सदनमा गुञ्जिदै नागरिकका समस्या
कर्णाली प्रदेशसभाबाट आर्थिक वर्ष २०७६÷०७७ को बजेट पारित गरेपछि करिब दुई साता सदन स्थगित भयो । सदन स्थगित भएको यो अवधिमा प्रदेशसभा सदस्य मिनासिं खराल गृह जिल्ला दैलेख पुगिन् । गाउँ–गाउँ डुलिन् र स्थानीय नागरिकसँग संवाद गरिन् । उक्त संवादका क्रममा नागरिकले सांसद रखाललाई आफूले भोगिरहेका अनेक समस्याका फेहरिस्त सुनाए ।
गाउँ पुगेर नागरिकका समस्या सुनेकी रखालले ती समस्या बुधवार सदनमा पु¥याइन् । प्रदेशसभाको बैठकमा त्यसबारे सरकारको ध्यानाकर्षण गराईन् । जनताले भोगिरहेका समस्याहरू उनले सदनमा उठाएकी छिन् । ‘असिनाले क्षति पु¥याएका नागरिकले अहिलेसम्म राहत पाएका छैनन्’ संसद बैठकको विशेष समयमा बोल्दै उनले भनिन्, ‘छिटोभन्दा छिटो उनीहरूलाई राहत उपलब्ध गराइदिनहुन प्रदेश सरकारको ध्यानाकर्षण गर्दछु ।’ सांसद रखालले सिँचाइ सुविधा नहुँदा र समयमै आकाशे पानी नपर्दा जिल्लाका थुप्रै नागरिकहरूले रोपाईं गर्न समेत नपाएको भन्दै उनीहरूलाई सरकारले सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइन् ।
यस्तै सदन स्थगितको मौका छोपेर अर्का सांसद पदम रोकाय पनि गृह जिल्ला जुम्ला पुगेर फर्किए । कर्णाली राजमार्गबाट जुम्ला जाँदै गर्दा उनले राजमार्गमा यात्रुहरूले भोग्नुपर्ने पीडा देखे । त्यति मात्र होइन उनलाई देख्नेबित्तिकै नागरिकहरूले आफ्ना समस्या सुनाए । कत्तिले त उनलाई गाली समेत गरे । सांसद रोकायले सडकको त्यही विजोग र यात्रुहरूले भोगेको समस्या बुधवार सदनमा राखे । ‘सुर्खेतदेखि नाग्मसम्मको बाटोको विजोग छ, नाग्मदेखि गमगढी बाटोको अवस्था पनि त्यस्तै छ’ उनले भने, ‘वर्षौंदेखि अलपत्र पुल बनेका छैनन्, सरकारले यसतर्फ पनि ध्यान दिनुप¥यो ।’
बुधवारको सदन नागरिकका यी र यस्तै समस्याहरूमा केन्द्रित भयो । सांसदहरूले आ–आफ्ना जिल्ला र क्षेत्रका नागरिकले भोगिरहेका समस्या सरकारलाई सुनाए । समस्या समाधानका लागि आग्रह गरे । प्राकृतिक विपद्मा परेकाहरूले राहत नपाएकादेखि सडक बिग्रिएर नागरिकले सास्ती पाएकासम्मका कुरा सदनमा उठे । सांसद चन्द्रबहादुर शाहीले वर्षाका कारण कर्णाली विभिन्न बस्तीहरूमा ठूलो क्षति भएको, बाटो र पुलहरू भत्किएको र यसले नागरिकलाई सास्ती भएको तर नजिकको प्रदेश सरकारले ती समस्या समाधान गर्न ध्यान नदिएको गुनासो गरे । त्यसैगरी गत साउन ४ गते अज्ञात समूहले मुगुको खत्याड गाउँपालिकाको वडा नं. २ को कार्यालय र सहकारीको कार्यालयमा आगो लगाउँदा नागरिकहरू पीडित भएको उनले बताए ।
मुगुका सांसद दानसिंह परियारले गत साउन ३२ गते बाढीपहिरो आउँदा करिब डेढ सय नागरिकको बालीनाली पूर्ण रूपमा क्षति पु¥याएकाले उनीहरूलाई राहत दिनुपर्ने माग संसदमार्फत् गरे । उनले प्रदेश सरकारले उक्त क्षेत्रको तत्काल स्थलगत अनुगमन गरेर नागरिकका समस्या समाधान गर्नुपर्ने बताए ।
यसैगरी सुर्खेतका सांसद ठम्मरबहादुर विष्टले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका साथै समग्र प्रदेशभरी नै विद्युतको समस्या विकराल रहेको भन्दै यसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताए । अनियमित रूपमा हुने लोडसेडिङ्गले मारमा पारेको भन्दै यसलाई रोक्न प्रदेश सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो । साथै उनले सुर्खेत–कोहलपुर १३२ केभी विद्युत प्रसारण लाइन विस्तार गर्न समेत सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । सांसद रातो कामीले वर्षात्ले रुकुमका विभिन्न ठाउँहरूमा आएको बाढी र पहिरोले क्षति पु¥याएको जानकारी गराउँदै पीडितहरूलाई राहत उपलब्ध गराउन माग गरे ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले भने सरकार र सदन सुस्त भएको भन्दै आलोचना गरेका छन् । सदनबाट बजेट पारित भएको डेढ महिना बितिसक्दासम्म पनि त्यसको कार्यान्वयनमा अघि बढ्न नसकेको भन्दै यही गतिमा कर्णालीको विकास हुन नसक्ने जिकिर गरे । साथै उनले प्रदेशसभामा सांसदले उठाइएका सवालको सरकारले सम्बोधन नगरेको आरोप समेत लगाए । सरकारले हतारमा निर्णय गर्ने तर कार्यान्वयन नगर्ने र प्रगतिमा केही पनि देखाउन नसक्ने भन्दै आलोचना गरे । प्रदेशसभाको बैठक भदौ २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।
साझा बिसौनी ।