जलवायु परिवर्तन र समाधान

रविकिरण हमाल

संसारमा २१ औ शताब्दीका मुख्य चुनौतीको रूपमा जलवायु परिवर्तन एक हो । जलवायु परिवर्तनले गर्दा पृथ्वीको मौसम नयाँ ढाँचामा परिवर्तन हुन्छ । एक दशक अथावा लामो समयको परिणामपछि मात्र मौसमको ढाँचामा परिवर्तन देखापर्छ । जलवायु प्रणाली मुख्यगरी पाँच वटा कुरमा निर्भर रहेको हुन्छ । वायुमण्डल, पानी, हिउँ, जैविक प्राणी र जमिन नै जलवायु प्रणालीका मुख्य तत्व हुन् ।

पृथ्वीको उत्पति भएसँगै जलवायु परिवर्तन हुँदै आएको छ । जलवायु परिवर्तनको मुख्य असर पृथ्वीको तापक्रमा भएको वृद्धि हो । नाशाको तथ्यांक अनुसार वार्षिक रूपमा ० दशमलब ८ सेल्सिएस तापक्रम वृद्धि भइरहेको छ । यदि तापक्रमको वृद्धि दुई डिग्रीसम्म पुग्योभने पृथ्वीमा रहेका ग्लेशियर र नदीहरू हराएर जानेछन् । पृथ्वीको पोलार क्षेत्रमा रहेको हिउँ सबै पग्लिएर जाने खतरा छ ।

विश्वको तापक्रममा वृद्धि आउनुको प्रमुख कारण मानिसहरूका क्रियाकलाप पर्छन् । तीव्र औद्योगिकरणका कारण पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । कार्वन डाइअक्साइड र अन्य ग्यासहरूको कारण वायुमण्डल तातिदै गएको छ । उच्च हिमाली क्षेत्र र एन्टार्कटिकामा पग्लिरहेको हिउँले हरितगृह ग्यासहरूको असर प्रत्यक्ष देखिन थालेको छ । यही गतिमा तापक्रमको वृद्धि हुँदै गएमा केही दशकभित्र माल्दिभस लगायत टापु देशहरू अस्तित्वमा रहने छैनन् । औद्योगिक क्रान्तिको सुरुवातपछि समुन्द्रि सतहमा पानीको अम्लता लगभग ३० प्रतिशत वृद्धि भएको छ ।

प्रत्यक वर्ष समुद्र सतहको उचाई ३ दशमलब ६ मिलिमिटर बढिरहेको छ । जलवायु परिवर्तनको समस्याप्रति थुप्रै प्रयासहरू भए पनि अप्रिल २२, २०१६ मा भएको पेरिस सम्झौता इतिहासिक मानिन्छ । पेरिस सम्झौतामा हस्ताक्षेर गर्दै पहिलो पटक सबै राष्ट्रहरूले जलवायु परिवर्तनका विरुद्ध लड्ने साझा संकल्प गरेका थिए । विकसित राष्ट्रहरूले पर्यावरणमा परेको प्रभाव न्यूनीकरण गर्दै जाने र विकासशील देशहरूलाई सहायता गर्ने पेरिस सम्झौताको मुख्य ध्यय थियो । पेरिस सम्झौतामा जलवायु परिवर्तनको खतरामा सबै देशहरूको ध्यानाकर्षण गराएर पृथ्विको औसत तापक्रम वृद्धिलाई २१ औ शताब्दीसम्म २ डिग्री सेल्सियसभन्दा कम राख्ने प्रतिबद्धता जाहेर गरिएको छ । भर्खरै मात्र बेलायतले सन् २०५० सम्म कार्वन उत्सर्जन शून्यमा झार्ने घोषणा गरिसकेको छ, जर्मनीले पनि युरोप भरी नै २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

नेपाल सरकारले सन् २०१० मा राष्ट्रिय अनुकूलन कार्यक्रम (एनएपीए) तयार पारेको थियो । राष्ट्रिय र स्थानीयस्तरहरूमा जलवायु परिवर्तनका प्रभावबाट बच्न विभिन्न कार्य योजना बनाएको थियो । सरकारले ल्याएको जलवायु परिवर्तन नीति २०६७ नीतिमा जलवायु परिवर्तन अनुकूलन कार्यक्रमको तयारी र कार्यान्वयनको लागि मार्गदर्शन गरिएको छ । जलवायु परिवर्तनको प्रभावहरू बाट कसरी बच्न सकिन्छ र यसको प्रभाव न्यूनीकरण बरेमा चर्चा गरौं ।

महिला सशक्तीकरण
महिलाहरूलाई शिक्षित र सशक्त बनाउन सकेमा जलवायुमा सकरात्मक असर पर्छ । घरमा हुने क्रियाकलापहरूको निर्णय अधिकार अधिकांश महिलाहरूमा छ । घरमा प्रयोग हुने खाना, पानी, खाद्य वस्तु, इन्धन छनौट र अन्य सामग्रीहरूको व्यवस्थापनमा महिलाहरू प्रमुख भूमिकामा छन् । विकासशील राष्ट्रका करिब दुई अर्ब ९० करोड मानिसहरू अझै पनि ईन्धनको रूपमा काठ, कोइला र चारकोल प्रयोग गरिरहेका छन् । टिकाऊ र नवीकरणीय ऊर्जाका स्रोतहरू बढाउने टेक्नोलोजीहरूमा लगानी गर्दा महिलाको ज्ञान, आवश्यकता र भूमिकाहरूलाई प्रतिविम्बित गर्न अपरिवार्य छ । जलवायु परिवर्तनको बरेमा सबै महिलाहरू सचेत रहेर आफ्ना क्रियाकपालहरू सञ्चालन गर्न सकेमा घरबाट निस्कने फोहोरका कारण उत्पन्न हुने वातावरण प्रदुषण न्यूनीकरण हुनसक्छ ।

संसदमा महिलाहरूको उच्च प्रतिनिधित्व भएका देशहरूमा पर्यावरण प्रति बढी संवेदनशीलता पाइएको छ । महिलाहरूले जमिनमा पहुँच र त्यसको प्रयोगमा नियन्त्रणको अधिकारप्राप्त गरेमा पर्यावरणको सन्तुलनमा उनीहरूले विशेष ध्यान पु¥याउन सक्छन् । महिलाहरूलाई जमिनको स्वामित्व प्रदान गर्नसकेमा लैंगिक समानताको लक्ष्य हासिल
हुनसक्छ । पारिवारिक योजना र महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्यावरणीय संरक्षण रणनीतिहरू तय गर्नुपर्छ, त्यस्ता कार्यक्रमहरूको कार्यन्वनका लागी महिलाहरूको अधिकतम सहभागिताको सुनिश्चितता चाहिन्छ । राज्यका हरेक तह र तप्कामा महिलाहरूको प्रतिनिधित्व भएको खण्डमा जलवायु परिवर्तनका विषयमा संवेदनशील बनाउन महŒवपूर्ण भूमिका निर्वाह हुन्छ ।

वैकल्पिक ऊर्जामा लगानी
पृथ्वीको तापक्रम बढ्नुमा हामीले प्रयोग गर्ने ऊर्जाका स्रोतहरू कारकतत्व छन् । हामी सबै राष्ट्रहरूको पहिलो चुनौती कोइला, तेल र अन्ततः प्राकृतिक ग्यासको उत्खनन् रोक्नु हो । सबै देशहरूले पेट्रिलियम पदार्थबाट सञ्चालन हुने सामग्रीहरूको उत्पादन रोक्नेदिशामा जानुपर्छ । बेलायतले पूर्णरूपले सन् २०३५ सम्म तेलबाट चल्ने सवारी साधान उत्पादन रोक्ने निर्णय गरिसकेको छ । सौर्य उर्जाको प्रबर्द्वन गर्न सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई सौलियत दिने नीति अंगाल्नुपर्छ । नेपालमा जलविद्युतको प्रचूर सम्भावना छ । बुढी गण्डकी, माथिल्लो कर्णाली, पश्चिम सेती लगायतका ठूला परीयोजनाहरू समयमा सम्पन्न गर्न सकेमा ७५ प्रतिशत ऊर्जाको हिस्सा जलविध्युतले ओगट्ने निश्चित छ । पहाडि तथा हिमाली भेगमा वायु ऊर्जाको पनि ठूलो सम्भवाना छ , स्थानीय सरकारसँग सहकार्य गरेर वायु ऊर्जाको उत्पादनमा उल्लेखनीय प्रगति हासिल गर्नसकिने थुप्रै आधारहरू छन् ।

शासन व्यवस्था संघीय ढा“चमा रहेको हुँदा स्थानीय र प्रदेश सरकारले ऊर्जामा मात्र आत्मनिर्भर बन्न सकेमा अन्य पूर्वाधारको विकासले गति लिन्छ । हामीले स्थानीयस्तरमा चलाउँदै आएका घट्टहरू वैकल्पिक ऊर्जामा आधारीत थिए । अब वैज्ञानिक प्रविधिमार्फत् वेगमा चलिरहेका खोलाहरूबाट ऊर्जा संचित गरेर प्रयोग गर्न सकिन्छ । घरमा प्रयोग हुने बिजुलीबाट चल्ने चुलो, पंखा, बासिङ्ग मेसिन, मिक्सर लगायत विद्युतीय सामग्रिहरूमा न्यून कर दर कायम गर्नुपर्छ । वैकल्पिक ऊर्जा प्रयोग गरिरहेका परिवारमा सार्वजनिक सेवामा छुट गर्ने नीति लिन सकिन्छ । नेपालको आधाभन्दा बढी जनसंख्या खाना पकाउन दाउराको प्रयोग गरिरहेको छ जसका कारण एकातर्फ वायु प्रदुषण भइरहेको छ भने अर्कातर्फ वन विनास उत्तिकै मात्रामा बढेको छ । दाउराको प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । नेपालमा सन् १९९६ देखिनेपालमा वैकल्पिक ऊर्जा संवद्र्धन केन्द्र (एईपीसी) स्थापना गरिएको थियो । हामीले स्थानीय तीनै तहका सरकारमार्फत् वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोगलाई व्यापकता प्रदान गर्न सक्नुपर्छ ।

रुख रोप्न सुरु गरौं
जब ग्लोबल वार्मिंगविरुद्ध लड्ने कुरा आउँछ वृक्षारोपण सबैभन्दा लोकप्रिय हतियार मानिन्छ । धेरै जसो राष्ट्रहरूले आफ्नो कार्बन उत्सर्जन नियन्त्रण गर्न ठूलो संख्यामा रूखहरू रोप्ने अभियान थालेका छन् । सन् २०१५ को पेरिस सम्झौतापछि वृक्षारोपण योजनाहरू ठूलोमात्रामा वृद्धि भइरहेको छ । रूख बढ्दै जाँदा तिनीहरूले हावाबाट कार्बन डाइअक्साइड हटाउन थाल्छन् जसले जलवायु परिवर्तन रोक्न मद्दत गर्दछ । रूखहरूले माटोमा कार्बन भण्डार गर्दै वातावरणमा अक्सिजनको मात्रा बढाउँछन् । रूखहरूबाट हामीले धेरैलाभहरू प्राप्त गरिरहेका छौं । हाम्रो हावापानीलाई शुद्ध पार्ने, चराहरू र वन्य जीवनलाई आकर्षित गर्नेदेखि वरपर सुन्दरता थप गर्न रुखहरूले प्रमुख भूमिका निभाइरहेका छन् । नेपाल सरकारले पनि वार्षिक एक करोड रुख रोप्ने लक्ष्य लिएको छ । रुख रोप्न अन्य संघ–संस्थाहरू पनि सक्रियाता पूर्वक लागिरहेका छन् । रुख रोपेर मात्र पुग्दैन तीनहरूको संरक्षण र विकासमा ठोस योजना गराएर अगाडि बढेमा मात्र वृक्षरोपनको सार्थकता पुष्टी हुन्छ । रूख रोपण कार्यक्रमहरू विज्ञापनमा मात्र सीमित हुनुहँुदैन, रुखलाई हुर्काउने बढाउने कार्यमा उत्तिकै महत्व दिनु आवश्यक छ । सन् २०१७ मा गरिएको अध्ययनले सन् २०३० सम्म पृथ्वीको तापक्रम वृद्धि २ डिग्री कायम राख्न वनजंगल र अन्य पारिस्थितिकी प्रणालीले पृथ्वीको एक तिहाइ कार्बनको हिस्सा न्यूनीकरण गर्न मद्दत गर्नुपर्छ । प्रत्येक वर्ष पृथ्वीमा करिब नेपालको क्षेत्रफल जत्तिकै वनजंगलले ढाकेको क्षेत्रफल घटिरहेको छ । नयाँ रूख बढ्दै जानको लागि काठको मात्रामा सन्तुलित पार्दछ । ठूलो मात्रमा उत्पादन भएका कागजजन्य वस्तुहरूको रिसाइकिलिङ्गलाई विशेष ध्यान दिनुपर्छ ।

हामीले प्रयोग गर्ने फर्निचरहरूमा पनि सजकता अपनाउनुपर्छ, हाम्रो वलजंगल मासिदै गएको प्रति जिम्मेवार भएर सजावटका लागि काठहरूको प्रयोगमा रोक लगाउनुपर्छ । विकास निर्माणका कार्यहरू सम्पादन गर्दा सकभर रुख बिरुवाहरूलाई कम क्षेत्री पर्ने खालका योजना अगाडि बढाउनुपर्छ । संरचना निर्माणका कारण काटिएका अथवा सम्भावित रुख बिरुवाको सट्टामा तुरुन्तै नयाँ रुखहरू रोप्ने नीति अंगालेमा सजैलै प्रकृतिलाई सन्तुलित राख्न सकिन्छ । स्थानीय सरकारले नागरिकलाई घर, स्कुल, कार्यालय र अन्य सार्वजनिक स्थलहरूमा अनिवार्य रुख रोप्न प्रेरित गर्नुपर्छ । जन्म दिन, स्मृति दिवसहरूमा रुख रोप्ने, विद्यार्थीहरूलाई प्रमाण–पत्र प्राप्त गर्न अनिवार्य रुख रोपेर हुर्काएको हुनुपर्ने जस्ता थुप्रै रचनात्मक अभ्यासहरूले वातावरण स्वस्थ राखन अतुलनीय योगदान पु¥याउन सक्छन् । यस्ता अभ्यासहरूले नयाँ पुस्तालाई पनि पर्यावरण सम्बन्धी सम्वेदनशील रहन अभिप्रेरित गर्न सकिन्छ ।

यातायात प्रणालीमा सुधार
जलवायु परीवर्तनको प्रमुख कारण मध्ये यातायात पर्छ । यातायात गतिविधि सामान्यतः दुई कोटीमा विभाजित छन् मानिसहरूको आवात–जावत र सामानहरूको ओसार–पसार । एक अध्ययनको तथ्यांक अनुसार यातायातमा भएको ऊर्जा मध्य मानिसहरूको आवात–जावतमा करिब ७० प्रतिशत र सामान वसार–पसारमा ३० प्रतिशत ऊर्जा खर्च हुन्छ । सार्वजनीक यातायातलाई प्रबद्र्धन गर्न सकिएमा मात्र यातायात क्षेत्रको ऊर्जा खपत आधा घटाउन सकिन्छ । यात्रा सम्बन्धी सर्वेक्षणमा २७ प्रतिशत मानिसहरू घरायसी कामहरू लागि सवारी साधनको प्रयोग गर्ने गरेको पाइएको छ । दैनिक उपभोग हुने सामग्रीहरू स्थानीय बजारमा प्रशस्त मात्रमा उपलब्ध गराएर यातायातको चाप कम गर्न सकिन्छ । जलवायु परिवर्तनको असरलाई सीमित राख्न सार्वजनिक यातायातको विकास र प्रवद्र्धनले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । हरितगृह ग्यासहरू उत्सर्जनको एक ठूलो हिस्सा यातायातका साधनहरूमा प्रयोग हुने पेट्रोलियमबाट व्युत्पन्न पेट्रोल, डीजल, र अन्य ईन्धनले ओगटेको छ ।

पेट्रोलियम पदार्थबाट सञ्चालनमा आउने यातायातका सवारी साधनले वायु प्रदुषणका साथ साथै ग्लोबल वार्मिंगको समस्या निम्त्याइरहेका छन् । यातायात क्षेत्रमा ऊर्जाको उपयोगमा वृद्धि उच्च छ । यायायातका साधनहरूबाट लामो समय आवधिसम्म कार्बनडाइ अक्साइड र छोटो समयसम्म कालो मुस्लो उत्सर्जन अधिक मात्रमा भइरहेको छ । अहिले बाइक, कार जस्ता साना सवारी साधनको प्रयोग उच्च छ, यसलाई रोक्नुपर्छ । सार्वजनिक यातायातका साधनहरू ठूला बस, ट्रेन, मेट्रो ट्रेन आदीको व्यवस्थापनमा राज्यले उचित ध्यान पु¥याउनुपर्छ । सर्वजनिक यातायातलाई सफा, सुरक्षित र धेरै ठाउँमा पहुँचस्थापनमा ध्यान दिन सकेमा कार बाइक जस्ता साना सवारी साधनको प्रयोग ह्वात्तै घटाउन सकिन्छ । सहरहरूमा साइकलका लागि छुटै सडक नहुँदा थोरै मात्र मानिसहरू साइकल प्रयोग गरीरहेका छन् । सरकारले छोटो दूरीमा बाइक र कार अत्यावश्यक समय बाहेक अरुबेला प्रतिबन्ध लगाएर साइकललाई प्रवद्र्धन गर्ने नीतिहरू अंगाल्नुपर्छ ।

नेपाल सरकारले रेल, मेट्रो रेल सञ्चालमा ल्याउन पहल गरे पनि खास्सै प्रगति हासिल हुन सकेको छैन । पूर्वपश्चिम रेलमार्ग निर्माणलाई तीव्रता दिनु आवश्यक छ । देशका मुख्य सहरहरूमा तत्कालविद्युतीय बसहरू सञ्चालनमा आएमा वातावरण प्रदुषण र जलवायु परिवर्तनका असरहरू कम गर्न मद्दत पुग्छ । कम ऊर्जा खपत गर्ने विद्युतित सामग्रीहरूको प्रयोग गरेर पर्यावरणमा सकरात्मक प्रभाव पार्न सकिन्छ । हामीले दैनिक रूपमा प्रयोग गर्ने कम्प्युटर, टिभी र अन्य इलेक्ट्रोनिक्स सामानहरू अनप्लग गर्ने बानी बसालौं । हामीले आफ्नो कार्यक्षेत्र नजिकै बसाइँ सर्दा यातायातका साधनको प्रयोग कम हुन्छ । मांशाहारी भोजन भन्दा साकाहारी भोजनको बानी बसाल्दा वातावरणमा धेरै सकरात्मक प्रभाव पर्छ, एक अध्ययनले शाकाहारी भन्दा मांशाहारी भोजन खाने मानिसहरूका कारण धेरै कार्बन उत्सर्जन हुने बताएको छ ।

हामीले सकेसम्म रेफ्रिजेरेटरको प्रयोग बन्द गरौं । फ्रेस खानेकुराको सेवन गर्ने बानी बसाल्न सकेमा मात्र फ्रिजबाट उत्सर्जन हुने हरितगृह ग्यासहरूको असर बाट बच्न सकिन्छ । जनसंख्या वृद्धिलाई नियन्त्रण गर्न सबै देशहरूले पहल गर्नुपर्छ, पृथ्वीमा भएको सीमित स्रोत साधनले धान्न सक्नेजनसंख्या कायम गर्नु जरुरत छ ।

जलवायु परिवर्तनले हाम्रो वर्तमान अबस्थालाई मात्र नभएर भविष्यमा पनि अझ धेरै असर गर्ने निश्चित छ । जलवायु परिवर्तन ग्लोबल मुद्दा हो यसको समधानका लागी सबै राष्ट्रहरूको सहकार्य र समुन्वय आवश्यक छ । सबै जिम्मेवार भएर हामी र हाम्रो भावि पुस्ताको लागि पर्यावरणलाई यथावत कायम राख्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं ।

नेपाल जस्तो कृषि प्रदान मुलुकहरू जलवायु परिवर्तनको असर बढी मात्रमा देखिन्छ । कृषिका लागि उचित मौसम र तापक्रम आवश्यक पर्ने भएकाले जलवायु परिवर्तनले गर्दा मुख्यरूपमा कृषिमा गम्भीर संकट आउने खतरा छ । कृषि उत्पादनमा संकट हुँदा भोकमरी र कुपोषणको समस्या आउनसक्छ । हिमाली तथा टापु देशहरूमा जलवायु परिवार्तनका कारण मानवबस्ती नै नरहने सम्भावना पैदा भएको छ । हामी सबै जिम्मेवार भएर जलवायु परिवर्तन रोक्न अग्रसर हौ । कहिले काहीं एउटा व्यक्तिले मात्र गरेर कहाँ हुन्छ भन्ने कुरामा हामी विवादित हुन्छौं तर तपाइले जलवायु परिवर्तनविरुद्ध चालेका कदमहरूले अरूलाई अवश्य प्रेरित गर्नेछ ।

प्रकाशित मितिः   ३ भाद्र २०७६, मंगलवार १२:२९