मुर्मुरीको विकास र गोविन्द मल्लको परिकल्पना (यात्रा)
संयोगबस मलाई फेरि अर्कोपटक अतिविकट मुर्मुरी गाउँको भ्रमण गर्ने अवसर प्राप्त भयो । म गएको बेला त्यो गाउँमा विगत (२०७१ साउन को बाढीले बगाएको दृश्यले निम्त्यायको विकास योजनाको पुनर्निर्माण (तटबन्ध) कार्यक्रममा गोविन्द मल्ल दाइको ठेक्का परेको रहेछ । त्यहाँ जाली निर्माण गरी त्यो ठाउँलाई सुरक्षित गर्ने उद्देश्यले सम्पूर्ण जोखिम क्षेत्रलाई सुरक्षित गर्ने योजना रहेछ । घटनास्थलको सम्पूर्ण निरीक्षण पश्चात् मलाई त्यो योजना मन प¥यो, र म पनि त्यो ठाउँमा केही दिन बसें । जाली निर्माण गर्ने अभियान टट्कारो रूपमा थालिदै थियो । वर्षात्को समय भएकोले कामदारहरू त्रिपाल हालेर जाली बुन्न व्यस्त देखिन्थे । म पनि किन खाली बस्ने भनेर ती कामदारसँग होस्टेमा हैंसे गर्न थालें । किनकी कुनै ठाउँको समुचित विकासका लागि हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यतामा मैले पनि त्यहाँ कामदारहरूलाई सघाउने निर्णय लिएँ । र म पनि सो काममा सहभागी भएँ ।
गोविन्द मल्ल ज्यूको नाम मैले धेरै पटक सुनेको भए पनि उहाँलाई स्पष्ट रूपमा चिनेको थिइनँ । म त्यहाँ बस्दै गर्दा, उहाँसँग भेट्ने अवसर पनि प्राप्त भयो । पछि चिनजान गर्दै जाँदा त उहाँ मैले नचिनेको भए पनि चिने जानेकै मान्छे हुनुहुँदो रहेछ । कुरै कुरामा मैले उहाँलाई मैले लेख्ने गरेका केही पत्रिका देखाएँ । उहाँले भन्नुभयो, ‘ओहो, तिम्रो धेरै लेखहरू मैले हेरेको छु, तर मैले तिमीलाई चिनेको थिइनँ, बल्ल आज चिन्ने मात्र होइन भेट्ने अवसर पनि प्राप्त भयो, मलाई खुशी लाग्यो ।’ त्यसपछि हामी दुवै जना सँगै गफगाफ, छलफल र यहाँको प्राकृतिक दृश्यावलोकनमा सरीक हुनथाल्यौं ।
एकछिन उहाँ र म सँगै बसिरहेका थियौं । उहाँले त्यो क्षेत्रको चारैतिरबाट अवलोकन गर्नु भएछ, हुन पनि चारैतिर मनोरम हरियाली, गाउँको फेदमा विशाल भेरी नदी सुसेली हाल्दै बगिरहेको दृृश्य, देखेर उहाँलाई पनि खुशी लागेछ कि क्यो हो, मलाई भन्नुभयो, ‘गिरीजी, यो गाउँ सुर्खेतभन्दा पनि विकसित हुनसक्छ । तर यहाँ विशेष पूर्वाधारको खाँचो छ । फेरि उहाँले थप्नुभयो, यो भेरी नदीको पानीलाई कुनै पनि माध्यमद्वारा गाउँको सिरानमा, जहाँ रामबहादुर शाही ज्यूको घर छ, त्यहाँ एउटा विशाल ट्याङ्की निर्माण गरी सो ट्याङ्कीबाट सिँचाइको बन्दोबस्त गर्नसकेको खण्डमा यो अति विकट गाउँले आफ्नो मुहार फेर्न सक्छ ।’ म पनि प्रकृति प्रेमी भएकोले उहाँको कुरा चाख मानेर सुनिरहें र उहाँको कुरालाई स्वीकारोक्तीको आभाष पनि दिइरहें । साँच्चै भन्नुपर्दा मलाई उहाँको ग्राण्ड डिजाइन मन पसररहेको थियो ।
मैले यो पटकको भ्रमण भन्दा अघिल्लो पटक नै मुर्मुरी गाउँलाई कसरी विकास गर्ने र त्यहाँका सर्वसाधारण जनताको जीवनस्तरलाई कसरी उकास्ने भन्ने बारेमा साझा बिसौनीमार्फत् सन्देश दिइसकेको थिएँ । दुर्भाग्यबस मैले त्यो पत्रिका बोकेको थिइन । र उहाँले हेर्नपाउनु भएन । मैले उहाँलाई भने ‘मैले यसबारेमा वा यसको स्तरउन्नतिको बारेमा पहिले नै लेखिसकेको छु’ भनेर सुनाएँ, त्यो पत्रिकामा मैले उहाँले भनेजस्तै ठ्याक्कै मिल्ने डिजाइन दिइसकेको थिएँ । त्यसपछि त झन् हाम्रो हेलमेल बढ्दै गयो, हामीसँगै घुम्ने, सँगै खाने, सँगै सुत्ने त गरिरहेकै थियौं, पछि हाम्रो दुवैको विचार एउटै खालको भए पनि त झन् हाम्रो घनिष्टता बढ्दै गयो । उहाँले हरेक कुराबाट म थाहा पाउँथे कि उहाँ पनि प्रकृति प्रेमी हुनुका साथै देशलाई विकसित भएको हेर्न चाहने विकासशील व्यक्ति भएको मलाई महसुस भयो । उहाँ त्यो ठाउँमा रहुन्जेल अझ बढी विकट गाउँ (जामु, बुटी, वक्षी) सम्म पनि पुग्यौं र त्यसको अवलोकन ग¥यौं, हामीले पायौं कि यहाँको विकास र स्तरउन्नतिका लागि भेरी नदी र चारैतिर फैलिएको हरियाली वन जंगल नै पहिलो प्राथमिकतामा रहेको हामीले महसुस ग¥यौं ।
हामीले जतिसुकै सुक्ष्म अध्ययन गरे पनि र विकट गाउँको अवलोकन गरे पनि नितान्त रूपले सम्पूर्ण काम अवस्था चाहिँ पक्कै थिएन । किनकी म एक सर्वसाधारण नागरिक थिएँ भने उहाँ एउटा ठेकेदार । प्राकृतिक सम्पदाले भरिपूर्ण यस्तै अनेकन क्षेत्रहरू कुम्भकर्ण निद्रामा सुतिरहेको सरकार तथा राज्य व्यवस्थालाई कुने ख्याल थिएन । ऊ कतिबेला सरकार बनाउने र कतिबेला ढाल्ने खेलमा लिन थियो । तसर्थ हामी दुवैले यो निश्कर्ष निकाल्यौं कि, संसारमै बदनाम वर्तमान नेपाल सरकारबाट यो राज्यकै लागि उत्कृष्ट काम सम्भव छन् हामीले त्यहीकै जनताहरू र विकसित विचार बोक्ने राष्ट्रवादी जनताहरूबाट नै यो काम सम्भव हुनसक्ने ठहर ग¥यौं ।
हामी बसेको गाउँ भेरी नदीको नजिकै भएकोले हामी बेलुका खब नदीतर नुहाउन निस्क्यौं । कहिले काहीं त्यो गाउँका लोकल व्यक्तिहरू जालद्वारा माछा मार्ने भएकोले हामीलाई पनि माछा खाने सु–अवसर प्राप्त हुन्थ्यो, साथमा माछा भएपछि हल्का फुल्का रूपमा मदिराको व्यवस्था पनि हुने नै भयो । मुमुरी गाउँलाई यदि तुरुन्त विकसित तुल्याउने हो भने, यहाँ सिँचाइको व्यवस्था पहिलो आवश्यकताको विषय थियो । नजिकै भेरी नदी सुसेली हाल्दै बगिरहेको भए पनि त्यो विशाल नदीले मात्रै १० मिटर वरको क्षेत्रलाई नै पानी दिन नसक्नु नै मुख्य अभिशाप बन्ने हाम्रो ठहर थियो । यदि त्यो सुख्खा क्षेत्रले कुनै माध्यमबाट पानी पाउन सफल भयो भने, यहाँको मुहार फेर्न सकिने अनुमान हामीले यसरी पनि लगायौं कि, यो ठाउँमा केही मात्रामा पसुपालन पनि देखियो, बाख्रापालन, कुखुरापालन पनि कतिपय ठाउँमा देखियो, यसबाट पूर्ण रूपमा कम्पोष्ट मल तयार गर्न सकिने र पूर्णरूपमा विषदीरहित अन्नबाली, नगदेबाली, दलहन, तेलहन लगायत उन्नत जातका बाख्रा, कुखुरा, पशुपंक्षीहरूको समस्टीगत रूपमा विकास हुन गइ यो क्षेत्र निकै छिटो प्रगतिको मार्गमा लम्किनसक्ने हामीले निश्कर्ष निकाल्यौं ।
यति हुँदै गर्दा, जाली बुन्ने तार सकिदै गएकोले गोविन्द दाइलाई त्यो व्यवस्था मिलाउन बाहिर जानुपर्ने भयो । मनमिल्ने मान्छे बाहिरिएपछि मलाई पनि खल्लो महसुस भयो र म पनि सुर्खेत आउनुपर्ने भयो । आउँदा बाटोमा (बसमा) दाइको हृदयस्पर्सी सुझावले मेरो मन खुशी भइरहेको भए पनि निरंकुश तथा प्रतिगामी सरकार जो राष्ट्रको ढुकुटी कसरी सिध्याउने भन्ने खेलमा लागिरहेको छ, यसको चाला देखेर रिस पनि झनक्क उठ्यो । त्यतिबेला मैले निर्णय गरेकी मेरो मुटुमा धड्कन रहुन्जेलसम्म वा मेरो नाडीमा रगत बहुन्जेलसम्म वर्तमान विकट गाउँ मुर्मुरीका लागि केही गरी छाउने संकल्प गरें र म बोझिल मन लिएर आफ्नो घरतर्फ लागें ।
दोस्रो भ्रमणको शिलशिलामा मलाई खुशी र दुःख दुवै महसुस भयो, खुशी यो मानेमा भयो कि दाइ गोविन्द जीको विकट गाउँको स्तरउन्नतिका लागि दिनु भएको ग्राण्ड डिजाइनले निकै खुशी तुल्यायो भने वर्तमान सरकारको राष्ट्र र राष्ट्रियताप्रतिको वितृष्णा देखेर, सम्पूर्ण देश नै रिमोट कन्टोलको इसारामा चलिरहेको देखेर, विदेशिएका नेपाली दाजुभाइको रेमिट्यान्सबाट देश सञ्चालन हुनु परेको देखेर र राष्ट्रका पहरेदार मानिने शीर्ष नेताहरू नै राज्यको सम्पूर्ण अस्तित्व तथा सह–अस्तित्वलाई नै निमिट्यान्न पार्न खोजेको अवस्था देखेर मन कुँडिएर आयो । फेरि पनि म आफ्नो संकल्पप्रति विचलित भइनँ, अब हेरौं म मेरो जिल्लाको एउटा विकट गाउँको स्तर उन्नतिका लागि के गर्नसक्छु, जुन कुरा समयले देखाउने छ र यसमा सम्पूर्ण राष्ट्रलाई माया गर्ने राष्ट्रवादी व्यक्तिहरूले सहयोगको उपेक्षा गरेको छु ।
साझा बिसौनी संवाददाता ।