आत्महत्याको विकराल रुप

पछिल्लो चार वर्षमा कर्णाली प्रदेशमा सबैभन्दा बढी आत्महत्याका घटना भएका छन् । आर्थिक वर्ष २०७२ सालदेखि २०७६ सालसम्म आइपुग्दा कर्णालीका १० जिल्लाहरुमा आठ सय ३४ जनाले आत्महत्या गरेका छन् । जसमध्ये झुण्डिएर ६ सय १५ जनाले आत्महत्या गरेका छन् भने विष सेवन गरेर दुई सय जनाले आत्महत्या गरेका छन् । त्यस्तै हामफालेरे १६ जनाले र औजारको प्रयोगबाट तीन जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यो तथ्यांकले देखाउँछ कर्णाली प्रदेशमा आत्महत्याको अवस्था निकै भयावह रहेकोे छ ।

प्रहरीका अनुसार आत्महत्या गर्नेहरुमा युवाहरु बढी छन् । १६ देखि ३० वर्ष उमेर समूहका ३७ प्रतिशत रहेको प्रहरीले जनाएको छ । त्यसपछि ३१ देखि ४१ वर्ष उमेर समूहका २६ प्रतिशत छन् भने अरु त्यसभन्दा माथिका । युवाहरुमा पनि आत्महत्या गर्नेमा पुरुषहरुको संख्या धेरै रहेको छ । प्रहरीका अनुसार कर्णालीमा हालसम्म आत्महत्या गर्नेहरुमा पुरुषको संख्या धेरै छ भने त्यसमा पनि विवाहितहरु अधिक छन् । यसैगरी दलित समुदायका, कृषिमा आवद्ध र ग्रामीण क्षेत्रका धेरै नागरिकले आत्महत्या गर्ने गरेको पाइएको छ ।

आत्महत्याको खास कारण एकीन नभए पनि अध्ययन अनुसार मानसिक तनाव झेल्न नसकेर युवा पुस्ताले आत्महत्या गर्ने गरेको पाइन्छ । बदलिँको जीवनशैली, बेरोजगारी, गरिबी, अपरिपक्व सोच, पारिवारिक कलह, असफलता, घरेलुहिंसालगायतका कारण आत्महत्याका घटना बढी हुने गरेको भेटिएकाका छन् । कर्णालीमा गरिबी, भोकमरी र अशिक्षाको गम्भीर अवस्था छ । जसका कारण आत्महत्या गर्ने संख्या पनी बढेको छ । साथै उनले मदिरा र बैदेशिक रोजगारले समेत यसलाई बढवा दिएको छ । कर्णालीमा हालसम्म भएका आत्महत्याका घटनाहरुबारे अध्ययन गर्दा सम्बन्धविच्छेद, मदिरा, पारिवारिक विग्रह÷कलह, परीक्षामा असफलता, मानसिक रोग, आन्तरिक द्वन्द्व, घरेलु तथा लैङ्गिक हिंसा, मादक पदार्थको सेवन, तनावपूर्ण तथा थकित जीवन मुख्य कारण भएको प्रहरीको भनाइ छ ।

कर्णाली प्रदेश आर्थिक रुपमा सबैभन्दा विपन्न प्रदेश हो । यहाँका ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् । बेरोजगारीको संख्या अत्याधिक छ । यसले दैनिक जीवनयापनमा अनेक चुनौतीहरु निम्त्याउँछ । ती चुनौतीहरुसँग जुद्न नसकेर आत्महत्याको बाटो रोज्नेहरुको संख्या पनि कम छैन । चिकित्सकहरुका अनुसार मानसिक रोग, पारिवारिक अवस्था, वैवाहिक सम्बन्धमा उतार–चढाव लगायत कारणले मानिसलाई आत्महत्याको मुखसम्म पु¥याउने गरेको छ । त्यसैगरी लागुपदार्थ दुव्र्यसन, मुख्यतः रक्सीको सेवन गर्ने युवाहरुले आत्महत्याको प्रयास धेरै गरेको देखिन्छ । यो विकराल रुप लिएको आत्महत्यालाई रोकथाम गर्न ससबैले समयमै ध्यान दिन जरुरी भइसकेको छ ।

प्रकाशित मितिः   ३ भाद्र २०७६, मंगलवार १२:२२