शैक्षिक पद्दतिमा परिवर्तन आवश्यक
हरि उपाध्याय
साक्षरताको प्रतिशत उकालो चढिरहँदा समाजमा बेरोजगारी, सामाजिक विकृति, अपराधजन्य क्रियाकलाप, भ्रष्टाचार जस्ता सवालहरू पनि सँगसँगै बढ्नुले हामीले अनिवार्य बनाइएको शिक्षा प्रणालीमा कहीं कतै कमी भएको पुष्टि हुन्छ । हरेको मानिस जब यो लिन्छ र भएर जिउन थाल्दछ, उसले आफ्नो जीवनलाई सफल, सुखी र खुशी बनाउने उद्देश्य राख्दछ र तेही प्राप्त गर्न जीवनभर मेहेनेत गर्दछ, संघर्स गर्दछ ।
पछिल्लो केही समयदेखि जीवनलाई सफल बनाउने एक महŒवपूर्ण पाटोको रूपमा शिक्षालाई लिइएको छ र पूर्णसाक्षरताको अभियान विश्वव्यापी रूपमा चलाइएको छ, चलिरहेको पनि छ । आज कुनै ठाउँका बालबालिका विद्यालय जाँदैनन् भने त्यो ठाउँलाई अविकसित वा पिछाडिएको ठाउँको रूपमा लिइन्छ र यदि कसैको घरको बालबालिका विद्यालय जान्दैनन् भने त्यो घरलाई विपन्न घरको रूपमा चिनिन्छ । जसरी शिक्षालाई जीवन सफलताको, परिवार प्रगतिको, समाज समृद्दिको र राष्ट्र विकासको महŒवपूर्ण आधारको रूपमा मानिएको छ । त्यसै अनुरूपको प्रतिफल पाएको भने पाइदैन । हरेक व्यक्तिसँग प्रमाणपत्र चै भए पनि तर जागिर, आत्मनिर्भरता, मानवता, अनिशासन र व्यवहारिकता जस्ता चिजहरू पाउन भने खोज्नुपर्ने अवस्था छ । त्यो सर्टिफिकेटको मात्र पढाइलेत झन् बेरोगारी र सामाजिक कलह निम्त्याएको कतपए उदाहरणहरू छन् स हातमा सर्टिफिकेट छ ठूलो काम गर्न आवश्यक पेसागत दक्षता छैन, सानोबाट मेहेनत गरेर बढ्न उसको घमण्डले दिँदैन र अन्त्यमा कुलत तथा अन्य सामाजिक विकृति जन्य क्रियाकलापमा फस्दछ ।
सँगसँगै शिक्षा क्षेत्रमा हुने चरम भ्रष्टाचार पनि यसको एक प्रमुख कारण हो । एउटा विद्यार्थीले मेहेनत गर्छ, राम्रो अंक ल्याएर पास गर्छ, अनि जब कुनै जागिर अवसरको लागि भिड्नु पर्दा आफूसँगै पढ्ने पढाइ र मेहेनतका हिसाबले सबैभन्दा पछाडिको मान्छेले भनसुन र घुसपेटले उछिन्छ अनि पुनः त्यही समस्या दोहोरिन्छ कुलत, हिम्सा या विदेशिने । भोलि त्यही मान्छे जब निर्णायक तहमा पुग्छ उसले अब कसरी वस्तु परक, विश्व वैज्ञानिक संवत र जना भावना अनुरूपको काम कार्यान्वयनमा कसरी काम गर्न सक्छ र ? उसले त +२ तहको पढाइबाट नै तालमेल, जुगाड, भनसुन, घुस जस्ता कुरा सिक्दै र गर्दै आएको छ अनि भन्नुस् त्यो नेतृत्वबाट हामी कसरी समृद्ध राष्ट्रको परिकल्पना बगर्न सक्छौ ? गलत भ्रष्टाचारको अभ्यासले आजका युवाहरू मात्र बिग्रेका छैनन् भोलिको देशसमेत चपेटामा परेको छ ।
आज सामान्य विद्यालय तथा क्याम्पस नजाने युवा या बालबालिका कमै मात्र भेटिन्छन् तर जब पारिवारिक तथा जिम्मेवारी को कुरा आउँछ त्यहाँ युवाको भूमिका न्यून नै देखिन्छ, सामाजिक सद्भाव, न्यायको सवालमा त झन् लाजमर्दो अवस्था छ । एउटा युवालाइ एकान्त सुनसान ठाउँमा भेट्दा त सबैलाई साहस मिल्नुपर्छ तर हाम्रो समाजमा तेसो हुँदैन डराउनुपर्ने हुन्छ कि मा लुटिने त हैन, पिटिने त हैन, बलात्कार हुने त हैन ? जंगल या सुनसान ठाउँमा पहिले–पहिले जंगली जनावरहरूदेखि डर हुने गर्दथ्यो त्यो भन्दा भयानक डर अहिले मानवदेखि नै हुन थाल्यो अब भन्नुस् हाम्रो शिक्षाले के सिकायो र हामीले के सिक्यौं । आज टोल–टोलमा विद्यालय र हरेक स्थानीय तहमा कम्तिमा एउटा वा सो भन्दा बढी कलेजहरू सञ्चालनमा छन् र तिनीहरूले गर्वका साथ हाम्रो विद्यालय या कलेजमा यति विद्यार्थी छन् र हाम्रो संस्थाको पास डर यति छ भनेर गर्व गरिरहेको पाइन्छ तर मलाई लाग्छ अब त्यतिमा मात्र सीमित हुनु हुँदैन अवको गर्व तपाईंको स्कुल या कलेजबाट पास गरेर जानेहरू मध्ये कतिले आफ्नो जीवन कतिले सुखी र सुखका साथ बिताइरहेका छन् ? कतिले परिवार, समाज र राष्ट्रलाई सुखी, समृद्ध र शान्त बनाउन कस्तो भूमिका खेल्दै छन् भन्ने कुरामा मापन हुनुपर्दछ र यो मापनमा जब राम्रो नतिजा आउनेछ अनि मात्र शिक्षाको सही मानेमा प्रभाव परेको मानिनेछ ।
मलाइ लाग्छ अब समय आएको छ हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रले अनिवार्य रूपमा राखेको औपचारिक शिक्षाले व्यक्ति, परिवार, समाज र राष्ट्रको सुख, शान्ति, विकास र समृद्धिमा कतिसम्म प्रभावकारी योगदान पुगिरहेको छ । आज जति पनि सामाजिक सद्भावविरुद्दका निर्मम घटनाहरू बाहिर आएका छन् तिनीहरूमा सामान्यतया युवाहरूकै संलग्नता देखिन्छ र त्यो युवाले त्यस्तो गर्नुको दोषी कानुनी रूपमा उसलाई मात्र माने पनि त्यो गर्ने सोचको सिर्जना र विकासक्रमको कुरा गर्दा त्यै परिवार र समाजमै जान्छ । हो कुनै पनि परिवार र समाजले नराम्रो कामको लागि उत्प्रेरित पक्कै गर्दैन तर एउटा व्यक्ति जब सकारात्मक शिक्षा र सिर्जनात्मक अभ्यासबाट वञ्चित हुन्छ तब उसमा नकारात्मक सोच पैदा हुन्छ र त्यसको विकसित रूप नै अपराध हो घटना हो त्यसैले त्यो सकारात्मक र सिर्जनात्मक सोच र व्यवहार निर्माण गर्ने सान्दर्भिक शिक्षा प्रणाली बनाउने र लागू गर्ने काम समाजको हो राष्ट्रको हो र त्यो कुरामा हाम्रो समाज र राष्ट्र कहीं कतै चुकेको तथ्य यी विविध घटनाहरू नै हुन् । त्यसैले आजका दिनसम्म शिक्षाको अनिवार्य पहुँचको अभियान थियो भने अबको अभियान शिक्षाको गुणस्तरीयता र प्रभावकारितामा हुन जरुरी छ । समय, परिवेस, भूगोल, संस्कार, संस्कृति, श्रोत र सम्भावनाका आधारमा शिक्षाको पाठ्यक्रम पनि परिस्कृत हुन आवश्यक छ ।
वर्तमान अवस्था
अहिलेको अवस्थामा धेरै हातमा डिग्री प्रमाणपत्र बोकेर आफूलाई शिक्षित मान्नेहरू अन्य मानवीय, व्यवहारिक, नैतिक, आध्यात्मिक जस्ता कुराहरूमा अशिक्षित नै छन् । मैले मप विश्वविद्यालय स्नातक तहमा पढ्ने विधार्थीहरू बीच गरेको एउटा अध्यान मा ८०% विधार्थीहरू जुन विषय पढिरहेका छन् त्यो किन पढ्दैछन् भन्ने कुरामा अनाविग्य पाय मतलब ८०% विधार्थीहरूलाई आफू जीवनमा के बन्ने भन्ने लक्ष नै थाहा छैन । पढाइमा राम्रै अंक ल्याएर पास हुने विद्यार्थीसँग पनि पारिवारिक होस् या सामाजिक, पेशागत होस् या व्यवसायिक गुणहरू अपर्याप्त नै रहेको पाइन्छ । त्यसैले जनगणनामा साक्षर लेखेर मात्र नभइ जीवन सहज र सफल बनाउन योगदान पु¥याउने जबसम्म शिक्षा हुँदैन यसलाई अर्ध–ज्ञान नै भन्न मिल्छ र अर्ध ज्ञान घातक हुन्छ भन्ने कुरा महान वैज्ञानिक आइनस्टाइन ले भनेकै छन् ।
के गर्न सकिन्छ
शिव खेडाको विश्व चर्चित किताब तपाइको जीतमा एउटा अध्यनको बारे उल्लेख गरिएको छ ‘संसारमा सफल व्यक्तिहरूलाई लिएर गरियको एउटा अध्ययनले एउटा व्यक्ति सफल हुनुमा १५ % उसको सीप र ८५% उसको आचरण वा व्यवहार हुन्छ । हाम्रो औपचारिक शिक्षाले एउटा व्यक्ति सफल हुन योगदान पु¥याउने १५ प्रतिशत अर्थात् विसयगत सिप (डाक्टर, इन्जिनिएर, शिक्षक, व्यवशायी, लेखापाल आदि) मात्र दिएको छ बाँकी जुन ८५ प्रतिशत ठूलो अंश चाइ सिकाउन नसक्नु हाम्रो शिक्षा प्रणालीको कमजोरी देखिन्छ । हाम्रो शिक्षामा आचरण सुधारका कुरा, अनुशासनका कुरा, धर्म र संस्कारका कुरा, व्यवहारिक जीवन उपयोगी सीपका कुराहरूलाई सहभागितामूलक सिकाई आदान–प्रदानको माध्यमबाट गर्नु आजको आवश्यकता हो ।
त्यसैले अब यिनीहरूलाई हाम्रो औपचारिक शिक्षाको पाध्यक्रममा समावेस गर्न आवश्यक छ । स्थानीय तहले आफ्नो वस्तुस्थिति, सामाजिक परिवेस, भेषभूषा, प्राकृतिक श्रोत र साधन, मूल्य मान्यता र संस्कार र आध्यात्मिकता जस्ता विषय वस्तुलाई समावेश गरी पाठ्यक्रम बनाउनुपर्दछ र त्यसलाई व्यवहारिक र सहभागितामूलक र आत्मजागरण औजारको प्रयोग गरी सहजीकरण र सिकाइ प्रक्रियाको विकास गर्नसके मात्र हाम्रो अनिवार्य शिक्षाको प्रभाव व्यक्तिगत, पारिवारिक, सामाजिक र समग्र राष्ट्रको समृद्धि र विकासका लागि एक महŒवपूर्ण कोशे ढुङ्गा सावित हुनेछ । विश्वप्रचलित आधुनिक शिक्षाका सिद्धान्तकहरूलाई आफ्नो ठाउँ र परिवेश अनुसारको सान्दर्भिक परिमार्जन सहितको कार्यान्वयन गर्नुपर्दछ ।
लेखक अनौपचारिक शिक्षा प्रणाली उत्प्रेरक हुन् ।
साझा बिसौनी ।