प्रधानमन्त्रीले छोडेका तरंगहरु

Bhim_Bhandari_Kharo-253x300-भीम भण्डारी‘खरो’-
कार्यकारी प्रमुखमा ख्याल-ख्यालै दिल बसो
बसन्त बहार कसो जेठको धुप जसो ?
आँत सुकाउने जेठको खरो खडेरीले आँत सुकेका र कसैका खैरा र धेरैका सेता दाँत देखाउँदै सुर्खेत उपत्यकाको चारै नाकाबाट २५ जेठका दिनमा मध्यपश्चिमका नरनारीहरू कुइनेपानीतिर हानिए । धेरै जनका मनमा खड्कप्रसाद ओलीको दर्शन गर्ने मनोभाव देखिन्थ्यो ठूलै समूहमा सुर्खेत आएका ओलीको खरो बोलीले कुइनेपानीको जंगलमा धेरैलाई दाँत देखाउने अवसर मिलेको थियो । सरकारी धनखर्च गरी विदेश पढेका विद्वानले वास्तवमा नेपाल र नेपालीको अवस्थाका बारेमा अझै बुझ्न नसकेको र सत्तामा पुगेर पनि जनताको कथा व्यथालाई सम्बोधन गर्ने र देश र जनतालाई सम्बोधन गरी ल्याएको बजेटमा ठाउँ नपाएर पनि विरोधका रूपमा विरोध गर्ने कांग्रेसी नेतालाई उनको कटाक्ष थियो ।
आफ्नो कार्यकालको बजेटले अब वृद्धवृद्धाहरूको समेत दुई वर्ष नयाँ आयु थपिने कुरासम्म पनि राख्न छुटेन ओलीको उखान टुक्के बोली । अतः एमालेका अरु पूर्वप्रधानमन्त्रीहरू भन्दा विचार, दृष्टिकोण र व्यवहारमा फरक देखिएका छन् कि खड्कप्रसाद ? भारत र चीनसँग तटस्थताको नीति उनको राष्ट्रिय नीतिले पनि जनतालाई एमालेतिर आकर्षित गर्न सफल हुँदै आएको छ । जनताको दिल केपी ओलीसँग फर्किएको छ । सरकारी कर्मचारीहरूलाई सार्वजनिक रूपमा जनताका काम गर्न आव्हान गर्दै भ्रष्टाचार नगर्न र बजेटको व्यवस्थापन गर्ने जिम्मा प्रधानमन्त्रीको भएकोले बजेटको चिन्ता नगर्न निर्देशन दिएका थिए ।
वीरेन्द्रनकै जस्तो लाग्छ राष्ट्रवादी सोच
भूतपूर्वहरूबीच केपी ओली रोज
दिलदार ओलीका छोरा फूल जस्तो गोपीको
नेपालीले सम्मान गर्दै त्यै कालो टोपीको
जनताका योजनाहरू, इच्छाहरू, चाहनाहरू र भ्रष्टाचारका घटना एवम् आपराधिक गतिविधिहरू निगरानी, निरीक्षण, कानुनी दायित्व पूरा भए नभएको आम नागरिकका जन गुनासाहरूको सुनुवाइ गर्न क्षेत्रीय प्रशासन कार्यालयमा ‘हेल्लो सरकार’ डेस्क स्थापना गरेर टोल फ्रि नम्बर ११११ मा फोन एवम् लिखित उजुरी पठाउन सकिने व्यवस्था गरीसकिएको छ । खाना खान नपाइ कसैलाई पनि आफ्नो कार्यकालमा मृत्युवरण गर्न बोले वचनबद्धता प्रधानमन्त्रीले सार्वजनिक रूपमा नै बोले वचन नै दिन नसक्ने हुतीहाराहरूका अगाडि गरिबीका रेखामुनीका नरनारीलाई आ–आफ्नो आयु लम्ब्याउन हौसला दिने प्रधानमन्त्रीले राजा वीरेन्द्रको सुर्खेत मोहको अपुरो काम पूरा गर्ने वचन वास्तवमा उपल्लो तहको कार्य दिशा हो ।
सुधारौं सरकारी मान्छे, बिग्रिएका बानी
मूलधारमा गरीबलाई खोलौं नयाँ खानी
सुनको थालीमा भारतसँग जाली चप्पल समेतको नुन माग्ने नेपाल होइन । बरु भारतीहरूले नेपालका प्राकृतिक सम्पदाहरूमा गिद्धेदृष्टि राखेर अमूल्य जडिबुटी समेत ओसार्दैछ । उसैसँंग घाँटी जोडुवाहरू भारतका इशारामा नेपालमा षड्यन्त्र गर्दै आन्दोलन, नाकाबन्दी र हत्याकाण्ड समेतका घटना घटाउन लागिपरेका छन् । भारतीय छोटे राजनहरूका बडे–बडे गफ मात्र हाँक्छन् ।
नेपालमा उद्योगधन्दाहरू नखोलिनु र पूराना उद्योगधन्दाहरू नेपालबाट विस्थापित हुनु भारतीय पेट बोलीको गोप्य कार्य भारतीय नेपाली दलालहरूको भएकाले अब ओली सरकारले उद्योगधन्दाहरू पनि नेपालमा स्थापना गर्नतिर योजनाबद्ध रूपमा लाग्नुपर्छ । सरकारी कर्मचारीहरू पनि कमदोषी छैनन् । दीर्घकालीन योजनाहरूको नेपाली मार्गचित्र तयार गर्न नसक्नेलाई उपल्लो दर्जा दिनु हुँदैन । विशेष गरेर सचिवस्तर समेत दोषी छन् ।
राजाको राजकाज ढाल्ने भारततिर हेर
मौका मिले चौका हान्दै फेर्नु रिस फेर
नेपाल आफैमा सुन्दर शान्त, एकान्त र आफ्नोपन भएको हिमाली मुलुक हो । यसले भारत र चीन कसैको अवहेलना गर्दैन । कसैसँग पनि जाइ नलाग्ने र आइ लाग्नेलाई नछोड्ने नेपाली साझा विशेषता पनि हो । चीनका ठूला नेता माओले भनेका छन् कि सबैभन्दा पहिले मैले नेपालको हिमाल चिनेको छु । यो भन्दा पनि वीर नेपालीलाई चिनेको छु । भन्ने भनाइ राख्ने चीनले पनि नेपाल र भारतलाई राम्रोसँग बुझेको छ । चीनको नीति नेपालको जस्तै तटस्थताको नीति छ । कसैसँग जाइ नलाग्ने र आइ लाग्नेलाई भूत खेदे झै लखेट्ने नेपाली परम्परावादी चलन भएकाले भारतले नेपालको उन्नतितिर प्रगति हुँदै नदिने नीति बोकेकोले उसले नेपाललाई जिस्क्याउन खोज्दा अब त अति भयो । अतः नेपालले भारतको अतिवादी
एवम् विस्तारवादी नीतिमा खति (क्षति) नगरेसम्म स्वतन्त्र नेपालमा स्वतन्त्र नेपालीपनमा बाँच्न पनि नपाउने अवस्थालाई धपाउन सक्नुपर्छ ।
कर्मचारी राज चल्यो गाउँदेखि सहर
देशको काँचुली फेर्न जनताको रहर
अझै स्थानीय निकायहरूमा जनप्रतिनिधि छैनन् । खरिदार दर्जा समेतले अधिकृतस्तरको पगरी गुथेर ग्रामीण भूगोलमा बजेट डामाडोल गर्दै घरघरमा सुतेर तलबभत्ता, भ्रमणभत्ता, लत्ताकपडा र विकासी बजेट समेतको विनाश गरी मासविलासी खाएको अवस्था छ । सरकारी बजेट सरकारीहरूका हातमा आउँछ । सदरमुकाममा चेक
साटिन्छ । बजेट ग्रामीण भूमिमा पुग्दै नपुगी केन्द्रतिरै फर्किन्छ । ग्रामीण भूगोलमा सार्वजनिक भौतिक निर्माण सुधार समेतका विकासका पूर्वाधारमा डामाडोल एवम् गोलमटोल, नाप नक्सा र कमसल निर्माण सामग्रीहरू जनताका आँखामा छारो हाल्न प्रयोग गरिन्छ । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा कर्मचारी राजले देशकै लाज हुने गरी कार्य सम्पादन नगरिदिँदा विकास विनाशतिर उधो गतिमा छ । यस्तो अवस्थाको अन्त्य गर्न यो सरकारले स्थानीय निकायहरूको स्थानीय निर्वाचन घोषणा गर्दा विपक्षी दल विरोधका लागि विरोध गर्छ । आम जनचाहना देशको नयाँ काँचुली बदल्ने सोचमा छन् ।