शिक्षाले वृद्धि गर्नुपर्ने विवेक

भीम भण्डारी ‘खरो’
आमा र छोरा मात्र घरमा थिए । खेती लगाएपछि छोरा रोजगारीको खोजीमा भारत गएछन् । घर फर्किएपछि छोराले आमालाई सोधेछन्, ‘माँ जी यी किस्का फूल है ?’
आमाको जवाफ थियो कि ‘तिमीले नै जोतखन गरी छरेर गएको तोरी त हो नि । तिमी त कस्तो तोरीलाउरे पो बने छौ ।’
यसै सोधाइबाटै नेपालमा ‘कस्तो तोरीलाउरे’ भन्ने चलन चल्दै आयो । तोरीलाउरे शब्दको प्रयोगबाट कसैका विपक्षमा धुपबत्ती सल्काउने पर्यत्न गर्न खोजिएको छैन । यातना शब्द र शिक्षा शब्दसँग केही तुलना गर्ने सोच मात्र हो । नाङ्गो छाती र भोको पेटले दिने शिक्षा कुनै विश्वविद्यालयसमेतले दिन सक्दैनन् । तोरी लाउरे शब्दको प्रयोगले पनि मानसिक यातना दिन्छ । विगतमा पनि थुप्रै व्यक्ति पढे लेखेका थिए । हिटलरको यातना शिविर विश्वचर्चित यातना हो । त्यस्तो यातनाका दृश्य मानव जातिले नै हेर्न लायक थिएनन् भन्ने बुझेको छु ।
यातना दिने र पाउने दुवै शिक्षित नै हुन्छन् । पढेलेखेका र जाने बुझेकै मानवले मानवलाई दिइने कुनै पनि यातनाले कुनै पक्ष खुशी हुन्छ भने उसले प्राप्त गरेको शिक्षाप्रति नै एउटा गहिरो आशंका गर्न सकिछ । मानवलाई पढाएर मात्र पुग्दैन । मानवले पढेर मात्र पुग्दैन । मानवमा मानवीय स्वभाव र विवेक बढाउने पक्ष पो शक्तिशाली पक्ष हो । शिक्षाले मानवको स्वभाव र विवेक जबसम्म बढाउन सक्दैन तबसम्म कसैले कसैलाई पढाएर मात्र पुग्दैन । मुलुकमा चलेको जनयुद्वताका केही देखेका र सुनेका यातना हिटलरका यातना शिविर जस्तै थिएनन् भन्न सकिदैन । दुवै पक्षको अगुवाइ गर्ने व्यक्ति अशिक्षित पनि थिएनन् । निर्दोष आत्माले पनि यातना पाए । मानव जातिले हेर्न लायक नहुने यातना जस्तै निर्ममता पूर्वक गोलीले भुट्ने काम गर्ने हतियारधारी, विमारीलाई विष दिने डाक्टर, अन्धाधुन्दा लाठीचार्ज गर्ने सुरक्षाकर्मी, अपहरणपछि स्वयम्लाई खाल्डो खन्नलगाई जिउँदै पुर्ने क्रान्तिकारीहरू, गरीब जनतासँग चन्दा आतंङ्क गर्ने राजनैतिक दलका कार्यकर्ता र अन्य दानवीय कृत्य गर्ने जो जे भए पनि सबै पक्षलाई मात्र मानव बन्न प्रेरित गर्ने शिक्षा नै हो । शिक्षाले शिक्षित दानव बन्नबाट जोगाउनुपर्छ । यो देशमा अब फेरि कहिल्यै द्वन्द्व नहोस् । यदि हुन्छ र गरिन्छ भने पनि असल स्वभाव र विवेक भएका व्यक्तिको अगुवाइ छ कि छैन भन्ने स्वभाव र विवेकीय पक्ष हेरेर मात्र द्वन्द्व होस् । यदि द्वन्द्व हुन्छ भने पनि त्यस्ता शिक्षित दानवीय यातना नदोहोरिउन् ।
कर्णाली प्रदेशमा ‘छापामारको छोरो’ नामक पुस्तकका लेखक तथा साहित्यकारको उपस्थितिमा शान्ति सुरक्षा कायम भएको थियो र छ । यहाँको यातना छानविन हुनुपर्ने अवस्था नै नआउँला । यो प्रदेशको विकास विवेक प्र्रयोग गरी गर्नुछ । फेरि पनि द्वन्द्वले नै कर्णालीलाई पछि नधकेलोस् भन्ने कामना पनि हो । द्वन्द्वमा रमाउने पक्षले बोलेका केही बोली पनि सुनेको छु जुन नपिटेको धेरै भयो । कसलाई पिटुँ भन्दै भित्तामा मुट्की बजार्ने पक्षले पनि शिक्षित दानवले दिने यातना नपाओस् भन्ने कामना पनि हो । उपयुक्त वातावरणमा खाना खान पाएमा र आरामसँग बस्न पाएमा पुग्ने पक्ष जनावर मात्र हुन् भने मानवलाई आधाभूत आवश्यकता पूर्ति भएमा पनि शान्ति मिल्दैन । शान्तिका लागि शान्तिले क्रान्तिको आवश्यकता गर्छ मानवले । तर पनि क्रान्तिले शान्ति दिन सक्दैन । क्रान्तिले यातनाको जन्म दिन्छ । शिक्षित मानव पनि शिक्षित दानव हुन्छ र बन्छन् । यसको सबै दोष शिक्षालाई जान्छ ।
यातनाको जन्मपछि यातना शिविरको स्थापना हुन्छ । खाली शिक्षाले मात्र यातनामा रोकछेक गर्न नसक्दो रहेछ । यातनालाई रोकछेक गर्ने महŒवपूर्ण पक्ष मानवको स्वभाव र विवेक नै हो । आफ्नै छोराको फरक स्वभाव देखेपछि आफ्नै छोरालाई ‘तोरी लाउरे’ भन्ने ती आमाको मन जस्तै सफा मनले केही सुझाव प्रस्तुत गर्ने जमर्को गरिएको हो । नेपाल आमाका सबै सपुत समेतले पनि घोत्लिएर सोच्ने अवस्था आएको छ । अरु अर्थात् पराइको देखासिखीमा जो जे हामी गर्न लागिरहेको छौं, त्यो विषयको गहन समीक्षा गरेर मात्र अगाडि बढ्नु राम्रो हुन्छ । भावनाको कसीले मात्र मान्छेको मानवता, स्वभाव र विवेकमा नापतौल गर्न सक्दैन । मानवको स्वभाव र विवेक शिक्षाले बढाउँन सकोस् भन्दै लामो लेख लेखेर मात्र पनि पुग्दैन । त्यसैले विवेक कसरी बढाउँने र प्रयोग गर्ने भन्नेतर्पm सबै पक्षको फेरि पनि विवेक नै वृद्धि होस् भन्ने कामना नै हो ।
नेपालमा छडी शिक्षा विद्यालयदेखि सुरक्षा निकाय र विद्रोही पक्षमा चलेको थियो र छ । छडी शिक्षा दिने सबै पक्षले पढन, गन्न र लेख्न नजान्ने कोही छैनन् । मान÷पदवी र प्रतिष्ठा कमाएका व्यक्तिले मानवलाई दिइने यातनामा फेरबदल नहुने हो भने मानव भएर बाँच्नुको कुनै औचित्य पनि देखिदैन । पढ्न र लेख्न नजान्ने हाम्रा पूर्खाले पनि कसैले कसैलाई यातना दिएनन् । कसैले कसैलाई यातना दिएको पनि पाइँदैन । शिक्षित व्यक्तिले यातना दिन कसरी सिके र सिकाय यो पनि गम्भीर एक प्रश्न हो ?
मानवको कुल वंशमा जन्मेर मानवकै वंशजको अंश भागवण्डा लगाइ लिने दिने हामी समेतले हाम्रा पूर्खाहरूले पनि नगर्ने र नगरेको यातना कसैले कसैलाई पनि दिनु हुन्न भन्ने खरो तर्क हो । शिक्षाले फेरिपनि विवेक नै वृद्धि गरोस् भन्ने कामना यो पंक्तिकारको हो ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७६, मंगलवार १५:३९