दुव्र्यसन र मुलुकको भविष्य

खगेन्द्रप्रसाद भट्टराई ‘भावुक’
सामान्य अर्थमा लागूपदार्थ भन्ने शब्द, लागू र पदार्थ दुई शब्द मिलेर बनेको शब्द हो । जसमा लागू भनेको लाग्ने र पदार्थ भन्नाले विभिन्न किसिमका गाँजा, भाङ, चरेस, हिरोइन जस्ता खराब चिजहरूलाई बुझाउँदछ । यस अर्थमा लागूपदार्थ भन्नाले मानिसको स्नायु र मस्तिष्कलाई प्रत्यक्ष प्रभाव पारी शरीरका अङ्गहरूलाई शिथिल एवम् उत्तेजित बनाउने पदार्थलाई लागूपदार्थ भनिन्छ । यस अन्तर्गत गाँजा, भाङ, चरेस, कोकिन, ब्राउनसुगर, हिरोइन आदि पदार्थहरू पर्दछन् । अहिलेको वर्तमान अवस्थामा विभिन्न व्यक्तिहरू लागूपदार्थ दुव्यर्सनमा फसेको पाइन्छ । लागूपदार्थको कुलतमा फसेका व्यक्तिलाई दुव्र्यसनी भनिन्छ । दुव्र्यसनी भन्नाले गाँजा, भाङ, चरेस जस्ता खराब चिजहरूमा फसेको वा छुट्टाउनै नसक्ने अवस्थामा पुगिसकेको व्यक्तिलाई बुझाउँदछ । 
लागूपदार्थ दुव्यर्सनमा विभिन्न व्यक्तिहरू फसेको पाइन्छ । कति मान्छे त लागू पदार्थको बारेमा थाहा नै नपाइ लागिरहेको पाइन्छ । र कति व्यक्तिहरू थाहा पाएर पनि कुलतमा फस्ने गरेको पाइन्छ । नेपालमा पनि लागूपदार्थमा बालकदेखि वृद्धसम्मका व्यक्तिहरू लागेको पाइन्छ । बढ्दो सहरीकरण, गरिबी र बेरोजगारीको समस्याका कारणले गर्दा नेपालमा लागूपदार्थ दुव्यर्सनीको संख्या वर्षेनी बढ्दै गएको छ । झण्डै एक लाख ६० हजार दुव्र्यसनी नेपालमा रहेको पनि विभिन्न संघसंस्थाहरूले बताएका छन् । त्यसमा महिला र विद्यार्थीहरू पनि छन् । लागू पदार्थको कारोबार र दुव्र्यसनी नियन्त्रण गर्न दिनप्रतिदिन विभिन्न किसिमका प्रयासहरू भएका छन् । तर, पनि अझै सरकारले राम्रोसँग नियन्त्रण गर्न सकेको छैन । लागूपदार्थ ओसार–पसार गर्नेलाई विभिन्न किसिमका सजाय र जरिवानाको पनि व्यवस्था नेपाल सरकारले गरेको छ । साधन स्रोत र जरिवानाको पनि व्यवस्था नेपाल सरकारले गरेको छ । साधन स्रोत र दक्ष शक्तिको अभावले गर्दा लागूपदार्थ दुव्र्यसन नियन्त्रण गर्न सकिएको छैन । कतिपय शिक्षित मानिसहरू पनि यसमा फसेको पाइन्छ । उनीहरू अन्य साथीहरूको सङ्गतमा लागेर फसेका हुन्छन् । त्यसैले आफूले कस्तो मानिससँग सङ्गत गर्नुपर्दछ र म कस्तो मानिससँग सङ्गत गरिरहेको छु भन्ने कुरा थाहा पाउन जरुरी छ ।
 अहिलेका युवाहरू पढ्दै हुन्छन्, तर पनि उनीहरू लागूपदार्थ ओसार–पसार गर्ने कार्यमा सक्रिय हुन्छन्, यस्ता युवाहरूलाई विभिन्न किसिमका कारबाही गरेपछि मात्र लागूपदार्थ ओसार–पसार कम हुन्छ, नत्र भने दिन प्रतिदिन यसको व्यापक ओसार–पसार हुन सक्दछ । लागूपदार्थ सेवन गर्ने व्यक्तिहरूमध्ये, ६५ प्रतिशतले सुईको माध्यमबाट लागूपदार्थ प्रयोग गरेको पाइन्छ र २६ प्रतिशतले एक पटक प्रयोग भइसकेको सुई साथीभाइको एक आपसमा साटासाट गरी प्रयोग गरेको पाइन्छ । यसले गर्दा धेरै व्यक्तिहरूको अकालमै मुत्यु भएको पाइन्छ, यसको रोकथामका लागि विभिन्न ठाउँहरूबाट विभिन्न प्रयासहरू गर्न जरुरी छ । विद्यालयमा पनि शिक्षकहरूले लागूपदार्थ सेवन गर्नाले त्यसबाट विद्यार्थीहरूले सिकेको पाइन्छ । त्यसैले विद्यालयमा पनि शिक्षकहरूले विद्यार्थीलाई लागूपदार्थबाट पर्ने असरहरूको बारेमा बताउनु आवश्यक छ । त्यसैले दुव्र्यसनीले लागूपदार्थ प्रयोग गर्नलाई वा पैसा जुटाउनलाई समाजमा अनेक प्रकारका अपराध जस्ता घटनाहरू हत्या, चोरी, डकैती तथा यौनविकृति र वेश्यावृत्तिमा ठूलो भूमिका खेलेका हुन्छन् । यसले गर्दा यस्ता समस्याहरूलाई हटाउन सबै व्यक्तिहरू मिलेर 
समाजमा यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरूलाई समाजबाटै हटाउनुपर्दछ । यस्तो समस्या युवाहरूमा बढी पाइन्छ । 
लागूपदार्थ दुव्र्यसनका कारणले गर्दा कतिपय मानिसहरू मानसिक सन्तुलन गुमाउने, विभिन्न अपराध गरी जेलमा पर्ने तथा मृत्यु हुनेसम्मका घटना हुने गरेको पाइन्छ । त्यसकारण यो युवाहरूका लागि डरलाग्दो समस्या बन्न पुगेको छ, त्यसैले यस्ता कामहरूमा कहिल्यै पनि नलागौं र अरुले भनेको कुरा पनि नमानौं । यसले गर्दा मानिसहरूमा विभिन्न किसिमका तत्कालीन र दीर्घकालीन असर परेको पाइन्छ । लागूपदार्थ दुव्र्यसनबाट स्वास्थ्यमा पर्ने असरहरू निम्न छन् । 
१. भोक नलाग्ने । 
२. स्मरण शक्ति कमजोर हुने । 
३. वान्ता हुने ।
४. शरीर शिथिल हुने । 
५. शरीरका प्रत्येक अङ्गहरू कमजोर बन्दै जान्छन् । 
६. पेट, आन्द्रा, मुख र घाँटीको क्यान्सर हुने सम्भावना हुन्छ । 
७. सामाजिक अपराध र विकृति बढ्छ । 
८. निरन्तरको सेवनबाट मृत्यु हुन सक्छ । 
माथिका असरहरू थाहा पाएर पनि मानिसहरू यसमा फसेको पाइन्छ, त्यसैले हामीहरू कोही पनि यसमा नलागौं र आफ्नो जीवन लामो समयसम्म बिताऔं । यसले गर्दा विभिन्न मानिसहरूको ज्यान समेत लिन सक्छ, त्यसैले अहिलेदेखि हामी सबै युवाहरू सचेत हुन जरुरी छ । युवाहरू भनेका भविष्यका देशका कर्णधार हुन्, यिनीहरू नै लागूपदार्थमा लाग्छन् भने हाम्रो देशको स्थिति कस्तो होला ? त्यसैले आफू पनि नलाग्ने र लागेका व्यक्तिहरूलाई सम्झाएर र बुझाएर उनीहरूलाई पनि त्यसबाट छुटाउने प्रयास गर्नुपर्दछ । विभिन्न युवाहरूदेखि लिएर बच्चाबच्ची र विद्यार्थी समेत यसमा समावेश भएको पाइन्छ, उनीहरू लागूपदार्थ दुव्र्यसनमा फस्नुका कारणहरू निम्न छन् । 
१. खराब व्यवहार भएका साथीसँग सङ्गत गर्नु ।
२. घरमा झगडा भइरहनु । 
३. लागूपदार्थको सेवनबाट हुने असरको बारेमा राम्रो जानकारी नपाएर ।
४. असफलता, निराश र बेरोजगारीको समस्याले सताएमा । 
५. आमा बाबुले आफ्नो छोराछोरीको रखेदेख नगरेर र आवश्यकता भन्दा धेरै पैसा दिएर ।
६. लागूपदार्थको कारोबार तथा सेवन गर्ने व्यक्तिलाई सरकारले कडा भन्दा कडा दण्ड सजाय दिन नसक्नु आदि । 
माथिका सबै कारणहरूले गर्दा पनि मानिसहरू लागूपदार्थ दुव्र्यसनमा फसेको पाइन्छ । त्यसैले जबसम्म हामीहरूले यस्ता कारणहरू न्यूनीकरण गर्न सक्दैनौं, तबसम्म लागूपदार्थ दुव्र्यसनमा लाग्ने व्यक्तिहरू दिन प्रतिदिन बढ्दै जान्छन्, त्यसैले हामीहरू सबै यस्ता क्रियाकलापबाट टाढा रहनु जरुरी छ । विभिन्न समाचारहरूलाई पनि दिनप्रतिदिन यसकै बारेमा चर्चा भएको पाइन्छ । यसरी यस्ता समस्याहरूलाई हटाउन एक जना व्यक्ति लागेर मात्रै केही हुँदैन । त्यसैले प्रत्येक व्यक्ति आफ्नो ठाउँबाट लाग्न जरुरी छ । हामीले आफूले अध्ययन गरेका कुराहरू व्यवहारमा लागू गर्न सकेनौं भने हाम्रो प्रगति कहिल्यै पनि हुँदैन । हाम्रो समाजमा पनि यस्ता क्रियाकलापहरू हुने गरेको पाइन्छ । विभिन्न मानिसहरू लागूपदार्थ प्रयोग गर्नको लागि समाजमा विभिन्न किसिमका नराम्रा क्रियाकलापहरू गरेको पाइन्छ । यस्ता नराम्रा र नचाहिने समस्याहरूलाई हटाउन आजैदेखि लाग्नुपर्दछ । यदि लागूपदार्थ दुव्र्यसनमा जानी नजानी पनि हामी लागिहाल्यौं भने, त्यसबाट बच्न के–के गर्नुपर्ला ? लागूपदार्थ दुव्र्यसनबाट बच्ने उपायहरू निम्न छन् । 
१. लागूपदार्थ सम्बन्धी शिक्षा प्रदान गर्ने ।
२. व्यक्ति आफू स्वयम् सचेत हुने र लागूपदार्थ सेवन नगर्ने ।
३. दुव्र्यसनीको सङ्गत नगर्ने, दुव्र्यसनीलाई त्यस्ता क्रियाकलाप त्याग्न सल्लाह दिने । 
४. घरपरिवारको वातावरणलाई शान्त र अनुशासित बनाउने । 
५. लागूपदार्थ सम्बन्धी वस्तुहरू चाख्ने बानी नगर्ने । 
६. लागू पदार्थको ओसारपसार नियन्त्रण गर्ने । 
७. असफलता, निराश र बेरोजगारी जस्ता समस्याको समाधान लागूपदार्थको सेवन होइन भन्ने कुरा बुझ्नु पर्दछ । 
८. लागूपदार्थको कारोबार तथा सेवन गर्ने व्यक्तिलाई सरकारले कडाभन्दा कडा दण्ड सजायको व्यवस्था गर्न सक्नुपर्दछ आदि । 
यदि हामी लागूपदार्थमा लागिहाल्यौं भने पनि माथिका उपायहरू अपनाएमा त्यसबाट बच्न सक्दछौं । त्यसैले यस्ता क्रियाकलापहरू आफू पनि नगरौं र अरुलाई पनि नगर्न आग्रह गरौं । यसले मानिसको ज्यानसमेत लिन सक्छ, मानिसको ज्यानभन्दा अरु केही पनि ठूलो छैन ।  जबसम्म हाम्रो शरीरमा कुनै पनि रोग लाग्दैन तबसम्म हामीहरूले विभिन्न किसिमका कामहरू गर्न सक्दछौं, यसले मानिसलाई अल्छी बनाइदिन्छ । त्यसैले आजैदेखि हामी सम्पूर्ण नेपालीहरू लागूपदार्थ दुव्र्यसनमा आफू पनि नफसौं, अरुलाई पनि फसाउने काम नगरौं र फसेको व्यक्तिहरूलाई पनि त्यस्ता क्रियाकलापबाट हटाउने प्रयास गरौं यदि हामीले यस्ता नराम्रो क्रियाकलापहरूलाई हटाउन सकेमा हाम्रो परिवार, समाज र राष्ट्र नै विकसित र राम्रो हुन सक्दछ ।
प्रकाशित मितिः   ८ बैशाख २०७३, बुधबार ०२:४४