सुर्खेतबाट तीन हजार बढी खसी निर्यात

सुर्खेत : दशैँ–तिहारलाई लक्षित गरेर सुर्खेतबाट तीन हजार बढी खसी काठमाडौं र पोखरा निर्यात गरिएको छ । सुर्खेतको बराहताल गाउँपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न महिला सहकारीमा आवद्ध महिलाहरूले पालेका तीन हजार सात सय ७९ खसी काठमाडौँ पठाइएका हुन । तीन वटा स्थानीय तहमा रहेका आठ वटा महिला सहकारीमा आवद्ध महिलाहरूले पालेका खसी काठमाडौं निर्यात गरिएको हो ।

महिलालाई व्यावसायिक र आत्मनिर्भर गराउनका लागि कृषि तथा पशुपालन व्यवसायमा सहकारीहरूले आवद्ध गराएका छन् । महिलाहरूले सहकारीबाट ऋण लिएर कृषि तथा पशुपालनलाई व्यावसायिक गराउन थालेका छन् । सहकारीहरूले महिलाहरू र गाउँका अन्य कृषकहरूले पालेका खसी सहकारीले संकलन केन्द्र स्थापना गरेपछि कृषकहरूले उचित मूल्य पाएका छन् । यसमा हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाले साना किसानहरूको संस्था सवलीकरण परियोजना मार्फत प्राविधिक र बजारीकरणमा सहयोग गर्दै आएको छ । परियोजनाले महिलाहरूलाई बाख्रापालन सम्बन्धी तालिम तथा प्राविधिक सहयोग गरेको हो ।

कृषकहरूले जिउँदो खसीको प्रतिकेजी पाँच सय रूपैयाँ बिक्री गरेका छन् । उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्था, उपहार सामाजिक उद्यमी महिला सहकारी, सफलता सामाजिक उद्यमी महिला सहकारी, सामाजिक उद्यमी महिला सहकारी, भेरीकिनारा सामाजिक उद्यमी महिला सहकारी, त्रिवेणी सामाजिक उद्यमी महिला सहकारी र लाटीकोइली सामाजिक उद्यमी महिला सहकारीबाट खसी काठमाडौं निर्यात भएका हुन । सहकारीमा आवद्ध सबै महिलाले अनिवार्य रूपमा बाख्रापालन गर्ने गरेका छन् । सहकारीमार्फत संकलन केन्द्र स्थापना भएपछि बाख्रापालन कृषकलाई राहत भएको छ । कृषकहरूले बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको बताएका छन् । संकलन केन्द्र मार्फत खसी बिक्री गर्दा उचित मूल्य पाउने भएकाले आफूहरूलाई राहत भएको कृषकहरूको भनाइ छ ।

बराहताल गाउँपालिका वडा नं. ८ कपासेका मुना पोखरेलले गाउँमा संकलन केन्द्र स्थापना भएपछि आफूहरूलाई सहज भएको बताइन् । ‘घरमै व्यापारी आउँदा अनुमानको भरमा बिक्री गर्नुपर्ने हुन्थ्यो । अहिले संकलन केन्द्र भएपछि हामीले उचित मूल्य पाएका छौँ’ उनले भनिन् । ो । अहिले संकलन केन्द्र भएपछि हामीले उचित मुल्य पाएका छौँ’ उनले भनिन् ।

प्रकाशित मितिः   १६ आश्विन २०७६, बिहीबार १४:१८