महातन्त्रको भाडभैलो
उपेन्द्र खड्का
विश्व शक्ति राष्ट्रका जुनसुकै आधारशीलाहरू पल्टाएर हेर्दा कुनै पनि मुलुकहरू चाहे संघीय शासन प्रणालीले भरिपूर्ण होस् वा कुनै एकात्मक शासन व्यवस्थाले अव्यस्थ हुन, उनीहरूको जग भनेको जनतालाई शासित कलाको अभ्यास गराउनु नै हो । उचित आर्थिक सुशासनको अभ्यास गराउनु हो । र उचित आर्थिक सुशासनको अवलम्बन गराउनु हो । एकात्मक वा संघीय शासन प्रणालीले कुनै पनि मुलुकको समृद्धि मापन गर्न खोज्नु मुर्खता हो । हरेक मुलुकको समृद्धि शासनशैली भन्दा पनि नेतृत्वदायी क्षमताको उपज हो । राजनीतिक उच्चतम विन्दुको खोज हो, साथै लगातारको अभ्यास र निरन्तर प्रतिबद्धताको समजोड हो । जनताहरू शासक र सरकारलाई एउटा साध्यको रूपमा लिइ आलोचनात्मक शैलीमा जनताहरू साधनको रूपमा उभिदै आए । हरेक साधनापश्चात् विकास र समृद्धितर्फका हिसाबले उनीहरूले विश्व परिवेशमा फड्को मार्न सफल भए । सरकार मात्र हरेक काम गर्न सक्षम हुँदैन । हामी जनताहरू साधनको रूपमा सहभागी प्रक्षपण हुँदा देशले कायापलट गर्न सक्छ ।
हामी जनताहरू अनौठा र अचम्मित कैयौं दार्शनिक कुराहरू गछौं र भन्छौं सरकारले केही गरेन । आफ्ना हरकत बारे हामी आफै अनविज्ञ भइदिन्छौं । केही सोचाइका बहसहरू पनि खुम्चिनुपर्ने बाध्यात्मक परिस्थिति भने यथावत कायम छ । आफैले गरेका गल्तीहरूको पनि दोष अरुमाथि थुपार्ने अवनरत प्रायसमा रहेका हाम्रा जनताहरूको शौचालय जानेदेखि विदेश यात्रामा समेत सरकारको नै दोष थुपार्ने परिपाटी छ । यदि हामी समृद्ध हुन चहान्छौं, सुदृढ हुन चहान्छौं वा कुनै प्रणालीमा बाँधिन चहान्छौं भने छिमेकी राष्ट्र चाइनाको एकद्वार नीति होइन कि त म र मेरो हैन भने हामी र हाम्रो भन्ने मान्यता विकास गरी अगाडि बढ्न सक्छौ । हामी नेपालीहरू नेपालमा जुनसुकै काम गर्दा फलानो देशको प्रणाली यस्तो छ, फलानो देशमा यस्ता शासन विधि छन् भनेर हाम्रा गाउँ घरमा मात्र हैन संसद सचिवालय लगायत मन्त्रिपरिषद् मै बहसका गौण विषय बनेका छन् । हाम्रा नेतृत्वदायी अग्रजहरू न कुनै विदेशी प्रणालीको पूर्ण रूपमा सिको गर्न सक्छन्, न कतै विश्व समुदायलाई आफैले विकास गरेर कुनै सिद्धान्तको प्रतिलिपि बाँड्न सक्छन् । एउटा उखान जस्तै यतै न उताको भए हल्लिने खाट भए भनेझै दिन रात उपलब्धी विहीन संघर्षमा समय व्यतित गरेर सरकारको आयु लम्बाउने कसरतमा जुटेका छन् । हामी जनताहरू कागको मुखबाट कतिबेला मासु खस्छ र खाउँला भनेझै टोलाएर सरकारका दृश्यहरू अवलोकन गर्ने शिवाय अरु कुनै नजरअन्दाज गरेका छैनौं ।
पहिलो र दोस्रो विश्वयुद्धबाट क्षत विक्षत भएका मुलुकहरू मध्येबाट जापानले अब युद्धले भन्दा विकास र प्रविधिले विश्वलाई पल्टाउन सकिन्छ भन्ने मान्यताको विकास गरी शक्ति राष्ट्रको होडबाजीमा लम्किन सफल भयो । अहिले जापनिजहरू मानव सभ्यता र संसार परिवर्तनको खोजमा विज्ञान जगतमा उभिएका छन् । झण्डै सत्तरीयौं वर्षको अन्तरालमा आजात भएको भारत महाशक्ति राष्ट्रको सदस्य बन्न पुग्यो । गाँजा खेतीको अन्त्य गरी क्रन्ति सुरु गरेको चाइना महाशक्ति राष्ट्रको नेतृत्व गर्न सफल भयो । यस्ता कैयौं उदाहरण छरप्रष्ट हुँदा पनि हलो गाडेर गोरु चुट्ने परम्पराले नेपालीहरू अझै पनि तपस्यामा बसेका छन् । दुई ढुङ्गाबीचको तरुल भन्न अत्याधिक सजिलो छ तर विडम्बना तरु भने आयतन खुम्चाउँदै ढुङ्गाको टुप्पोमा पुगेको छ ।
२१ औं शताब्दीको पूर्वसन्ध्यामा हाम्रा राजनीतिक नेतृत्वले प्रजातन्त्रका लागि संघर्ष गरे केही वर्षको रानीतिक अन्यौंलता पछि जनताले पञ्चायती शासन व्यवस्थाको अंश सम्हाले फेरि जनतालाई भ्रममा पारेर राजनीतिक पार्टीले बहुदलको आगमन गरे । झण्डै पचासौं वर्षको उथलपुथल पछि माओवादीले सशस्त्र क्रान्तिको नाउमा सर्वहाराको नेतृत्व गर्ने उद्घोष ग¥यो । अन्ततः जनयुद्धले राजतन्त्रको तानाशाही नेतृत्व तहस नहस त बनायो तर माओवादी भने संसदिय प्रणालीमा गएर थन्किन पुग्यो । आमुल परिवर्तनको नारा शासकीय स्वरूपमा गएर टुङ्गियो । गणतन्त्रको नारा पनि रूपान्तरित लोकतन्त्र हुँदै वैकल्पिक गणतन्त्रमा परिमार्जित भयो । २÷४ थान अहमताले जलेका आडम्बरीहरू भुक्तै छन्, हामीले गणतन्त्र ल्यायौं । गणतन्त्रको तन्त्रको मन्त्र साँचो अन्तै राखेर ताल्चा ठोकेर हिँडेका हाम्रा माक्सवादीहरू अझै पनि साम्यवादको नारा लगाउन छोडेका छैनन् ।
घर घरमा ग्याँसको पाइप लाइन, हावाबाट बिजुली उत्पादन, मेट्रो रेल र पानी जहाज को चर्चा बटुलेको के.पी. ओली सरकार बहसबाट किन टाढा भग्दैछ ? जनताहरू उद्घोष गरीरहेका छन्, घर–घरमा ग्यासको पाइपलाइन हैन पानीको धारा चाहिएको छ । हावाबाट बिजुली भन्दा जलस्रोतको धनि देश बिजुली किन्न नपरोस् । मेट्रो रेल र पानी जहाजको सट्टा मुगु र हुम्ला अनि डोल्पासम्म पुग्ने पक्की बाटो चाहिएको छ । शिक्षामा गुणस्तर चाहिएको छ । सोचाइमा विशिष्टता चाहिएको छ । गरीब र पिछडिएका वर्गका लागि समानता चाहिएको छ । ओली सरकार राजधानीमा चर्चा बटुल्दै छ भने निमुखा जनताहरू घर आँगनमा एक छाकका लागि संघर्षरत छन् । धनीहरू झनै धनी हुने र गरीबहरू अझै गरीब हुने यो कस्तो समाजवाद हो ? हाम्रा सरकार समर्थक विश्लेषकहरूलाई जनतासामू गई प्रष्ट पारिदिन विनम्र अनुरोध गर्दछु । सुदृढ समाजवादको नाममा सरकारले जनतामाथी तानाशाही पूजीवाद लादेको छ ।
जनताहरूले विभिन्न नामका आश्वासनहरू भोग्दै आएका छन् । सरकारले आवश्वासन दिन पनि कुनै कन्जुस्यायी गरेको छैन । कहिले प्रजातन्त्रको व्याख्या ग¥यो, कहिले लोकतन्त्रमा जनतालाई सर्वपरी मानिदै आएको भन्यो कहिले गणतन्त्रका मन्त्रहरू गाउँघरमा पु¥यो, कहिले नयाँ नेपाल, कहिले नयाँ युगको सुरुवात आदि इत्यादी गरेर जनतालाई भ्रममा पार्न सरकार सफल भएको छ ।
अव जनताको चेतनास्तरमा वृद्धि भएको छ । उनीहरू आफै अधिकारका लागि मैदानमा उत्रेका छन् । स्वायत्तता र स्वतन्त्रताको अनुभूति गरेका छन् । राष्ट्र र राष्ट्रियताको व्याख्या गर्ने क्षमता राख्दछन् । राजनीतिको असल संस्कार सिकाउने हिक्मत गर्दछन् । अब सबै झठ्ठा आश्वासन बन्द गर्नुहोस् । नत्र फेरि जनताहरू एकजुट भएर महातन्त्रको लागि संघर्षमा उभिने छन् ।
साझा बिसौनी संवाददाता ।