विकृतिरहित पर्व
हिन्दु धर्मावलम्बीहरुको अर्को महङ्खवपूर्ण पर्व तिहार सुरु भएको छ । यो पर्वका आफ्नै विशेषता छन् । हुन त प्रत्येक चाडपर्वहरु मनाउनुको विशिष्ट अर्थ र उद्देश्य हुन्छन् । युगौ युगदेखि तिनका महङ्खव रहँदै आएको हुन्छ । त्यसैले त पर्वहरु संस्कृति र संस्कारको रुपमा स्थापित भएका छन् । मानव जीवनशैलीकै अभिन्न पक्ष बनिबसेका छन् ।
चाडपर्वहरुको उत्पत्ति स्थानीय परम्परा, व्यक्ति विशेषबाट सिर्जना गरिएको संस्कृतिबाट भएको नभई सनातनी वैदिक धर्मग्रंथ, विभिन्न धर्मसूत्र, पौराणिक कृत्य र आचार संहितामा उल्लेख गरिएका कृत्य हुन् । यिनलाई मनाउने शैली र नियम बैदिक र पौराणिक काव्यहरुमा उल्लेखित गरिएको देखिन्छ । तर पछिल्लो समय पर्व मनाउने क्रममा धेरै विकृतिहरू पनि देखिएका छन् । जसले पर्वहरुलाई विकृत बनाएका छन् । देखावटी आडम्बरले पर्वहरुको मर्म ओझेलमा पारेका छन् । आडम्बरयुक्त व्यवहार बढ्दै जाँदा सांस्कृतिक पक्ष हराउँदै गएको छ । अर्कोतर्फ चाडपर्वको समयमा अपराध बढेको छ । मिठो खाने पर्वको मर्म भुलेर मदिरा पीउने, जुवातास खेल्ने विकृति फैलिएका छन् । रमाइलो र सद्भावयुक्त हुनु पर्ने चाडपर्व मदिराका कारण कलहपूर्ण हुने गरेका दृष्य जताकतै देखिन्छन् । झै–झगडा भएका, लडाई, कुटपिटदेखि हत्यासम्मका घटना चाडपर्वको समयमा वर्षेनी हुँदै आएका छन् । त्यसकारण पनि सुरक्षा निकायले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाउनुपर्ने अवस्था सिर्जन भएको छ । यो विलकुल ठिक होइन ।
तिहारमा जुवातास अनिवार्य जस्तै बनेको छ पछिल्लो समय । हजारौमा होइन लाखौं र करोडौको जुवातास चल्न थालेको छ । हरेक वर्ष प्रहरीले जुवाखालबाट पक्राउ गर्ने र मुद्दा चलाउने नगरेको पनि होइन । तर यस्तो विकृति रोकिन भने सकेको छैन । अभिभावकहरुले चाडपर्वको समयमा जुवामै रमाउने र समय बिताउने गर्न थालेपछि त्यसको प्रत्यक्ष असर बालबालिकामा पनि परेको छ । लुकिछिपी बालबालिका पनि जुवातास खेल्न थालेका छन् । यो निकै डरलाग्दो समस्या हो । जुवाकै कारण कयौंका घरबास उठेका छन् । वर्षौ ऋणको भारी बोक्नुपरेको छ । आवश्यकताभन्दा बढी धनको नाश गरेर चाडपर्व मनाइदा त्यसको असर सिंगो परिवार र समाजलाई समेत परेको हुन्छ । यसकै कारण घरपरिवारमा कलह सिर्जना हुने र कतिपय अवस्थामा सामान्य कलहले ठूलो रुप लिँदा हत्याकै घटना पनि निम्तिएका प्रशस्त उदाहरण छन् ।
पर्वहरु धार्मिक र सांस्कृतिक महङ्खवका हिसाबले मात्र नभई सामाजिक हिसाबले पनि महङ्खव बोकेका परम्परा हुन् । पुनर्मिलन, सद्भाव र भाइचारा बढाउन यिनको भूमिका महङ्खवपूर्ण रहँदै आएको छ । तर यसलाई विकृतिरहित बनाउनेतर्फ सबै सबै सचेत हुनैपर्ने भएको छ ।
साझा बिसौनी ।