‘दाउरा बेचेर पोशाक किन्नुपथ्र्यो’
हरिमाया कार्की वीरेन्द्रनगर नगरपालिका वडा नं. २ को वडा कार्यालयमा राजस्व फाँटमा कार्यरत छिन् । साथै उनको अर्को परिचय पनि छ । सामाजिक अभियन्तासँगै उनी लोकदोहोरी गायिका र कपर्दी खेलको राष्ट्रिय खेलाडी हुुन् । कार्की राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुुर्खेतकी संस्थापक सदस्यका साथै कर्णाली प्रदेशको वरिष्ठ उपाध्यक्ष समेत हुन् । वि.सं. २०४२ जेठ ११ गते वीरेन्द्रनगर–३ मूलपानिमा बुवा खड्कबहादुर कार्की र आमा कमलादेवी कार्कीको पहिलो सन्तानको रूपमा जन्मिएकी कार्कीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना गरी गरिन् :
बाल्यकाल सुख र दुःखको मिश्रणमा बित्यो । म विपन्न परिवारमा जन्मिएँ । मुलपानिमा जन्मिए पनि बाल्यकाल भने सुुकुम्बासी बस्तीमा बित्यो । बुुवा समान्य मजदुरी गर्नुुहुुन्थ्यो । बुुवाआमाको सन्तानमा म र दुुई भाइ हौं । म पहिलो सन्तान । छोरीलाई छोरा सरह महत्व नदिने हाम्रो समाज थियो तर म जन्मिएपछि बुुवाआमा धेरै खुुशी हुुनु भएको थियो रे । यतिसम्मकी छोरा जन्मिएपछि मात्र छैँटी खेलाउने हाम्रो समाजमा बुुवाआमाले म जन्मिएको खुुशीमा छैटी खेलाउनुु भएको थियो रे ।
म बाल्यकालमा चञ्चले स्वभावको थिएँ । साथीहरूसँग घुलमुल हुने, मिलनसार नै थिएँ । त्यसबेलामा खेल्न भनेपछि सबै भन्दा बढी रमाइलो लाग्थ्यो । त्यसबेलाका खुट्टे, बाह्र हाते, कपर्दी, चुङ्गी लगायतका खेल बढी मात्रामा खेलिन्थे । रमाईलो हुन्थ्यो । सानैदेखि गीतसंगीतप्रति रुचि थियो दिउँसो विद्यालय गए पनि साँझ र बिहान घरको काम गर्नुपथ्र्यो । हामीले अधिया खेत लगाउँथ्यौं । बुवाआमा प्रायः खेतकै काममा जानुहुन्थ्यो । घरमा गाइभैसी हेर्ने, खाना पकाउने अनि विद्यालय जाने हाम्रो दैनिकी हुन्थ्यो ।
खेल्ने भनेपछि अरु काम सबै भुल्थ्यौं
एक पटक घरमा आमाले खाना पकाउने जिम्मा दिएर जानुभयो । स्कुलमा खेल्दा–खेल्दै साँझ परेछ । अनि घरमा खाना पकाउने काम सम्झिएँ । दौडिएर घर आएर भात पकाएँ । मैले त हतार–हतारमा भुससँगै भात पकाएछु । टुकटुके मिलले पिसेको धानको चामलमा भुस मात्र हुन्थ्यो । पछि खाना खाने समयमा भुस मात्र भेटियो । बुवाले गाली गर्नुभयो ।
त्यसबेलामा आर्थिक अभाव धेरै नै हुुन्थ्यो । सुकुम्बासी बस्ती भएकाले खान लगाउनकै समस्या हुन्थ्यो । दिनमा मजदुरी नगरेसम्म साँझ बिहान चुल्हो बाल्न गाह्रो हुन्थ्यो । हामी केटाकेटी भनेको समयमा खान लगाउन त परकै कुरा थियो । कहिलेकाँही भोकै पनि छाक टार्नुपर्ने अवस्था आउँथ्यो । सकेसम्म बुवाआमाले हाम्रो पेट पाल्न सबै भन्दा पहिले हामीलाई खान दिनुहुन्थ्यो । कहिलेकाहीँ घरमा आमाबुवा कोही नभएको बेलामा साथीहरूलाई ल्याएर खान खुवाउँथे । गाउँमा कसैको विवाह भयो भने जन्तीलाई एकै ठाउँमा राखेर खाना खुवाएको देख्थे । अनि त्यही अनुसार मैले पनि घरमा कोही नभएको समयमा गाउँका सबै साथीहरूलाई घरमा जम्मा गराएर खाना खुवाउँथे । पछि बुवाआमा आउँदा भान्सामा खाना हुन्थेन । कहिलेकाँही त गाली पनि गर्नुहुन्थ्यो । तर मनले मान्दैनथ्यो ।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा नछुट्याएर सहभागी हुन्थेँ । साँस्कृतिक कार्यक्रमदेखि हाजिरिजवाफ, खेलकुदका सबै कार्यक्रमममा सहभागी हुन्थँे । जिल्लास्तरका सांस्कृतिक प्रतियोगितामा सहभागी भइरहन्थेँ । प्रथम स्थान हात पारेर फर्किन्थँे । कहिलेकाहीँ दोस्रो भएको हुँला । आफू भन्दा सिनियरसँग दोहोरी खेल्दा एक पटक हारेको सम्झना छ । रातभरी दोहोरी खेलेर बिताएको सम्झनाहरू छन् । कसैको घरमा विवाह, पूजा छ भन्ने थाहा पाएपछि गइहाल्थ्यौँ । घरमा गाली पनि पाइन्थ्यौँ ।
वि.सं. २०६० सालमा राष्ट्रव्यापी लोकदोहोरी प्रतियोगितामा हाम्रो समूह प्रथम भयो । त्यसबेलामा अहिलेको जस्तो प्रविधिको विकास भइसकेको थिएन । अहिले त भिडियो खिच्न मन लागे पाइहालिन्छ । फोटोको लागि प्रत्येक हातमा मोबाइल फोन छन् । त्यसबेलामा हामीले भिडियो गराउन कोहलपुर जान्थ्याँै । गीतसंगीतमा रुचि भएकाले चाडपर्व रमाइलो लाग्थ्यो । मैैले नै देउसी भैलो खेल्न नेतृत्व गर्थें । गाउँघरमा सांस्कृतिक कार्यक्रम गर्नुपरे म नै अघि सर्थें । अनि साथीहरूले साथ दिन्थे । पिङ खेल्ने । प्रत्येक दशैंतिहारमा कार्यक्रम गर्थें । अहिलेको बालबालिकाको बाल्यकाल र हाम्रो बाल्यकालबीच आकाश–पाताल फरक छ । हामीले त्यस बेलामा चाडर्वमा मात्र नयाँ कपडा लगाउन पाउँथ्यौँ ।
म घरको जेठो सन्तान भएकाले पनि जिम्मेवारी थियो । दुई भाइ हेर्नुका साथै घरको काममा बुवाआमालाई सघाउनुपर्ने हुन्थ्यो । बुवाआमाले गर्नुभएको त्यस बेलामा संघर्षले हामीलाई अहिले यो स्थानसम्म ल्याएको छ । पढाइमा राम्रो थिए । कक्षा दुईमा पढ्दा जेहेन्दार विद्यार्थी भनेर दुई सय ५० रूपैयाँ पुरस्कार पाएको थिए । त्यस दिन धेरै खुशी भएको दिन थियो । पुरस्कार पाएपछि बुवालाई भन्न दौडिएर घर पुगे । प्रायः मैले पुरस्कार पाइरहन्थे । यसले पनि मेरो पढाइ खर्च टार्न सजिलो हुुन्थ्यो ।
एक पटक स्काउटको कार्यक्रममा काठमाडौं जानुपर्ने भयो । पोशाक किन्ने पैसा पुगेन । अनि आमा र म जंगल गएर एक–एक भारी दाउँँरा ल्याएर आयाँै । अनि बजार गएर त्यही बेचेको पैसाले स्काउटको पोशाक किनेँ । २०७५ सालमा हो । पछि आमाले म काठमाडौं जाँदा दुईसय ५० रूपैयाँ खर्च दिनुभएको थियो । त्यस बेलामा नाँचमा हाम्रो टिम नेपाल प्रथम भएको थियो । रिले दौडमा म नेपाल दोस्रो भएको थिएँ । सानो छँदा साथीहरूसँग सहिना लगाउने लहर नै चलेको थियो । चुरा टिकुली उपहार दिन्थ्यौँ । अनि सहिना–सहिना हुन्थ्यो । केटाकेटी भएकाले झगडा पनि परिहाल्थ्यो । फेरि रिसाएर अर्कोसँग सहिना लगाउने । यस्तै चलिरहन्थ्यो ।
एसएलसीलगत्तै विवाह भयो । त्यसपछि गीतसंगीत, खेलकुद र सामाजिक कार्यमा संलग्न भएँ । आफ्नै गाउँमा सामाजिक अभियन्ता भएर काम गर्ने अवसर मिल्यो । अहिले जागिरसँगै गीतसंगीत र खेलकुुदलाई समय दिइरहेको छुु । अहिले पछिल्लो समय दुुई वटा गीतको एल्बम ल्याएको छु ।
प्रकाशित मितिः २३ मंसिर २०७६, सोमबार १०:३०
मुना हमाल ।