समृद्ध कर्णालीको लागि पठन संस्कृति
कर्णालीका दुःख र पीडा बेचेर धेरै ‘अमान्छे’हरू पनि मान्छे बनेका छन् । गाउन जान्नेले गीत बनाएर, लेख्न जान्नेले कविता, कथा बनाएर, भाषण गर्नेले भाषण बनाएर, मिडियाकर्मीले समाचार बनाएर, प्रशासक–कर्मचारीहरूले अनुसन्धानपत्र बनाएर कर्णालीको कहर बेचे । तर यसको उत्थान र विकासका लागि कसले कहाँनेर के गरेका छन त ? यो पनि भनरहनुपर्ला र ? समस्या त सबैले दर्साइरहे, दर्साएकै छन् । तर समाधानका बारेमा कसले पो के गरेका छन र ? कर्णाली भौगोलिक रूपले त ठगिएकै थियो । शिक्ष, स्वास्थ, यातायात लगायत पूर्वाधारहरूमा पनि त ठगिएकै छ । राज्य संयन्त्रले पनि ठगेकै छ, राजनितिज्ञ र प्रशासकहरूले पनि ठगेकै छन । कर्णाली सबैतिरबाट पछाडि त प¥यो–प¥यो तर किन प¥यो भनेर कसैले भनेको छ ? के कसैलाई नि थाहा छैन यसको कारण ?
जरुर थाहा छ । किन नहुनु र ? तर हुँदाहुँदै पनि उनीहरू भन्न चाहन्नन् । किनकी उनीहरूलाई यहाँका सोझा जनताहरूमाथी शासनसत्ता लाद्न सहज भइरहेको छ । उनीहरू यो मौकालाई त्यति सजिलै फुत्किन किन दिन्थे र ? जबसम्म यहाँ यसै रहिरहन्छ, तबसम्म त्यहाँ त्यसै चलिरहन्छ ।
मैले यति भनिरहँदा तपाइहरूलाई पनि यसो लागिरहेको छ होला, तिमी पनि त उहीं प्रक्रिया दोहो¥याइरहेछौ । अरु लेख्नेहरूले झैं लेखिरहेछौ । यहाँका जनताहरूका दुःख–पीडा बेचेर आफूलाई अब्बल बनाउनेछौं अनि एकदिन तिनीहरूले जसरी नै चटक्कै छोडेर भाग्नेछाँै । तिमी अमान्छेबाट मान्छे बनिसक्छौं । हामी त न मान्छे नै बन्न सक्छौं न त अमान्छे नै रहिरहन पाउँछौं । बीचै बाटोमा ल्याएर अलपत्र पारिदिन्छौं तिमीहरू ढोंगी पण्डितले जस्तै हौ । लाग्नु स्वभाविकै पनि हो । यसबारेमा म प्रतिवाद गर्न सक्दिनँ । किनकी वर्षौंदेखि भाँचिएको मनलाई जोड्न साह्रै गाह्रो हुन्छ । दुई÷चार शब्द खर्चेर मात्रै त्यो मन जोडिदैन पनि । तर म छातिमा हात राखेर भन्न चाहन्छु, म कदापि त्यसो गर्न सक्दिनँ । जुन पीडा तपाईंहरूसँग छ त्यो पीडा मसित पनि छ । जुन दुर्दशा तपाईंहरूले देख्नु/भोग्नु भएको छ त्यो म स्वयम्ले पनि देखेको/भोगेको छु ।
यतिन्जेल कर्णालीलाई सबैले अनेक तवरले प्रयोग गरी मात्रै रहे, हाम्रो लागि हैन आफ्नै लागि, आफ्नै व्यक्तित्व बनाउनको लागि । तर अब उहीँ कथा उहीँ व्यथा कदापी दोहोरिन दिनु हुन्न । त्यो परम्परा, त्यो संस्कार दोहो¥याउने छुट अब कसैलाइ पनि छैन । न राजनीतिज्ञलाई छ न प्रशासकलाई छ न त लेखक बुद्धिजीवि वर्गहरूलाई नै छ । अब हामी कर्णालीलाई सुन्दर नगरी बनाउन चाहने हो भने हरेकले आ–आफ्नो क्षेत्रबाट आ–आफ्नो बलबुत्ता र बुद्धि विवेकले भ्याएसम्म खटिएर लाग्नु जरुरी छ ।
महाकविले भनेका छन् नि, ‘के नेपाल सानो छ ?’ पक्कै पनि सानो छैन । यहाँ के छैन र सबथोक त छ । विश्वकै अग्ला अग्ला हिमाल यही छन् । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभुमी पनि यहि हो । ठूल्ठूला ताल तलैया, छाँगा, छहरा र झरनाहरू यही छन् । हिमाल, पहाडदेखि लिएर तराइका फाँटहरू पनि यही देशमा छन् । विश्वमै नपाइने बहुमुल्य जडिबुटी र लोपोन्मुख पशुपंक्षी यही छन् । यसो भनौं प्रकृतिले यो देशलाई सिँगार पटार गरेर पठाइदिएको छ । यत्ती हो यहाँ छैन त केवल संस्कार छैन । राजनीतिक संस्कार छैन । जबसम्म यो संस्कार सुध्रिदैन तबसम्म यसलाई समृद्ध हुन्छ भन्नु एउटा दिवा सपना जस्तै कुरो हो ।
यतिबेला म समग्र नेपालभन्दा पनि कर्णालीमै केन्द्रित भएर लेख्दैछु । त्यसैले पनि अहिले त्यतातिर अलमलिन चाहन्न । कर्णालीकै वरिपरि रहेर लेख्न चाहन्छु । अघि पनि माथि भनिहालें के नेपाल सानो छ ? महाकविको भनाइलाई उद्धृत गरेर । फेरि पनि उनकै भनाइलाई सापटमा लिएर भन्न चाहन्छु, ‘के कर्णाली सानो छ ?’ के कर्णालीमा केही पनि छैन, शिवाय भौगोलिक विकटता ! हो यो सत्य हो हामीले सुगमता पाएनौं । तर अरु त यहाँ अथाह स्रोत सम्पदा छ नि । नेपालकै ठूलो ताल रारा ताल, ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो, लामो नदी कर्णाली अनेकन धार्मिक तथा सांस्कृतिक सम्पदा, बहुमूल्य जडिबुटी र लोपोन्मुख पशुपंक्षी लगायत के छैन यहाँ ? नेपाली भाषाको उद्गम स्थल यही हो, जुम्लाका स्याऊ भन्नुस्, दैलेखको ज्वालामुखी भन्नुस् के छैन यहाँ ? अब कसरी भन्नुहुन्छ कणालीमा केही पनि छैन, यो गरीब प्रदेश हो पिछडिएको प्रदेश हो । यसमा राज्यका आँखा परेनन्, शासकका आँखा परेनन् । यो त केवल यसबाट उम्किन खोज्ने बहाना मात्रै हो । यहाँ सब थोक छ । केबल चेतना र संस्कारको कमी भएको मात्रै हो । जुनदिन यहाँ शिक्षा र जनताको चेतनास्तर व्यापक हुनेछ, राजनीतिक संस्कार सुिध्रनेछ । त्यसपछि कर्णालीलाई पछाडी पार्न कसैले चाहेर पनि सक्ने छैन । म ग्यारेण्टीको साथ लेखेर दिन सक्छु । यसमा कुनै आशंका छैन ।
कसरी गर्ने त शिक्षा र चेतनाको विस्तार ?
यो लुकाइरहनुपर्ने कुरै हैन । कर्णालीमा पठन संस्कृति छैन भनेर । किन भएन बरु यसमा अलिकती चर्चा गरौं । म एउटा कर्णालीबासी नै भएको नाताले आफूले देखेका भोगेका कुराहरूलाई यहाँ औंल्याउन गैरहेको छु । म कर्णालीको सुगम जिल्ला अझैं भनौं अहिले प्रदेश राजधानी केन्द्रित जिल्ला सुर्खेतमै जन्मे हुर्केको हुँ । र शिक्षा दिक्षाको शिलशिलामा धेरै वर्ष हालको वीरेन्द्रनगर सहरमा बसेको छु । म बसुन्जेलदेखि अहिलेसम्म पनि कर्णालीलाई नियालेर हेरि नै रहेको छु । त्यहाँ अझैं पनि पठन संस्कृति विकासका लागि कुनै पहल भएको देखेको छैन । बरु बेला बेला सुन्दै पढ्दै आएको छु त्यहाँ पठन संस्कृति बढाउने भन्दा नि बरु निरुत्साहित गर्ने खालका क्रियाकलाप भइरहेको पाउँछु । पुस्तक पसल नभएका हैनन । पुस्तक पसल त थुप्रो छन तर ती पठन संस्कृति विकास गर्ने हेतुले भन्दा नि मात्रै व्यापार गर्नका लागि खोलिएका हुन । हो व्यापारको मुख्य उद्देश्य कमाउनु नै हो । तर पुस्तक व्यापार ज्ञानको व्यापारमा त्यो भन्दा अलि माथि उठ्न जरुरी छ ।
म त्यहाँ बसुञ्जेल त्यहाँ कोर्षका पुस्तकहरू र विभिन्न सेवा आयोगका पुस्तकहरू बाहेक अन्य पुस्तक भेट्नै मुश्किल हुन्थ्यो । दुई/चार वटा त्यस्ता पसल पनि थिएँ जहाँ कोर्षबुक बाहेकका अन्य ज्ञानको क्षेत्र फराकिलो बनाउने खालका पुस्तकहरू पाइने । तर त्यहाँ पनि खोजेका पर्याप्त पुस्तक पाउन मुश्किल नै पथ्र्यो । पढ्ने चाहाना हुनेहरूले राजधानीबाटै मगाउनुपथ्र्यो । सायद अझैं त्यो समस्या जग जाहेरै होला ।
त्यतिबेला मलाई लाग्थ्यो, कर्णाली क्षेत्रकै अलि विकसित र हरेक तवरले अगाडि रहेको सुर्खेत जिल्लाकै हालत यस्तो छ, हुम्ला । जुम्ला, कालिकोट, डोल्पा, मुगु जस्ता विकट हिमाली जिल्लाहरूको हविगत के होला ? अब त्यहाँको चेतनास्तर हामिले सहजै अनुमान लगाउन सक्छौ । त्यहाँको पठन संस्कृति कस्तो होला त्यो बुझ्नलाई कुनै आइतवार कुरिरहनु नपर्ला । अहिले पठन संस्कृतिलाई व्यापक बनाउनलाई त्यस्ता कुनै सेमिनार तथा विचार गोष्ठी भएको कतै देख्नु सुन्नु भएको छ ? त्यो सब छोड्नुस् । त्यो त धेरै परको कुरो भयो । राजधानी जस्तो व्यस्त र शिक्षित आवादी भएको सहरमा त यस्ता गोष्ठी सेमिनार नगन्य मात्रामा हुन्छन् । अर्को पठन संस्कृति बढाउने खालका कुनै पुस्तकालय पनि छैनन । चाहे सार्वजनिक, सामुदायिक या निजी नै किन नहोउन पुस्तकालयहरू खुल्न जरुरी छ । तर कर्णाली क्षेत्रमा यतिन्जेल एउटै पुस्तकालय छैन । स्कुल कलेजहरूका बाहेक । यही काठमाडौंमा भएका पुस्तकालयहरूको अवस्था देख्दा पनि मनज कुडिँएर आउँछ ।
बेलाबेलामा यदाकदा पुस्तक व्यवसायी तथा प्रकाशन गृहसँग केही बुद्धिजिवी वर्गका यस्ता चर्का चर्का आवाजहरू पनि सुनिने गर्छन । अहिले सरकारकाले पुस्तकमाथि कर लगाउने जुन कुरा उठाएको छ त्यो ज्ञानमाथि प्रतिबन्ध लगाउने कदम हो भन्दै प्रकाशन गृहका साथीहरूसँगै बौद्धिक जमात खैलाबैला नै मच्चाएको छ । हो, पुस्तक लगायत ज्ञान र चेतना अभुवृद्धि गराउने खालका कुनै पनि साधनहरूमा कर लगाउनु ठीक हैन । तर पुस्तकमा कर नलगाएर मात्रै के पठन संस्कृति व्यापक हुन्छ त ? अहिले त त्यो कर लगाउने नीति लागू भइसकेकै छैन नि कति व्यापक भइरहेको छ र पठन संस्कृतिको ? होला, राजधानी र आसपासका जिल्लाहरूमा राम्रै प्रभाव पनि परिरहेको छ होला । तर तपाईंहरूले अहिले पनि गएर हेर्नु भएको छ ? हुम्लाको पठन संस्कृति, जुम्लाको पठन संस्कृति । मनाङ, मुस्ताङ, बझाङ, बाजुरा, पाँचथर, ताप्लेजुङ, डोल्पा, मुगुलगायतका विकट हिमालीको पठन संस्कृति । कतिको व्यापक पाउनु भएको छ नि त्यहाँको पठन संस्कृति ?
त्यहाँका जनसमुदायलाई यसमा सामेल गर्ने अन्तिम अस्त्र पुस्तकमथि कर नलगाइदिनु मात्रै हो त ? पक्कै पनि हैन । तपाईंहरू प्रकाशन गृहका साथीहरूलाई राम्ररी थाहा छ होला, तपाईंहरूले पुस्तक व्यवसायी खुद्रा व्यापारीहरूलाई कति कमिशन दिनुहुन्छ ? अनि यो पनि त राम्ररी थाहा नै होला उनीहरूले पाठकहरूलाई कतिसम्म छुट दिन्छन् ।काठमाडौंतिर त पुस्तक पसल हेरेर २० देखि २५ प्रतिशतसम्म छुट पाठकहरू तथा ग्राहकहरूलाई दिएकै छन् । यो तपाईं हामी सबैले देखे सुनेकै कुरा हो । तर राजधानी बाहिरका पाठकले कति रूपैयाँ पाउँछन्, तपाईंहरू छातीमा हात राखेर भन्न सक्नु हुन्छ ?
पहिला सुर्खेतमै पनि १० देखि १५ प्रतिशतसम्म छुट जुन पसलमा गए पनि ग्राहकहरूले पाउँथे । जब अस्ति भर्खर राजधानीमा पुस्तक व्यवसायी संघको राष्ट्रिय भेला भयो त्यसपश्चात् राजधानी बाहिर जाने पुस्तकहरूमा पाठकहरूलाई एक पैसो छुट नदिने निर्णय भएको छ भनेर एक प्रकाशन गृहका मित्रकै मुखबाट सुने । साह्रै दुख लाग्यो । अब भनिदिनुस् न, तपाईंहरू यहाँनेर किन आवाज उठाउनु हुन्न ? यहाँनेर ज्ञानमा बन्जेज लागेको कुरा तपाईंहरू बुद्धिजिवी वर्ग प्रकाशन गृहहरूका मित्रहरूलाई थाहा भएन कि किन हो र एक शब्द खर्चेको सुनेको छैन त ?
हामीले यसो भनेकै छैनौं, तपाईंहरू आफूले एक रूपैयाँ नखाएर जम्मै पाठक तथा ग्राहकहरूलाई छुट गरिदिनुस् नत्र हामी पुस्तक वहिष्कार गर्छौं भनेर तर तपाईंहरूले व्यापार गरेर कमाउने अधिकार जति छ, सेवाग्राही तथा पाठकहरूलाई पनि त सस्तो र सुलभ मूल्यमा वस्तु तथा सेवा खरिद गर्न पाउने अधिकार छ । त्यसैले यहाँनेर सबैले बसेर छलफल गरि निश्कर्षमा पुग्नु जरुरी छ । प्रकाशन गृहले करिसम्म किने लेखकलाई रोयल्टी विक्रेता तथा पुस्तक व्यवसायिहरूलाई कमिसन लगायत ग्राहक तथा पाठकहरूलाइ छुट सबैको मूल्य समायोजन गरी प्रकाशन लागत र ग्राहकले किन्ने मुल्यमा त्यति धेरै अन्तर हुनु भएन भन्ने मात्र हो । बरु पहिला एक लाख पुस्तक बेचिरहनु भएको थियो भने अब दुई लाख बेच्ने हैसियत बनाउनुस् । गाउँबस्तीसम्म गएर पठन संस्कृति विकास गर्ने र मोटिभेट गर्ने खालका गोष्ठी सेमिनार गर्दै पठन संकृतिलाई व्यापक बनाउनुस् । तपाईंको व्यापार त हुन्छ, हुन्छ नै । सँगै दूरदराजका गाउँ बस्तीसम्म पनि पठनको संस्कृति बन्दै जान्छ । जब यसरी ज्ञान र चेतानाको विकास र विस्तार हुन्छ नि अन्य विकास निर्माण पनि तीव्ररूपले हुँदै जान्छन् ।
भौतिक विकासको लागि ज्ञान र चेतनाको विकाससँग अर्को एउटा कुरा पनि आवश्यक छ । त्यो के भने संस्कार । हाम्रो राजनीतिक संस्कार, वैयक्तिक स–संकार अनि सामजिक संस्कार । अर्को कुरा हुन त ‘म र मेरो’ भन्दा ‘हामी र हाम्रो’ भन्ने संस्कार धेरै माथी छ । तर अहिले हामी र हाम्रो भन्दा नि म र मेरो भन्ने संस्कार एकदमै आवश्यक छ । हाम्रो भन्ने बित्तिकै सबैको हुन्छ र त्यसको संरक्षण सम्बद्र्धन र विकासमा सबैको हात हुन्छ तर काम हुदैन सबैको लापरबाही हुन्छ । जस्तो सरकारी र प्राइभेट सम्पतिकै सवाललाई लिएर दाँज्नुस् न । सरकारिको हविगत कस्तो छ अनि प्राइभेटको कस्तो छ प्रस्ट हुन्छ नि । अर्थात् जबसम्म कर्णालीका राजनितिज्ञ, प्रशाशक, लेखक, बुद्धिजीवि तथा समग्र कर्णालीबासीहरूमा हामी र हाम्रो भन्दा नि म र मेरो भन्ने भावनाको विकास हुँदैन तबसम्म यतिबेलाको परिवेशमा खासै परिवर्तन होला जस्तो म देख्दिनँ । त्यसैले म भन्न चाहन्छु, अब समग्र कर्णाली प्रदेशको समृद्धि चाहने हो भने शिक्षा अर्थात् चेतना र हाम्रो संस्कार र सोचमा परिवर्तन गर्न अत्यन्त आवश्यक छ । त्यसको लागि पठन संस्कृति व्यापक रूपमा विस्तार गरिनुपर्छ । यति मात्र गर्न सकियो भने हाम्रो समृद्ध कर्णाली बनाउने सपना साकार हुन सक्छ ।
(लेखक मटेला, सुर्खेत निवासी हुन् ।)
साझा बिसौनी ।