भेरी करिडोरसँग जोडिएको जीवनरेखा

डा.दिपक गौतम
१. भेरी नदीको बाटोबाट गुज्रिएको सडक नै भेरी करिडोर हो । दक्षिणतर्फ भारतको सीमावर्ती भन्सार नाका जमुनाह चौकीबाट प्रारम्भ भइ उत्तरतर्फ चीनको पारम्परित सीमा नाका धो–मोरिम्लासम्म पुगेको यो करिडोर सम्भवतः नेपालकै सबैभन्दा लामो सडक बन्ने छ । त्रिदेशीय सञ्जालमा बन्ने करिडोर बाँके, बर्दिया, सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पा जिल्लामा सुतेको छ । सामरिक महŒवको महŒवपूर्ण करिडोरको आफ्नै विशेषता, सम्भावना, चुनौती र अवसरहरू छन् ।
चीन र भारतलाई नेपालबाट जोड्ने भेरी करिडोर मध्यनेपालकै जीवनरेखा हो । यसले चीन र भारतलाई नजिक ल्याउने छ र मध्यनेपाललाई पारवाहन बिन्दुका रूपमा लिने छ । सहज, सरल र व्यवहारिक सडकले सबभन्दा ठूलो खण्ड हिमालपारीको डोल्पालाई बनाएको छ । सबैभन्दा कम बर्दिया जिल्लाको भू–भागलाई खण्ड बनाउनेछ । डोल्पा जिल्लामा मात्र यसको लम्बाइ लगभग ३०० कि.मि. बनाउने छ ।
२. यस सडकले छिन्चुसम्म कर्णाली करिडोरसँगै मिसिएर त्यहाँबाट फाट्नेछ । सुर्खेतको हात्तिखालबाट प्रदेश बिन्दु पाएको करिडोरले भेरी उपत्यका प्रसिद्ध बनगाड ज्यूला, सिम्तादरा, कुदुटार, रिम्ना दोभान, आठबीस नगरपालिका, कोदामकोट, तल्लो डोल्पा र उपल्लो डोल्पा जस्ता सबैभन्दा महत्वपूर्ण स्थानअरुलाई टेकेर जानेछ । भेरी उपत्यका कर्णालीकै मात्र हैन नेपालकै ठूलो उपत्यका हो । भेरीले निर्माण गरेको उपत्यकामा गुर्भाकोट, लेकबेशी र भेरीगंगा तीन वटा कर्णालीका ठूला नगरपालिकाहरू छन् । यिनले भविष्यमा एउटै उपमहानगरपालिका बनाउने माग गर्दैछन् । भेरी उपत्यका वन, जंगल, नदी, वस्तीका विविधतापूर्ण विशेषताले बनेको छ । दायाँतर्फ सुर्खेत, दाङ प्रस्तावित मदन भण्डारी लोकमार्ग र बायाँतर्फ बबई डाइभर्सनले निर्माण गर्ने विशाल तलाउ, संरचना, सुरुङ्ग तथा विद्युत उत्पादनले जनताको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, कृषि उत्पादन, होटल व्यवसायलाई बढावा दिइरहँदा भेरी करिडोरले समृद्ध पार्नेछ । स्वदेशी–विदेशी पर्यटक, व्यापारी, जनता, विद्वानहरूको मन, मष्तिष्क र शरीर आकर्षित गर्नेछ । थुप्र रोजगार र आय–आर्जनका सम्भावना त्यतिकै छ । सडक विकासको मेरुदण्ड हो । यसले रणनैतिक महŒव बोकेको हुन्छ ।
३. सल्यान, बन्गारको संस्कृति, भाषा, कला, सम्पदा विशिष्ट खालको छ । बन्गारी टप्पा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त छ । यहाँका जनतामा रहेको आम लोक कला, नृत्य, गीत र रहनसहन, लवाइखवाइ, इतिहास, पशुपालन, दुध, दही, घ्यू र मोहीका लागि अति मिठो चामल, गहत, कोदो, सुन्तला र कन्दमुल अर्गानिक छन् । सरलता, सहजता र परोपकार भाव बन्गारको विशिष्टता हो । संग्रही बालुवा थान तथा खेत राप्तीको पुरानो पहिचान हो । भेरी करिडोरले यस्ता अद्वितीय सम्पदाहरूलाई ऊजागर गर्न महŒव राख्नेछ । यसले शेषभागलाई परिचित गर्ने छ । यहाँको भू–बनौट, जलप्रवाह, संस्कृति, वन्यपंक्षी, वनजंगल अध्ययनीय पक्ष बन्दै आएका छन् ।
४. सिम्तादरा विगतकालको सुर्खेतलाई पाल्ने दरा थियो । सिम्ताली भाषा नेपालमै चर्चित बनेको छ । खस सभ्यताको मस्टो संस्कृति, संस्कार, लोकवार्ता, उत्पादनले विशिष्ट पहिचान बोकेको छ । विशुद्ध पहाडी संस्कृतिको सिम्तादराका ऐतिहासिक, पुरातात्विक, सम्पदा नेपालका गहनाहरू हुन् । राजनैतिक सचेततामध्य नेपालको सिम्ता यहाँको मौलिकता हो । यहाँको पुरानो विद्यालय, मन्दिर तथा रहनसहनले मध्यनेपाल प्रभावित हुनेछ । राकम उपत्यकामा व्यवस्थित सहर बन्नेछ । यसर्थ भेरी करिडोरले सिम्ताको जनजीवनलाई भरसक भरथेग गर्ने ल्याकत र क्षमता बोकेको छ । यसले भारत र चीनको व्यापारलाई मात्र अभिवृद्धि गर्ने छैन सीम्तालाई पनि समृद्ध बनाउनेछ ।
५. भेरी बबई डाइभर्सन, नलसिंहगाड, भेरी चौथो, भेरी दोस्रो र भेरी पहिलो, जगदुल्ला जलविद्युत गृह जस्ता ठूला–ठूला जलविद्युुत परियोजना मात्र भेरी करिडोरका प्रभाव क्षेत्रमा छैनन्, असंख्य साना–ठूला जलविद्युत परियोजनाहरू बनिसकेका छन्, केही बन्दै छन् केही बन्नेवाला छन् । करिडोरले यिनको लागत घटाइ उत्पादकत्व बढाउनु, शीघ्र निर्माण गर्ने, अध्ययन गर्ने गराउने, विद्युत जागरण बढाउने, जल प्रयोगमा सचेतता ल्याउने महŒवपूर्ण आधारभूत अनिवार्य योगदानको खाका बोकेको छ । उद्योग व्यवसाय, रोजगारी, बजार, उत्पादकत्व पनि बढ्न सक्ने स्थिति छ । यति मात्र छैन यही करिडोर आकाशै आकाश विद्युत प्रशारणलाईन खिचिएको छ । जहरेमा ठूलो विद्युत ग्रिड बन्दैछ ।
६. करिडोरका सहायताबाटै मध्यनेपालमै मात्र हैन जाजरकोट मटेलाको राणाकालीन पुल, जाजरकोटको फलामे राणाकालीन पाइप व्यवस्था, रुकुमको करिब २०० वर्ष पुराना स्थानीय तिरुवाले बनाएको झोलुङ्गोको अध्ययनलाई प्रभावित गर्नसक्छ । कोट, थुँका, काँडा, उद्गमस्थल, डाँडा, दृश्यावली, नागवेली झरना, घाँग्रा, रह र दहको अध्ययनलाई करिडोरले सघाउ पु¥याउन सक्छ र स्थानीय स्रोत सामग्रीका परिचालन हुन सक्छ ।
७. करिडोरले बोकेको अर्को प्रचूर सम्भावना भनेको जाजरकोटको जुनिचाँदे र शिवालय गाउँपालिका हुँदै दैलेख र जुम्ला जोड्ने प्रस्तावित सडकहरूको विशिष्ट पहाडी रहनसहन, उत्पादन तथा माछा अनि यस क्षेत्रकै सबैभन्दा ठूलो पैंक मस्टाको व्यवहार मन्दिर पहिचान हो । सबैभन्दा थान भएको यस क्षेत्रमा पाङखाम मगर भाषी मगरहरू छन् । छेडागाडको माछा नेपालमै प्रसिद्ध छ, गाभा लोकप्रिय छ, कोदो विशिष्ट छ, रैथाने चामल विशिष्ट छ, पशुपालनको प्रचूर सम्भावना छ । मत्स्यपालनमा राम्रो संकेतहरू छन् यहाँको मकै विछट्टै राम्रो छ ।
८. करिडोरले चौरजहारी जस्तो ठूलो टारले बोकेको सम्भावना विकासलाई सघाउ पार्न सक्छ । मध्यपहाडी लोकमार्गसँग जोडिने चौरजहारी नेपालकै १० वटा मध्यको एक अत्याधुनिक शहरमा प्रस्तावित, कार्यान्वयन हुने सहर हो । नदीको वित्तामा रहेको चौरजहारीको ४२ कि.मि. चक्रपथ निर्माणाधीन छ, १० कि.मि. हटलाइन कालोपत्रे बन्दैछ । अस्पताल, क्याम्पस, विद्यालय, बोर्डिङ्ग, मन्दिर, घनाबस्ती, विविध जातजाति तथा हवाइमैदान सम्पन्न चौरजहारीको समृद्धिमा भेरी करिडोरले उल्लेख्य योगदान गर्ने सम्भावना मात्रै छैन कुदुको विशाल फाँटमा व्यवस्थित तरकारी कृषि विकासको सम्भावना दिएको छ । कर्णाली प्रदेशका चौरजहारी र कुदु भेरी उपत्यका र आठबीस नगरपालिका खाद्यान्नका अन्न भण्डारहरू हुन् । बन्गार ज्यूला र होलु ज्यूला प्रसिद्ध धानका ज्यूलाहरू हुन् । करिडोरको यात्राले दशौ ज्यूलाहरूको दर्शन बनाउनेछ र ज्यूला संस्कृतिका जीवन्त दृष्टान्त दिनेछ । बन्गार ज्यूला, रैकर ज्यूला, बाँखर्क सिम्ता ज्यूला, होलु ज्यूला, जहारी ज्यूला, मैदे ज्यूला, बाँके ज्यूला, आठबीस ज्यूला, अनाज्यूला, कर्णाली प्रदेशका धानभण्डारका उल्लेख्य ज्यूलाहरू हुन् । पी ज्यूलाको अतिक्रमण कर्णालीको पहिलो चुनौतीपूर्ण समस्या बनेको छ ।
९. करिडोरले पूर्वी कर्णाली प्रदेशको प्रसिद्ध तीर्थस्थल रिम्ना घाटलाई आफ्नै अङ्ग बनाएर रुकुमतिर दौडिएको छ । अति पवित्र स्थलहरू मध्यको एक रिम्ना घाटमा पुरानो धर्मशाला छ, पवित्र कार्यहरू गरिदैछ र माघे संक्रान्तिमा ठूलो मेला लाग्छ । सल्यान, जाजरकोट, रुकुम, दैलेख, रोल्पा, डोल्पाका धार्मिक जनहरू यहाँ मेला गर्न आउने गरेका छन् । करिडोरले शेष भागका धार्मिक मानिसहरूलाई आउजाउ गर्न, बस्न, खान, दिन बिताउन सघाउ गर्नसक्छ । यहाँबाट सानो भेरीको किनारैकिनार डोल्पा जाने निर्माणाधीन सडक बाटोले पूर्वी रुकुमको आधाआधी छोएको छ । यसकारण करिडोरले छिन्चु घारीवन, मालारानी, छिन्चु लेकपराजुल, तातेपानी संग्राही कुपिण्डेदह, सल्लीबजार चौरजहारी, छेडा, जुनीचाँदे सडकहरूलाइ जोडिन अवसर दिने मात्र छैन जाजारकोट बारेकोट, नलसिंगाड बारेकोट राडी मुसिकोट गुर्ना जगदुल्ला सडक, जुम्ला डोल्पा सडक तथा हिमाली सडकलाई जोडिने छुट्टिने मिसिने र बनाउने उपयुक्त योगदान गर्नसक्छ र जनताको जीवनशैलीमा स्तरण गर्न योगदान दिन सक्छ ।
१०. भेरी करिडोरको सम्पन्नता उता हुम्ला जिल्लाबाहेक मुगु, कालिकोट र जुम्ला जिल्लाहरूलाई समेत प्रभावित पार्न सक्दछ । करिडोरले बारेकोट जस्तो उपत्यकालाई पनि नजिक ल्याउनेछ । बारेकोट कर्णालीको अर्को आफ्नै निजŒवपूर्ण उच्च पहाडी उपत्यका हो । राडी, पाखी, अल्लो, लगायत थुप्रै वन्यपशुपक्षी समृद्ध बारेकोट उपत्यका पर्यटनका महŒवपूर्ण उपत्यका हो । यहाँबाट जुम्ला सदरमुकाम एकै दिनको पैदल यात्रामा पुग्न सकिन्छ । करिडोरले यही बाटोपारी आउने यात्रु, सामान तथा उत्पादनलाई बजारीकरण दिनेछ । समाजशास्त्रीय कोणबाट पनि यसलाई मिनी कर्णाली प्रदेशका रूपमा अगाडी बढाउन सकिन्छ । त्यसकारण बारेकोट उपत्यकाको समीपै भएर अगाडि बढेको करिडोरको रणनैतिक महŒव गहिरो छ, व्यापक छ र सदा छ ।
११. सानो भेरीको प्रवाह धार, भावना, उत्पादन र समाजको विविध पाटा, पक्ष र धरातलहरू अर्को ऐतिहासिक उपलब्धिको रूपमा लिनु पर्छ । करिडोरले सानी भेरीका छाललाई शेष भागसँग गाँस्न प्रतिनिधि रूपमा योगदान गर्ने छ भने विकासको असिम सम्भावना बोकेको आठवीस नगरपालिकालाई पनि भेरी करिडोरले काँध दिनेछ । कर्णालीलाइ प्रदेशकै सबभन्दा बसाइँसराइँ भइ जनघनत्व बढेको नगरपालिकाको राडी ज्यूला भएर करिडोर गोतमतिर लागेको । आठवीस नगरपालिकाले आफ्नै एयरयोर्ट खन्दै छ भने अस्पताल बनाएको छ । गोतमकोटले गौतमहरूको उद्गमस्थलको रूप दिँदै रहँदा करिडोरले असंख्य गौतमहरूको आफ्ना पुर्खाको थलो हेर्न चाहँदा सुविधा दिनेछ । हजारौं गौतमहरू यही करिडोरबाट आवत–जावत मात्र गर्ने छैनन् गोतामकोटको विकासका महŒवपूर्ण योगदान दिनेछन् ।
१२. यसैगरी तल्लो डोल्पा, माथिल्लो डोल्पा, त्रिपुरासुन्दरी, से–फोक्सुन्डो ताल, काइके भाषा, लामा शेर्पा, तामाङ संस्कृतिका अध्ययनमा करिडोरले सघाउ
पुर्‍याउनेछ । यस क्षेत्रको उत्पादनलाई चीममा लैजान सहयोग गरी यस क्षेत्रमा बसोबास गर्दै आएका चानचुन १० लाख जनताको जीवनस्तरमा प्रत्यक्ष सघाउ पुर्‍याउनेछ र जीवनशैली बदल्नेछ ।

प्रकाशित मितिः   १६ पुष २०७५, सोमबार १३:४३