प्रेमको बृहत आयामः आखिर प्रेम के हो ?

balkrishna
बालकृष्ण सुनार

प्रेम भन्ने शब्द हामी सबैलाई प्रिय र प्यारो लाग्ने शब्द हो । प्रेमको विषयमा चर्चा गर्दा प्रेमलाई विभिन्न प्रकारका सोच र विचार भएका मानिसहरूले यसलाई विभिन्न ढङ्गले बुझ्ने गरेको पाउन सकिन्छ । कसैले प्रेमलाई प्रेमी र प्रेमिका बीचमा रहेको अन्तर सम्बन्धको रूपमा पनि बुझ्ने गरेका छन् भने कसैले यसलाई प्रेमको सानो अंशको रूपमा पनि लिने गरेका छन् । यसका बारेमा विश्वका धेरै कवि कलाकारहरूले अनन्त व्याख्या र विश्लेषण गर्दै साहित्य रचना गरेका छन् । मानव समाजको उत्पत्तिदेखि अहिलेसम्म हरेक गीत र कविताहरू जीवन र प्रेमकै विषयमा रचिएका र गाइएका छन् । आखिर प्रेम के हो ? प्रेमलाई कसरी बुझ्ने, महसुस गर्ने वा कसरी ग्रहण गर्ने ? भन्ने प्रश्न जब हाम्रा अगाडि आउँछ सामान्य जस्तो लाग्ने यो प्रेम शब्दले हाम्रो मन र विचारमा विभिन्न प्रकारका तरंगहरू उत्पन्न गरिदिन्छ । एउटा कोणबाट हेर्दा प्रेम जस्तो लाग्ने विषय अर्काे कोणबाट हेर्दा घृणा उत्पन्न गराउने प्रकारको हुन्छ । जब हामी वास्तवमै प्रेमको गुदी के हो भन्ने विषयमा अलिकति खोज र अनुसन्धान गर्नतिर अग्रसर हुन प्रयत्न गर्छाैं भने यसको सही उत्तर पाउन हामी हाम्रै समाजमा फर्कनु पर्दछ ।
भन्ने गरिन्छ जीवन भनेको प्रकृतिको चेतनशील पक्ष हो । त्यसकारण जुन पदार्थमा चेतना हुन्छ, त्यहाँ जीवन हुन्छ । हरेक जीवित चिजमा प्रेम हुन्छ, जुन प्रेमले उसका हरेक व्यवहारलाई प्रभावित पार्दछ । हरेक प्राणीमा प्रेम अनिवार्य शर्त हो । तर यसको उच्च र प्रकट रूप मानव जीवनमा नै हुन्छ । प्रेमको सम्बन्ध विचार, व्यवहार, उद्देश्य र सभ्य कर्मप्रति मात्र होइन, उपयुक्त र उच्च नैतिक आचरण एवम् यौन व्यवहारसँग समेत छ । प्रेमलाई कामशक्तिसँग मात्र तुलना गर्न मिल्दैन र प्रेम भन्ने कुरा चुम्बन, आलिङ्गन, स्पर्श आदि मात्रै पनि होइनन् । प्रेम व्यवहारको बुझाइ र कर्म पनि हो । हामीले हाम्रो समाजमा प्रेमका विभिन्न प्रकारका रूपहरू पनि देख्दछौं । जस्तै उदाहरणका लागि हामीले इतिहासको एउटा घटनाबाट पनि केही बुझ्न सक्छौं । वि.सं. १९९७ सालमा गंगालाल श्रेष्ठलाई राणाहरूले खुट्टादेखि गोली ठोक्दै आत्मसमर्पण गर्न भने तर उनी लगायत चार जना वीर योद्धाहरू राणाहरूसँग आत्मसमर्पण गर्न तयार भएनन् किन भने त्यतिबेला राणाहरूबाट पीडित आम नेपालीलाई उनीहरू प्रेम गर्दथे वा असाध्यै माया गर्दथे, जनताको बोल्ने,
लेख्ने, पढ्न पाउने र सङ्गठन गर्न पाउने कुरालाई प्रेम
गर्दथे र त्यसैकारण उनीहरू राणाहरूसँग आत्मसमर्पण गरेर लत्रेनन् बरु आफनै ज्यानको बलिदान दिएर अमर सहिद बन्न पुगे ।
अर्काे एउटा सामान्य हाम्रै गाउँघरका दैनिक व्यवहारिक जीवनका घटनाबाट पनि अर्काे प्रकारको प्रेमको विषयलाई बुझन सक्छौं जस्तै ः एउटा किसानले आफूले गोठमा बाँधेका गोरुलाई प्रेम गरिरहेको हुन्छ उसलाई कुडो, घाँस, पराल हालेर हिष्टपुष्ट बनाएको हुन्छ । उसले गोठमा पालेको गोरुलाई यसकारणले प्रेम गरिरहेको हुन्छ कि ती गोठमा बाँधेर पालेका गोरुहरू हिष्टपुष्ट भए भने तीनले खेतबारीमा राम्रोसँग हलो तान्न र जोत्न सक्नेछन् । यसबाट उब्जनी बढाउन सकिनेछ भन्ने उद्देश्य उसले राखेको हुन्छ । यसरी किसानले गोरुलाई गर्ने प्रेम उब्जनीको उत्पादनसँग सम्बन्धित छ । एउटा उद्योगपतिले मजदुरलाई गर्ने प्रेम कस्तो हुन्छ त ? उसले मजदुरलाई यस कारणले प्रेम गरिरहेको हुन्छ कि उसलाई काममा लगाएर थोरै भन्दा थोरै पारिश्रमिक दिएर मजदुरको श्रमशक्तिबाट बढी भन्दा बढी फाइदा उसले लिन सकोस् भन्ने हुन्छ भने मजदुरले पनि आफूले गरेको श्रमशक्तिबाट आफ्ना जीवनका आधारभूत आवश्यकता परिपूर्ति हुन सकोस् भन्ने हुन्छ यसरी एउटा उद्योगपतिको उद्देश्य स्वार्थ र प्रेम नाफासँग सम्बन्धित रहेको हुन्छ । त्यस कारण यिनीहरू बीचको प्रेम जहिले पनि स्वार्थपूर्ण हुन्छ । त्यसैले हामीले प्रेमलाई वर्ग सापेक्ष ढङ्गले नै बुझ्न पर्दछ । प्रेमका स्वरूपहरू पनि बेग्ला–बेग्लै समय, काल र परिस्थिति अनुसार बेग्ला–बेग्लै प्रकारका हुन्छन् भने मानिसको सोचाइ, विचार दृष्टिकोणबाट पनि प्रेमलाई बुझ्ने, महसुस गर्ने र त्यही अनुरूपको व्यवहार प्रदर्शन गर्ने गरिन्छ । सामन्ती वा पूँजीवादी समाजमा कसले कसलाई कति माया, प्रेम र आदर गर्दछ ? त्यसको मापदण्ड सम्पत्ति नै हुुन्छ । अहिले पनि हामीले देखिरहेका छौं । बाउको छोराप्रतिको स्नेह वा आदर उसले
(बाउले) आर्जन गरेको सम्पत्तिले छुट्टाउँछ । कुनै प्रेमिकाले आफ्नो प्रेमीलाई पनि उसको आर्थिक वा सामाजिकस्तरका आधारमा नै प्रेम गर्दछिन् । कुनै पत्नीले पतिलाई गर्ने प्रेम र आदर लोग्नेको सम्पत्ति, कमाइ तथा गहना, कपडा, पद, प्रतिष्ठा, घर, बंगला, सवारीका साधनकोस्तर अनुसार निश्चित हुन्छ ।
दाजुभाइ, दिदीबहिनी, ईष्टमित्रका बीचको पारस्परिक प्रेम र आदरलाई अन्ततः त्यही व्यक्तिगत स्वार्थ सम्पत्ति वा लाभका आधारमा नाप्ने र तौलने गरिन्छ र अर्कातिर तिनै कुराहरू पारस्परिक मनमुटाव, तनाव वा झगडाका स्रोत पनि हुन्छन् । निश्चय नै यी सबै कुराहरूलाई निरपेक्ष सत्यका रूपमा लिन हुन्न र ती कुराहरूलाई सापेक्षित अर्थमा नै बुझ्नुपर्दछ । आजको पूँजीवादी समाजमा बजारमा बेच्न राखेको मासु झैं बनाइएको छ प्रेमलाई भने त्यही प्रकारको प्रेमको अनुशरण गर्ने मनुवाहरूको अहिले पनि ठूलो जमात रहेको हामी देख्दछौं । तर यस प्रकारको बुझाइ जनताको पंक्तिमा सधैं रहिरहने छ भन्ने होइन उत्पादन प्रणालीको विकास र उत्पादन सम्बन्धको अन्तरविरोध र अन्तरसम्बन्धलाई जब सही ढङ्गले बुझ्न जनता सफल हुनेछन् वास्तविक प्रेमको स्वरूपलाई चिन्न पनि उनीहरू सफल हुनेछन् । प्रेमकै विषयमा मसालका महामन्त्री क. मोहनविक्रम सिंह लेख्नुहुन्छ ‘उच्च निश्वार्थ सच्चा प्रेमको विकास कुनै नाता सम्बन्धमा होइन, क्रान्तिकारी वर्ग सङ्घर्षमा हुन्छ । क्रान्तिकारी सङ्घर्षको दौरानमा देखापर्ने पारस्परिक घनिष्ठ, निश्वार्थ र सच्चा प्रेमका तुलनामा पारस्परिक व्यक्तिगत स्वार्थ, सम्पत्ति र लाभ माथि आधारित पारिवारिक प्रेमको प्रकृति एकदम संकिण, सीमित र तुच्छ हन्छ ।’
वास्तवमै एउटा मजदुरको पीडा मजदुरले मात्र राम्रोसँग बुझ्न सक्दछ । किसानको पीडा पनि किसानले नै राम्रो गरी बुझ्नसक्छ । त्यसैले मजदुरको जीवनमा मजदुरले जति अरुले प्रेम गर्न सक्दैन र किसानलाई पनि किसानले नै बढी माया गर्छ । यसरी हामी के बुझ्न सक्छौं भने प्रेम कैयौं प्रकारका हुन् सक्छन् जस्तै मित्र प्रेम, पत्नी प्रेम, पतिप्रेम, प्रेमी–प्रेमिका प्रेम, प्रकृति प्रेम, राष्ट्र प्रेम, मानवता प्रेम आदि आदि । प्रेमका सिद्धान्तहरू मानव सभ्यताको सङ्घर्षबाट प्रतिपादित भएका हुन् । हामी यस प्रकृतिमा के देख्छौं भने हरेक प्राणीमा कामवासना छ । यौन आकर्षण छ । प्रेम रस
छ । तर मानिसले मात्रै यी सबैको उचित व्यवस्थापन
गर्दछ । किनकि, विवेक मानिससँग मात्रै छ । प्रेमप्रतिका गलत मान्यताले गलत परिणाम र दुर्घटनाहरूले हाम्रो सामाजिक जीवनमा प्रशस्त मात्रामा ठाउँ लिएका छन् । विपरित लिङ्गीय यौन वा वासनाको आकर्षकलाई प्रेमको आडम्बरबाट हटाउने हो भने प्रेम शरीरको आवश्यकता भन्दा विचारधारात्मक सम्बन्धको विशिष्ट तत्व हुन जान्छ । हाम्रा इन्द्रीयहरू चेतनासहितका भएकाले तिनले समानता–असमानता, विचार–कुविचार, कर्म–कुकर्म, नैतिक–अनैतिक, प्राकृतिक–अप्राकृतिक, मेल–अनमेल, कानुनी–गैरकानुनी सीमाहरूको सीमाङ्कन गर्न सक्छन् । यसै सन्दर्भमा नै प्रेमका सम्बन्धहरूले आफ्नो अर्थलाई स्पष्ट गर्न सक्छन् ।
जीवनका अनुभूतिहरूमा प्रेम एउटा उच्च र महŒवपूर्ण विषय बन्न सक्दछ । हामीले विगतका इतिहासदेखि अहिलेसम्मको प्रेमका विषयलाई सुक्ष्म ढङ्गले अध्ययन र अनुसन्धान ग¥यौ भने सही अर्थमा प्रेमको विषयमा त्यसको निचोड वा निश्कर्ष माक्र्सवादले दिएको छ । त्यसैले होला कम्युनिष्ट लिगमा माक्र्स र एगेल्सले ‘सबै मानिसहरू दाजुभाइ हुन्’ भन्ने पहिलेको निम्न पूँजीवादी नारालाई हटाउँदै त्यसको ठाउँमा सर्वहारावर्गको वर्गसङ्घर्षको अन्तर्राष्ट्रिय चरित्र दर्शाउने ‘सबै मुलुकका मजदुरहरू हो, एक होउ ।’ भन्ने नारा सन १८४८ को कम्युनिष्ट घोषणापत्रमा जारी गरेका थिए र घोषणापत्रको अन्त्यमा यो लेखिएको छ । ‘सर्वहाराहरूको आफ्नो सिक्रीबाहेक गुम्ने भन्ने कुरा केही पनि छैन । जित्नका लागि उनीहरूका सामु संसार छ ।’ संसार निर्माण गर्ने मजदुर किसान र श्रमजीविवर्गले आफनो शक्ति र ताकतको पहिचान गर्दै अहिले पनि अगाडि बढने साहस र आँट गर्नु पर्दछ । तब वर्गीय प्रेमका आँकुराहरू अंकुराउन थाल्नेछन् । वास्तवमा वर्गीय प्रेम त्यो शोषित वर्गको प्रेम हो, त्यसप्रकारको प्रेम गुणात्मक रूपले नै पूँजीवादीवर्गको बीचमा पाइने प्रेमभन्दा पवित्र निःश्वार्थ र उत्कृष्ट हुन्छ रु

प्रकाशित मितिः   ३१ असार २०७३, शुक्रबार १०:००