विदेश छोडेर स्वदेशमा रमाउँदै
वीरेन्द्रनगर–१०, मनिकापुर, सुर्खेतका ३३ वर्षीय कृष्णकुमार बिसी बुबा गोमानसिंह बिसी र आमा तुल्सी बिसीको कोखबाट जन्मिएका हुन् । वि.सं. २०४३ साउन १८ गते गुरा“स गाउँपालिका–६ जोरेबाँझ दैलेखमा जन्मिएका कृष्ण घरमा कान्छा छोरा हुन् । पढाइमा एस.एल.सी. मात्रै गरेका उनी १० वर्ष साउदीमा बसेर हाल नेपालमै होटेल व्यवसाय गर्दै आएका छन् । थोरै भए पनि नेपालकै कमाइले सन्तुष्टी दिएको बताउने कृष्णकुमारले हाम्रा सहकर्मी सीता वलीस“ग आफ्नो पेसागत जीवनका कथा यसरी सुनाएः
मैले पढाइमा एस.एल.सी. मात्रै गर्न भ्याएँ । सानैदेखि शान्त स्वभावको मलाई भविष्यमा के बन्ने भन्ने सोच नै आउ“दैनथ्यो । बुबा–आमाले समेत भविष्यमा यो बन वा त्यो बन्नुपर्छ भनेर कहिल्यै भन्नु भएन ।
वि.सं. २०५९ सालमा एस.एल.सी. दिएँ तर त्यो भन्दा माथि शिक्षा लिन सकेन । वि.सं. २०६० सालमा विवाह समेत गरें । त्यसपछि मेरो जीवनमा आर्थिक संकट आइलाग्यो । पढाइमा एस.एल.सी. मात्रै गरेकोले स्वदेशमै रोजगारी पाउने सम्भावना थिएन । आम्दानीका केही त गर्नु नै पथ्र्यो । विकल्प धेरै थिएनन् । घरपरिवारको सल्लाह बमोजिम विदेश जाने निर्णय गरें । २०६३ सालमा आर्थिक अभावकै कारण म साउदी अरब हानिएँ ।
साउदी अरबमा सुरुको कमाईले खासै सन्तुष्टी दिएन । परिश्रम धेरै गर्नुपर्ने तर आम्दानी सोचेजति नहुने । तर पनि परदेशमा गइसकेपछि काम गर्नैप¥यो । मसँग अरु विकल्प पनि थिएन । त्यसैले त्यहीं पसिना बगाएँ । कडा मेहेनत गरें । काम गर्न थालेको लामो समयपछि महिनाको ६० हजारसम्म कमाइ हुनथाल्यो । तर त्यो पैसाले विदेश जा“दा लागेको ऋण तिर्न र परिवारलाई घर खर्च जुटाउन पनि मुश्किल पर्न थाल्यो ।
स्वदेशमा जस्तो त कहा“ हुन्थ्यो र त्यहा“ ? मलाई धेरै दुःख भयो । कामको दुःख भन्दा पनि घरपरिवारको यादले झन् बढी सताउन्थ्यो । तर स्वदेशमा आएर पनि रोजगारको कुनै ग्यारेण्टी थिएन । त्यसैले मैले विदेशमै १० वर्ष बिताएँ । जुन अत्यन्तै दुःखद् थिए ।
विदेशमा १० वर्ष बिताइसकेपछि वि.सं. २०७४ साल वैशाखमा म नेपाल फर्किएँ । विदेशबाट केही महिना छुट्टिमा आएको थिएँ । तर यहाँ आइसकेपछि मलाई फर्केर जान मन लागेन । यहीं केही गर्छु भन्ने सोचें । नेपालमै केही व्यवसाय गर्ने उद्देश्यले मैले नौ लाखको लगानीमा होटेल व्यवसाय सुरु गरे । हाल मैले वीरेन्द्रनगर–०६, जुम्लारोड नजिक बि.सी. खाजाघर सञ्चालन गर्दै आएको छु ।
मेरो जीवन संगीनी र म त रोजगार भएका छौं नै अरु तीन जनालाई समेत मैले रोजगारी दिएको छु । होटेल व्यवसायबाट महिनाको तीन लाखको कारोबारो गर्दै आएको छु । महिनामा तीस हजार घर भाडा तिरेर, कर्मचारीलाई तलब खुवाएर र अन्य खर्चसमेत गरी सात जनाको मेरो परिवारलाई आनन्दले पुगेको छ । विदेश गएर पसिना बगाएकोमा अहिले मलाई पछुतो भएको छ । ऊ बेलामा नै विदेश जानुको साटो स्वदेशमै व्यवसाय सुरु गरेको भए मैले धेरै फड्को मारिसक्थें ।
म विदेश भएको बेलामा जीवन संगीनी भूमि बि.सी.ले समेत तरकारी खेती गर्दै आएकी थिइन् । अहिले हामी दुवैजनालाई एकै ठाउँ रोजगार मिलेको छ । अब मैले होटेल व्यवसायमै समर्पित हुने योजना बनाएको छु । व्यवसायको लागि भनेर कुनै अनुदान अहिले सम्म लिएको छैन । अब सरकारसँग अनुदानसमेत माग गरी व्यवसायलाई अझै बढाउने सोच गरेको छु ।
नेपालमा बेरोजगार भए भनेर विदेश हानिनेहरुका लागि उदाहरणीय काम गर्ने सपना बोकेको छु । म जस्तै वेरोजगार भएर विदेशमा पसिना बगाउन जानेहरुलाई नेपालमै रोजगारी दिन सक्ने गरी व्यवसायलाई अगाडि बढाउन चाहान्छु । त्यसको लागि मैले यो व्यवसायलाई बढाउने योजनमा छु ।
नेपालमै गरे सबै हुने रहेछ । मलाई आजभोलि एकदमै खुशी लाग्छ । विदेशमा कडा परिश्रम गरेर हुने कमाइ स्वदेशमै परिवारसँग बसेर हाँस्दै खेल्दै पाएको छु । जसले मलाई सन्तुष्टि दिएको छ ।
भविष्यमा यही बन्छु भन्ने कल्पना त कहिल्यै गरिएन तर आजभोलि भने होटेल व्यवसायमा नै जीवन व्यतित गर्ने सपना देखेको छु । अरुको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा सानोतिनो व्यवसाय गर्नुमा जीवनको सार्थकता देखेको छु । नेपाल सरकारले समेत वैदेशिक रोजगारमा जाने युवाहरुलाई नेपालमै रोकी विकास निर्माणका काममा लगाउन जरुरी छ ।
प्रकाशित मितिः ४ भाद्र २०७६, बुधबार १२:२२
साझा बिसौनी ।