रक्तदान गरौं, जीवन जोडौं

Mohammad Ayatulla-मोहम्मद आयतुल्ला रहमान-
आज विश्व रक्तदाता दिवस । यो दिवस हरेक वर्षको जुन १४ मा डा. कार्ल लेन्डस्टेनरको जन्म दिनको सम्झनामा संसारभरी नै मनाइन्छ । यो वर्ष पनि ‘रक्तदान गरौं, जीवन जोडौं’ भन्ने मूल नारासहित विश्वभरी नै रक्तदाता दिवस मनाइदैछ । नेपालमा पनि कुनै ठाँउमा रक्तदान कार्यक्रम गरेर, कुनै ठाउँमा रक्तदाताहरूलाई सम्मान गरेर, कुनै ठाउँमा रक्तदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेर विभिन्न जिल्लाहरूमा विश्व रक्तदाता दिवस मनाइदैछ ।
रक्तसञ्चार सेवाको इतिहास रक्त सञ्चार सेवाको इतिहास लगभग तीन सय ८० वर्ष पुरानो छ । सन् १६१६ मा बेलायती नागरिक विलियम हार्भेले मानिसमा रक्तसञ्चार प्रणालीको व्याख्या गरेका हुन् । सन् १६६५ मा बेलायतकै डा. रिचार्ड लोअरले एउटा कुकुरबाट अर्को कुकुरमा सफलतापूर्वक रक्तसञ्चार गराए । यसको लगतै धेरै डाक्टरहरूले जनावरबाट मानिसमा रक्तसञ्चार गराए तर धेरैको ज्यान गयो । सन् १८१८ मा बेलायती डा. जेम्स् ल्वन्डेलले मर्न लागेको एक रोगीलाई मानिसको रगत सञ्चार गराउने प्रथम प्रयास गरे । सन् १९०१ मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले ब् , द्य र इ रक्त समूह भन्ने कुरा पत्ता लगाए । सन् १९३० मा नोबेल पुरस्कारबाट सम्मानित भए साथै सन् १९४० मा डा. कार्ल लेन्डस्टेनरले आर.एच. फ्याक्टर पत्ता लगाए । आर.एच.फ्याक्टर भनेको डी एन्टिजेन छ भने आर.एच. पोजेटीभ डी छैन भने आर.एच.नेगेटिभ भनेर छुट्याउँछ । सन् १९१४ मा बेल्जियमका नागरिक डा. हस्टिनले रगतलाई शरीर बाहिर बोतलमा सोडियम साइट्रेड रसायनको सहायताले नजम्ने गरी राख्ने तरिका पत्ता लगाए । सन् १९३२ मा डा. एन्ड्री वागदासकारोभले रक्तदानबाट लिएको रगतलाई ४ डिग्री सेन्टिग्रेड तापक्रममा २१ दिनसम्म गुल्कोज–सोडियम साइट्रेट रसायन मिलाएर राख्न सकिने पद्घति पत्ता लगाए । सन् १९३६ मा स्पेनिश सिभिलवारको समयमा डा. नरमन बेथुनले संसारमा सर्वप्रथम ब्लड बैंक स्पेनको वारसेलोना भन्ने ठाउँमा खोले ।
नेपालमा वि.सं. २०२३ साल श्रावण १२ गतेबाट नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा स्थापना गरी वीर अस्पतालको नजिकै सञ्चालन गरेको हो, वि.सं. २०३७ सालमा नेपाल रेडक्रस सोसाइटीले आफ्नै भवन प्रदर्शनी मार्गमा रक्त सञ्चार सेवा केन्द्रको स्थापना ग¥यो । हाल नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रले लगभग नेपालको ४८ जिल्लाहरूको ६८ ठाउँहरूबाट सेवा दिइरहेको छ ।

रक्त सञ्चार सेवा के हो ?
रक्त सञ्चार सेवा अर्थात् ब्लड बैंक भनेको बिरामीलाई आवश्यक पर्ने रगत सङ्कलन गरेर राख्नु हो, ब्लड बैंकले बिरामीलाई दिने रगत सङ्कलन गर्ने गर्दछ । ब्लड बैंकमा इम्युनोलोजीसँग सम्बन्धित परीक्षणहरू गरिन्छ, जसमा एन्टिबडी र एन्टिजेनको अध्ययन गरिन्छ । ब्लड बैंकको पनि एउटा छुट्टै प्रयोगशाला हुन्छ, सो प्रयोगशालाले बिरामीको रगत र बिरामीलाई दिइने रगत परीक्षण गर्दछ, रक्तदाताबाट लिएको रगत बिरामीलाई दिन मिल्ने–नमिल्ने निर्णय गर्दछ, रगत दिइसकेपछि आउने असरहरूको बारेमा पनि परीक्षण गरिन्छ । रगत दिने व्यक्तिमा केही रोग छ कि छैन भनेर पनि परीक्षण गरिन्छ । रगत लिने दिने दुवै मानिस लिने दिने प्रक्रियाबाट सुरक्षित रही रगत दिने, लिने गर्नुपर्दछ ।
कुनै पनि व्यक्ति विशेषले बिरामीलाई उपयोग होस् भनेर रगत दिनुलाई रक्तदान भनिन्छ । रक्तदाताहरू स्वस्थ र तन्दुरुस्त हुनुपर्छ । रक्तदाताहरूले गरेको रगतनेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रले छटपटाइरहेका अशक्त मरणासन्न अवस्थामा पुगेका बिरामीहरूलाई सहज ढङ्गले रगत उपलब्ध गराइ नयाँ जीवन दिइरहेका हुन्छन् । मानव जीवनमा सबभन्दा ठूलो चिज मानवता हो । हुन पनि तपाईंको शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन पाउँछ भने त्यो भन्दा ठूलो मानव धर्म, सेवा के हो ला र ? रक्तदान गर्ने स्वयम्सेवी रक्तदाताहरूलाई रक्त सञ्चार सेवासँग आवद्घ संस्थाहरूले विभिन्न तरिकाबाट सम्मान पनि गर्ने गर्दछन् । कुनै पनि ठाउँमा रक्तदान गर्नुपर्दा रेडक्रस रक्त सञ्चार केन्द्रसँग सम्पर्क गरी प्राविधिक सहयोगको लागि समय माग्नुपर्ने हुन्छ । हाल नेपालको सन्दर्भमा रक्तदान कार्यक्रमप्रति जनसहभागितामा उल्लेखनीय वृद्घि भएकाले रक्तदान कार्यक्रम र खासगरी रक्तदान उत्पे्ररणालाई अझैं व्यापकता दिनुपर्ने आवश्यक देखिन्छ ।

ब्लड ब्याग के हो ?
ब्लड ब्याग रगत राख्ने थैला हो, त्यस्मा ४९ मिलीएन्टिकोएगुलेन्ट राखेका हुन्छ । यस एन्टिकोएगुलेन्टले रगतलाई जम्न दिदैंन, एन्टिकोएगुलेन्टलाई छोटकरीमा ऋएम्ब् भनिन्छ, साइट्रेट फोस्फेट डेक्ट्रोज एडेनाइनहरको घोल हुन्छ । यस ब्लड ब्यागमा तीन सय ५० मिलीरगत राख्न मिल्छ । रगत राख्ने थैलो, रगत दिने सेट र परीक्षण गर्ने औषधिहरू रेडक्रस रक्त सञ्चार सेवा वा ब्लड बैंक, अस्पतालले खरिद गर्छ र परल मूल्यमा मात्र बिरामीहरूबाट सेवा शुल्कको रूपमा लिने गर्दछ ।
दैनिक कार्य सञ्चालन गर्न मानव शरीरमा प्रति केजी ५० मिली रगतको आवश्यकता हुन्छ । तसर्थ पुरुषको शरीरमा प्रतिकेजी २६ मिली रगत बढी हुन्छ भने प्रतिकेजी महिलाको शरीरमा १६ मिली रगत बढी हुन्छ । एक स्वस्थ व्यक्तिले प्रतिकेजी ८ मिली रगत सजिलैसँग दिन वा रक्तदान गर्न सक्छ । रक्तदानका लागि न्यूनतम ४५ केजी तौल भएको व्यक्ति हुनु आवश्यक छ । हाम्रो शरीरमा नयाँ रगत बन्ने र पुरानो रगत नष्ट हुने प्रक्रिया लगातार रूपमा चलि नै राखेको हुन्छ । रक्तदान गरेमा हाम्रो शरीरमा साधारण प्रक्रियाले नै स्वतः रगत आपूर्ति भइहाल्छ ।
शल्यक्रिया गर्नुभन्दा अगाडि, शल्यक्रिया गरिरहेको समयमा तथा गरेपछि, दुर्घटना एवम् चोटपटकहरूबाट बढी रक्तश्राव भएमा, महिलाहरू गर्भवती भइ बच्चा जन्माउँदा, रक्त सम्बन्धी रोग भएका नवजात शिशुहरू तथा पोलिएका बिरामीहरूलाई एकदमै रगतको आवश्यकता परेको हुन्छ, त्यसकारण यस्ता किसिमका बिरामीका आफन्तले पहिले नै रक्त सञ्चार केन्द्रमा सम्पर्क गर्नुपर्ने हुन्छ । रक्तदान गर्नका लागि तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ? प्रेसर ठीक छ कि छैन ? ब्लड गु्रप कुन हो ? ब्लड प्रेसर कति छ ? कुनै रोग लागेको छ कि छैन ? एचआईभी, हेपाटाइटिसः ज्ऋख्, ज्ब्ख्, ज्भ्ख्, ख्म्च्ी , जस्ता परीक्षणहरू गरिन्छ । रक्तदान गर्दा आफ्नो स्वास्थ्यको बारेमा जानकारी पाइन्छ, निर्धक्क भइन्छ । वास्तवमा रक्तदान गर्दा रक्तदान गर्ने व्यक्तिलाई कुनै पनि किसिमको नकारात्मक असर पर्दैन, रक्तदान गर्नु भनेको कसैको ज्यान जोगाउनु हो, आफूले रक्तदान गर्नु भनेको जीवनदान गर्नु हो, जीवन बाँड्नु हो, रक्तदान गर्न जानु हुने जो सुकै को पनि तौल कम्तीमा ४५ किलो, उमेर १८ देखि ५५ वर्ष हुनुपर्छ, रक्तचाप १२०÷८०mm या जन, हेमोग्लोविन १०नmरम िभएको, कुनै सरुवा रोगको शंका नभएको, असुरक्षित यौन कार्य नगरेको हरेक पुरुषले ३÷३ महिनामा र महिलाले ४÷४ महिनामा स्वःस्फूर्त तवरले रक्तदान गर्नसक्नु हुनेछ , रक्तदाताहरूले यसरी नियमित रूपमा रक्तदान गरे जीवन स्वस्थ, मितव्ययी ढङ्गले बित्छ । सबै सर्वसाधारणहरू विश्वस्त भए हुन्छ, रक्तदान गर्दा कुनै पनि किसिमको असर पर्दैन, उल्टै आफ्नो स्वास्थ्यको परीक्षण भइरहेको हुन्छ । यस्ता किसिमको महामानवीय कार्य, सहयोग मबाट जीवन पर्यन्तसम्म हुनेछ । नियमित रूपमा रक्तदान गर्नु हुने तपार्इं सबै रक्तदाताहरूलाई धन्यवाद छ । जय रेडक्रस ।
(लेखक घुमखहरे उपशाखाका कार्यसमिति सदस्य तथा नेपाल रेडक्रसका विशिष्ट सदस्य हुन् ।)

प्रकाशित मितिः   ३२ जेष्ठ २०७३, मंगलवार ०६:४६