रमाइलो बाल्यकाल
रमाइलो बाल्यकाल
खगेन्द्रप्रसाद अधिकारीको स्थायी घर स्याङ्जा हो । बुबा बेनिमहादेव अधिकारी र आमा दुरपति अधिकारीको सन्तानका रूपमा पुतलीबजार–४ झारबेडी गाउँ स्याङ्जामा जन्मिएका उनी अहिले पनि सुर्खेतमा छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सामाजिक कार्य विषयको उप–प्रध्यापक अधिकारीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः
मेरो जन्म स्याङ्जामा भएको हो । म एक्लो छोरा हुँ । म पछि ६ बहिनी छन् । बाल्यकाल केही रमाइलो अनि संघर्षमा बित्यो ।
सानैदेखि मरो स्वभाव सामाजिक थियो । घरका जेठो छोरा भएकाले पनि म जिम्मेवारी थिए । गाउँघरमा अरुलाई सहयोग गर्न अघि सर्थें । बुबाको स्वास्थ्य क्षेत्रमा जागीर थियो । आमा हाम्रो रेखदेख गर्ने र खेतीपाती गर्नुहुन्थ्यो ।
साथीहरुसँग रमाइलो हुन्थ्यो । मेरो फुटबल खेल्नमा धेरै नै रुचि थियो । पौडी पनि धेरै नै खेलिन्थ्यो । गाउँमै आदि खोला थियो । एक पटक खोलामा पौडी खेल्दा झण्डै ज्यान गएको थियो । १०÷११ वर्षको उमेर थियो । । भर्खरै पौडी खेल्न सिकेको थिएँ । पौडी खेल्दाखेल्दै डुबिहाले छु । गाउँकै एक जना दाईले देख्नुभयो र बचाउनुभयो ।
बाल्यलकामा अलि–अलि बदमासी पनि गरियो । अरुको बारीमा सुन्तला चोर्न जाने गरिन्थ्यो । साथीहरु मिलेर माछा चोर्न जान्थ्यौं । गाउँलेहरुले माछा मार्नका लागि खोलामा भुक थाप्ने गर्थे । हामी राती नै गएर माछा मारेर ल्याइहाल्थ्यौं । राती गएर बिहान पख बोरामा माछा लिएर आउनेगथ्र्यौ । कसले चो¥यो थाहा हुँदैनथ्यो ।
म सामाजिक स्वभावको भएको कारण गाउँमा हुने सामाजिक कार्यहरुमा सहभागी हुन्थें । म प्रायः साथीहरुको नेतृत्व लिन्थें । केही काम गर्नुपरे मेरो नेतृत्वमा हुन्थ्यो । केटाकेटीहरु मसँग डराउँथे पनि ।
साथीहरुबीच लडाईं पनि हुन्थ्यो । सदरमुकाममा पढ्न जाँदा एक घण्टा लाग्थ्यो । जाँदा हिँडेर गइहाल्थ्यौं । आउँदा गाडीको पछाडि चढेर आउथ्यौं । गाडीमा भाडा भाग्थे । विद्यार्थीहरुले भाडा दिँदैनौं भनेर भन्थ्यौं । कहिले काहीं बसको छतमै साथीहरुबीच लडाईं चलिहाल्थ्यो ।
पढाइ राम्रो नै थियो । प्राथमिक तहसम्मको पढाइ युगज्योति प्राथमिक विद्यालयमा पढें । घरबाट पाँच मिनेटको समय लाग्थ्यो । नजिक भएर पनि सजिलो थियो । त्यसपछिको पढाइ रामकोष फूलबारी निविमा पढें । कक्षा–८ सम्म यसै विद्यालयमा पढेपछि त्रिभुवन आर्दश माविबाट एसएलसी पास गरें ।
साथीहरु प्रायः सबैले लाहुरे बन्ने भन्थे । मलाइ पनि लाहुरे बन्नुपर्छ भन्थे । तर बुबाले मेडिकल क्षेत्रतिर नै पढाउने भन्नुहुन्थ्यो । हाम्रा अरु ठाउँभन्दा विकसित नै थियो । सडक पुगेको थियो ।
बाल्यकालमा साथीहरुको संगतले लाहुरे हुन्छु भन्ने लाग्थ्यो ।
९÷१० कक्षा पढ्ने समयमा विद्यालय टाढा हुँदा बुबा–आमाले हामी जहाँ गए पनि थाहा पाउने कुरै हुन्थेन । हामी प्रायः फिल्म हेर्न जान्थ्यौं । जंगलमै किताब लुकाएर जान्थ्यौं भने कहिले काहीं विद्यालयमै केही समय पढेर जान्थ्यौं । कक्षा १० मा पढ्दा विद्यालयबाटै भागेर पनि फिल्म हेर्न जान्थ्यौं । १० मा पढ्ने बेलामा दुई सय जना विद्यार्थी थियौं । दुई वटा सेक्सनमा पढ्थ्यौं । दुई–चार जना कतै गए पनि खासै शिक्षकहरुको ध्यान हुन्थेन । फिल्म हेर्न जाँदा एक पटक सर नै खोज्दै फिल्म हलमा पुग्नुभयो । हामी विद्यालयकै पोसाकमा थियौं । सर आएको थाहा पाएपछि फिल्म हेर्दाहेर्दै भाग्यौ ।
म घरको जेठो छोरा भएका कारण घरको काम गर्नुपथ्र्यो । घाँस दाउरा गर्नुपथ्र्यो । बिहान घाँस काटेर विद्यालय पढ्न जाने र साँझ विद्यालयबाट आएपछि फेरि पनि घाँस दाउरा काट्न जंगल जानुपथ्र्यो । खेती गर्ने सयमा खेतबारीमै काम गर्नुपर्ने हुन्थ्यो । हाम्रो ठाउँमा खेती राम्रो हुन्थ्यो । दुई पटक धान रोप्न पथ्र्यों । चैतमा रोपेर असारमा काट्ने र फेरि असारमा रोपाईं गर्नुपर्ने हुन्थ्यो ।
हामी भाइबहिनी धेरै भएकाले पनि बुबाको एक जनाको जागीरले मात्र खान–लाउन, हाम्रो पढाइ खर्च व्यवस्थापन गर्न समस्या नै हुन्थ्यो । मेरो बहिनीहरुलाई पनि पढाउनुपर्छ भन्ने मेरो सोच थियो । बहिनीहरुका लागि पनि मैले काम गर्नुपर्छ भन्ने हुन्थ्यो । हलो धेरै नै जोतें । आफू पढ्दै घरको काम गर्दै पढें । बहिनीहरुले पनि राम्रोसँग पढें । बहिनीको भविष्य कस्तो होला भन्ने चिन्ता हुन्थ्यो । त्यसैले उनीहरुको पढाइमा जोड दिन्थें । अहिले बहिनीहरु नर्सिंङ्ग अधिकृतसम्म भएका छन् । सबै आ–आफ्नो ठाउँमा सेटल भएका छन् ।
बाल्यकालमा चाडपर्व भनेपछि रमाइलो लाग्थ्यो । आफन्तको घरमा जाने, आफन्त आफूहरुको घरमा आउने, खेल्ने रमाइलो गर्ने अनि बुबा–आमाले नयाँ कपडा किनिदिने हुँदा नि चाडपर्व रमाइलो लाग्थ्यो ।
मैले वि.सं. २०५५ सालमा एसएलसी पास गरें । एसएलसी सकिएपछि शिक्षण पेसामा आवद्ध भएँ । अहिलेसम्म पनि शिक्षण पेसा मै छु । जागीर गर्दै पढ्दै गरेको हुँ । बीएसम्म स्याङ्जा पढें । त्रिभुवन आर्दश क्याम्पसमा बीएसम्म पढेपछि काठमाडौं गएँ । अहिले मैले तीन वटा विषयमा स्नातकोत्तर गरेको छु । मानवशास्त्र, सामाजिक कार्य र पर्यटन व्यवस्थापनमा स्नाकोत्तर गरेको छु । केही समयसम्म गैरसरकारी संघ–संस्थाका काम गरें । शिक्षण पेसा गर्ने शिलशिलामा सुर्खेतमा आएको हुँ । अहिले सुर्खेतमा नै परिवारसँग बसेको छु ।
साझा बिसौनी ।