही पैसा थियो ।त्यसबेलामा कक्षा दुईमा नाम लेखाउन एक रूपैयाँ लाग्थ्यो । मैले दाइलाई एक रूपैयाँ दिएर मेरो नाम लेखाइदिनुु भनेर पठाएँ । उहाँले नाम लेखाइदिनुभयो । मैले विद्यालय जानुअघि नै साथीहरूबाट कक्षा ४ सम्म जे–जे पढाइ हुुन्थ्यो प्रायः जानिसकेको थिएँ । बाह्रखरी, एबीसीडी सबै आउँथ्यो । मैले अंग्रेजीको वाक्य बनाउन पनि अलि–अलि सिकिसकेको थिएँ । कालोपाटीमा खरीले लेख्नुुपथ्र्यो । म विद्यालय भर्ना भएको पहिलो वर्ष कक्षा दुईमा दोस्रो भएँ । पढाइमा राम्रो विद्यार्थी थिएँ । कक्षा ४ देखि भने म सधैं प्रथम भएँ । मैले पढाइमा राम्रो गरेको कारण कहिले छात्रवृत्ति पाउँथे । कहिले पुरस्कार पाउँथे ।

मलाई सानैदेखि नेतृत्व गर्न मन पथ्र्यो । कुुनै क्षेत्रको नेतृत्व गर्छु भन्ने मेरो इच्छा थियो । त्यस बेलामा अहिले जसरी सुविधा भएका विद्यालयका भवन हुुन्थेन । हामी भुुँइमा जुुटको बोरा ओछ्याएर बस्ने गथ्र्यौं । जुुटको बोरा घरबाटै लिएर जानुुपथ्र्यो । कक्षा ७ सम्म गाउँमा पढेपछि म घोराही गएँ । त्यहाँ एक जना शिक्षकको घरमा बस्थें । उहाँको घरमा बसेर पढ्दा मैले खर्च बेहोर्नु पर्दैनथ्यो । कारण मैले उहाँको छोरा–छोरीलाई साँझ–बिहान ट्यूसन पढाउने गर्थें । त्यहीँबाट मलाई बस्न–खान व्यवस्थापन हुुन्थ्यो । पछि त्यति सहज नलागेपछि म फेरि आफ्नै गाउँमा फर्किएँ । मेरो कान्छी बहिनी पनि पढ्ने भएकाले उसलाई सिकाउन पाए पढाइमा राम्रो गर्न सक्थि भन्ने सोचले गाउँकै विद्यालयमा पढ्न आएँ । विद्यालय घरबाट झण्डै डेढ घण्टा हिँडेर जानुुपथ्र्याे । बीचमा बबई नदी तरेर जानुुपथ्र्यो । विद्यालय जाँदा खाजा भनेर रोटी लिएर जान्थ्यौं । अहिलेको जसरी पसलमा खाजा खाने हुुन्थेन ।
बाल्यकालको बदमासी
बाल्यकालमा कहिलेकाहीँ बदमासी पनि गरियो । खासगरी विद्यालय पढ्न जाँदा बाटोमा बदमासी गरिन्थ्यो । बिहानको समयमा पढाइ हुुने भएकाले घरबाट बिहानै निस्किनुपर्ने हुुन्थ्यो । बाटोमा तरकारीबारी हुुन्थे । तरकारी चोरेको सम्झना छ ।
एक पटक हामी सबैभन्दा बिहानै घरबाट हिँडेर विद्यालय गयाँै । सँगै बाटोमा प्याज चोर्ने योजना बनायौं । हामीले थौरै भन्दा–भन्दै एउटा गह्राको नै प्याज उखेलेर लुुकाएछौँ । बिहान उज्यालो भएपछि प्याजका मालिक प्याज चोरी भयो भन्दै विद्यालयमा आए । म सबैभन्दा जान्ने विद्यार्र्थी भएकाले सबैको नजरमा राम्रो थिएँ । र इमान्दार पनि थिएँ । जो–कसैले पनि मैले गलत गरेँ भन्ने कुरा खासै आँकलन गर्न सक्दैनथे । पछि हामीहरूले नै चोरेको हो भन्ने थाहा पाएपछि म एक दिन घर पनि गइनँ । साथीको घरमा गएर बसेँ । भोलिपल्ट मात्र घर गएको सम्झना छ । कहिलेकाहीँ माछा चारेर खाने गथ्र्यौं । गाउँमा धेरैजसो थारु र चौधरी समुुदाय थियो । खेतमा ढडियामा माछा हुुन्थ्यो । हामीले चोरेर खाने गथ्यौं ।
त्यसबेलामा हामीले डण्डीबियो, लुुकामारी र पौडी धेरै नै खेल्थ्यौं । म सानोँ छँदा गीत पनि गाउँथे । आफै पनि गीत बनाउन सक्थँे । लोकलयमा गीत बनाएर गाउने भएकाले साथीहरूले सुुन्नका लागि पनि मलाई गाउन उक्साउँथे । म क्याम्पस पढ्दासम्म पनि गीत गाउँथे । बाल्यकालमा विशेष गरेर चाडपर्व रमाइला लाग्थे । मिठो खान पाइने, राम्रो कपडा लगाउन पाइने भएकाले बाल्यकाल त्यसै रमाइलो हुुन्थ्यो ।
विद्यार्थी राजनीति
विद्यालय पढ्दै गर्दा राजनीतिमा पनि आकर्षित भएँ । म अखिल छैठौंमा आवद्ध थिएँ । कक्षा ७ मा पढ्दै गर्दा जिल्ला कमिटीको सदस्य भएँ । कक्षा १० मा पढ्ने बेलामा इकाई अध्यक्ष भएको थिएँ । त्यसबेलामा म पक्राउ परेँ । म झण्डै सात महिना जेलमा बसे । कृष्णसेन इच्छुुकसँगै जेलमा बस्ने अवसर मिल्यो । उहाँसँग हुुँदा मलाई खासै समस्या भएन । उहाँले मलाई माया र हेरविचार गर्नुुभयो । सात महिनापछि जेलबाट निस्किएर घर आएँ । फेरि पक्राउ परँे । पछि म जेलबाट नै भागेर सुरक्षित स्थानको खोजीमा सुुर्खेत आएँ । यहाँँ आएर कक्षा १० मा जन माध्यमिक विद्यालयमा नाम लेखाएँ । यहाँबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गएँ । काठमाडौँ पढ्ने शिलशिलामा पत्रकारिता सुुरु गरेँ । साइन्स पढ्न काठमाडौँमा गए पनि जागिरले पढाइलाई केही समय रोक्यो । बिएस्सी पढ्दै गर्दा म सुुर्खेत आएर पढाइ पूरा गरी यही कर्मथलो बनाएँ ।
मैले साइन्स पढ्न छोडेर सोसोलोजी पढें । सुुर्खेत आएपछि पनि पत्रकारितालाई पनि निरन्तरता दिएँ । यहाँ सुुर्खेतपोष्ट दैनिकको कार्यकारी सम्पादकको रूपमा काम गरँे । त्यसपछि जनचासो साप्ताहिक, युुगआह्वान, काँक्रेविहारमा आवद्ध भएँ । केही साथीहरू मिलेर रेडियो सञ्चालन ग¥यौंं । बुुलबुुले एफएम र जागरण एफएम स्थापना गर्दा म पनि साथीहरूसँगै थिएँ । साथै तत्कालीन बहुुमुुखी क्याम्पसमार्फत शिक्षण पेसा सुुरु गरें । पछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएपछि यही पेसालाई नै निरन्तरता दिएको छु ।

प्रकाशित मितिः   ३० मंसिर २०७६, सोमबार ०९:३७