विद्यार्थी आन्दोलनको भूमिका र भावी बाटो

ममता अधिकारी
जब एउटा भर्खर जन्मेको बच्चा कराउने वा रुवाउने अवस्थालाई स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिन्छ । बच्चा जन्मदा ऊ रुन्छ, कराउँछ भने ऊ स्वत ढङ्गबाट तन्दुरस्त हुन्छ । उसको शरीरमा तरङ्ग पैदा हुने गर्छ, रक्तसञ्चार सबल ढङ्गले हुने गर्दछ । यसकारण शरीर तन्दुरुस्त राख्नका निम्ति पनि रुन, कराउन आवश्यक छ । भन्नुको अर्थ विद्यार्थी आन्दोलन पनि यस्तै अवस्थाको आवश्यकताको चरणमा देखापर्ने एउटा ठोस रूप हो ।
समाज विकासको क्रममा पनि त्यस्तै अवस्थाहरू देखा पर्दछन् । जब एउटा समाजको निर्माण भयो, तब समाज पूर्ण ढङ्गले सवल र सक्षम थिएन । जसलाई रूपान्तरण गर्न शिक्षाको भूमिका अतुलनीय हन्छ । जहाँ शिक्षा प्रणाली राम्रो छ, त्यहाँको समाज आज विकसित भएको छ, जुन शिक्षा प्रणाली परिवर्तनका लागि विद्यार्थी आन्दोलनले ठूलो भूमिका खेलेको हुन्छ र त्यो इतिहास पनि साक्षी छ । विद्यार्थीले फरक–फरक समयमा फरक–फरक परिवेशमा सञ्चालन गरेका शैक्षिक आन्दोलनले समाजमा रहेको शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन महŒवपूर्ण भूमिका खेलेका दृष्टान्तहरू हामी माझ जगजाहेर नै छन् ।
नेपालको सन्दर्भमा वि.सं. २००७ देखि निरंकुश राणा शाासनका विरुद्धको आन्दोलनदेखि २०६२÷०६३ को जनआन्दोलनसम्मको अवस्थासम्म आन्दोलनको संखघोष विद्यार्थीहरूबाट नै भएको देखिन्छ । विद्यार्थी आन्दोलनका कारण नेपालको शिक्षा प्रणालीमा क्रमिक रूपमा सुधार हँुदै आएको छ । विभिन्न खाले विद्यार्थी आन्दोलनले गर्दा नेपालको सामाजिक, आर्थिक रूपान्तरणमा महŒवपूर्ण प्रभाव परेको छ । विद्यार्थी आन्दोलनका मुद्दाहरू विद्यार्थीहरूको हकहित, वैज्ञानिक शिक्षा प्रणालीको विकास सामाजिक रूपान्तरको अभियान जस्ता उल्लेखनीय कामहरूको लागि भयो । वि.सं. २००४ सालमा जनताका छोराछोरीहरूले पढ्न पाउनुपर्छ भन्दै जयतु संस्कृतम् आन्दोलन राणाहरूको विरुद्धमा भएको थियो । जुनबेला दरबारियाहरूले मात्र पढ्न, लेख्न पाउने अवस्थाको व्यवस्था मात्रै थियो । त्यसैगरी २००७ सालको निरंकुश राणाशासन विरोधि आन्दोलनमा पनि विद्यार्थीहरूको अगुवाइमा भएको आन्दोलनले पनि महŒवपूर्ण भूमिका खेलेको थियो ।
२००७ सालमा काठमाडौंको गोलपार्कमा राजा र दिल्लीसँगको सम्झौता जनताको हित विपरित छ भन्दै विद्यार्थी आन्दोलनमा ‘चिजिया काजी श्रेष्ठ’ सहिद भएका थिए । २००७ साल, २०३६ साल हुँदै २०४६ सालको बहुदलीय व्यबस्थाको आन्दोलनलाई स्थापित गर्दै २०६२÷०६३ सालको जनाआन्दोलनमा पनि विद्यार्थी आन्दोलनको भूमिका अतुलनीय भएको छ । उक्त आन्दोलनका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । जसको केही मात्रामा श्रेय विद्यार्थी आन्दोलनलाई नै जाने गरेको छ ।
व्यवस्था परिवर्तनमा निकै महŒवपूर्ण भूमिका खेलेको विद्यार्थी आन्दोलनले अब नयाँ बाटो समाउन जरुरी छ । अबको आन्दोलन निर्वाहमुखी जीवनस्तर भन्दा पनि समाजलाई आर्थिक रूपान्तरण गर्ने र समाजवाद उन्मुख अर्थ व्यवस्थाको आधार तय गर्ने शिक्षा प्रणाली जो वैज्ञानिक हुनेछ । त्यस्तो शिक्षा प्रणाली स्थापना गर्नका लागि विद्यार्थीहरूले आन्दोलन गर्न अझै पनि जरुरी देखिन्छ । निर्वाहमुखी अर्थ व्यवस्थालाई विस्थापित गरी सामाजिक, आर्थिक संवद्धलाई स्थापित गर्ने शिक्षा प्रणालीको विकासका लागि विद्यार्थी आन्दोलन हुनुपर्दछ । यसमा शिक्षा प्रणालीलाई विभिन्न चरणमा वर्गीकरण गरी सरकारले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्दछ । आधारभूत शिक्षा, मध्यम शिक्षा र उच्च शिक्षा गरी वर्गीकरण गर्नुपर्दछ ।
आभारभूत शिक्षाः मानिसले अक्षर चिन्नेदेखि बुझ्नेसम्मको शिक्षाको अवस्थालाई आधारभूत शिक्षाको रूपमा लिन सकिन्छ । यस अन्र्तगत कक्षा १ देखि १० सम्मको शिक्षालाई लिनुपर्दछ । जसमा मानिसलाई सामान्यदेखि जटिल कुराहरूसम्म बुझे्ने अवस्थाको सिर्जना गर्नुपर्दछ । यसप्रकारको शिक्षाको लागि सरकारले लगानीको कुरामा विशेष ध्यान दिनुपर्दछ । प्रारम्भमा मानिसलाई के बनाउने, कस्तो बनाउने भन्ने कुराको निर्धारण यस तहको शिक्षा प्रणालीले गर्दछ ।
मध्यम शिक्षाः यो शिक्षा प्रणाली अत्यन्त जरुरी तथा आवश्यक शिक्षाको तह हो, जसले भोलिको प्रतिफलका निम्ति र समग्र देश विकासको तहमा अत्यावश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा तहको रूपमा विकास गर्दै लग्नु पर्दछ । जस अन्तर्गत यसमा अन्य आर्दशवादी ज्ञान भन्दा पनि व्यवसायिक शिक्षाको रूपमा स्थापित गर्नुपर्दछ । यो प्रत्यक्ष सम्बन्धित क्षेत्रमा काम गर्ने जनशक्तिको रूपमा स्थापित गरिनुपर्दछ । अबको प्राविधिक शिक्षा उत्पादन कार्यसँग प्रत्यक्ष रूपमा संलग्न भएर कार्य गर्ने अवस्थाको सिर्जना सरकारद्वारा हुनुपर्दछ । जसले गर्दा देशमा उत्पादन अधिकतम् रूपमा विकास भइ देशलाई आर्थिक समृद्धिको मार्गमा अगाडि लग्न महŒवपूर्ण भूमिका रहन्छ ।
जस्तैः तत्कालीन अवस्थामा नेपालमा आर्थिक रूपमा रूपान्तरण गर्नका निम्ति कृषि नै उत्तम भएको हुँदा उक्त क्षेत्रमा बढी भन्दा बढी कृषि प्राविधिक जनशक्ति उत्पादन गरी कृषि क्षेत्रलाई विकसित रूपमा लैजानु पर्दछ । यसको प्रत्यक्ष फाइदा कृषक वर्ग वा मजदुर वर्गलाई पुग्ने र स्वरोजगारको अवस्था सिर्जना भइ वैदेशिक रोजगारमा जाने युवाहरूलाई रोकावट गर्ने शिक्षा हुन्छ । त्यसैगरी साना तथा मझौला उद्योगहरू निर्माण गर्ने शिक्षा प्रणालीको विकास यसै तहबाट गरिदिनुपर्दछ । उक्त क्षेत्रमा सरकारमार्फत् अधिकतम लगानि गरिनुपर्दछ । यो शिक्षा प्रणाली प्रत्यक्ष आर्थिक समृद्धिका निम्ति जोडिएको शिक्षा प्रणाली भएको हुँदा सरकारको संलग्नता बढी मात्रामा रहनुपर्दछ । यस्तो खाले जनशक्ति देशमा धेरै भन्दा धरै मात्रामा उत्पादन गरिनुपर्छ ।
उच्च शिक्षाः उच्च शिक्षाले समाजलाई दिशाबोध गर्ने कार्य गर्दछ । यस अन्तर्गत विभिन्न ज्ञान गुनका कुराहरूको छलफल गर्ने, ज्ञान प्राप्त गर्ने, विद्यावारिधि प्राप्त गर्ने हुँदा यसमा थोरै जनशक्ति उत्पादन हुने गर्दछ । जसले गर्दा सामाजिक रूपान्तरणमा उल्लेखनीय भूमिका खेलेको भए पनि यस्तो जनशक्ति कम मात्रामा उत्पादन हुने हुँदा यस प्रकारको शिक्षा प्रणालीमा सरकारले लगानी न्यूनतम मात्रामा गर्नुपर्दछ । उल्लेखित शिक्षा प्रणाली नेपालको सन्दर्भमा सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीका रूपमा लिन सकिन्छ । अबको विद्यार्थी आन्दोलन उक्त शिक्षा प्रणाली स्थापित गर्नका निम्ति हुनुपर्दछ । यसर्थ बुर्जवा शिक्षा प्रणाली भन्दा पनि वैज्ञानिक शिक्षा प्रणाली स्थापनाको लागि विद्यार्थीहरूका आवाजहरू बुलन्द हुन जरुरी छ । अबको विद्यार्थी आन्दोलनको प्रमुख एजेण्डाको रूपमा रोजगारमुखी शिक्षा प्रणालीको रूपमा विकास गर्नुलाई लिइनुपर्छ । विकशित राष्ट्रको तुलनामा नेपाललाई पु¥याउनका निम्ति जबसम्म नेपालको शिक्षा प्रणाली परिवर्तन गरी उक्त शिक्षा प्रणालीलाई वैज्ञानिक शिक्षा प्रणालीमा परिवर्तन गर्न सकिदैंन तबसम्म हाम्रो देश नेपाल विकसित राष्ट्रहरूसँग तुलना गर्न योग्य हुन सक्दैन । यसर्थ अबको प्रणाली व्यवहारिक र वैज्ञानिक हुनुपर्छ र अधिकतम आर्थिक उत्पादनमो जोड दिँदै स्वरोजगारको अवस्था सिर्जना गर्नुपर्दछ भन्ने विद्यार्थीहरूका अबका आन्दोलनको प्रमुख पक्ष र लक्ष्य हुनुपर्छ ।
शिक्षा राज्यको मौलिक हक अन्र्तगत हुनु पर्दछ । राज्यको दायित्वमा हुनुपर्दछ । शिक्षामा राज्यको लगानी आवश्यक छ । शिक्षा उत्पादन श्रमसँग जोड्नुपर्छ । शिक्षामा निजीकरण र उदारीकरणको अन्त्य गर्न आवश्यक छ । नेपालको भूगोल, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग हुने दक्ष जनशक्ति उत्पादनका लागि देशको विकास हुने खालको पाठ्यक्रमको निर्माणमा सबैको ध्यान जान र सो कुरालाई व्यवहारमा लागू गर्नु आजको टट्कारो आवश्यता हो । नेपालको शिक्षालाई विदेशी देखासिखी र विदेशीको ग्राइन डिजाइन बमोजिमको पाठ्यक्रम नबनाइ देश निर्माण गर्न सहयोगी भूमिका निर्वाह गर्न अभिप्रेरित गर्ने खालका विषय वस्तुहरू पाठ्यक्रममा समाहित गरिनु पर्दछ ।