तालबाराही मन्दिरबाट पोखराको दर्शन

(गत अंकको बाँकी)
चित्रकार दाजु यादवचन्द्र भुर्तेल मलाई घरमा लिन बसपार्कमा पर्खेर बस्नु भएको रहेछ । म बसबाट ओलिर्न वित्तिकै साइकल डो¥याउँदै भाइ पोखरा आइपुगेकोमा स्वागत छ भन्नुभयोे । मैले पनि दाजु सलाम गरेर न्यानो हात मिलाएको थिएँ । दुवै जना उहाँको नजिकै नाकढुङ्गा घरतिर पैदल लाग्यौं ।

बाटोमा दाजुले पहिलेदेखि साइकल चढ्ने बानि परेकोले यो सहित १२ वटा साइकल चढेको कुरा सुनाउनुभयो । ‘११ वटा साइकल घरबाट चोरी लगिदिए । यो चाइनिज साइकिल एक लाख पचत्तर हजार खर्चेर किनेको हुँ ।’ म पनि पहिलो पटक यति महँगो साइकलको मोल सुनेर दंग परें । ८३ बर्षको उमेरमा यसरी साइकल चढेर काममा दौड्नु नेपालमै उदाहरणीय काम गर्नु भएको रहेछ दाजु भनें । म सुर्खेत जिल्ला विकास समितिको सदस्य हुँदा स्थानीय निकायका जनप्रतिनिधि कार्य सम्पादन गर्न प्रशिक्षण गर्न भनि डाँसु डेनिडा आएनजिओ लागू भएको थियो । त्यसले डेनमार्कको स्थानीय निकायको अध्ययन अवलोकन भ्रमण गर्ने मौका मिलाएको थियो । डेनमार्क पुरै देश नगरपालिका भईसकेको रहेछ । शक्ति विकेन्द्रीकरण गरेर विकास निर्माणदेखि जनताका दैनिक कार्य नगरपालिकाले नै गर्ने रहेछ । नगरपालिकाले नै निःशुल्क साइकिल राखिदिएको रहेछ । प्रायः मानिसहरू त्यही फ्रि साइकिलमा दौड्दा रहेछन् । साइकल चढ्दा कसरत पनि हुने, स्वास्थ्य राम्रो हुने, तेल खर्च पनि नहुने अनि आर्थिक मितव्ययिता हुनेरहेछ । युरोपियन मुुलुकहरूले हरेक क्षेत्रको विकास कति जानेका होलान् । राज्यले जनपक्षिय निति निर्माण गर्ने, त्यही नीति निर्माणमा नैतिक रूपले जनता पनि सचेत भएर प्रयोग गर्दा रहेछन् । व्यक्तिले गर्ने अनियमित खर्चले पनि राज्यलाई भार बनाउदो रहेछ । देशलाई समुन्नत गराउन हरेक नागरिकको दायित्व रहेछ भन्ने डेनमार्कको राज्य नागरिकले पालना गरेको देख्दा लागेको थियो । हाम्रो त आडम्बरी सान देखाउन ऋण गरेर तेल खर्च गर्ने, यातायातका साधन किन्ने । विश्वमा भाडामा श्रम बगाउन गएर श्रीमतिलाई बजारमा छोराछोरी पढाउन बसाल्ने, बुढा बाबाआमाले गाउँमा खेती गर्ने प्रवृतिले गरीब भएका छौं । सिँचाइ खेतहरू समेत बाँझो रहने क्रिया बढ्दो छ । सन्तुलित खानाको व्यवस्थापन नगर्ने, जाँडरक्सी मासु क्यामिकलयुक्त खाना जथाभावी खाने, उपचारमा लाखौं करौडौं खचिएर अल्पआयुमा मृत्युमा पुगेर गरीब हुँदै आइरहेका छौं । उदाहरणको रूपमा जनता माझ उभिने व्यापारी उद्योगपति, राजनीतिज्ञ, कर्मचारीतन्त्र दिन प्रतिदिन कमिशन भ्रष्टचार गर्न, करछली गरी अकुत सम्पत्ति कमाउने,सामन्ती प्रवृति छाड्न नसक्दा नै बेथिति बढेको डेनमार्कको प्रशिक्षणबाट ज्ञान प्राप्त गर्न पुगेको थिएँ ।

हामी नेपालीले त्यस्तो देश कहिले बनाउन सकिएला ? त्यो अवलोकन प्रशिक्षण प्राप्त ज्ञानलाई डेनमार्कको भ्रमण डायरी यात्रा संस्करण पुस्तक प्रकाशन गर्न पुगें । तपाई युरोपियन जस्तो वृद्धअवस्थामा पनि सक्रिय भएर चित्रकला, साइकिल चलाएर स्वास्थ्य रक्षा, आर्थिक उपार्जन गरी मितव्ययिता अपनाउनु भएको रहेछ । राज्यले तपाईं जस्ता सवल नागरिकलाई मिडियामा छाएर अभिनन्दन गर्नुपर्छ । पूर्ण लोकतान्त्रिक मुलक भए त तपाईंलाई ठूलो राष्ट्रिय सम्मान दिने थियो । हाम्रो त गणतन्त्र प्राप्त भएपनि अझै निरंकुश सामान्ती धङधङ्गी गएको छैन । राम्रो कार्यको सम्मान गर्न कञ्जुस्याई गरिरहेका छन् भनि कुरा गर्दै दाजुको घर नागढुङ्गा पुगेका थियौं । चारतले आधुनिक पक्की भवन देखाउँदै उहाँले भन्नुभयो, ‘यो घर आफ्नै श्रमले बनाउन सकेको हुँ भाई । यस घरमा कतै भ्रष्टाचार कमिशनको गन्ध छैन ।

लामो यात्रा गरेकाले शरिर थाकेको थियो । केहीबेर आराम गरें र खाना खाएँ । दिउँसो १ बजे निन्द्राबाट ब्यूँझिएर दाजुलाई फेवाताल यहि छेक पारेर हेर्न जान्छु भनें । म पनि तपाईलाई साथ लिएर नै हेर्न साथ दिन्छु जाउँ भन्नुभयो । नगर बस चढ्न चोकसम्म पैदल पुगेपछि बस आयो । हामी त्यसैमा चढ्यौं । बस चल्न थालेपछि दाजुले गतवर्षको कार्तिकदेखि चैत्रसम्म युरोपियन युनियनका २६ देशको अध्ययन अवलोकन गर्ने मेरी श्रीमति समेतलाई सुनौलो मौका मिल्यो भाई । कति सुन्दर तरिकाले उच्च भौतिक अध्यात्मिक विकास उच्च चेतना सहितको सामाजिक विकास राज्य व्यवस्थापन साना ठुला राष्ट्रहरूले गरेको देखर चकित भएँ । फ्रान्कले भनेको प्रत्येक मानिस आफु स्वतन्त्र भएर जिवन बाँच्ने अधिकार छ । त्यो युरोपमा देखियो । १८ वर्ष उमेर पुगेपछि छोराछोरी घर छाडेर बाहिर जानुपर्ने बाबुआमाको सम्पत्ति पनि ४० प्रतिसत सरकारलाई कर तिरेपछि ६० प्रतिसत हक लाग्ने त्यो पनि बाबुआमा जिवित छँदा नै दिन सक्ने नीति राम्रो लाग्यो । यस्तो राज्यको नियम सामाजिक परिपालन छोराछोरी दक्ष हुनुपर्ने तबमात्र सजिलो जिवन जिउन सक्ने हुनेरहेछन् । हाम्रो त बाबुआमाले अनेकौं दुःख कष्ट गरी सम्पत्ति आर्जन गर्ने कसैले अनेकौं विकृति गरी सम्पत्ति थुप्रयाउने गर्छौ । बाबुआमाको सम्पत्तिमा कति छोराछोरीहरू मोजमस्ती गर्छन् । कहिले त्यही सम्पतिको लागि मुद्दा मामिला गर्न पुग्छन् । बुढेसकालमा कमाउने बाबुआमा नपाल्ने, दुःख दिने पनि गर्छन । त्यहाँ त हरेक देशले बृद्ध भए बृद्ध भत्ता बृद्धशालाको व्यवस्था गरेको रहेछ । हरेक नीति नियम पनि हरेक नागरिकको पहुँचमा प्रजातान्त्रिक ढङ्गले निर्माण गरिएको रहेछ । नगरिक पनि हरेक नितिनियम नैतिक रूपले पालना गर्ने क्रियाले सुन्दर बनाएको पाएँ युरोप । हाम्रो देशको हरेक क्षेत्र अहिले पनि सामान्तवाद वरिपरि घुमिरहेको छ । साहित्यका अनेकौं विधामा उच्च सिर्जना गर्ने सर्जकको मूल्याकंन हुन सकेको छैन । समालोचना गर्दा पुरस्कार दिँदा आस्था, कृपा आन्तरिक सम्झौता झुन्डिएको छ । अनेकौं कठिनाइ भोग्दै मोफसलमा बसेका सर्जकहरूले कति उच्च साहित्य सिर्जना गरेका छन् । मेरा नौ जना चेलाले पुरस्कार पाएपछि भुर्तेललाई अन्याय भयो भनेर बल्ल राष्ट्रिय पुरस्कार दिएका थिए । अहिले पनि अर्थ बर्थका गित गाउनेहरू छन्दमा लामो ढोगी काव्य सुरिलो स्वरमा पाठ गर्नेहरू नै पुरस्कृत हुन्छन् वा वा पाउँछन् । यो सामान्ती प्रवृति दिनेलिनेमा हटेको छैन । जुन साहित्यले दिशा निर्देश र आनन्द दिन सक्छ त्यही उत्कृष्ट साहित्य हो भन्नुभयो ।

भुर्तेल दाईका गफ सकिनै लाग्दा फेवाताल पुगेका थियौं । विशाल फेवाताल माछापुछ«ेको छाँया लिएर पछारिएको थियो । आकाशमा फाट्टफुट्ट बादलका थुम्काहरू देखिएका थिए । मन्दमन्द हवा चलिरहेको थियो । ताल छेउमा काठका डुङ्गा यात्रीलाई बिहार गराउँन तम्तयार भएर उभिएका थिए । बिहार गर्दा अनिवार्य लाइफ जाकेट लगाउनुपर्ने नीति नगरपालिकाले बनाएको रहेछ । प्रत्येक जाकेटको रू. १०।– भाडा दिएर दुई भाइले लगायौं । डुङ्गाले तालबराही मन्दिर जान प्रत्येक व्यक्तिको रु.६०।– लिएर मन्दिर पु¥यायो । मन्दिर वरिपरि परिक्रम गरी बेन्चमा आई दुई भाइ बस्यौं । उत्तरमा चाँदी जस्ता हिमाल देख्दा दाईलाई त्यो कुन हिमाल होला भनि सोधें । दाईले पोखराको सुन्दरता झल्काउने पर्यटक पल्काउने त्यही अन्नपूर्ण हिमालय श्रृंखलाको माछापुछ«े त हो भन्नु भो । मैले पनि यो पोखरा उपत्यका बीचमा विशाल तालहरू वरिपरि हिमाल पहाड मानव बस्ती देख्दा अनेकौं देवदेवीका मन्दीर, गुम्बा, गुफा देख्दा कुनै स्वर्गीय अलौकिक स्थानमा पुगेको अहिले अनुभूति भइरहेको छ दाई भने । अझै वरिपरिका डाँडाहरूमा बौद्ध मार्गीले बनाएका गुम्बामा पैदल पुग्दा र ध्यान गरी स्वस्थ्य हुँदा माथिबाट पोखरा ताल बस्ती देख्दा झनै मन उत्साहित हुन्छ भाइ, समय पाए ती बौद्ध बिहार पनि गएर अबलोकन गरी फर्किनुहोला भनि थप जिज्ञासा जगाउनुभएको थियो । मैले पनि सकभर यो यात्रामा पोखराका सबै पर्यटन स्थलहरू पुग्ने कोशिस गर्ने छु भने ।
(बाँकी अर्को साता)

प्रकाशित मितिः   १४ भाद्र २०७६, शनिबार १२:२३